Sunday, March 13, 2016

पहेँलो मूर्तिलाई सुनको भन्दै ठगी गर्ने पक्राउ

३० फागुन, काठमाडौं । गौतम बुद्धको पहेँलो मूर्तिलाई सुनको भनि ठर्गी गर्ने गिरोहका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

थानकोटका सुनपसले भुवन सुनारलाई छक्याएर सुनको भन्दै बुद्धको नक्कली मूर्ति बेचेर ठगी गरेको आरोपमा नुवाकोटका कुमारी गाविस ६ का प्रदीप बिक र काभ्रे खरेलथोकका सन्तोष खरेललाई प्रहरीले पक्राउ गरेको हो ।

यस अभियोगमा यसअघि फागुन ५ गते पक्राउ परेका नुवाकोट कुमारीकै दिपक सुनार र मिनबहादुर क्षेत्रीको बयानका आधारमा प्रहरीले यी दुईलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु थानकोटका सुन पसले भुवन सुनारलाई बुद्धको मूर्ति सुनको भन्दै छक्याएर १५ लाखबाट बार्गेनिङ गरी १२ लाख ७० हजारमा बेचेर फरार भएका थिए ।

सुनको भनिएको मूर्ति नक्कली प्रमाणित भएपछि सुनपसले सुनार प्रहरीको शरणमा पुगेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment