Thursday, March 10, 2016

बुहारीको कन्यादान गर्ने सासु-ससुरालाई नागरिक अभिनन्दन

अनिल खत्री

२८ फागुन, तम्घास । ‘बिधवा’ बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ विवाह गराइदिएका गुल्मीको एक दम्पत्तीलाई नागरिक अभिनन्दन गरिएको छ । अमर कल्याण महिला विकास बहुउद्देश्य सहकारी संस्थाको संयोजनमा जिल्लाका सात वटा संस्थाले सदरमुकाम तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन् ।

छोराको निधनपछि बुहारीको उज्ज्वल भविष्यको कामना गर्दै कन्यादान गरिदिएका तम्घास बाघमारेका लक्ष्मी नेपाली र उनका श्रीमान इशवरी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो ।

सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गरे । सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताइन् । बिवाह गरेको छोटो समयमै बिधवा बनेका बुहारीहरुलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने उनले बताइन् ।

बिबाह गरेको एक बर्षमै छोराको निधन भएपछि उनले बुहारी उषाको कन्यादान गरेकी हुन् । धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको दाम्पत्य जीवन अहिले निकै सुमधुर छ ।

छोरोको मृत्यु पछि कलिलै उमेरकी बुहारीको भविष्यप्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएको सासु लक्ष्मी नेपालीले बताइन् ।

सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दाम्पत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन् । उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु, ससुरा र घरपरिवारलाई धन्यवाद समेत दिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment