Friday, April 15, 2016

प्रख्यात ज्योतिषको दाबी, ‘७३ सालमा सेना ब्यारेकबाट निस्कन्छ र राजसंस्था पुनर्स्थापित हुनेछ’

विक्रम सम्वत् २०७३ साल नेपालका लागि विशेष महत्वपूर्ण हुनेछ । यो वर्ष नेपालमा राजसंस्था पुनस्र्थापना हुनेछ । यसअघि नै नेपालमा सेना ब्यारेकबाट निस्केर सक्रिय बन्नेछ । सेना बाहिर निस्के पनि नेपालमा सैनिक शासन लागु भने हुँदैन । सेना सक्रिय मात्रै हुन्छ । नेपाल सेना बाहिर निस्कनु पर्ने कारक धार्मिक द्वन्द्व बन्नेछ । अर्थात नेपालमा २०७३ मा धार्मिक विवाद उत्कर्षमा पुग्नेछ । कुनै नै कुनै रुपमा नेपालमा राजसंस्था पुनस्र्थापना हुनेछ । राजा को हुन्छ ? यस विषयमा भविष्यवाणी छैन । तर नेपालमा राजसंस्था स्थापना भने हुनेछ । २२ साउनपछि नेपालमा राजसंस्था फर्किने स्पष्ट संकेतहरु देखिने छन् ।

नेपाललाई संविधानले धर्मनिरपेक्ष भनेको छ । तर २०७३ सालमै नेपाल हिन्दुराष्ट्र बन्नेछ, बनेन भने पनि हिन्दुराष्ट्र हुने प्रक्रिया सुरु हुनेछ । वैशाख २ गतेदेखि शनि र मंगल बक्र भएर बसेका छन् । यो अवस्थामा प्राकृतिक घटनाहरु बढी हुन्छन् । राजनीतिक हिसाबले जोड घटाउ सुरु हुनेछ । ७३ सालमै सरकारमा नयाँ नेतृत्व जाने सम्भावना पनि प्रवल छ । नयाँ नेतृत्व भएन भने यहि नेतृत्व नै परिष्कृत रुपमा अगाडि आउनेछ । तर केही न केही फेरबदल हुनेछ । जनताको आमसमर्थनमा नेतृत्व स्थापित हुनेछ । भदौ ३० गतेसम्म सरकार परिवर्तनका प्रयासहरु हुनेछन् । असोजमा त्रिपक्षीय, बहुपक्षीय सम्झौता हुनेछ । त्यसपछि त्यस्तो सम्झौतालाई विश्वका मित्रराष्ट्रहरुले स्वागत गर्नेछन् ।

भारतको टाउकोमा शनिग्रह घुमेको छ । यसकारण भारत आफ्नै संकट समाधानमा लाग्नेछ । नेपालमा नाकाबन्दी गर्ने सम्भावना छैन । तर कुनै न कुनै हिसाबले नेपालाई दुःख चाहीँ दिने नै छ । राष्ट्रको शुक्र ग्रह बलियो भएका कारण भारतले चाहेजस्तो ७३ सालमा हुनेछैन । शुक्र बलियो हुँदा महिला शसक्तिकरणका कुराहरु अगाडि आउँछन् । ज्ञान विज्ञान र शिक्षाको विकास हुन्छ । विकास निर्माणका कामहरु अगाडि बढ्नेछन् ।
मंगल ग्रह पनि बलियो भएका कारण प्रशासकिय क्षेत्रमा सुधार हुनेछ ।

मधेसवादी दलहरुले चाहेर पनि ७३ सालमा जनतालाई दुःख दिन सक्नेछैनन् । कुनै पनि दल विशेषले हात हल्लाएको भरमा जनता सडकमा उतारेर तहस नहस गर्ने अवस्था हुनेछैन । तर धर्मसँग जोडिएका मानिसहरु जुनसुकै पार्टीमा भए पनि उनीहरु क्रमशः एकाकार हुँदै जानेछन् । र उनीहरुकै बलमा नेपालमा हिन्दुराष्ट्र हुनेछ । अनौपचारिक रुपमै भएपनि नेपाल हिन्दुराष्ट्र त हुँदै हो । (ज्योतिष लोहनीसँग भएको कुराकानीमा आधारित)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment