३० फागुन, सिराहा । सिराहा आएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मधेसी मोर्चाका कार्यकर्ताहरुले नाराबाजी गर्दैै कालोझण्डा देखाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले फोरमका नेता एवम् पूर्वमन्त्री राजलाल यादवसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला परिषदमा सहभागी हुन प्रचण्ड आइतबार सिरहा आएका छन् । संविधानमा हस्ताक्षर गर्ने नेता र सांसदहरुलाई अवरोध गर्ने पूर्व निर्णयअनुसार मोर्चाका कार्यकर्ताहरुले प्रचण्डविरुद्ध प्रदर्शन गरेका थिए ।
प्रचण्ड सिरहा क्षेत्रनम्बर ५ बाट दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment