Friday, April 15, 2016

दुर्घटनामा मृत्यु भनिएका चालक दुईदिनपछि फर्किदा

दाङ, दाङको तुलसीपुर–१ को राम्रीमा बुधबार साँझ लु२त २५५८ नं को ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको भनिएका चालक दुईदिनपछि अस्पतालमा आएका छन् ।

घाइते अवस्थामा उनी आज बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् । दुर्घटनामा परी ट्र्याक्टर चालक रोल्पा कोटगाउँ–१ का रामचन्द्र घर्ती र सहचालक सोही ठाउँ निवासी सुनिल पुनको मृत्यु भएको प्रहरीले भने पनि दुर्घटनामा चालकको मृत्यु नभएको बताएको छ ।

बुधबार राति १० बजे रोल्पाको लिवाङबाट तुल्सीपुरतर्फ आउँदै गरेको सो ट्र्याक्टर दुर्घटना भएपनि आफूहरु सल्यानको मोखलाबाट आएको घाइते चालक रामचन्द्र घर्तीले बताउनुभयो ।

उहाँले ट्र्याक्टरमा सल्यानको श्रीनगरबाट एक जना अपरिचित व्यक्ति जबर्जस्ती चढेको र आफू सहचालक र ती व्यक्तिमात्र ट्र्याक्टरमा सवार रहेको बताउनुभयो । “ट्र्याक्टरमा श्रीनगरबाट सवार एक जना सहचालक र म थियौँ, ट्र्याक्टर बिग्रेको थियो मोडमा स्ट्रक कटेन दुर्घटना भयो चालक घर्तीले भन्नुभयो ।”

त्यसैगरी चालक घर्तीले आफू बिहीबार दिउँसो ३ बजे होसमा आएको र होसमा आएपछि ७ बजे सकिनसकी हिँड्दै नजिकैको घरमा पुगेको बताउनुभयो । “म होसमा आएपछि नजिकैको एक घरमा पुगेँ एकदिन पछिमात्र होसमा आए ।”

बिहीबार भने चालक घर्तीका आफन्त तथा घरपरिवारले आफ्नो छोरा रामचन्द्र घर्तीको दुर्घटनामा मृत्यु भएको भन्दै तुल्सीपुरको राप्ती अञ्चल अस्पतालमा शव परीक्षणपछि अर्कै व्यक्तिको शव बुझेर लगेको प्रहरीले जनाएको छ । “आफन्तले हाम्रो मान्छे हो भनेर शव बुझ्नुभयो, अनुहार मिल्ने भएकाले यस्तो भएको हो आफन्तलाई खबर गरेका छौँ, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले भन्नुभयो ।

आफन्तले दाहसंस्कार गर्न भनेर तयार भए पनि घर्ती सम्पर्कमा आएपछि सो कार्य रोकिएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्ति कहाँका हुन् भन्नेबारे खुल्न नसकेकोे प्रहरीले जनाएको छ । घाइते चालका घर्तीको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment