Thursday, March 10, 2016

यौनहिंसामा सहरका बालबालिका, धेरैजसो आफन्त र नजिकका व्यक्तिहरुबाटै जोखिम

२८ फागुन,काठमाडौ । पछिल्लो समय राजधानीका बालबालिका तथा किशोरीहरु नजिकैका व्यक्ति र आफन्तबाट यौनहिंसाको जोखिममा परेको प्रहरीले जनाएको छ ।

हरेक साताजसो राजधानीमा बालबालिका बलात्कार हुने गरेको प्रहरी तथ्याङले देखाउछ । पछिल्लो समय बालबालिका माथि बलात्कार र यौनहिंसाको घटनाको उजुरी बढेको ललतिपुर परिसरका प्रकुख एसएसपी पीताम्बर अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

काँडाघारी वीरेन्द्र चोक बस्ने आठ वर्षीया बालिका मंगलबार आफ्नै डेरामा एक युवकबाट बलात्कृत भइन् । डेरमा कोही नभएका बेला रोतहट घर भएको २८ वर्षीय अवधनारायण यादवले मौका छोपी बलात्कार गरेका हुन् ।

भैँसेपाटीमा तथ २३ गते एक पाँच वर्षीया बालिकामाथि बलात्कार प्रयास भएको थियो । नजिकै बस्ने भरत नेपालीले बलात्कार प्रयास गरेका थिए ।

धेरै जसो बलातकारका घटना अभिभावक व्यस्त हुँदा हुने गरेको प्रहरी अध्ययनले देखाएको छ । अभिभावक व्यस्त हुने परिवारका बालिकाहरु यौनहिंसाको जोखिममा देखिएको महिला तथा बालबालिका सेले जनाएको छ । धेरैजसो आफन्त र नजिकका व्यक्तिहरु नै यस्तो अपराधमा संलग्न हुने गरेको प्रहरी भनाइ छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment