१३ फागुन, काठमाडौं । मौसमको अनपेक्षित फेरबदलका कारण उडानमा भएको कठिनाइका कारण विमान दुर्घटनामा परेको हुनसक्ने तारा एअरले अनुमान गरेको छ ।
तारा एअरले जारी गरेको बिज्ञप्तिमा नेपालको भौगोलिक बिकटताका साथै तीव्र गतिमा मौसममा हुने अनपेक्षित फेरबदलले उडानमा समस्या भएको हुनसक्ने उल्लेख छ ।
बुधबार म्याग्दीको दानामा तारा एयरको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २३ जनाको मृत्यु भएको थियो । सरकारले बुधबारै दुर्घटना छानविन गर्न समिति गठन गरेको छ ।
तारा एअरको उक्त विमान अत्याधुनिक प्रविधिको मानिएको छ । दुर्घटनामा परेको विमान १३ अगष्ट २०१५ मा निर्माण भएको र शून्य घण्टाको अवस्थामा कम्पनीले नेपालमा ल्याएर २७० घण्टा उडान भरेको तारा एयरले जनाएको छ ।
५४ वर्षीय विमान चालक रोशन मानन्धरको २५ बर्षे अनुभवमा १८ हजार ५ सय घण्टा टि्वन्अटर विमान उडानको अनुभव तथा गएको २ बर्षमा ४ सय घण्टाको अनुभव संगालेका ३० वर्षीय सह-चालक दिकेश नेमकुल र चार वर्षदेखि परिचारिकाको रुपमा कार्यरत २४ वर्षीया रमा राउतजस्ता अनुभवी कर्मचारीलाई गुमाउनुपर्दा तारा एयरले अपुरणीय क्षति मानेको छ ।
तारा एअरको कल साइन नाईनएन-एएचएच विमान बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेकोमा म्याग्दीको दाना गाविसको तिर्खे ढुंगामा दुर्घटनाग्रस्त भएको थियो । बिमानमा सबार सबै (दुई बालबालिकासहित २३ जना) को मृत्यु भएको थियो । तारा एअरले दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment