कुशल श्रेष्ठ
आज चैत्र मास शुक्ल पक्षको नवमी, यानिकी भगवान श्रीरामको जन्मदिन! श्रीरामको जन्म यसै तिथीको मध्यदिनमा भएको मानिन्छ, त्यसैले यस तिथीको मध्यान्हमा हिन्दु धर्मावलम्बीहरू श्रीरामको मन्दिर गई धुप, द्विप र नैवेद्य चढाई श्रीरामको पूजा गर्छन्।
हिन्दु धर्मको महान ग्रन्थ ‘रामायण’को अनुसार, त्रेता युगमा अयोध्याका राजा दशरथको राज्यमा भगवान विष्णुले राम अवतार लिएका थिए। भगवान श्रीरामको जन्म रघूवंश (रघू- सूर्य) मा भएको थियो। रघूवंशका सबै राजाहरूको राजधानी अयोध्या नै बन्दै आएको थियो। स्वयं भगवान श्रीरामले पनि कैयौँ वर्षसम्म अयोध्यामा नै राज गरेका थिए। त्यसैले आज पनि अयोध्या प्रसिद्ध र पौराणिक शहरमा गनिन्छ।
भारत इतिहासको अनुसार, अयोध्यामा मुगल बादशाह ‘बाबर’ले आक्रमण गरेर त्यहाँको प्राचीन राम मन्दिरलाई भत्काएर मस्जिद बनाएका थिए। त्यसपश्चात अयोध्याको दृश्य पूर्णरूपमा परिवर्तन हुन पुग्यो।
आज राम नवमीको अवसरमा हामी तपाईँहरूलाई भगवान श्रीरामको जन्मथलो अयोध्याको वर्तमान स्थितीको बारेमा केहि जानकारी दिन गैरहेका छौँ।
केहि वर्ष पहिला बनाइएको थियो आजको ‘कनक भवन’

जन्मभूमीमा बनाइएको छ सानो राम मन्दिर

रामभक्त हनुमानको मूर्ती
कनक भवन नजिकै अवस्थित ‘सरयू नदी’को तटबाट लगभग एक मील टाढा शहरको बीचमा ‘हनुमान गढी’ नामको एउटा सानो डाँडा रहेको छ, जहाँ हनुमानको मन्दिर बनाइएको छ। त्यस मन्दिरमा रामभक्त हनुमानको सुतिरहेको मूर्ती स्थापना गरिएको छ।
तुलसी चउर
अयोध्याकै परिसरमा ‘तुलसी चउर’ नामको एक स्थल छ, जहाँ ‘गोस्वामी तुलसीदास’ले श्रीरामचरितमानसको रचना गरेको विश्वास गरिन्छ। त्यहाँ तुलसीदासकै एक आकर्षक प्रतिमा पनि बनाइएको छ। अहिले त्यस ठाउँमा पार्क बनाइएको छ।
लक्ष्मण घाट
श्रीरामका भाई लक्ष्मण जहाँबाट निजधाम गएका थिए, त्यस ठाउँलाई लक्ष्मण घाटको नामबाट चिनिन्छ। त्यस घाटमा लक्ष्मणको एक सुन्दर मन्दिर छ, जहाँ उनको भव्य मूर्ती स्थापना गरिएको छ।
तस्विर स्रोत– दैनिकभास्कर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं




No comments:
Post a Comment