३० फागुन, विराटनगर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमले तत्काल आफ्नो सेवा सुधार नगरे सरकार हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
विराटनगरको तीनपैनीस्थित नेपाल टेलिकमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री राईले सर्वसाधारणले महशुस गर्ने गरी नेपाल टेलिकमको सेवा प्रवाह नगरेकाले सरकार आफै छुट्टै प्राविधिक समिति गठन गरी सेवा सुधारमा लाग्ने बताएका हुन् ।
टु जी र थि्रजी सेवाका समस्या सुधार नभइरहेको अबस्थामा फोर जी प्रविधि भित्राउने कुरा गर्नु अनावश्यक हुने टिप्पणी गरे । दुई महिनाभित्र सर्बसाधारणले महसुस गर्ने गरी टेलिकमको प्राविधिक समस्या समाधान नभए सरकार आफैले सुधारको काम थाल्ने उनले चेतावनी दिए ।
‘फोर जी भित्र्याउने कुरा चलिरहेको छ तर टेलिकमले दिने टु जी र थ्री जी कै सेवा नै प्रभावकारी हुन सकेको छैन यस्तो अवस्थामा कसरी नयाँ प्रविधि फोर जी प्रयोगमा आउन सक्छ,’ मन्त्री राईले भने, ‘त्यसैले तपाईं कर्मचारीहरु मनस्थिति परिवर्तन गरी सेवा सुधारमा लाग्नुपर्यो । नत्र सरकारले सुधारको काम आफै थाल्नेछ ।’
उनले नेपाल टेलिकमलाई देशको नम्बर एक टेलिकम कम्पनीको रुपमा कायम राख्न सर्वसाधारण सेवाग्राहीले महशुस गर्ने गरी सेवाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा टेलिकमका क्षेत्रीय निर्देशक खड्गबहादुर बस्नेतले ५ महिना लामो बन्द हड्तालका कारण नेटवर्क विस्तार गर्न नसकिएका कारण टेलिकमले सुधार र विस्तारको लक्ष्य प्राप्त गर्न नसकेको जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment