Sunday, March 13, 2016

विदेशमा बस्ने नेपाली भन्छन्- पुनर्निर्माणमा चन्दा उठाएरै भएपनि सहयोग गर्छौं

३० फागुन, काठमाडौं । बिदेशमा बस्ने नेपालीहरुले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा चन्दा उठाएरै भएपनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकाको प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्डको स्वर्ण पदक बिजेता पहिलो नेपाली तथा पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष उत्तम कार्कीले नेपालको पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न आफूहरु सधैं तयार रहेको बताएका हुन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भूकम्पबाट नेपालले ब्यहोर्नु परेको क्षतिका कारण आफूहरु निकै दुःखी भएको भन्दै स्वदेश र बिदेशमा बस्ने नेपालीहरुको एकताले नै पुनर्निर्माणको काम सहज हुने बताए ।

कार्यक्रममा शिक्षा बिशेषज्ञ तथा नेपाल बिश्व सहयोग संघका संस्थापक अध्यक्ष मणी नेपालीले सरकारको मुख ताकेर मात्रै सबै काम नहुने भन्दै पुनर्निर्माणको काममा सबैले आ-आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए ।

उनले आफूहरु भूकम्प प्रभाबित जिल्लाहरुको पुनर्निर्माणका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment