काठमाण्डु, ३ वैशाख–विश्व इतिहास र वर्तमानलाई मुल्यांकन गर्ने हो भने विश्वमा रहेका अधिकांश देशहरु पुरुषप्रधान छन् । यस्तोमा महिलाका लागि आरक्षणको व्यवस्था गरिएको भएता पनि पूर्णरुपमा पुरुषप्रधान देशहरुमा महिला राष्ट्रको माथिल्लो तहसम्म कमै पुग्ने गरेका छन् ।
विश्व इतिहासमा सक्षम महिला नेतृको कुनै कमी नरहेता पनि त्यस देशको सामाजिक, सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक आदी कारणले गर्दा महिलाहरु नेतृत्व तहसम्म पुग्न सकिरहेका छैनन् ।
यसैबीचमा महिलाहरु पनि पुरुष समान छन् र उनीहरुलाई पनि नेतृत्व गर्ने अवसर दिनुपर्छ भन्ने मानसिकता विस्तारै नेपालजस्ता विकासोन्मुख देशमा पछिल्लो समय पलाउँदै गएको पाइएको छ ।
यसकै फलस्वरुप बिद्यादेवी भण्डारी नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न सफल भइन् । नेपालका लागि कुनै पनि महिला नेतृ यति ठूलो पदमा पुगेको यो पहिलोपटक हो । तर, विश्व इतिहासलाई हेर्ने हो भने बिभिन्न देशमा हालसम्म ३६ जना महिलाहरु राष्ट्रपति बनिसकेका छन् ।
यतिमात्र होइन हाल पनि नेपाल बाहेक २२ मुलुकमा महिलाले नै प्रमुख भूमिका निभाइरहेका छन् ।
राष्ट्रपति मात्र होइन देशको अर्को महत्वपूर्ण कार्यकारी पदमा पनि महिला नै छन् । सभामुखमा ओनसरी घर्ती निर्वाचित भएसँगै राष्ट्र प्रमुखका रुपमा भण्डारी र व्यवस्थापिका प्रमुखका रुपमा घर्ती छन् ।
यस्तोमा नेपालका महिलाले गर्वगर्ने स्थान थुप्रै छ र महिला पनि माथिल्लो स्थानमा पुग्छ सक्छन् भन्ने आधार तयार भएको छ । घर्ती नेपालको पहिलो र विश्वको ९३ औँ व्यवस्थापिका संसद प्रमुख महिला हुन् ।
त्यसैगरी देशको अर्को महत्वपर्ण स्थान न्यायपालिकामा पनि महिला नै नेतृत्वमा पुगेकी छन्। प्रधानन्यायाधिस कल्याण श्रेष्ठले अवकास पाएसँगै सो पदमा तत्कालिन न्यायाधिश सुशीला कार्की पुगेकी छन् ।
विवादरहित न्यायाधिस कार्कीले कामु प्रधानन्यायाधिशको पदधारण ग्रहण गरिसकेकी छन् । यससँगै विश्व इतिहासमा नेपालको नाम पनि लेखिने पक्का छ ।
बरिष्ठताका हिसावले संवैधानिक परिषद्ले उनको नाम सिफारिस गरेता पनि संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुन बाकी छ । यदी त्यहाँबाट अनुमोदन भएमा उनले औपचारिक रुपमा कामुबाट प्रधानान्यायाधिसको जिम्मेवार सम्हाल्नेछिन् ।
कार्कीले कामु प्रधानन्यायाधिशको पदभारग्रहण गरेसँगै देशको महत्वपूर्ण निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा महिलाले नेतृत्व गरेका छन्।
देशको कार्यपालिका अन्तर्गत कार्यकारी अधिकार प्रधानमन्त्रीमा भएता राष्ट्र प्रमुखका रुपमा भण्डारी नेपालको सेरोमोनियल राष्ट्रपति हुन् । यसरी नेपालको इतिहासमा पहिलो पटक महिलालाई राष्ट्रपति र सभामुखका रुपमा पाएको नेपालले प्रधानन्यायधिसको रुपमा पनि महिलालाई नै पाएको छ र यो विश्वमा चर्चाको विषय बन्न सफल भएको छ ।
नेपालजस्तो गरिब, अविकसित र महिला आरक्षण रहेको मुलुकमा एकै समयमा राष्ट्रको तीन महत्वपूर्ण पदमा सबै महिला पुग्नु पक्कै पनि खुसीको कुरा हो ।
विश्व इतिहासलाई केलाउने हो भने पहीलो महीला प्रधानन्यायधिस सन १९८१ मा अमेरीकाकी सान्ड्रा डे अकोनर भएकी थिइन् ।
त्यस्तै छिमेकी राष्ट्र भारतमा सन १९८९ मा फतिमा बेभि एसियाकै पहीलो महीला प्रधानन्यायधिश बनेकी थिइन ।
अब नेपालको नाम पनि राष्ट्र प्रमुख, न्यायपालिका प्रमुख र व्यवस्थापिका प्रमुखमा तीनै जना महिला भएको देशको रुपमा विश्व इतिहासमा लेखिने छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment