आरपी सुवेदी
१३ फागुन, नेपालगन्ज । नेपालगञ्जका दुई वालकलाई अपहरण र हत्या गरी फरार रहेकामध्येका एक अभियुक्तलाई बाँके प्रहरीले पाँच बर्षपछि पक्राउ गरेको छ ।
प्रहरी निकट श्रोतका अनुसार प्रहरीले अपहरण र हत्याका अभियुक्त रंगौ भनिने रिजमान साईलाई बुधबार साँझ नेपाल-भारत सीमाबाट पक्राउ गरेको हो । यद्यपी पक्राउबारे प्रहरीले औपचारिक पुष्टि गरेको छैन ।
नेपालगन्जको भट्टीटोलका १४ वर्षीय कपिल द्विवेदी र १६ वर्षीय लीलाधर भट्टको २०६७ असोज १४ गते अपहरण गरी विभत्स तरिकाले हत्या गरेको आरोप साईमाथि लागेको छ । प्रहरीका अनुसार पक्राउ परका साई त्यस हत्याकाण्डका मुख्य योजनाकार बाँके ईन्द्रपुरका रामसुरेश कुर्मीको सहयोगीका साथै हत्यामा संलग्न व्यक्ति हुन् ।
हत्याको मुद्धामा २०६९ मंसिर २९ मा बाँके जिल्ला अदालतले दुई वालकको अपहरणसँगै फिरौती बिभत्स हत्या गर्ने कार्यमा संलग्न भएका अभियुक्तहरु मध्ये पक्राउ परेकाहरुलाई सर्बश्वसहित जन्मकैदको सजांय सुनाउदै फरार रहेकाको हकमा उनीहरुको मुद्दा मुल्तवीमा राखेको थियो ।
साई पक्राउ परेपनि यस घटनाका मुख्य योजनाकार रामसुरेश कुर्मी, जियाउल सिद्धिकी, कमलद्दिन गडरिया, मनोज बर्मा, सत्रुग्घन कुर्मी लगायत अझै फरार छन् ।
यसअघि पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतले ज्यानमार्ने, शरिर बन्धक राख्ने तथा अन्य कार्यमा गरी सर्बस्वसहित ७८ वर्ष कैद र फिरौतीको लागि लिएको रकम १० लाख र एक लाख क्षतीपूर्ती गरी ११ लाख तिर्नुपर्ने फैसला सुनाएको थियो ।
यसैगरी राजीतराम कुर्मी र उनका सहयोगी, रज्जव अली साई, राम सोभिल कुर्मी, कैलास गडरयिा, इब्राहिम मनिहार, बर्साती खाँ, इन्साफ अली शेखलाई अपहरण र कर्तब्य ज्यान मुद्दामा गरी जनही ३९ वर्षका दरले ७८ वर्ष कैद हुने गरी फैसला सुनाएको थियो ।
यसैगरी सोही मुद्दामा सुराकीको आरोपमा पक्राउ परेका तत्कालिन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार साकिर अली साईलाई ४४ वर्ष कैद सजाय सुनाएको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment