काठमाडौं – सामाजिक फसबुकमा आत्महत्या गर्छु भन्दै पोस्ट गर्ने एक युवकलाई प्रहरीले आत्महत्या गर्नबाट जोगाएको छ । आत्महत्या गर्न लागेका ती युवकलाई प्रहरीले काउन्सिलिङ गरी सम्भावित दुर्घटनाबाट जोगाएको हो ।
झापा घर भई हाल बिएमा अध्ययनरत ती युवकले फेसबुकमा फागुन २७ गते आत्महत्याको नोट पोष्ट गरेका थिए । उनको पोष्ट देखेपछि प्रहरीलाई फेसबुक आयरल्याण्डले खबर गरेको थियो ।
सूचना प्राप्त भएपछि प्रहरीले ती युवकको पोष्ट अध्ययन गरेको थियो । लगत्तै, महानगरीय प्रहरी अपराध महाशाखाले सम्भावित दुर्घटना जोगाउन प्रहरी निरिक्षक पशुपति कमार रायको कमाण्डमा प्रहरी टोली खटाएको थियो ।
रायको टोलीले ती युवकको घर पत्ता लगाई उनलाई भेटेर आवश्यक काउन्सिलिङ प्रदान गरेको थियो । प्रहरीको काउन्सिलिङपछि ती युवकले आत्महत्या नगर्ने प्रतिबद्धता जनाउँदे माफी मागेको प्रहरीले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment