३० फागुन, गुल्मी । माटोको ढिस्कोले पुरिएर गुल्मीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
घर पोत्नका लागी माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हुँगा २ निवासी २६ वर्षीया चम्पा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।
ढिस्कोले पुरिएर सोहि स्थानका ४० बर्षीया सरस्वती रामजाली, ३५ बर्षीय नारायण भण्डारी, ४५ बर्षीय भक्तबहादुर रामजाली गम्भीर घाईते भएका छन् । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछी मिसन अस्पताल पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आईतवार बिहान घर पोत्ने माटो लिन हुँगा गाविसको वडा नं. १ गएका थिए । उनिहरुलाई माटो खन्ने क्रममा ढिस्कोले पुरेको थियो ।
माटोले पुरिएर मृत्यु हुने चम्पा परियारको श्रीमान रोजगारीको लागि बिदेशमा रहेको र उनका १ छोरा र १ छोरी रहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment