Wednesday, February 24, 2016

अमेरिकी राष्ट्रपतिका उमेद्धार भन्छन् : सित्तैमा खोलिदिन्छु आरोपीको आइफोन

एन्टी भाइरस सफ्टवेयर बनाउने जोन म्याकेफीले अमेरिकाका एक संदिग्ध अपराधीको आइफोन आफुले निशुल्क रुपमा अनलक गरिदिने प्रस्ताव गरेका छन् ।

बर्नार्डिनो गोलिकाण्डका अभियुक्त सैयद रिजवान फारुकको आइफोनको एन्त्रिmप्सन आफुले तोड्न सक्ने र सो काम निशुल्क रुपमा गरिदिने उनको भनाइ छ ।

अमेरिकी अनुसन्धान संस्था एफबिआइ समक्ष उनले यस्तो प्रस्ताव राखेका हुन् ।

यसअघि अभियुक्त फारुकको आइफोनको एन्त्रिmप्सन तोडेर आइफोन अनलक गरिदिन दिइएको आदेश एप्पललेे अस्विकार गरेपछि प्रविधि जगतमा नयाँ बहस छेडिएको छ । एक अदालतले फारुकको आइफोनको सेक्योरिटी सफ्टवेयर तोड्नमा एफबिआइलाई सहयोग गर्न एप्पललाई आदेश दिएको थियो ।

गोलिकाण्डका आरोपी फारुकको आइफोनबाट घटनासँग सम्बन्धित सूचना प्राप्त गर्न सकिने एफबीआइको दाबी छ ।
अदालतको आदेश पछि एप्पलका कार्यकारी अधिकृत टिम कुकले अमेरिकी सरकारले उपभोक्ता सुरक्षामा खतरा उत्पन्न गर्ने कदम उठाउन माग गरेको टिप्पणी गरेका थिए ।

कुकको यस्तो भनाइको गुगलका सिइओ तथा नागरिकका गोप्य सूचनामा सरकारी निगरानीको खुलासा गर्ने एडबर्ड स्नोडेनले प्रसंसा गरेका थिए ।

आफु र आफ्नो टिमलाई जिम्मा दिएमा फारुकको आइफोन सित्तैमा अनलक गरिदिने म्याकेफीले बताएका छन् ।
स्मरण रहोस् म्याकेफी आगामी अमेरिकी राष्ट्रपतिय चुनावमा लिबेरेटेरियन पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्धार बन्न प्रचारप्रसार गरिरहेका छन् ।

बिजनेस इनसाइडरमा लेखेको आलेखमा उनले आइफोन अनलक गर्ने कामलाई आफुले तिन हप्तामै फत्ते गरिदिने दाबी गरे ।
तर सुरक्षा विशेषज्ञले भने म्याकेफीको दाबीमाथि आशंका गरेका छन् । अन्य डिभाइस जस्तै आइफोन अनलक गर्नु सजिलो नभएको उनीहरुको दाबी छ ।

उता एप्पलले अभियुक्तको आइफोन अनलक गर्न नमानेको घटनाको विरोध गर्दै अमेरिकी राष्ट्रपतिका उमेद्धार डोनाल्ड ट्रम्पले अमेरिकीहरुलाई एप्पल बहिस्कार गर्न अपिल गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment