Wednesday, February 24, 2016

नेपालमा पहिलो पटक “मिस सुप्रनेशनल नेपाल २०१६” हुदै

काठमाडौँ : नेपालकै दोस्रो ठुलो सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागीएको “मिस सुप्रनेशनल नेपाल २०१६” हुने भएको छ ।

नेपालमा बर्षैनी एक सय भन्दा बढि सौन्दर्य प्रतियोगिता हुने भएता पनि यो प्रतियोगिता भने विशुद्ध यूवतिको व्यक्तित्व विकास, सञ्चार क्षमता एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास सम्बन्धि विषय आदि कुराहरु विकास गर्न नेपालकै पहिलो पटक हुन लागेको हो ।

सम्भवतः फागुनको अन्तिम हप्ताबाट अडिसन फर्म खुल्न लागेको यस प्रतियोगितामा सहभागिताको लागी अग्रीम बुकिङ सिस्टम भने सुरु भई सकेको छ । अडिसनमा सहभागि हुन चाहने यूवतिले मोवाईलको म्यासेज बक्समा गएर Miss टाईप गरि एक स्पेस दिएर आफ्नो नाम ठेगाना आदि टाईप गरि ४२४३ मा SMS गर्न सक्ने व्यवस्था गरिएको आयोजक कमिटीले जनाएको छ ।

अरु प्रतियोगिता भन्दा फरक र ग्राण्ड गर्न लागिएको यस प्रतियोगिता घोषणा पुर्व नै डिभाईन वाईन, कैलास शु, सिटिभी मोवाईल, ईफ्याट्रि, जेएनकेडिके ग्रुप, आई बक्स आदिले कार्यक्रमलाई स्पोन्सर एंव सपोर्टरको रुपमा साथ दिने भएका छन् भने नेपाल टेलिभिजनको एक मात्र टेलिफिल्म हाक्का हाक्की अफिसियल टेलिफिल्म पार्टनरको रुपमा रहने भएको छ । नेपालमा पछिल्लो समय भैरहेको सौन्दर्य प्रतियोगितामा भए गरेका कमजोरीहरुको वारेमा अन्य प्रतियोगिताका विजेता, उपविजेता एंव सहभागिहरु सँग वृहत छलफल गरेर कार्यक्रम सुरु गर्न लागिएको आयोजक समितीका एक सदस्यले बताए ।

यस प्रतियोगिताको कार्यक्रम संयोजन वोन्नी दाहालले गर्नेछिन दाहाल आफै २०१५ मा भएको एक सौन्दर्य प्रतियोगिताकि सहभागि हुन उनले सो प्रतियोगितामा कल्चरल एम्बेस्डर नामक सवटाईटल समेत जितेकि थिईन र मिस सुप्रनेशनलमा अरु कार्यक्रममा हुने कुनै पनि कमजोरि नदोहोरयाउने उनले वताईन । जेएनजे ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगिताको मुख्य उद्येश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको ईभेन्ट म्यानेजर सुर्य चन्दले बताए ।

यस कार्यक्रमको अफिसीयल फेसबुक पेज हेर्न यो लिङकमा क्लिक गर्नुहोला https://www.facebook.com/Miss-Supranational-Nepal-555024941323343/ र अन्य बिस्तृत जानकारीको लागि यथासिघ्र सम्पर्क गर्नु होला सम्पर्क न. ९८४१०३९५११, ९८५१२१४३९९, ९८५११७७०९७ ।

12734053_10207496810010852_6033736665154447191_n


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment