Wednesday, February 24, 2016

क्षयरोग पत्ता लगाउन ‘खत्री’ रक्तजाँच  

मानिसमा क्षयरोग छ की छैन भन्ने कुरा पत्ता लगाउनका लागि अब खकारको परीक्षण मात्रै गरिरहनु वा पूरै रगतको परीक्षण गर्ने पूरानो र जटिल प्रविधि आवश्यक छैन । वैज्ञानिकहरुले सामान्य रक्तपरीक्षणबाटै क्षयरोगको जाँच गर्न सकिने प्रविधिको आविष्कार गरेका छन् ।

अमेरिकावको क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले एउटा यस्तो जिन पहिचान गरेका छन् जसले सरीरमा सुसुप्त अवस्थामा रहेको वा लक्षण देखा नपरिसकेको क्षयरोग, अन्य रोग तथा लक्षण देखा परिसकेको सक्रिय क्षयरोगका बीच फरक छुट्टाउन सक्छ ।

सोही जीनको परीक्षणबाट क्षयरोगको निदान तथा उपचारमा मात्र होइन उपचारका लागि अपनाइएका विभिन्न विधिको प्रभावकारीताको समेत अध्ययन गर्न सकिने शोधकर्ता मध्येका एक सहायक प्राध्यापक पुर्वेष खत्रीले बताएका छन् ।

उक्त परीक्षणको नाम नै खत्री परीक्षण राखिएको छ । रगत सामान्य नमूना परीक्षणबाटै यो गर्न सकिन्छ । प्रारम्भिक परीक्षणबाट बच्चाहरुमा यो जाँच ८६ प्रतिशत सफलत देखिएको र वयस्कहरुमा झनै प्रभावकारी देखिएको छ ।

यसबाट अविकशित तथा दुर्गम क्षेत्रहरुमा सामान्य उपकरणको प्रयोगबाट समेत क्षयरोगको जाँच गर्न सम्भव हुने शोधकर्ताको दाबी छ ।

एक तथ्यांक अनुसार क्षयरोगबाट विश्वमा हरेक वर्ष १५ लाख मानिसको ज्यान जाने गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment