फाल्गुन २८, २०७२- नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय अनुहारहरू आज शुक्रवार हिट्स एफएम म्युजिक एवार्ड्सबाट पुरस्कृत हुँदैछन् । हिट्स नेपालले आयोजना गरेको हिट्स एफएमको यो १९ औं संस्करणमा विभिन्न १८ विधामा संगीतकर्मीलाई पुरस्कृत गर्न लागिएको छ । आज दिउँसो ३ बजे प्रारम्भ हुने हिट्स एफएम म्युजिक एवार्ड समारोहलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ ।
यो वर्षका १८ विधामध्ये एउटा विधा लाइफ टाइम एचिभमेन्ट एवार्डको पनि हो । यो विधाअन्तर्गत नेपाली सांगीतिक क्षेत्रमा अथक योगदान पुर्याउने एक जना संगीत साधकलाई सम्मान गरिनेछ । त्यस्तै अर्का एक संगीत साधकलाई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ । २०७१ साल वैशाख १ गतेदेखि २०७१ साल चैत्र मसान्तसम्ममा हिट्स एफएममा दर्ता भएका गीत तथा गीतिसंग्रहबाट विभिन्न १७ विधामा मनोनयनमा परेका संगीतकर्मीहरूमध्ये हरेक विधाबाट एक जना संगीतकर्मीले एवार्ड प्राप्त गर्नेछन् ।
यो वर्षको एवार्ड वितरण समारोहमा गायक–गायिकाहरू दीप श्रेष्ठ, कुमार बस्नेत, कालीप्रसाद बास्कोटा तथा सक्षम समूह, तृष्णा गुरुङ, रोहितजंग छेत्री आदिले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछन् । समारोहमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका विकृतिहरूलाई व्यङ्ग्यात्मक शैलीमा हिट्स सस्तो प्रोडक्सन मार्फत प्रस्तुत गरिनेछ ।
यसपटकको एवार्डमा कालिङ्पोङका नेपाली भाषी गायक बिपुल क्षेत्री सर्वाधिक पाँच विधामा मनोनीत छन् । विपुलको ‘सिन्डिकेट’ गीत बेस्ट मेल पप भोकल परफर्मेन्स, बेस्ट पप/रक कम्पोजिसन, पप/रक एल्बम अफ द इयर (स्केचेज अफ दार्जीलिङ), एल्बम अफ द इयर तथा रेकर्ड अफ द इयर विधामा मनोनीत छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment