Tuesday, February 23, 2016

सुशीलको निधनबारे छानविन गर्न कांग्रेस नेताहरुको माग

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सभापति सुशील कोइरालाको निधनको कारण पत्ता लगाउन उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । कोइरालाको स्वास्थ्यमा गम्भीर लापरवाही भएको भन्दै नेताहरुले त्यसको छानविन गर्न दोषिलाई कारबाही गर्न माग गरेका हुन् ।

कोइरालाको १३ औं दिनको पुण्य तिथिको कार्यक्रम सम्पन्न भएलगत्तै मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकमा आगामी महाधिवेशनबारे छलफल गर्ने एजेण्डा भए पनि केन्द्रीय सदस्यहरुले कोइरालाको निधनको प्रसंग पनि उठाए ।

ताप्लुजेङका कांग्रेस नेता सुर्यमान गुरुङले बैठकमा भने, ‘सुशील दाइको मरण सामान्य मान्छेको जस्तै भयो । पूर्वप्रधानमन्त्री भइसकेको यति ठूलो नेताको स्वास्थ्यमा किन लापरवाही भयो ? यसको छानबिन गर्न आयोग बनाइयोस् ।’

कांग्रेस केन्द्रीय सदस्य गुरुङले नेता चक्र बास्तोलाको स्वास्थ्य उपचारमा पनि पार्टीले ध्यान नदिएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

गुरुङको भनाइमा नेताहरु बालकृष्ण खाँणलगायतले समर्थन जनाएका थिए । बैठकमा शेखर कोइराला, महेश आचार्यले पनि सभापति कोइराला अस्पताल जान नपाइ निधन हुनुलाई सामान्यरुपमा लिन नहुने बताएको गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले यसबारे पदाधिकारी बैठकमा छलफलमा गर्ने आश्वासन दिएका थिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक यही फागुन १३ गते पुनः बस्ने गरी स्थगित भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment