विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल-नामिबियाबीचका दुई खेल खेलाउन तम्तयार भएको छ कीर्तिपुर क्रिकेट मैदान । यो नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको मैदान हो ।
करिव २० बर्षको इतिहास बोकेको यस मैदानले अझै पनि रंगशालाको रुप लिन सकेको छैन । मैदान अन्तर्राष्ट्रियस्तरको भए पनि भौतिक संरचनाको दृष्टिले गरीब छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एशोसिएट सदस्यता पाएपछि तत्कालिन क्रिकेट संघले यो मैदान तयार गरेको थियो ।
कीर्तिपुर क्रिकेट मैदानको निर्माणबारे अनलाइनखवरकर्मी कुशल तिमल्सिनाले संघका तत्कालिन महासचिव र पूर्व अध्यक्ष विनयराज पाण्डेसँग सक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, कीर्तिपुर मैदानको कथा पाण्डेकै शब्दमाः
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एशोसिएट सदस्यता सन् १९८८ मा पायो । त्यसयता नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन हामी प्रयासरत थियौं । तर, नेपालमा अन्तर्राष्ट्रियस्तरको मैदान नहुनुले हामीलाई समस्या पारिरहेको थियो ।
नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पायो । तर, त्यसअघि अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनुपर्ने चुनौती थियो । यसबीचमा सन् १९९६ मा हामीले भारतको जी-स्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गर्यौं ।
स्थान छनौटका क्रममा जी स्पोर्ट्सले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको यो क्षेत्र (अहिलेको मैदान रहेको) उपयुक्त हुने देखायो । त्यहाँ त्यतिबेला सानो फुटबल मैदान थियो । अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने सम्झौतासहित टियुसँग हामीले यो जग्गा पाँच बर्षका लागि लिजमा लियौं । त्यसपछि जीस्पोर्ट्सले काम सुरु गर्यो र हामीले सन् १९९८ मा एसीसी ट्रफी गर्न सक्यौं ।
खासमा नेपालमा क्रिकेट मैदान बनाइदिने प्रस्ताव उसैले राखेको हो । मेरो अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो थियो । उनीहरुले मसँग अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रस्ताव गरे । मैले यो कुरा क्यानमा राखेपछि जीस्पोर्टससँग सम्झौता भएको हो ।
यस मैदानको पहिलो खेल एसीसी ट्रफी अन्तर्गत सन् १९९८ अक्टोवर ५ मा जापान र हङकङबीच भएको थियो ।
त्यसअघि अक्टोबर २ मा बंगलादेश र पपुवा न्यूगिनी र अक्टोबर ३ मा नेपाल र थाइल्याण्डबीचको खेल यही मैदानमै हुनुपर्ने थियो । तर, खराव मौसमका कारण दुवै खेल हुन सकेन । र, जापान र हङकङबीच खेल नै पहिलो खेल बन्न पुग्यो ।
सुरुवाती चरणमा मैदान मात्र बनाइए पनि जीस्पोर्टसले यसलाई आधुनिक रंगशाला बनाउन गुरुयोजना बनाएको थियो । जसअन्तर्गत मैदानको पश्चिमपट्टी दुई लेयरको प्याराफिट बनाउने, दक्षिणपट्टीको स्लोप यत्तिकै राख्ने ।
उत्तरपट्टी रहेको पेविलियन क्षेत्र आधुनिक बनाउने र पूर्वपट्टी रहेको खाली जग्गामा एक छेउमा इण्डोर प्रशिक्षण हल र अर्को छेउमा प्राक्टिस नेट राख्ने लगायत थियो । तर त्यो योजना पूरा हुन सकेन ।
सन् २००१ मा यसै मैदानमा जीस्पोर्टसले अन्तर्राष्ट्रिय लेजेन्ड कपको आयोजना गर्योे । भारतीय महान खेलाडी कपिलदेव लगायतका लेजेण्डहरु आएर यस मैदानमा खेलेका थिए । भारतीय, पाकिस्तानी तथा विश्वका पुराना खेलाडीहरुलाई जम्मा गरेर आयोजना गरिएको लेजेण्ड कपपछि जीस्पोर्टसले नेपाललाई ध्यान दिन छाड्यो ।
जीस्पोर्टस पछि टेन स्पोर्टसमा गाभियो । सन् २००३ को विश्वकपको प्रशारण अधिकार पाएपछि उनीहरुले नेपालबाट आफुलाई निश्क्रिय बनाउँदै लगे ।
हामीले टियूसँग सम्झाता लम्ब्याउँदै लग्यौं । नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेलहरु यही मैदानमा हुन थाले । तर, त्यहाँको संरचना भने जीस्पोर्टसले बनाएको भन्दा विकसित हुन सकेन ।
म क्यानको अध्यक्ष रहेका बेला सन् २०१० मा त्रिभुवन विश्वविद्यालयसँग २५ बर्षको सम्झौता भएको छ । त, म आफैं क्यानबाट बाहिरिन पुगेँ ।
अहिले भौतिक संरचनाहरु केहि बनेको भन्ने सुनेको छु । क्रिकेट विकासका लागि नेपालमा आधुनिक रंगशालाको आवश्यकता छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment