Thursday, March 10, 2016

ज्ञापनपत्र बोकेर बालुवाटार पुगेको मधेसी मोर्चा चकित हुँदै फिर्ता  

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा बोलाउनु भएको छ ।

मधेसी मोर्चासँग प्रधानमन्त्री ओलीले आजै बेलुका साढे छ बजे बालुवाटारमा वार्ता गर्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री ज्यूले साँझ साढे छ बजे आउनुस् वार्ता गरौँ । तपाईहरुका मागका विषयमा छिटो टुङ्गो लगाउँ भन्नुभएको छ’, महासचिव सुमनले भन्नुभयो, ‘हामी साँझ प्रधानमन्त्रीसँगको छलफलका लागि जाने भएका छौँ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्ना मागहरु समेटिएको ज्ञापनपत्र लिएर आज बिहान पुगेका मधेसी मोर्चाका नेताहरुलाई ओलीले आन्दोलन छाडेर वार्ता र सम्वादबाट मधेसी जनताका अधिकारका लागि लाग्नुपर्ने बताउनुभएको थियो ।

ओलीले मधेसी मोर्चाको ज्ञापनपत्रलाई आफूले कार्यान्वयन गर्ने आश्वासन समेत दिनुभएको महासचिव सुमनले बताउनुभयो ।

विगत छ महिनादेखि आन्दोलन गर्दै आएको मधेसी मोर्चाले आफ्ना आन्दोलनका कार्यक्रमलाई सामान्य रुपमा अगाडि बढाउँदै आएको छ । सरकारलाई दबाब स्वरुप आन्दोलन राखेको मधेसी मोर्चाको भनाइ छ ।

यसअघि सरकारले मधेसी मोर्चाका मागलाई वार्ता र सम्वादबाट टुङ्गो लगाउने भनिए पनि लामो समयदेखि सम्वाद र छलफल हुन सकेको थिएन । लामो समयपछि आज बेलुका प्रधानमन्त्री ओलीसँग मधेसी मोर्चाको वार्ता हुन लागेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment