Wednesday, February 24, 2016

अध्यक्षको पदभार संगै बैबाहिक जीवन शुरु गर्छु: नबिना लामा

नेकपा एमाले निकट अनेरास्ववियुमा नविना लामा निर्वाचित भएकी छिन् । माधव नेपाल समूहका दीपक गौतमलाई पराजित गर्दै अनेरास्ववियुको अध्यक्ष पदमा आइतबार राति विजयी भएकी हुन्। नविना अविवाहीत छिन् । तर उनले आफुनो प्रेमी भएको बताएकी छिन् । विवाह प्रेमीसँगै हुने उल्लेख गर्दै  प्रेम र जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । प्रस्तुत छअध्यक्ष लामासँग भएको कुराकानीको सम्पादीत अंशः

अध्यक्षमा निर्वाचित हुनुभयो, के के गर्ने योजना छ ? 
संगठन, राष्ट्र र विद्यार्थीप्रतिको जिम्मेवारी बढेको महशुस भएको छ । संगठनलाई गतिशिल बनाउने, आर्थिक पारदर्शीता कायम गर्ने, विद्यार्थी शक्तिलाई उत्पादनसँग जोडने, राष्ट्रियताको मुद्धामा जागरण ल्याउँने काममा मेरो ध्यान केन्द्रीत हुनेछ ।

पराजित साथीहरुलाई के भन्न चाहनुहुन्छ ? 
पराजित साथीहरुको सल्लाह सुझाव अनुसार नै म अगाडि बढ्नेछु । उहाँहरुको रचनात्मक सुझाव समेटेर कार्यक्रम ल्याउनेछु । विजय पराजय भनेको चुनावको बेला हुने हो । चुनाव सकिएपछि कोही पनि प्रतिद्वन्द्वी हुँदैन । सबै साथीहरु नै हुन् ।

अनेरास्ववियुको अध्यक्ष त भइहाल्नु भयो, अब बिहे पनि गर्ने होला नी ? 
विवाह जीवनको एक महत्वपूर्ण निजी घटना हो । प्राकृतिक कुरा पनि हो । विवाह गर्नुपर्छ भन्ने मान्यताबाट विमुख छैन । केही समय काम गरौं अनि विवाह गरौं भन्ने सोचेकी छु ।

कहिले गर्ने त विवाह ? 
अब चाँडै गर्छु ।

अध्यक्षको कार्यकालभित्रै कि कार्यकाल सकेपछि ? 
अनेरास्ववियुको अध्यक्षको कार्यभार लिएकै अवधिमा बिहे गर्छु ।

केटो खोजिसक्नु भयो ? 
खोजी सकेको भन्दा पनि हुन्छ ।

भनेपछि प्रेममा हुनुहुन्छ ? 
हजुर, त्यसै भन्नु पर्‍यो ।

नविना लामाको प्रेमी को होला ? धेरैलाई चासो छ, को हो उहाँ ? नाम भनिदिनुस् न ।
अहिले नाम भन्दिन । केही समयपछि विहेको औपचारिक सूचना नै आइहाल्छ त्यसबेला थाहा भइहाल्छ ।

कति समयदेखि अफेयरमा हुनुहुन्छ ?
भयो, केही समय । ठ्याक्कै यति भन्ने त याद नै छैन ।

आमाबुवालाई भन्नु भयो त ? केटो खोजिसकेको कुरा ?
अहँ छैन भनेको । अब एकैपटक बिहेको कुरा गर्ने हो आमाबुबासँग । अहिले नै ब्वायफ्रेन्ड छ भनेर कसरी आमाबुबालाई भन्नु ?

जन्मदिने बाबुआमालाई पनि यस्तो महत्वपूर्ण कुरा लुकाउने हो त ? 
अफेयरको कुरा नभनेको मात्रै हो । बिहे त सल्लाहमै हुन्छ ।

संगठनको काममा धेरै व्यस्त हुनुपर्छ होला, डेटिङ चाहिँ कसरी गर्नुहुन्छ ? 
संगठनको काममा व्यस्त हुनुपर्छ । बाहिर घुमफिर गर्न जाने समय हुँदैन । फेरि पब्लिकली घुम्न जान पनि मिलेन । संगठनको कामकै क्रममा भेटहुन्छ । कुराकानी हुन्छ । त्यही हो डेटिङ हाम्रो त ।

भनेपछि केटा संगठन भित्रकै हो ? 
हजुर हो ।

भनेपछि संगठनभित्र त सबैलाई थाहा भएकै कुरा रैछ, नाम चाहीँ किन लुकाउनु भएको ? 
मान्छे संगठनभित्रकै भए पनि धेरैलाई थाहा छैन । केही सिमित साथीहरुलाई मात्रै थाहा छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment