Sunday, March 13, 2016

तातोपानी नाका खुलाउन प्रमको ध्यानाकर्षण गराइने

थुम्पाखर ( सिन्धुपाल्चोक ), फागुन ३० गते। सभामुख ओनसरी घर्तीमगरले चीनसँग जोडिएको तातोपानी नाका यथाशक्य खुलाउन आफूले प्रधानमन्त्रीमन्त्री केपीशर्मा ओलीलाई ध्यानाकर्षण गर्ने बताउनुभएको छ ।

महेन्द्रोदय उमाविको १४औँ अभिभावक सम्मेलनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घर्तीले तातोपानी नाकाबन्द हुँदा सिन्धुपाल्चोकवासी र आसपासका जिल्लाले समेत सास्ती खेप्नुपरेकाले सो सम्बन्धमा प्रधानमन्त्रीको चीन भ्रमण अगावै आफूले आवश्यक ध्यानाकर्षण गराउने बताउनुभयो ।

उहाँले नयाँ संविधान लोकतान्त्रिकरुपमा उत्कृष्ट र महिलामैत्री रहेकाले अब मुलुक आर्थिक र सामाजिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्कीले रु एक लाख र पूर्वप्रधानाध्याक चक्रबहादुर बस्नेतले रु ५२ हजार सो विद्यालयका प्रधानाध्यपक नीलप्रसाद सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा संसद् तथा नेपका९एमाले० नेता अमृतकुमार बोहोरा, सांसद् रमेश लामा, एमाओवादी नेता सरलसहयात्री पौडेल, नेपाली काँग्रेस नेता देवेन्द्र खण्डा, राप्रपा नेपालका जिल्ला अध्यक्ष इन्द्रहादुर ठकुरी, प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी, जिल्ला शिक्षा अधिकारी रुद्रहरि भणडारी, स्थानीय विकास अधिकारी कृष्णबहादुर साहीलगायतले गुणस्तरीय शिक्षामा जोड दिनुभयो ।

कार्यक्रमा हास्य कलाकार मनोज गजुरेल, लोकगायक नवराज घोरसैनी र सुनिता दुलालले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment