काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसआईडी० ले नेपालका विकास कार्यक्रममा सघाउन १२ करोड १० लाख अमेरिकी डलर ९करिव १३ अर्ब रुपैयाँ० सहयोग गर्ने भएको छ। पाँच वटा नयाँ विकास कार्यक्रमका लागि यूएसआईडीले यो पैसा दिन लागेको हो।
यूएसआईडीले विकास कार्यक्रममा सहयोग गर्ने विषयमा गत साता नै हस्ताक्षर गरिसकेको छ। सुआहारा(२ हेलेन केलर इन्टरन्यासनल, फिड द फ्युसचर एण्ड फर्टिलाइजर प्रोजेक्ट अन्तर्राष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्र र पश्चि म नेपालमा दिगो, न्यायिक तथा उत्पादनशील जलस्रोत विकास परियोजनालाई यो सहयोग उपलब्ध गराइने छ ।
त्यसैगरी, नागरिक समाज स् आपसी जवाफदेहिता परियोजना, एफएचआई ३६० लाई र जलीय प्राकृतिक स्रोत सुधारसम्बन्धी कार्यक्रम ९पानी० डीएआई ग्लोबललाई पनि यो युएसएआइडीले सहयोग उपलब्ध गराउने सम्झौता भएको छ ।
सुआहारा-२ हेलेन केलर इन्टरन्यासनलले गर्दै आएको मातृ तथा शिशु पोषण सुधारको काममा थप सहयोग गर्न पाँच वर्षका लागि ६ करोड ३० लाख डलर दिने जनाइएको छ । कार्यक्रमले ४० जिल्लामा शिक्षा, पानी, सरसफाइ सुधार, स्वास्थ्य सेवामा पहुँच तथा करेसाबारी कुखुरा पालन र तरकारी खेतीका माध्यमबाट पोषण सुधारलाई निरन्तरता दिनेछ ।
अन्तर्राष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्रलाई २५ जिल्लाका किसानलाई मल तथा वीउमा सघाउन एक करोड ५० लाख डलर, पश्चिाम नेपालमा दिगो, न्यायिक तथा उत्पादनशील जलस्रोत विकास परियोजनालाई कर्णाली तथा महाकाली नदी क्षेत्रमा बसोबास गर्ने समुदायहरूलाई समग्र समुदायलाई नै लाभ पुग्ने गरि नदी तथा तलाउको व्यवस्थापन गर्न २५ लाख डलर दिने जानकारी पनि दिइएको छ।
नागरिक समाज स् आपसी जवाफदेहिता परियोजनालाई एक करोड ५० लाख डलर र जलीय प्राकृतिक स्रोत सुधारसम्बन्धी कार्यक्रमका लागि दुई करोड ५० लाख डलर उपलब्ध हुनेछ।
यी नयाँ परियोजनाहरूले भूकम्पपछि जारी रहेका नेपाली जनताका आवश्यकताहरूलाई सम्बोधन गर्नुका साथै नेपालका दीर्घकालीन विकास लक्ष्यहरूलाई सहयोग गर्ने नेपालका लागि अमेरिकी राजदूत अलाइना बी। टेपलेट्जले बताइन् ।
यूएसआईडी सन् २०१४ देखि २०१९ नेपालका विभिन्न परियोजनाका लागि ४४ करोड ७० लाख डलर बराबरको सहायता उपलब्ध गराउने छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment