काठमण्डु ३ वैशाख– गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरी संगठनको नीति नियमलाई समयानुकूल परिवर्तन गरी लागू गरिने बताएका छन् । शुक्रबार गृहमन्त्रालयद्धारा राजधानीमा आयोजित ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
गृहमन्त्रीले त्यस्ता विषयको लेखाजोखा गर्न विशेष समय र परिस्थितिमा यस्ता खालका गोष्ठीहरुको आयोजना गर्दै जाने समेत बताए ।
अपराधीले आफ्ना आपराधिक क्रियाकलापमा समेत समयअनुसार परिवर्तन गर्ने भएकाले त्यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण, अनुसन्धान तथा आइपर्ने चुनौती समाधानका लागि आन्तरिक रुपमा छलफल गरी अगाडि बढ्नुपर्नेमा समेत उनको जोड थियो ।
अर्को एक प्रसंगमा उनले संविधान निर्माणपश्चात मुलुक ऐतिहासिक परिवर्तनको चरणमा पुगेको अवस्थामा संविधान कार्यान्वयन, राष्ट्रिय एकता र सुशासनमा विशेष जोड दिनुपर्ने बताए ।
मुलुकमा आइपरेको जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा समेत आमनागरिकले सरकारलाई साथ दिँदै आएको चर्चा गर्दै गृहमन्त्री बस्नेतले हाल पेट्रोलियम पदार्थ व्यवस्थापनमा सहजीकरण भइसकेको अवस्थामा विकासलाई साझेदारीको महत्वपूर्ण भूमिकाको रुपमा लिई विकास निर्माण र सुदृढिकरणका लागि सकारात्मक वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरे ।
गोष्ठीमा गृह सचिव नारायणगोपाल मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले उपत्यकाको शान्ति सुरक्षा, चुनौती र भावी कार्ययोजनाका बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment