२८ फागुन, काठमाडौं । ढुंगाले बनेका दुई सिंहरूपी द्वारपाल र ढुंगाकै भरमा अडेर बसेका दुई ठूला तामाका घन्टीहरू, यो काठमाडौं दक्षिणी भेगस्थित प्राचीन सहर बुङमतीको मुटु मच्छिन्द्रनाथ मन्दिर परिसरको हो । १२ वैशाखको विनाशकारी भूकम्पले मन्दिरलाई क्षति पुर्यायो, तर यी पुरातात्त्िवक वस्तुलाई हल्लाउन सकेन ।
जतिबेला त्यहाँ नभत्किएको मन्दिर थियो, मन्दिरका द्वारपाल र घन्टीहरूको बीचमा भक्तजन टक्क अडिन्थे र आफ्नो जुत्ता फुकाल्थे, मन्दिरमा रहेका देउताप्रतिको आस्थाका कारण ।
बुङमतीवासी पनि आस्था राख्छन्, मच्छिन्द्रनाथप्रति । तर उनीहरूको आस्था मन्दिरअगाडि जाँदा जुत्ता फुकाल्नुमा सीमित छैन । स्थानीय बूढापाकाका लागि मच्छिन्द्रनाथ उनीहरूलाई विभिन्न विपतबाट रक्षा गर्ने देवता हुन् भने, उद्यमशील युवाका लागि व्यवसाय गर्ने माध्यम ।

काष्ठकलाका लागि प्रसिद्ध बुङमतीमा आजभोलि शान्ति छाएको छ, जुन गल्लीमा फोटो खिच्नका लागि पर्यटकबीच तँछाडमछाड हुन्थ्यो, त्यहाँ आवाज सुनिन्छ त केवल साना नानीहरू खेलेको ।

त्यही पुरानो बुङमतीको झल्को दिने गरेर आयोजना गरिएको कार्यक्रममा गत महिना प्रधानमन्त्रीले राष्ट्रिय पुनर्निर्माणको उद्घाटन गरेका थिए । कार्यक्रम भएलगत्तै श्रीलंका सरकारले मन्दिर बनाइदिने भन्ने कुरो पनि आयो । स्थानीयका अनुसार ३० काष्ठ कलाकारले दिनभर काम गरे भने पनि मन्दिर बनाउन दुई वर्ष लाग्ने छ ।
सहरवासी अहिले पूजा-अर्चना गर्न नमिल्ने गरी भत्किएको मन्दिर पहिले बन्ला कि जीवनयापन गर्नै नमिल्ने गरी भत्किएका घर पहिले बन्लान् भनेर अड्कल काटिरहेका छन् ।

आखिर मन्दिर किन बनाउने ? व्यापार फेरि फस्टाओस् भनेर कि मच्छिन्द्रनाथले बुङमतीको रक्षा गरुन् भनेर ? बुङमतीवासी भन्छन्, ‘दुवैका लागि ।’ ‘मन्दिर र घर किन एकैचोटि बनाउन सकिन्न त ?’ मन्तबहादुरको प्रश्न छ, ‘बाहिर पानी परेका बेला हामीलाई आफ्नै घरको छत चाहिन्छ, मन्दिरको छतमुनि एक छिन ओत लगाउन सकिएला, तर त्यो हाम्रो घर होइन ।’ माणिक शाक्यलाई मन्दिर र घरहरू दुवै चाँडै बन्लाजस्तो लाग्दैन । उनी भन्छन्, ‘अर्को १२ वर्षे जात्रासम्म मन्दिर तयार होला कि ?’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment