Sunday, March 13, 2016

लोडसेडिङ दैनिक एक घण्टा घट्यो (तालिकासहित)  

३० फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षालाई ध्यानमा राख्दै लोडसेडिङ दैनिक एक घण्टा घटाएको छ । यसअघि १३ घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब दैनिक १२ घण्टासम्म लोडसेडिङ गर्ने भएको हो ।

प्राधिकरणले भोलि सोमबारदेखि लागू हुने गरी नयाँ तालिका सार्बजनिक गरेको छ । नजिकै आउँदै गरेको एसएलसी परीक्षालाई ध्यानमा राखेर विद्युत कटौति हुने समयावधी घटाएको प्राधिकरणले जनाएको छ ।

यस्तै नदीहरुमा जलस्तर केही बढेको र भारतबाट पनि थप विद्युत आयात भएकाले लोडसेडिङ घटाउन सम्भव भएका प्राधिकरणले उल्लेख गरेको छ ।

भारतबाट ८० मेगावाट बिजुली आएपछि दिनको दुई घण्टासम्म लोडसेडिङ गर्ने भनिए पनि एक घण्टामात्र घटाइएको छ ।

पछिल्लोपटक निजी क्षेत्रलाई दिइएको डेडिकेटेड लाइनहरु काटेपछि बिजुलीको बचत पनि केही बढेको छ ।

प्राधिकरणले यसअघि दिनमा १३ घण्टाका दरले हप्तामा ९१ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।

new-loadseding


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment