Wednesday, February 24, 2016

प्रधानमन्त्री आउनेवित्तिकै मधेसी मोर्चाले किन बोलायो बैठक ?  

काठमाडौं, १३ फागुन । आन्तरिक विवाद र गुटबाट गुज्रिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फेरि आफ्नो बैठक बोलाएको छ । लामो समयपछि बोलाइएको बैठकमा आन्दोलनको समीक्षा हुनेछ ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार बैठक फागुन १५ गते राजधानीमा बस्नेछ । ‘बैठकमा मधेस आन्दोलन र अबको भावी रणनीति कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहनेछ’, महासचिव सुमनले भन्नुभयो, ‘छ महिना भइसक्दा पनि आन्दोलनको टुङ्गो लाग्न सकेको छैन । यस विषयमा अन्तिम निर्णय त गर्नु पर्छ नी ?’

मधेसी मोर्चामा व्यक्तित्वको टकरावले आन्दोलनलाई असर पारेको आरोप पनि छ । विशेष गरेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मिचाह प्रवृत्ति र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको हठी स्वभावले आन्दोलनलाई असर परेको बताइन्छ ।

मधेसी मोर्चाका बचेखुचेको आन्दोलन पनि फागुन ७ गतेदेखि सक्किएको छ । अहिले केही जिल्लामा फाटफुट रुपमा आन्दोलन भइरहेका छन् । तर आन्दोलनले जनसमर्थन पाइरहेको छैन ।

प्रधानमन्त्री केपी ओली बुधबार राति स्वदेश फिर्ता हुनेवित्तिकै मधेसी मोर्चाले बैठक बोलाएको छ । मधेसी मोर्चाको यो बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment