२८ फागुन, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यको मतगणनमा देखिएको सुस्तताले चैत ३ गतेभित्र निर्वाचन आयोगमा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावाली पठाउनुपर्ने ‘डेडलाइन’ पूरा नहुने देखिएको छ ।
संविधानअनुसार कांग्रेसले चैत ३ गतेभित्र महाधिवेशन भएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयागेगमा पेस गर्नुपर्ने हुन्छ । आजको अन्नपूर्णमा समाचार छ ।
निर्वाचन समितिको अव्यवस्था र सुस्तताका कारण महाधिवेशन सम्पन्न भएको तीनदिनसम्म पनि पाँच सय मत गणना हुन सकेको छैन । चैत ३ गतेभित्र महाधिवेशन भएको जानकारीसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गुर्नपर्ने प्रावधान छ, निर्वाचन आयोगका सचिवन शारदाप्रसाद त्रितालले जनाए ।
कांग्रेसले तीनपटकसम्म कार्यसमितिको म्याद थप गरी साढे पाँच वर्षसम्म लम्ब्याएको थियो । संविधानमा कुनै पनि राजनीतिक दलले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरेर पदाधिकारी र सदस्यको चयन गुर्नपर्ने प्राबधान छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment