चिकित्सा विज्ञानलाई चुनौती दिँदै एक गुरु पोखरामा ८ दिनसम्मको भूसमाधिपछि जीवित निस्किएका छन् । सुनसरीका ४५ वर्षे सिद्धबाबा श्रीवैष्णव कृष्णदास जी महाराज श्रीरामानन्दाचार्य पर्यटकीय नगरी पोखरामा बिना अक्सिजन गत चैत २६ गतेदेखि पोखराको रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा ९ दिसम्म समाधिमा बसेका हुन् ।
९ दिन अघि साँझ साढे ६ बजेदेखि समाधिमा बसेका उनी शुक्रबार रामनवमीको दिन बिहान १० बजेर १५ मिनेटमा सबैलाई आश्चर्य पार्दै जिवितै बाहिर निस्केका छन् । रामघाट क्षेत्रमा यतिखेर हजारौं श्रद्धालु भक्तको भीड लागेको छ । चिकित्सकको सामान्य चेकजाँचपछि उनी विस्तारै होसमा आए । सहयोगीले उनी सुतेको स्थानबाट उठाए । दही खाए, केहीबेर पनि पानी पिए । शंख फुके । उनले शरीर पुछियो । ब्रस्त फेरिसकेपछि उनी अनुयायीलाई दर्शन दिन बाहिर आए । त्यसपछि पनि उनले जोडले शंख फुके ।
उनको यो समाधिले यतिखेर चिकित्सकहरु दंग छन् । उनीहरुले चिकित्सा विज्ञानलाई गुरुको भूसमाधिले चुनौती दिएको बताएका छन् । भगवानको साक्षात रुप मानी शंख ध्वनी र तालीले उनको अद्भूत कार्यको प्रशंसा गरिएको छ । दिउँसो उनले प्रचवन दिने कार्यक्रम छ । राष्ट्र र मानवकल्याणका लागि आफू यसरी पहिलो पटक पोखरामा समाधिमा बसेको बताएका छन् ।
अद्भूत क्षमता भएका गुरुले यसअघि हरेक वर्ष चैते दशै तथा बडा दसैंमा विशेष समाधि साधनामा रहने गर्दैआएका छन् । पहिलो पटक उनी २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूसमाधि बसेका थिए । भारतका विभिन्न स्थानमा लामो समय तपस्या र ध्यान बसी उनले निर्वाण प्राप्त गरेको जगत्गुरु श्री रामानन्दाचार्य सेवापीठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment