Sunday, March 13, 2016

SLC.. अनुत्तीर्ण नहुने भएपछि …..

बाजुरा, फागुन ३० गते। यस जिल्लाका विद्यार्थीले पुस्तक नपाएरै परीक्षा दिनुपर्ने भएको छ । यस वर्ष जनक शिक्षा सामग्री केन्द्रले बाजुराको सदरमुकामबाट ढुवानीका लागि रकम नदिँदा दुर्गमका विद्यार्र्थीले वार्षिक परीक्षा दिने समयसम्म पाठ्यपुस्तक नपाएका हुन् ।

नयाँ मूल्याङ्कन प्रणालीअनुसार अनुत्तीर्ण नलेखिने बुझाइका कारण जिल्लाका परीक्षार्थीमा पहिलेजस्तो खटन–पठन देखिँदैनन् । यस वर्षको एसएलसी परीक्षादेखि उत्तीर्ण या अनुत्तीर्ण उल्लेख नहुने भएपछि यहाँका विद्यार्र्थी नलेखेरै परीक्षार्थीमा उत्तीर्ण हुने भइयो भन्ने भ्रम सिर्जना भएको छ । यस आर्थिक वर्षमा कक्षा ८ को पाठ्यपुस्तक परिवर्तन भएका कारणसमेत जिल्लामा पाठ्यपुस्तक नपाएरै परीक्षामा विद्यार्र्थी सहभागी हुनुपरेको हो । जिल्ला शिक्षा कार्यालयबाट रकम निकासा भएर विद्यालयले समेत ढुवानीकर्तालाई रकम बुझाएको भएपनि कक्षा ६ को एक सेट पनि किताब उपलब्ध हुनसकेन । अर्को वर्षका लागि अहिलेदेखि नै तात्नुपर्ने भएको कुरा खोलिकोेट निमाविका प्रधानाध्यापक मनबहादुर रोकायाले बताउनुभयो ।

यस वर्षदेखि एसएलसी नतिजा अक्षराङ्कनका आधारमा हुने भएकाले उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नहुने भएको छ । त्यसलाई विद्यार्थीले अनुत्तीर्ण नहुने भन्ने ढङ्गले बुझेका छन् । प्रस्ट बुझाइ र महत्व थाहा नभएर अधिकांश विद्यार्थी र अभिभावकमा परीक्षाप्रति लापर्वाही देखिएको शिक्षक महासङ्घका अध्यक्ष जनकबहादुर शाहीले बताउनुभयो । “मेरै विद्यालयका परीक्षार्थीमा पनि यो समस्या देखिएको छ,” उहाँले भन्नुभयो । नतिजाका बारेमा विद्यार्थी र अभिभावक प्रस्ट नभएका कारण पहिलो वर्ष यस्तो बुझाइ भएको तर गएका वर्षमा भन्दा यस वर्षको परीक्षाको नतिजा झन् कडा हुने शम्भु सुनन्दा उमाविका प्राचार्य गोविन्दबहादुर शाहले बताएका छन् । “हामीले विद्यार्र्थीलाई समेत यही भनेका छौँ,” – उहाँले भन्नुभयो ।

परीक्षामा सहभागी कसैलाई पनि अनुत्तीर्ण नभन्ने प्रणालीले दुर्गमका परीक्षार्थीमा तयारी नगरे पनि हुने मनोविज्ञान विकास भएको भवानी माविका शिक्षक पदम रावतले बताउनुभयो । नयाँ प्रणाली लागू हुने भएपछि यसअघि नतिजा शून्य भएर हेपाइमा परेका विद्यालय भने खुसी देखिएका छन् । नब्बे प्रतिशतभन्दा माथि अङ्क ल्याउनेलाई सर्वोत्कृष्ट ९ए प्लस०, ८०–८९ लाई उत्कृष्ट ९ए०, ६०–७९ लाई धेरै राम्रो ९बी०, ४५–५९ लाई राम्रो ९सी०, २५–३९ लाई कमजोर ९डी० र २४ प्रतिशतभन्दा कम ल्याउनेलाई धेरै कमजोर ९ई० ग्रेड दिइने व्यवस्था रहेको जिल्ला शिक्षा अधिकारी नागेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।

“विगत जस्तो अनुत्तीर्ण भनेर उल्लेख नहुने भए पनि हेलचेत्रक्र्याइँ गर्नु परीक्षार्थीका लागि दुर्भाग्य हुनेछ,” जिशिअ रेग्मीले भन्नुभयो – “सी भन्दा न्यून ल्याउने अनुत्तीर्णजस्तै हो । यसपटकको लब्धाङ्कपत्रको पछाडि ल्याएको ग्रेडको निर्देशिकासमेत हुनेछ ।” लागू भएको मूल्याङ्कन प्रणालीले चिट चोराउने प्रवृत्तिमा समेत कमी आउने शिक्षकहरू बताउँछन् । विगतमा कतिपय विद्यालयका विषय शिक्षक अधिकतम परीक्षार्थीलाई उत्तीर्ण गराउने ध्येयले स्वयम् चिट चोराउन परीक्षा केन्द्रमा खटिने गर्थे । प्रधानाध्यापक र अभिभावकले समेत उनीहरूलाई चिट चोराउन प्रोत्साहन गर्ने प्रवृत्ति थियो । “यसपालि त्यस्तो प्रवृत्तिमा कमी आउन सक्छ”, राघुमाता मावि साप्पाटाका शिक्षक प्रकाश बमले भन्नुभयो ।

करिब एक सातापछि सुरु हुने एसएलसीको तयारी अन्तिम चरणमा पुगेको जिशिअ रेग्मीले बताउनुभयो । बाजुराबाट ६२ विद्यालयका नियमित र आंशिक गरी चार हजार ८५० परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि १४ केन्द्र स्थापना गरिएको छ । आउँदो वर्षका लागि छिट्टै नै पाठ्यपुस्तकको तयारी गरिदिन र ढुवानीका लागि समेत व्यवस्था गरिदिन प्रधानाध्यापक रोकाले जनक शिक्षा सामग्री केन्द्रसँग आग्रह गर्नुभएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment