काठमाडौं–नेपाली आकाश असुरक्षित बन्दै गइरहेको छ । एक पछि अर्को गर्दै विमान दुर्घटना हुँदै जानुले नेपाली आकाश असुरक्षित बन्दै गएको पुष्टि हुन्छ ।
बुधबार बिहानमात्रै म्याग्दीको सोलीस्थित घोप्टेमा तारा एयरलाइनसको विमान दुर्घटना हुँदा विमानमा सवार चालदलका सदस्यसहित २३ जनाको ज्यान गयो ।
यसअघि दोलखामा गत बैशाखमा अमेरिकी सेनाको मरिनको युएच १ वाई हुवे हेलिकप्टर दुर्घटनामा चालक दलका सदस्यसहित १३ को मृत्यु भएको थियो । जुन बैशाख १२ गते गएको विकासकारी भुकम्पपछि उद्दारका लागि नेपाल आएको थियो ।
सो घटना सेलाउन नपाउँदै सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर्स ९ एनएजेपी नामक हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार जनाले ज्यान गुमाए ।
यस्तै २०७१मा अर्घाखांचीको मसिने लेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भयो । जुन दुर्घटनामा पनि १८ जनाको मृत्यु भयो । यी त हवाई दुर्घटनाको पछिल्लो प्रतिनिधि घटना मात्र हो । नेपाली आकाशमा यस्ता थुप्रै एयरलाईन्सका धेरै दुर्घटना भइसकेका छन् ।
हवाई दुर्घटनाका श्रृङ्खला
सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई मानिन्छ । त्यसपछि १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाउनु परेको थियो भने सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरभमा दुर्घटना हुँदा २० जनाको मृत्यु हुन पुग्यो ।
यस्तै नेपाल आयरलाइन्सको बिमान १९६० मा भैरहवामा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाए । यस्तै नेपाल एयरलाइन्सकै विमान १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा फेरि त्यही वर्ष दुर्घटना भयो, जसमा ६ जनाको निधन भएको तथ्यांक छ ।
१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो । यसैगरी १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो, जसमा १ जनाको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुदा ३१ जनाको मृत्यु भयो ।
यसैगरी १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौको बौद्धमा दुर्घटना हुदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो ।
१९७९ मा भिभिआईपी लाङलाङमा दुर्घना हुदा ६ जनाको मृत्यु भयो । बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने सोही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो। जसमा २५ जनाको ज्यान गयो । १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पिआइएको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गयो, नेपाली आकाशमा भएको बसैभन्दा ठूलो दुर्घटना हो ।
यसैगरी एभरेष्ट बिमान सिंङ्गापुरमा दुर्घटना हुदा १८ जनाको मृत्यु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा हवाई दुर्घटनामा मृतकको संख्या एक थपियो ।
१९९८ मा ए.टि.एस.सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु पर्यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाले निधन भयो ।
१९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र सोही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो । यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । नेपाल एयरलाइन्सको विमान सन् २००० मा डडेलधुरामा दुर्घटना भयो जसमा पनि विमानमा सबार स२५ जनाको ज्यान गयो ।
त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सांग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो ।
२००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा भयो जसमा २ जनाले ज्यान गुमाए ।
२००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको बिमान दुर्घटना हुदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घटनामा पनि ३ जनाको नै मृत्यु भयो । जुम्लामा यती एयरलाइन्सको बिमान २००६ मा दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु पर्यो ।
सन् २००९ भने नेपाली आकाश हवाई यात्राका लागी सुरक्षीत रह्यो । तर १० मा भने २ ओटा हवाई दुर्घटना भए । जसमा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङ्गबाट काठमाडौंको लागि उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुदा २२ जनाले अकाल मै ज्यान गुमाउनु पर्यो ।
२०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुदा १९ जनाको मृत्यु भयो भने जोमसोममा भएको दुर्घटनामा १५ जनाको मृत्यु भयो ।
यसरी नेपाली आकाश दुर्घटनामा ज्यान गुमाउने संख्या ८ सय ४० पुगेको छ । यसरी एकपछि अर्को गर्दै नेपालमा हवाई दुर्घटना हुँदा नेपालको हवाईसुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ ।
नकारात्मक सन्देश
अन्तराष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) ले नेपालको आकाश असुरक्षित भएको भन्दै विभिन्न चेतावनी दिइरहेको बेला हवाई दुर्घटना हुने क्रम नरोकिएको हो ।
उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा नेपालले न्युनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ । उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आईकाओको प्रतिवेदनमा उल्लेख छ । आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ ।
दुर्घटनाका कारण
दुर्घटनाका थुप्रै कारणहरु हुन्छन्। ति मध्ये विषम भू–धरातल, तिव्रगतीको मौसमी फेरबदल, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत रहेको विज्ञहरुको दाबी छ ।
नेपाली हवाईयात्राको इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा ७० वटा जहाज ठूला दुर्घटनामा परिसकेका छन् । नेपालले ९० को दशकमा उदार आकाश नीति लिएपछि नेपाली आकाशमा उडान भर्न नीजि जहाज कम्पनीले प्रवेश पाएका थिए । उडान गर्ने जहाजको संख्या जसरी ह्वात्तै बढ्यो त्यसरी नै दुर्घटनाको क्रम पनि बढेको देखिन्छ ।
सन् १९५० को दशकयता जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने । तर, आयोगले दुर्घटना नदोहोरिउन भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिएपनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन्छ ।
छानबिनपछि बन्ने प्रतिवेदनमा प्रायतः जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिइने गरिएको छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment