Sunday, March 13, 2016

सूर्यबहादुर थापा प्रतिष्ठान बन्यो, ‘थिंक ट्याङ्क’ को भूमिका खेल्ने

३० फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुृर थापाको नाममा ‘सूर्यबहादुर थापा प्रतिष्ठान’ गठन भएको छ ।

भर्खरै दर्ता भएको प्रतिष्ठानले राष्ट्रिय स्तरमा नीति निर्माण तहमा अध्ययन अनुसन्धानको काम गर्नुका साथै विकास निर्माणमा काममा समेत भूमिका खेल्ने लक्ष लिएको सूर्यबहादुर थापाका छोरा एवं राप्रपा नेता सुनिलबहादुर थापाले बताए ।

‘प्रतिष्ठानले नीति निर्माणको तहमा ‘थिंक ट्यांक’को भूमिका खेल्छ, जसमा भेषबहादुर थापाजीहरु समेत सहभागी हनुहुनेछ,’ पूर्वमन्त्री सुनिलले भने, ‘प्रतिष्ठानको दोस्रो काम भनेको विकास निर्माणमा योगदान पुर्‍याउने हो ।’

यसैवीच धनकुटा क्षेत्र नं २ का सांसदसमेत रहेका सुनिलबहादुर थापाले आफू पिताको पदचापमा अघि बढ्ने बताएका छन् । ‘बुबाले आफू जन्मे हुर्केको ठाउालाई विर्सनुहुादैन भन्नुभएको थियो, धनकुटा काठमाडौं सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘म बुबाले देखाएको बाटोमा अघि बढ्छु, आफ्नो जिल्लामा कसैलाई पनि काखा र पाखा नगरी विकासको बाटोमा लाग्छु ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment