फिल्म ‘गाजलु’ को युनीटले प्रेसमीटको आयोजना गर्दै अफिसियल प्रोमो सार्वजनीक गरेको छ । फिल्म‘गाजलु’मा मुख्य कलाकारहरु अनमोल केसि, सृष्टि श्रेष्ठको जोडि नसुहाएको पछिल्लो समयमा धेरै सुनिदै आएका छौं । प्रोमो सार्वजनिक कार्यक्रममा केही पत्रकारहरुले यस कुरालाई लिएर प्रश्न पनि गरेका थिए, तर निर्माण पक्षले भने केहि प्रतिकृया दिएनन् । फिल्म रीलीज पुर्व केहि भन्न नमिल्ने बताउँदै पहिले फिल्म हेर्न आग्रह गरेका छन् । त्यस्तै फिल्मका निर्माण पक्षले कलाकारहरुको माग अनुसार नै पारीश्रमिक पे गरेका बताएका छन् ।
वास्तबमा सृष्टि भन्दा अनमोल उमेरले कान्छो हो भनेर सबैलाई थाहा भएकै कुरा हो । फिल्ममा पनि अनमोल भन्दा सृष्टि जेठि नै रहेकी छिन् । ‘गाजलु’मा अनमोल र सृष्टिको प्रेमकथालाई प्रस्तुत गरीएको छ । त्यस्तै फिल्ममा नायिका सृष्टिले कुमारीको भुमिकामा अभिनय गरेकी छिन् ।



‘गाजलु’फिल्मबाट पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले फिल्म ईन्डष्ट्रिमा करीअर सुरु गरेकी छिन् । अनमोल केसि अभिनीत ‘गाजलु’ चौथो फिल्म रहेको छ । ‘गाजलु’फिल्म भन्दा पहिले नै अनमोलले तिन वटा सफल फिल्म होस्टेल,जेरी र ड्रिम्स फिल्महरुमा काम गरीसकेका छन् । फिल्मका संगीत हर्कुलस बस्नेतले दिएका हुन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं





No comments:
Post a Comment