Thursday, March 10, 2016

सांसदको उपचारमा साढे ५४ लाख, ३ सयदेखि ६ लाखसम्म बुझे सांसदले

२८ फागुन, काठमाडौं । संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् ।

दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दोस्रो संविधानसभाका केही सांसदले माघ मसान्तसम्म नौपटकसम्म उपचार खर्च बुझेका छन् । सांसद मेघराज नेपाली निषदले नौपटक, भुपेन्द्र थेबेले आठ पटक, अकवल महमद शाहले सातपटक, दीपनारायण साहले ६ पटक, डिलबहादुर नेपालीले पाँच पटक उपचार खर्च बुझेका छन् ।

कांग्रेसका सांसद मोहनप्रसाद बरालले आपू आक्रमणमा परी उपचारमा संलग्न रहेकेा भन्दै ६३ हजार ७ सय ४५ रुपैया लगेको संसद् सचिवालयले जनाएको छ ।

कांग्रेस सभासद् बलदेव बोहराले तीन सय ५५ रुपैयाँ, कांग्रेसकै मिठू मल्लले पाँच सय ३० रुपैयाँका दरले चार पटक उपचार खर्च लगेको सचिवालयले जनाएको छ । एमाओवादीका सांसद हरिबोल गजुरेलले सात सय रुपैयाँ बुझेका छन् ।

सांसद् प्रेमकिशोर प्रसाद शाहले पटकपटक गरेर पाँच लाख ९४ हजार आठ सय ९० रुपैयाँ बुझेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment