Friday, September 2, 2016

राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण !

tharu-mukti

काठमाडौं, १७ भदौ ।  थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रस्तुत मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए।

शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । उनले मागका विषयमा अन्य दलहरुसँगको छलफल र सहमतिवाट आवश्यक निर्णय लिने जानकारी प्रतिनिधि मण्डललाई गराएका थिए ।  प्रधानमन्त्री प्रचण्डले अन्य मागहरु पूरा गर्ने सम्वन्धमा सकारात्मक ढंगले पहल गर्ने बताएका थिए।

मोर्चाले प्रधानमन्त्री समक्ष संविधानको धारा ६५ उपधारा ३ को सीमांकन सम्वन्धी व्यवस्था संशोधन गरी नवलपरासीदेखि कञ्चनपुरसम्मको थारु बाहल्य भूभागको थारुवान प्रदेश हुनुपर्ने, पूर्व झापासम्मको थारु बाहुल्य भूभागलाई पनि अर्को प्रदेशको मान्यता दिनुपर्ने माग गरेको छ ।

यस्तै थारु आयोग गठन गरिनुपर्ने, थारु आन्दोलनमा मारिएकालाई सहिद र घाइतहरुको उपचार तथा थुनामा रहेकाहरुलाई रिहाई एवम् टिकापुर घटना सम्वन्धमा स्वतन्त्र आयोगवाट छानविन हुनुपर्ने लगायतका मागहरु प्रधानमन्त्री प्रचण्डसामू राखेको छ ।

माग पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मधेस, थारु लगायतले गरेको आन्दोलनका क्रममा भएका सबै घटनाका सम्वन्धमा निष्पक्ष छानविनका लागि पूर्व न्यायाधिश गिरिशचन्द्र लालको नेतृत्वको आयोग गठन गरिसकिएको जानकारी गराएका थिए ।



from Nepal123.com - राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण !

एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने

भदौ – १७ । चिनियाँ मुलका हङ्कङ्बासी एक्सन स्टार ज्याकी चानलाई मानार्थ ओस्कार अवार्डबाट सम्मान गरिने भएको छ ।

अकाडेमी अफ मोसन पिक्सर आर्ट्स एण्ड साइन्सेसले सिने क्षेत्रमा प्राप्त गरेको असाधारण सफलताका लागि चानलाई मानार्थ ओस्कारबाट सम्मान गर्न लागिएको हो ।

jackie-chan_

अकाडेमीले आगामी नोभेम्बर १२ मा चानसहित बेलायती सम्पादक एन्ने वि कोट्स, कास्टिङ्ग डिरेक्टर लिन स्टलमास्टर र बृत्तचित्र निर्माता फ्रेडरिक वाइजम्यानलाई पनि मानार्थ ओस्कारबाट सम्मान गर्ने जनाएको छ ।

आफ्नो जीवनको चार दशक सिने जगतमा सक्रिय रहि चानले दर्शकलाई निरन्तर मनोरञ्जन प्रदान गर्न सफल भएको अकाडेमीको भनाई छ ।

६२ वर्षका ले पुलिस स्टोरी, आर्मर अफ गड, लगायत हङकङबाट बनेका मार्सल आर्ट सम्बन्धित दर्जनौँ फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।

कङफु पाण्डा, रस आवर फ्रांकाइस, रम्बल इन द बक्स लगायत फिल्मबाट उनले अन्तराष्ट्रिय सफलता हात पारेको थियो ।

The post एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने appeared first on नेपाल आज.



from Nepal123.com - एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने

रसिया र अमेरिकाको पहलमा सिरियामा छिट्टै शान्ति स्थापना हुने : पुटिन

रसिया, १७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले एक रसियाली टेलिभिजनमा शुक्रबार प्रसारित अन्तवार्तामा मस्को र वासिङ्टनबीच सिरिया सम्वन्धमा सहकार्यका लागि सम्झौता छिट्टै हुने बताउनुभएको छ ।

वार्ता विस्तारै सकारात्मक दिशामा अघि बढेको भए पनि सहमतिमा नै पुगिसकेको अवस्था भने होइन, राष्ट्रपति पुटिनले बताउनुभयो । सिरियामा जारी द्वन्द्वले सिरियालगायत विश्व समुदायलाई चिन्तित बनाएको छ त्यसैले विश्वका दुई शक्तिशाली राष्ट्र रसिया र अमेरिका यसलाई समाधान गर्न लागिपरेको पुटिनको दाबी थियो ।

छलफलले ढिलो नगरिकनै एउटा खाका तयार पारी हाम्रो सहमति अन्तर्राष्ट्रिय समुदायबीच प्रस्तुत हुनेछ, राष्ट्रपति पुटिनले ब्लुमबर्ग टेलिभिजनसँगको अन्र्तवार्तामा शुक्रबार बताउनुभयो ।



from Nepal123.com - रसिया र अमेरिकाको पहलमा सिरियामा छिट्टै शान्ति स्थापना हुने : पुटिन

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

भदौ – १७ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो ।

self driving mini bus

बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण गर्ने प्रयासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास निर्माता कम्पनी र दुबई सहरको व्यवस्थापन समिति दुवैले बताएका छन् ।

सुरुमा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको यो बस सेवाले भविष्यमा थप ठाउँमा समेत सुविधा प्रदान गर्ने उद्देश्य रहेको दुबई प्रशासनले बताएको छ । विश्वको बसैभन्दा अग्लो टावर बुर्ज खालिफा क्षेत्रमा सुरुका दिनमो उक्त सेवा प्रदान गरिनेछ ।

इजी माइल नामक फ्रान्सेली समूह तथा दुबईस्थित ओमनिक्स कम्पनीद्वारा संयुक्त रुपमा निर्माण गरिएको मिनीबसले ४० किलोमिटर प्रतिघण्टाको गतिमा सेवा प्रदान गर्नसक्ने बताइएको छ ।

निर्माण कम्पनीले जनाएअनुसार बसले आफ्नो गति अन्य गाडीको गतिअनुसार स्वतस्फूर्त रुपमा लिन वा नियन्त्रण गर्न सक्नेछ । यस बसको अचम्मको कुरा के छ भने जब सडकमा पैदलयात्रीले बाटो काट्न सुरु गर्छन् त्यतिबेला यसले रोकिएर उनीहरुलाई सडक पार गर्न दिने हैसियत राख्दछ ।

यस किसिमको यातायात सेवा दुबईको सकड सञ्जालमा पहिलो र महत्वपूर्ण कदम भएको छ साथै यसले वातावरणलाई स्वच्छ राख्न पूर्णतया मद्दत गर्ने विश्वास लिइएको दुबई सडक यातायात अधिकारीले अहमद बहरोज्याएनले बताए ।

दुबई सडक यातायात विभागका महानिर्देशक म्याटर अल टाएरले उक्त सेवालाई आफूहरुलेसन् २०३० सम्म दुबईको एकचौथाई भागमा लागिपरेको बताए।

दुबई खाडी मुलुकका केही पर्यटकीय सहरमध्ये एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । दुबईमा सन् २०१५ मा एक करोड ४२ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । एएफपी

The post दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु appeared first on नेपाल आज.



from Nepal123.com - दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

बास्केटबल प्रतियोगिता : पुष्पसदन दोहोरो उपाधि नजिक

काठमाडौँ, १७ भदौ । आयोजक पुष्पसदन बोर्डिङ हाइस्कुलको सिनियर र जुनियर ब्वाइज टोली दोस्रो पुष्पसदन कप काठमाडौँ जिल्लाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आज फाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित घरेलु मैदानमा भएको सिनियर ब्वाइज सेमिफाइनलमा पुष्पसदनले रेडिअन्टलाई ५०–४५ ले पराजित ग¥यो । पुष्पसदनका प्रतीक श्रेष्ठ र ध्रुव लामाले समान १४–१४ अङ्क जोडे । फाइनलमा पुष्पसदनको भेट ग्रिनफिल्डसँग हुनेछ । अर्को सेमिफाइनलमा ग्रिनफिल्डले ब्राइट होराइजनलाई ५९–५५ ले हराएको थियो । ग्रिनफिल्डका अनिश भण्डारीले २२ स्कोर गरे ।

जुनियर ब्वाइजमा पुष्पसदनले ग्रिनफिल्डलाई ३८–२३ ले हराउँदै नेरिकसँग उपाधि भिडन्त पक्का ग¥यो । पुष्पसदनको जितमा रोजिन महर्जनले १८ अङ्क योगदान गरे । असीम भण्डारीको १६ अङ्क सहयोगमा नेरिकले इनोभेटिभलाई ४२–३१ ले पाखा लगाएको थियो । फाइनल शनिबार हुनेछ ।



from Nepal123.com - बास्केटबल प्रतियोगिता : पुष्पसदन दोहोरो उपाधि नजिक

प्रधानमन्त्रीको चेतावनीः दायाँबायाँ गरे मन्त्रीलाई नै बर्खास्त गर्छु

Prachanda

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिस्टम भन्दा दायाँ बायाँ गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रियामा प्रचण्डले भने, ‘सरकार गठन गर्दै गर्दा मैले सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नुभयो भने जो कोहीलाई बर्खास्त गर्छु ।’ उनले अघि भने, अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा बसौं ।’

उनले सचिवहरु पनि मुख्य सचिवप्रति जवाफदेही हुनुपर्ने भन्दैे दायरा बाहिर नजान चेतावनी दिए । ‘यहाँ मन्त्री र सचिव मिलेपछि जेजे गर्न पनि सकिन्छ भन्ने रहेछ’ उनले भने-‘अब त्यस्तो हुन दिन्न ।’ सचिवहरुले मुख्य सचिवलाई नटरेको हो कि जस्तो लागेको भन्दै उनले भने, हो भने सुध्रनुस्, नत्र कदम चाल्छु ।’

उनले जनताले राहत महसुस गर्नेगरी काम गर्न समेत निर्देशन दिएका छन् । जनताले ससाना काममा परिणाम खोजिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री, सचिव, कर्मचारी मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

देश दुर्घटनाबाट जोगाउनु पर्छ

प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गरेर स्थिरतातर्फ मुलुकलाई लैजानु अहिलेको मुख्य चुनौती भएको बताएका छन् । उनले संविधान कार्यान्वयन गर्ने चुनौतीको सामना गर्न नसके देशनै दुर्घटनामा पर्ने भन्दै सबै सजग भएर काम गर्नुपर्ने बताएका हुन् ।

उनले ८ बर्षपछि प्रधानमन्त्रीको कुर्सीमा बस्दा देशमा चाँडै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने आत्मविस्वास पलाएको सुनाए । ‘म भित्र साह्रै ठूलो आत्मविस्वास पलाएको छ, अब मिलेर देश बनाउनेतिरमात्र सोचौं’ उनले भने, ‘आर्थिक समृद्धि, संविधान कार्यान्वयन र सुशासनका लागि एकैसाथ बल गरौं । यति गरे देश दुर्घटनामा पर्नबाट जोगिन्छ ।’

परिवर्तनको फिनिसिङ राम्रो भएन

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले २००७ सालदेखि अहिलेसम्म जुन उत्साहमा राजनीतिक परिवर्तनको शूरुवात भयो, त्यहि उत्साह र सहताका आधारमा परिवर्तन संस्थागत हुने नगरेको बताएका छन् । ‘परिवर्तनलाई सधैं सम्झौतामा टुंग्याउनु परेको छ’ उनले भने , हामी पनि सम्झौतामा आएका छौं, त्यसको मर्म कर्मचारीले बुझ्नुपर्छ ।’

प्रधानमन्त्रीले संविधानले सम्झौताको राजनीतिक व्यवस्था तय गरेको भन्दै त्यसै अनुसार राजनीतिक सोच बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

गर्ने हो त ?

प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठनपछि कालोबजारी, वेथिती, अराजगकता जस्ता समस्या न्यूनीकरण भएको दाकी गर्दै बजार अनुगमनलाई निरन्तरता दिने बताएका छन् ।

उनले प्रत्येक जनताले मेरो सरकार छ भन्नेगरी काम गर्नुपर्ने भन्दै सचिवहरुलाई सोधे, हामी जनताका लागि राम्रो काम गर्न सकिन्छ त ?’ उनले इमान्दार भएर हरेक दिन जनताको सेवामा काम गर्छु, म चाँही गल्ती गर्दिन भनेर प्रतिवद्धता जनाउने हो त ? भन्दै प्रश्न गरेका थिए ।

सचिवहरुको आग्रह, मुहानबाट सुधार गरौं

Sachib

अन्तरक्रियामा निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रितालले प्रशासन सुधारका लागि प्रधानमन्त्री कार्यालय बलियो र सुदृढ गर्नु नै पहिलो शर्त भएको बताए । उनले सचिवहरुले प्रधानमन्त्रीसँग सहज रुपमा भेट्न पाउनु पर्ने समेत बताएका थिए ।

अर्का सचिव प्रेमकुमार राईले राजनीतिक नेतृत्व, निजामति र ट्रेड युनीयनवीच सम्वन्ध सुदृढ गर्नुपर्नेमा जोड दिए । मन्त्रीहरुले कतिपय अवस्थामा ऐन नियम नबुझी हस्तक्षेप गर्ने र मन्त्री र राज्यमन्त्रीको विवादको मारमा समेत सचिव र कर्मचारी पर्ने गरेको गुनासो गरेका थिए ।

सचिव राईले सचिवहरुको सुविधामा समेत एकरुपमा नभएको, कोही सचिव करोडको गाडी र कोही गाडी नै नपाउने स्थितिमा रहेको गुनासो गरे । उनले भने, यहाँ समस्यै समस्या छ, प्रधानमन्त्री ज्यू, कर्मचारीभित्रका विभेदहरु अन्त्य गर्नुपर्‍यो ।’



from Nepal123.com - प्रधानमन्त्रीको चेतावनीः दायाँबायाँ गरे मन्त्रीलाई नै बर्खास्त गर्छु

ब्राइट एन्जल्सको पोल्टामा प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिताको ट्रफि

motivat teeg
काठमाडौँ । ब्राइट एन्जल्स स्कूल थानकोटले प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिता २०७३ को ट्रफि आफ्नो पोल्टामा पारेको छ । मोटिभेट न्यूज डटकमले बुधबार आयोजना गरेको उक्त प्रतियोगितामा १८ स्कूललाई पछि पार्दै ट्रफि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

१९ स्कूल सहभागी नृत्य प्रतियोगितामा जोरपाटीको भेनस पव्लिक स्कूलले द्धितिय स्थान हासिल गर्दा धापासीको ओडिसी इन्टरनेशनल स्कूलले तृतिय स्थान हाँसिल गरेको छ । उक्त प्रतियोगितामा लोयल्टी एकेडेमी मण्डिखाटारले सान्त्वना स्थान ल्याएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले दश हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ भने द्धितिय हुनेले छ हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पत्र आफ्नो पोल्टामा पारेको छ । त्यस्तै तृतिय हुनेले तिन हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पाउँदा सान्त्वनाले नगद रु दुई हजार र प्रमाण पत्रमा चित्त पुझाएको छ ।

उक्त प्रतियोगितामा तिन जना प्रेणदायी महिलाहरुलाई सम्मानीत पनि गरिएको थियो । सम्मानीत हुनेमा पुर्व राज्य मन्त्री, साहित्यकार, चित्रकार सुश्री भद्रकुमारी घले ‘मोटिभेट युगतारा सम्मान २०७३’, गायिका गायत्री थापा ‘मोटिभेट सवल नारि सम्मान २०७३’ र मोमिसा अधिकारी रहेका छन् । उक्त कार्यक्रमको उद्घाटन नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले गरेका थिए ।



from Nepal123.com - ब्राइट एन्जल्सको पोल्टामा प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिताको ट्रफि

बागलुङमा खोलाले बगाउँदा एकको मृत्यु

बागलुङ, १७ भदौ । बुर्तिवाङस्थित बढीगाड खोलाले बगाउँदा आज एकजनाको मृत्यु भएको छ ।

आज बिहान नुहाउन खोलामा पुग्नुभएका दर्लिङ–५ का ५६ वर्षीय टेकबहादुर पुनको बगेर मृत्यु भएको हो । पुन बुर्तिवाङमा रहेको प्रभु बैंकमा सुरक्षा गार्डमा कार्यरत हुनुहुन्थ्यो ।

प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा बुढाको शव भिमगिठे–९ स्थित ठूलाखेत बगरमा दिउँसो फेला परेको थियो ।

खोला किनारमा नुहाउँदै गरेको अवस्थामा बगेर आएको जुत्ता समाउने क्रममा पुनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन्



from Nepal123.com - बागलुङमा खोलाले बगाउँदा एकको मृत्यु

म्याद नाघेको पेयपदार्थ नष्ट

रोल्पा, १७ भदौ । उपभोग्य मिति गुज्रिएको ३५४ लिटर पेय पदार्थ फेन्टा आज यहाँ नष्ट गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोलाको नेतृत्वमा गएको बजार तथा सवारी साधन अनुगमन टोलीले रोल्पा सदरमुकाममा बिक्रीका लागि प्यूठानको बिजुवार बजारस्थित सुदन इन्टर प्राइजेजबाट लु १ च ५७८१ नंको गाडीमा ल्याइएको म्याद नाघेको उक्त पेयदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय रोल्पा र उद्योग वाणिज्य सङ्घ रोल्पाले बजार अनुगमनमा सक्रियता देखाउँदै आएका छन् ।



from Nepal123.com - म्याद नाघेको पेयपदार्थ नष्ट

प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरावलोकन आदेश


१७ भदौ, काठमाडौँ।

सर्वोच्च अदालतले पूर्वयुवराज्ञी प्रेरणाराज्यलक्ष्मी शाहका नाममा रहेको विवादित जग्गासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि आदेश दिएको छ ।preprana rajyalaxmi shah 31978620

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज शाहको जग्गा विवादको विषयलाई लिएर यसअघिको फैसला पुनरावलोकन गर्न आदेश दिएको हो ।


तत्कालीन राजा वीरेन्द्रको स्थानीय छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको कार्यालय नाममा थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले सो जग्गा आफ्नो स्वामित्वको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्रशम्शेर जबराको गत वर्ष असार ६ गतेको संयुक्त इजलासले जग्गा उनको स्वामित्वको भएको ठहर गरेको थियो । ट्रस्टको कार्यालयले सो जग्गा पूर्वराजा वीरेन्द्रको नाममा नै रहेको दाबी गर्दै उक्त आदेशलाई पुनरावलोकन गर्न माग गरेको थियो ।

प्रेरणाको स्वामित्व ठहर भएको विषय अदालतको स्थापित नजिर वा कानुनी सिद्धान्त प्रतिकूल देखिएको हुँदा पुनरावलोकन गर्ने अनुमति प्रदान गरिएको आदेशमा उल्लेख छ।

आदेशमा प्रेरणाका पिता तत्कालीन राजा ज्ञानेन्द्रका नाममा सो जग्गा कहिले पनि दर्ता भएको अवस्था नभई श्री ५ महाराजधिराजको नाममा गएको देखिएको हुँदा ज्ञानेन्द्रका नाममा नभएको जग्गा हस्तान्तरण गर्न नपाइने कानुनी मान्यता रहेको उल्लेख छ । रासस


The post प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरावलोकन आदेश appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from Nepal123.com - प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरावलोकन आदेश

Uzbek President Karimov has died

  • Uzbek government has not confirmed reports of death
  • Karimov criticised over authoritarian style
  • Did not name favoured successor, election looms 

ALMATY: President Islam Karimov has died aged 78 after suffering a stroke, three diplomatic sources told Reuters on Friday, leaving no obvious successor to take over the Central Asian nation.

The Uzbek government did not immediately confirm the reports. Earlier on Friday it said the health of Karimov, who has been in hospital since last Saturday, had sharply deteriorated.

Long criticised by the West and human rights groups for his authoritarian style of leadership, Karimov had ruled Uzbekistan since 1989, first as the head of the local Communist Party and then as president of the newly independent republic from 1991.

“Yes, he has died,” one of the diplomatic sources said when asked about Karimov’s condition.

Turkish Prime Minister Binali Yildirim became the first foreign leader to offer condolences over the death of Karimov. The two countries have close ethnic, cultural and linguistic ties.

Karimov did not designate a successor and analysts say the transition of power is likely to be decided behind closed doors by a small group of senior officials and family members.

If they fail to agree on a compromise, however, open confrontation could destabilise Uzbekistan, which shares a border with Afghanistan and has become a target for Islamist militants.

Uzbekistan is a major cotton exporter and is also rich in gold and natural gas.

SUCCESSION

A hint at who will succeed Karimov may come with the government’s announcement of his death – which one source said was expected later on Friday – and whoever it names to head the commission in charge of organising the funeral.

The funeral appeared likely to take place in Karimov’s hometown of Samarkand, where his mother and two brothers are also buried. Municipal authorities there mobilised public workers to clean the central streets late on Thursday.

According the U.S. Federal Aviation Administration, the Samarkand airport was closed for arriving and departing aircraft on Saturday “except operations officially confirmed for this date” and all previous permissions for this date were canceled.

This could indicate the government was making way for official foreign delegations to arrive.

Among potential successors to Karimov are Prime Minister Shavkat Mirziyoyev and his deputy Rustam Azimov. Security service chief Rustam Inoyatov and Karimov’s younger daughter Lola Karimova-Tillyaeva could become kingmakers.

According to the constitution, Nigmatilla Yuldoshev, the chairman of the upper house of parliament, is supposed to take over after Karimov’s death, and elections must take place within three months.

However, analysts do not consider Yuldoshev a serious player. His erstwhile counterpart in Turkmenistan, who was also supposed to become interim leader after the death of authoritarian president Saparmurat Niyazov in 2006, was quickly detained and thus eliminated from the line of succession.

Whoever succeeds Karimov will need to balance carefully between the West, Russia and China, which all vie for influence in the resource-rich Central Asian region.

Another task of the new leader will be resolving tensions with ex-Soviet neighbours Kyrgyzstan and Tajikistan over disputed borders and the use of common resources such as water.

The post Uzbek President Karimov has died appeared first on The Himalayan Times.



from Nepal123.com - Uzbek President Karimov has died

गाडीको ठक्करबाट १२ वर्षीया बबिताको मृत्यु

राजविराज, १७ भदौ- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा अज्ञात सवारी साधनको ठक्करबाट उपेन्द्र रामकी १२ वर्षीया छोरी बबिताको मृत्यु भएको छ ।

ती बालिकालाई कुन गाडीले ठक्कर दिएको खुल्न नसकेको र ठक्कर दिने गाडीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद पोखरेलले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जनाइएको छ । रासस



from Nepal123.com - गाडीको ठक्करबाट १२ वर्षीया बबिताको मृत्यु

बालुवाटारमा ‘फाइट’ पर्दापर्दै रोकिएका निधि र रावलको फेरि पर्यो लफडा

काठमाण्डु, १७ भदौ– केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख तीन दलको बैठकमा एकअर्कामाथि आरोप–पत्यारोप गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलको पुनः चर्काचर्की परेको छ ।

bimalendra nidhi bhim rawal

बालुवाटारमा एकअर्कामाथि आरोप–पत्यारोप लगाउँदै प्रधानमन्त्रीकै अगाडि ‘फाइट’ गर्न तम्सिएपछि बैठकमा उपस्थित नेताले सम्झाएर अवस्था सामान्य पारेका थिए । तर, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबार बसेको बैठकमा उनीहरुबीच पुनः चर्काचर्की परेको हो ।

बैठकमा निधिले एमालेलाई संकेत गर्दै पार्टीको बैठकमा कुन देशमा विशेष दूत पठाउँदा ठिक र कुन देशमा पठाउँदा वेठिक हुन्थ्यो भन्ने पार्टीको बैठकमै छलफल भएको बताएपछि रावल तातिएका हुन् ।

रावलले निधिलाई संकेत गर्दै आफूहरु कुनै पार्टीको बैठकमा नभएर संसदीय समितिको बैठकमा भएकाले पार्टीगत कुरा नगर्न आग्रह गरे ।

निधिले, ‘भारतमा विशेष दूत पठाउँदा राष्ट्रघाती र चीनमा पठाउँदा राष्ट्रवादी भन्ने चर्चा कुनै पार्टीको बैठकमा चलेछ…’ भनेपछि रावलले ‘पार्टीको बैठमा भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र संस्थागत हुनुपर्छ भन्ने पार्टीगत निर्णय बाहेक अन्य कुरा नभएको बताए ।’

बैठकमा सहभागी एक नेताका अनुसार यसै विषयलाई लिएर उनीहरुबीच भनाभन पर्यो र केही समयपछि बैठकमा सहभागी अन्य नेताले पनि आफ्नो पार्टी निकट नेताको पक्ष र अर्को निकटको विपक्षमा बोल्न थाले ।

बैठकमा निधिको बाबु राष्ट्रवादी चरित्र भएको व्यक्ति भएको तर निधिमा राष्ट्रघाती चरित्र सल्बलाएको बताइए पछि उनी झनै ताते । त्यसपछि स्थिति झनै तनावपूर्ण भयो । अन्तिममा निधि कमजोर बनेपछि रावल हाबी भए र एकछिनपछि स्थिति शान्त भयो ।



from Nepal123.com - बालुवाटारमा ‘फाइट’ पर्दापर्दै रोकिएका निधि र रावलको फेरि पर्यो लफडा

गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियो: रावल

काठमाण्डु, १७ भदौ- नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नेपालीले जारी गरेको संविधानकाविरुद्ध असन्तुष्ट शक्तिले मुलुकको स्वतन्त्रतामाथि गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरी नयाँ सरकार स्थापना गरेको बताएका छन् ।

युवा सङ्घ नेपालले नवनियुक्त युवा फाँट इन्चार्ज महेन्द्रबहादुर पाण्डेलाई स्वागत तथा निवर्तमान इन्चार्ज शेरधन राईलाई बिदाइ गर्न शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले मुलुकमा विद्यमान अस्थिरता तथा विकृतिलाई रोकेर देशको स्वतन्त्रताको रक्षाका लागि युवा समुदायले भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

नेता रावलले संविधान कार्यान्वयनका लागि चैतभित्र स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्दै मधेसी मोर्चाको सहयोगमा निर्माण भएको वर्तमान सरकारकातर्फबाट प्रधानमन्त्री तथा काँग्रेसका सभापतिले मोर्चाले आगामी असोज ३ गते मनाउन लागेको कालो दिवसकाबारेमा धारणा सार्वजनिक गर्नुपर्ने विचार व्यक्त गरे ।

निवर्तमान इन्चार्ज राईले मुलुकमा आर्थिक विकास र समृद्धिको एजेन्डालाई हासिल गर्न प्रमुख संवाहकका रुपमा युवा सङ्घलाई गतिशीलता बढाउन सुझाव दिए । नवनियुक्त फाँट इन्चार्ज पाण्डेले देश विकासमा युवा वर्गको नेतृत्वको खाँचो रहेको औंल्याए ।

सङ्घका सह–इन्चार्ज निरुदेवी पाल, अध्यक्ष राजीव पहारी र उपाध्यक्ष दिलु पन्तले मुलुकमा युवालाई सचेत बनाउन सङ्घले खेलेको भूमिकाका बारेमा जानकारी गराए ।



from Nepal123.com - गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियो: रावल

अवकाश पाएका पुनरावेदनका अतिरिक्त न्यायाधीश उच्च अदालतमा योग्य !

१७ भदौ, काठमाडौं । पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएकाहरु उच्च अदालतको न्यायाधीशका लागि योग्य हुने भएका छन् ।

law,-court-&-justiceसंसदीय समितिले अतिरिक्त न्यायाधीशबाट अवकाश पाएकाहरुको नाम उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि तयार पारिने रोष्टरमा समावेश गर्ने गरी न्याय परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक परिमार्जनसहित पारित गरेको छ ।

विधायन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले विधयेकमाथि परेका संशोधनहरुलाई समावेश गरेर रामनारायण बिडारी संयोजक रहेको उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

समितिले पारित गरेको प्रतिवेदन अनुसार न्याय परिषद्ले उच्च अदालतमा नियुुक्त गरिने न्यायाधीशहरुको रोष्टर तयार पार्दा अवकाशप्राप्त अतिरिक्त न्यायाधीशहरुको नाम पनि समावेश गर्नुपर्ने छ ।

पारित विधेयकमा न्याय परिषद्ले न्यायाधीशको पद्मा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरुको अभिलेख तयार पार्ने व्यवस्था छ । विधायन समितिले जिल्ला न्यायाधीश संविधान बमोजिम समानुपातिक र समावेशी सिद्धान्तका आधारमा नियुक्त गर्ने गरी विधेयक पारित गरेको छ ।

समितिबाट पारित विधेयकले संसद्बाट पारित भएपछि कानूनी रुप लिने छ । समितिले न्याय प्रशासन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पनि पारित गरेको छ । यी दुवै विधेयक अघिल्लो सरकारले ल्याएको हो ।



from Nepal123.com - अवकाश पाएका पुनरावेदनका अतिरिक्त न्यायाधीश उच्च अदालतमा योग्य !

ग्यालेक्सी नोट ७ फिर्ता लिने सामसुङको घोषणा

Galaxi-note

१७ भदौ, काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने निर्णय गरेको छ ।

ब्याट्रीमा समस्या आएपछि उसले यो निर्णय लिएको हो । अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पडि्कएको थियो ।

अब कम्पनीले जसको फोन किनेको छ, उसलाई नयाँ फोन दिने भनेको छ । सामसुङका अनुसार कुन फोनमा समस्या छ पत्ता लगाउन गाह्रो छ ।

ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ । सामसुङका प्रमुख डोङ गिनले भनेका छन्, यसको मुख्य यति धेरै छ कि मेरो मनमा पीडा हुन्छ । तर, पनि हामीले यो निर्णय लिएका छौं किनकी ग्राहकको सुरक्षा सबैभन्दा जरुरी छ ।’

कम्पनीका अनुसार नयाँ फोन तयार गर्न कम्तिमा दुई हप्ता समय लाग्छ ।



from Nepal123.com - ग्यालेक्सी नोट ७ फिर्ता लिने सामसुङको घोषणा

डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

valiwal

भदौ – १७ । डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी क्लब नवआदर्श सामुदायिक विकास समाजलको आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५,११,२५, १७ र २५, १५ ले हराउँदै अन्तिम चारमा पुगेको हो।

यसैगरी आर्मी पराजित भए पनि समूह कको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

समूह कमा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम समयमा नआउने निर्णय गरेका कारण डायमन्ड र आर्मीले प्रतिस्पर्धा गरेको थिए।

यसैगरी अर्को खेलमा एपिएफले मध्यपश्चिमको श्रीगाउको टोलीलाई २५, ९, २५, १० र २५, १२ ले हरायो।

शुक्रबार अन्तिम खेल भने वर्षाका कारण सकेन। एपिएफले पश्चिममाञ्चल विरुद्धको खेलमा २–० ले अग्रता लिइरहेको बेला वर्षाले खेल रोकिएको थियो।

शनिबार बिहान पहिलो खेलमा एपिएफ र पश्चिमाञ्चलले खेल्नेछन्। हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा सञ्चालन हुने प्रतियोगिताको न्यु डायमण्डले उपाधिमा ह्याट्रिक गरिसकेको छ।

डायमन्डका प्रशिक्षक कुमार राईले सुरुआत खेलमा टोलीले आफ्नो स्वाभाविक खेल देखाउन नसकेको बताए। उनले भने, ’हामीले सहज रुपमा लियो आजको खेलमा। सर्भर बाहेक अन्यमा राम्रो प्रदर्शन भएन।’

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ। तेस्रोलाई २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ। विधागतरुपमा बेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ। भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए।

The post डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा appeared first on नेपाल आज.



from Nepal123.com - डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

मधेस मोर्चाको ऋण तिर्दै प्रचण्ड हैरान

Ex-PM Nepal returns home from China

CPN-UML leader Madhav Kumar Nepal

FILE – CPN-UML senior leader Madhav Kumar Nepal speaking at a programme in Kathmandu, on Monday, August 1, 2016. Photo: RSS

KATHMANDU: CPN-UML leader and former Prime Minister Madhav Kumar Nepal returned home from China on Friday.

He had visted various places in China and taken part in different programmes, Rastriya Samachar Samiti reported.

The post Ex-PM Nepal returns home from China appeared first on The Himalayan Times.



from Nepal123.com - Ex-PM Nepal returns home from China

गृहमन्त्री निधिले दिए ३ करोड नेपालीको मन दुखाउने प्रतिक्रिया !

काठमाण्डु, १७, भदौ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाण्डु–तराई जोड्ने फास्ट ट्रयाक आयोजनाको काम भारतलाई नै दिने दाबी गरेका छन् । शुक्रबार संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै गृहमन्त्री निधिले सो धारणा फेरि दोहोर्याएका हुन् । उनले यसअघि पनि यो प्रोजेक्ट भारतलाइ नै दिनुपर्ने बताउँदै आएका थिए ।

सर्वोच्च अदालतले इन्फ्रास्टक्चर लिजिङ् एन्ड फाइनान्सियल सभिर्सेज (आइएलएफएस) नामक विवादित भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको
ठेक्का नदिन आदेश जारी गरिसकेको भएपनि मन्त्री निधीले फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने पक्षमा बोलेका हुन् ।

बैठकमा निधिले आफु अघिल्लो सरकारमा भौतिक योजना मन्त्री हुँदा यो योजना सम्पन्न गर्न भारतीय कम्पनीसँग विधिवत रुपमा प्रारम्भिक सम्झौता भएको बताउँदै उनले ओली नेतृत्वको सरकारले यो योजना आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको दाबी गरे । यद्यपि, गृहमन्त्री निधिले केही दिनअघि भएको आफ्नो भारत भ्रमणमा भने यो विषयमा सम्झौता नभएको समेत स्पष्ट पारे ।

उनले एमाले नेताहरुले यो आयोजनाका बारेमा गरेको दाबीलाई बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हेर्न आग्रह गरे । ‘त्यो आयोजना पनि विदेशीले नै बनाउँदैछ, तर फास्ट ट्रयाकमा मात्र किन यत्रो विरोध, पोखरा विमानस्थलको ठेक्का पनि त विदेशी कम्पनीले नै पाएको छ, त्यसको उहाँहरु किन विरोध गर्नुहुन्न ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने उक्त आयोजना स्वदेशी लगानीमै निर्माण हुने बताउँदै आएका छन् । यो आयोजना भारतलाई दिने विषयमा भने चौतर्फी आलोचना हुँदै आएको छ । सर्वसाधारणले यो आयोजना भारतलाई दिन नहुने बताउँदै आएका छन् ।



from Nepal123.com - गृहमन्त्री निधिले दिए ३ करोड नेपालीको मन दुखाउने प्रतिक्रिया !

अर्जेन्टिनी टिममा फर्किएका मेस्सी भन्छन्-अहिले धेरै खुसी छु

messi

१७ भदौ, काठमाडौं । एथ्लेटिको विल्वाअोविरुद्धको खेलका क्रममा लागेको चोटका बावजुद लिओनल मेस्सी खुसीका साथ अर्जेन्टिनाका लागि खेले र उरुग्वेविरुद्ध टिमलाई जिताए ।

गत जुनमा अप्रत्यासित रुपमा सन्यास लिएका मेस्सीले आफ्नो घोषणा फिर्ता लिएपछि पहिलो पटक अर्जेन्टिनाका लागि खेलेका थिए ।
र, उनकै गोल मदतमा विश्वकप छनौटमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराएको छ ।

खेलपछि मेस्सीले अर्जेन्टिनाको अहिलेको टोलीमाथि आफूलाई विश्वास रहेको बताए । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा पराजित भएको स्मरण गर्दैै उनले भने, ‘त्यसबेला हामी निकै निराश थियौं । र, यो कठिन झड्का थियो ।’

बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीले अहिले भने आफू खुसी रहेको बताए । उनले भने, अहिले म धेरै खुसी छु । खासगरी यहाँ (अर्जेन्टिनी टिममा) मा भएको खुसी छु ।’

यद्यपि मेस्सीले सेप्टेम्बर ६ मा भेनेजुएलाविरुद्ध खेल्नेमा अझै आशंका छ । किनकी उनी अझै पूर्ण फिट देखिएका छैनन् ।



from Nepal123.com - अर्जेन्टिनी टिममा फर्किएका मेस्सी भन्छन्-अहिले धेरै खुसी छु

साक्षरता शिक्षा गाउँगाउँमा पुर्याउः राज्यमन्त्री विक

भक्तपुर, १७ भदौ- यसवर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१६ तथा राष्ट्रिय शिक्षा दिवस २०७३ शुक्रबारबाट सुरु भएको छ ।

सरकारले एकसातासम्म मनाउने दिवसको शुक्रबार अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरमा शिक्षा राज्यमन्त्री धनमाया विकले उद्घाटन गरिन् ।

सो अबसरमा उनले साक्षरता शिक्षा नभए जीवन नै अन्धकार हुने भएकाले साक्षरता शिक्षालाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताइन् ।

कार्यक्रममा काठमाण्डु, भक्तपुर र ललितपुरबाट सहभागी हुने आठवटा समूहबीच लोकदोहरी प्रतियोगिता एवम् लघु नाटक प्रदर्शनी गरिएको थियो ।

साताव्यापी कार्यक्रममा भदौ २३ गते केन्द्रकै प्राङ्गणमा वृक्षरोपण, प्रभातफेरि, झाँकी तथा र¥याली, केन्द्रको साक्षरता विशेषाङ्क सार्वजनिक, स्टल तथा प्रर्दशनी र पुरस्कार वितरण गरिने लगायतका विभिन्न कार्यक्रम रहेका केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले बताए। रासस



from Nepal123.com - साक्षरता शिक्षा गाउँगाउँमा पुर्याउः राज्यमन्त्री विक

‘सेलेब्रेसन’ गर्दा रातो कार्ड पाएपछि

game
भदौ – १७ । खेलाडीहरुले मैदानमा विपक्षीलाई फल गरे वा खराब व्यवहार देखाएको खण्डमा सजायस्वरुप पहेँलो वा रातो कार्ड पाउँछन् ।

गोल गरेपछि सेलेब्रेसन गर्दा पनि रातो कार्ड पाएको सुन्दा भने तपाईंलाई अचम्म लाग्ला। तर स्वीडेनको थर्ड टायर अन्तर्गत भएको खेलमा गोल गरेर सेलेब्रेसन गर्ने क्रममा एक खेलाडीले रातो कार्डको सामना गर्नुपर्‍यो ।

नोर्बी आइएसका लागि व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गरेपछि डिफेन्डर मेदी ड्रेसेभिक खुसीयाली मनाउँदै खाली दर्शकदीर्घामा गएर आफैं ताली बजाउन थाले ।

त्यसपछि रेफ्रीले रातो कार्ड देखाउँदै उनलाई मैदानबाहिर पठाएका हुन् । मेदीलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका भने होइनन् । उनले पहिल्यै पहेँलो कार्ड पाइसकेका थियो । गोलको सेलेब्रेसन गर्दा दोस्रो पहेँलो कार्डको सामना गरेपछि उनले रातो कार्डको सामना गरेका हुन् । २४ वर्षे डिफेन्डरले अब नोर्वी आइएफको लागि अर्को खेल खेल्न नपाउने भएका छन् ।

The post ‘सेलेब्रेसन’ गर्दा रातो कार्ड पाएपछि appeared first on नेपाल आज.



from Nepal123.com - ‘सेलेब्रेसन’ गर्दा रातो कार्ड पाएपछि

काठमाडौं उपत्यकाका ९० प्रतिशत पानी पिउन अयोग्य

drinking-water-kahnepani

१७ भदौ, काठमाडौं । उपत्यकामा ९० प्रतिशत पानी पिउन अयोग्य रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएपछि स्वास्थ्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मातहतको इपिडिमियोलोजी शाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पानीको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो ।

परीक्षणका क्रममा महाशाखाले ६० वटा नमूनामध्ये ५९ वटामा कोलिर्फम जिवाणु फेला पारेको थियो ।

महाशाखाले गत साउनको दोश्रो साता पनि काठमाडौं उपत्यकाको ९६ ठाउँका पानीको नमूना संकलन गरेको थियो । त्यसमध्ये ४६ वटामा इकोली, इस्टेरिया लगायत कोलिर्फमका जिवाणु पाइएको थियो ।

‘पानीमा हैजाका जिवाणु परीक्षणका क्रममा विभिन्न पानीको जाँच गर्दा उपत्यकाका ९० प्रतिशत पानी खान अयोग्य भएको पाएका छौं,’ इपिडिमियोलोजी शाखा प्रमुुख गुणनिधि शर्माले भने, ‘त्यसमा जारका पानीदेखि इनार, ढुंगेधारा, धारा सबैखाले पानी सम्मिलित छन् ।’

यसरी जाँच गरिएका पानीमध्ये अहिलेसम्म बोतलका पानीमात्र खान योग्य देखिएको छ ।

कोलिफर्मयुक्त पानीबाट बच्न सकेसम्म उमालेको पानीमात्र सेवन गर्न तथा क्लोरिन झोल राखेर पानीको सेवन गर्न चिकित्सकहरुले सबैसित अनुरोध गरेका छन् ।



from Nepal123.com - काठमाडौं उपत्यकाका ९० प्रतिशत पानी पिउन अयोग्य

सार्वजनिक संस्थानमा प्रमुख नियुक्ति: प्रसंग नेपाल टेलिकमको

प्रचण्ड भारत र अमेरिका भ्रमणपछि संविधान संसोधन – सल्लाहकार खनाल


१७ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भारत र अमेरिकाको भ्रमण लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

सिंहदरवार भित्र तास खेल्नेलाई कारवाही गर्न प्रचण्डको निर्देशन

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै खनालले भने,‘हाम्रो चाहना त प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जानु अघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने थियो, तर त्यसो हुन सकेन, अब उहाँ भारत र संयुक्त राष्ट्रसंघको भ्रमण सकेर फर्किए लगत्तै संशोधन प्रक्रिया अघि बढाउँछौं ।’ उनले अहिले संशोधनबारे बहस जारी रहेकोले केही समय लाग्ने भएकाले प्रधानमन्त्री भारत जानुपुर्व उक्त प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पारे ।

Prachanda with Baldev

उनले मधेशको मुद्दा सम्बोधन गर्ने कुरामा आफ्नो पार्टी अत्यन्तै गम्भिर रहेको बताए । उनले अघि थपे,‘मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ, हाम्रो पार्टीले त पहिलेदेखि नै यो विषयमा गम्भिर रुपमा कुरा उठाउँदै आएको छ, काँग्रेसले पनि यही कुरा भनेको छ ।’ खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउने विषयमा प्रमुख राजनीतिक दलहरुवीच छलफल जारी रहेकोले चाँडै निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

उर्जामन्त्रीको निर्देशनमा नागार्जुन दरबारको विद्युत काटियो


उनले संविधान कार्यान्यवयनको लागि पनि माघ ७ भित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै फागुण अन्तिमसम्म स्थानीय निकायको चुनाव हुने विश्वास व्यक्त गरे । उनले अघि थपे,‘स्थानीय निकायको चुनावको लागि अहिले तयारी भैरहेको छ, दलहरुवीच सम्वाद जारी छ, संख्याको विषयमा केही मतमतान्तर छन्, हामी दलीय सहमतिबाट नै अघि बढ्छौं ।’

स्थानीय निकाय पूर्नसंरचना आयोगले अघि सारेको संख्यामा केही तलमाथि हुने बताउँदै खनालले दलीय सहमतिबाट आयोगलाई सुझाव सरकारले दिने जनाए । उनले भने,‘आयोगको प्रारम्भिक अवधारणा हामीले हेर्यौं, यो संख्या अलिक थोरै भयो भन्ने हामीलाई लागेको छ, हामी सुझाव दिन्छौं ।’ उनले आयोग र सरकारवीच त्यस्तो कुनै असमझदारी नरहेको समेत स्पष्ट पारे ।

अनौठो सर्वेक्षणः कुन देशका महिलाको बक्षस्थल र पुरुषको यौनाङ ठूलो

संविधान संशोधनको लागि एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । उनले थपे,‘हामी अहिले घनिभुत छलफलमै छौं, एमालेले पनि सहयोग गर्छ, मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ ।’

प्रधानमन्त्रीकै कार्यालयमा यस्तोः तास खेल्दै राष्ट्रसेवक (तस्विर र भिडियो सहित)

प्रचण्ड नेतृत्वको वर्तमान सरकार विस्थापित भएमात्रै एमालेले संविधान संशोधनमा सघाउने नभए सहयोग नगर्ने अडान लिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘हामी चाहन्छौं राष्ट्रिय सहमतिको सरकार बनोस्, त्यसो भयो भने सहमति खोज्न सजिलो हुन्छ ।’


The post प्रचण्ड भारत र अमेरिका भ्रमणपछि संविधान संसोधन – सल्लाहकार खनाल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from Nepal123.com - प्रचण्ड भारत र अमेरिका भ्रमणपछि संविधान संसोधन – सल्लाहकार खनाल

काठमाण्डु–हेटौंडा जोड्जे छोटो दूरीको सडक बिस्तारमा तीव्रता

हेटौडा, १७ भदौ- हेटौँडा–काठमाण्डु जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरी तीव्रता पाएको छ ।

नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरी तीव्रता दिएको हो ।

सडक आयोजना प्रमुख दीपक केसीकाअनुसार तराई आन्दोलन र नाकाबन्दीले गर्दा इन्धनको चरम अभावले काम ठप्पै बनाएकामा केही हप्तायता ठेकेदारले कामलाई तीव्रता दिएको जानकारी दिए ।
आयोजनाले चालु आर्थिक वर्षभित्र सडकलाई चौडा गरिसक्ने र आउने आर्थिक वर्षदेखि कालोपत्रे गर्ने लक्ष्य छ । आयोजनाले ठेकेदार कम्पनीलाई सडक चौडा गर्न पुस मसान्तसम्मको समय दिएपनि इन्धन अभावले निर्धारित समयमा काम हुन नसक्ने देखिएकाले असार मसान्तसम्मको लागि म्याद थप भएको थियो ।
तर असारसम्म चौडागर्ने काम नसकिएपछि फेरि म्याद थप गरेर काम सकाउने योजना अघि सारिएको हो ।

सडक चौडा गर्ने काममा अझै एकवर्ष लाग्नसक्ने देखिएको छ । हेटाँैडा र काठमाण्डुबाट साना तथा ठूला सवारीका साधन सजिलैसँग ओहोरदोहोर गर्नका लागि यो मार्गले निकै सहयोग पुग्ने स्थानीयवासी बताउँछन् ।

हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो र चापागाउँ दोबाटो सम्म ९० किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ तीनदेखि पाँच मिटर रहेकाले त्यसलाई ८।३० मिटर चौडा गर्न लागिएको आयोजनाका प्रमुख केसीले बताए ।

विभिन्न खण्ड गरी सडक चौडाका लागि हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टिकाभैरव पुलसम्म ७९ किलोमिटर कन्टेक प्रालि, एससिसि मोतिदान जेबी, महालक्ष्मी सिं एण्ड ब्रदर्स जेबी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ९० किमीमध्ये हेटौँडादेखि टिकाभैरवको पुलसम्म ७९ किमी सडक योजनाले हेर्ने र बाँकी टिकाभैरवको पुलदेखि सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ११ किमी भने ललितपुर सडक डिभिजन कार्यालयले हेर्ने आयोजना प्रमुख केसीले बताए ।

सडक डिभिजन कार्यालयले हेटौँडाको बुद्धचोकदेखि चुच्चे खोला, चुच्चे खोलादेखि जितपुर र टिकाभैरवदेखि तिनपानेसम्मको सडक खण्डको कालोपत्रे स्तरोन्नतिका लागि यसअघि नै बोलपत्र आह्वानसमेत गरिसकेको छ ।
जग्गा अधिग्रहण गर्न र अधिकांश स्थानमा सडक छेउमा घर टहरा बनिसकेको तथा अतिक्रमित संरचना हटाउनुपर्ने चुनौती आयोजनालाई छ । यस सडकलाई दक्षिणकाली–सिस्नेरी सडकखण्ड, त्रिभुवन लोकपथको विकल्पको रुपमा हेरिएको छ ।

गत वर्षको विनाशकारी भूकम्पका कारण आएको पहिरोले अन्य लोकमार्गलाई अवरोध गरेपछि यस मार्गलाई वैकल्पिक मार्गको रुपमा स्थापित गराउन राज्यले चासो बढेको हो ।
प्रत्येक आर्थिक वर्षमा पाँचरपाँच करोड विनियोजन भएकामा चालु आर्थिक वर्षका लागि ३९ करोड विनियोजन भएको छ । यसअघि सो योजनामा झन्डै ४७ करोड खर्च भइसकेको छ ।

विंसं।२०१३मा राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण सुरू गरिएको थियो । काठमाण्डु– हेटैँडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिइ छुट्टै योजनाका रूपमा कामअघि बढाएको हो । रासस



from Nepal123.com - काठमाण्डु–हेटौंडा जोड्जे छोटो दूरीको सडक बिस्तारमा तीव्रता

हेटौँडा–काठमाडौँ छोटो दूरीको सडक बिस्तारमा तीव्रता

१७ भदौ, हेटौँडा । हेटौँडा– काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरी तीव्रता पाएको छ । नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरी तीव्रता दिएको हो ।

road-construction-nepalसडक आयोजना प्रमुख दीपक केसीकाअनुसार तराई आन्दोलन र नाकाबन्दीले गर्दा इन्धनको चरम अभावले काम ठप्पै बनाएकामा केही हप्तायता ठेकेदारले कामलाई तीव्रता दिएको जानकारी दिए ।

आयोजनाले चालुु आर्थिक वर्षभित्र सडकलाई चौडा गरिसक्ने र आउने आर्थिक वर्षदेखि कालोपत्रे गर्ने लक्ष्य छ । आयोजनाले ठेकेदार कम्पनीलाई सडक चौडा गर्न पुस मसान्तसम्मको समय दिएपनि इन्धन अभावले निर्धारित समयमा काम हुन नसक्ने देखिएकाले असार मसान्तसम्मको लागि म्याद थप भएको थियो ।

तर असारसम्म चौडागर्ने काम नसकिएपछि फेरि म्याद थप गरेर काम सकाउने योजना अघि सारिएको हो ।

सडक चौडा गर्ने काममा अझै एकवर्ष लाग्नसक्ने देखिएको छ । हेटौँडा र काठमाडौँबाट साना तथा ठूला सवारीका साधन सजिलैसँग ओहोरदोहोर गर्नका लागि यो मार्गले निकै सहयोग पुग्ने स्थानीयवासी बताउँछन् ।

हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो र चापागाउँ दोबाटोसम्म ९० किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ तीनदेखि पाँच मिटर रहेकाले त्यसलाई ८.३० मिटर चौडा गर्न लागिएको आयोजनाका प्रमुख केसीले बताए ।

विभिन्न खण्ड गरी सडक चौडाका लागि हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टिकाभैरव पुलसम्म ७९ किलोमिटर कन्टेक प्रालि, एससिसि मोतिदान जेबी, महालक्ष्मी सिं एण्ड ब्रदर्स जेबी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ९० किमीमध्ये हेटौँडादेखि टिकाभैरवको पुलसम्म ७९ किमी सडक योजनाले हेर्ने र बाँकी टिकाभैरवको पुलदेखि सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ११ किमी भने ललितपुर सडक डिभिजन कार्यालयले हेर्ने आयोजना प्रमुख केसीले जानकारी दिए ।

सडक डिभिजन कार्यालयले हेटौँडाको बुद्धचोकदेखि चुच्चे खोला, चुच्चे खोलादेखि जितपुर र टिकाभैरवदेखि तिनपानेसम्मको सडक खण्डको कालोपत्रे स्तरोन्नतिका लागि यसअघि नै बोलपत्र आह्वानसमेत गरिसकेको छ ।

जग्गा अधिग्रहण गर्न र अधिकांश स्थानमा सडक छेउमा घर टहरा बनिसकेको तथा अतिक्रमित संरचना हटाउनुपर्ने चुनौती आयोजनालाई छ । यस सडकलाई दक्षिणकाली–सिस्नेरी सडकखण्ड, त्रिभुवन लोकपथको विकल्पको रुपमा हेरिएको छ ।

गत वर्षको विनाशकारी भूकम्पका कारण आएको पहिरोले अन्य लोकमार्गलाई अवरोध गरेपछि यस मार्गलाई वैकल्पिक मार्गको रुपमा स्थापित गराउन राज्यले चासो बढेको हो ।

प्रत्येक आर्थिक वर्षमा रु पाँच-पाँच करोड विनियोजन भएकामा चालुु आर्थिक वर्षका लागि ३९ करोड रूपैयाँ विनियोजन भएको छ । यसअघि सो योजनामा झन्डै ४७ करोड खर्च भइसकेको छ ।

वि.सं.२०१३मा राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण सुरू गरिएको थियो । काठमाडौँ– हेटौँडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिइ छुट्टै योजनाका रूपमा कामअघि बढाएको हो ।



from Nepal123.com - हेटौँडा–काठमाडौँ छोटो दूरीको सडक बिस्तारमा तीव्रता

भारत होइन अमेरिकाबाट आएपछि बल्ल गर्ने भए प्रचण्डले यो काम, उनकै सल्लाहकारले गरे खुलासा

काठमाण्डु, १७ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भारत र अमेरिकाको भ्रमण लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

chakrapani khanal

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने, ‘हाम्रो चाहना त प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जानुअघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने थियो, तर त्यसो हुन सकेन, अब उहाँ भारत र संयुक्त राष्ट्रसंघको भ्रमण सकेर फर्किए लगत्तै संशोधन प्रक्रिया अघि बढाउँछौं ।’

उनले अहिले संशोधनबारे बहस जारी रहेकोले केही समय लाग्ने भएकाले प्रधानमन्त्री भारत जानुपुर्व उक्त प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै उनले मधेसको मुद्दा सम्बोधन गर्ने कुरामा आफ्नो पार्टी अत्यन्तै गम्भिर रहेको बताए । उनले अघि थपे, ‘मधेसको मुद्दा सम्बोधन गर्नुपर्छ, हाम्रो पार्टीले त पहिलेदेखि नै यो विषयमा गम्भिर रुपमा कुरा उठाउँदै आएको छ, काँग्रेसले पनि यही कुरा भनेको छ ।’

खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउने विषयमा प्रमुख राजनीतिक दलहरुवीच छलफल जारी रहेकोले चाँडै निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

उनले संविधान कार्यान्यवयनको लागि पनि माघ ७ भित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै फागुण अन्तिमसम्म स्थानीय निकायको चुनाव हुने विश्वास व्यक्त गरे ।

उनले अघि थपे, ‘स्थानीय निकायको चुनावको लागि अहिले तयारी भैरहेको छ, दलहरुवीच सम्वाद जारी छ, संख्याको विषयमा केही मतमतान्तर छन्, हामी दलीय सहमतिबाट नै अघि बढ्छौं ।’

स्थानीय निकाय पूर्नसंरचना आयोगले अघि सारेको संख्यामा केही तलमाथि हुने बताउँदै खनालले दलीय सहमतिबाट आयोगलाई सुझाव सरकारले दिने जनाए । उनले भने, ‘आयोगको प्रारम्भिक अवधारणा हामीले हेर्यौं, यो संख्या अलिक थोरै भयो भन्ने हामीलाई लागेको छ, हामी सुझाव दिन्छौं ।’

उनले आयोग र सरकारवीच त्यस्तो कुनै असमझदारी नरहेको समेत स्पष्ट पारे ।

संविधान संशोधनको लागि एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । उनले थपे,‘हामी अहिले घनिभुत छलफलमै छौं, एमालेले पनि सहयोग गर्छ, मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ ।’

प्रचण्ड नेतृत्वको वर्तमान सरकार विस्थापित भएमात्रै एमालेले संविधान संशोधनमा सघाउने नभए सहयोग नगर्ने अडान लिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘हामी चाहन्छौं राष्ट्रिय सहमतिको सरकार बनोस्, त्यसो भयो भने सहमति खोज्न सजिलो हुन्छ ।’



from Nepal123.com - भारत होइन अमेरिकाबाट आएपछि बल्ल गर्ने भए प्रचण्डले यो काम, उनकै सल्लाहकारले गरे खुलासा

काठमाडौंमा फेरि देखियो हैजाको संक्रमण

१७ भदौ, काठमाडौं । पछिल्लो दश दिनमा काठमाडौंमा फेरि हैजाको संक्रमण देखिएको छ । काठमाडौंको थानकोटमा आठ र सतुंगलमा सात गरी जम्मा १५ जनामा हैजाको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको इपिडिमियोलोजी शाखाले जनाएको छ ।

haijaयसअघि ललितपुुरको बालकुमारी, थैव, हरिसिद्धी, गोदावरी, जावलाखेल, भैसेपाटी लगायतका ठाउँमा हैजाको प्रकोप देखिएको थियो । त्यस्तै गत साता भक्तपुरको काँडाघारीमा पनि एक जनामा यो संक्रमण देखिएको छ ।

‘विगत दुई महिनादेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाको संक्रमण देखिँदै आएको थियो । त्यसमध्य भक्तपुर, काठमाडौंको थानकोट र सतुंगलमा देखिएको नयाँ हो’, इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले अनलाइनखबरसित भने ।

उनका अनुसार पानीकै कारण संक्रमण भएको नपाइएकाले स्वास्थ्य सेवा विभागले अनुसन्धान गरिरहेको छ । काठमाडौंमा दिनभरी घुमेर गुजारा गर्नेको संख्या धेरै भएकाले उनीहरुबाट पनि यसको संक्रमण अरुलाई हुन सक्ने आशंका छ ।

काठमाडौं उपत्यकामा हैजाबाट प्रभावित हुनेको संख्या १३७ पुगेको छ । त्यसमध्ये काठमाडौं जिल्लामा मात्र हैजाबाट प्रभावित हुनेको संख्या १९ पुगेको छ । त्यसैगरी, ललितपुरमा एक सय १० मा हैजा देखिनुका साथै भक्तपुरमा एक जनामा यो संक्रमण देखिएको छ । त्यसबाहेक हैजाबाट प्रभावित सात जनाको पहिचान हुन अझै बाँकी रहेको छ ।

यस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुनेमा निम्नवर्गीय परिवार, श्रमिक र केटाकेटी छन् । त्यस्तै, १५ वर्षदेखि २५ वर्ष उमेर समूहका मानिस बढी प्रभावित छन् । उनीहरुमा ०१ ओगावा स्टरियोटाइप हैजा देखिएको छ ।

गत वर्ष पनि काठमाडौंका ७६ जना मानिस हैजाबाट प्रभावित बनेका थिए ।

दुषित पानीका कारण सर्छ हैजा

इपिडिमियोलोजी शाखाका अनुसार दिसा मिसिएको पानी अथवा खाना खानाले हैजा लाग्ने गर्छ । हैजा विशेषगरी भिवि्रयो नामक ब्याक्टेरियाका कारण हुने गर्छ । यो संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ ।

दुषित पानी तथा खानाबाट समेत यो मानिसमा सर्छ । यसको संक्रमण भएमा विरामीलाई चौलानी जस्तो दिसा हुने, तारन्तार पखाला लाग्ने, वान्ता हुने, मांसपशी बाउँडिने, मानिस बेहोस हुने, शरीरमा पानीको मात्रा कम हुने र पानी कम भएर मिर्गौला फेल भई मानिस मर्न समेत सक्छ ।

यसबाट बच्न बासी, झिंगा भन्केको, सडे गलेको खानेकुरा नखानु उचित हुन्छ । त्यस्तै, शुद्ध पानी पिउन तथा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २८ हजारदेखि एक लाख ४२ हजार मानिस हैजाबाट मर्ने गर्छन् । तर नेपालमा भने यस वर्ष हैजाकै कारण कसैले ज्यान गुमाउनु नपरेको इपिडिमियोलोजी शाखाले जनाएको छ ।

अस्पतालमा आएका विरामीले २४ घण्टादेखि ४८ घण्टाभित्र उचित उपचार पाएर फर्किरहेका छन् ।



from Nepal123.com - काठमाडौंमा फेरि देखियो हैजाको संक्रमण

उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच फेरि चल्यो जुहारी

काठमाडौँ : भदौ १७  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा फेरि एकपटक उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच जुहारी चल्यो। यसअघि पनि बालुवाटार बैठकमा संविधान संशोधनको विषयमा नेपालका प्रधानमन्त्रीको भारतीय प्रधानमन्त्रीलाई पत्राचार भएको भन्ने विषयमा जुहारी गरेका निधि र रावल समितिमा पनि उस्तै गरी प्रस्तुत भए।

शुक्रबार संसदीय समितिमा मन्त्री निधि र उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीले विशेष दूतको रुपमा पठाएको भारत र चीन भ्रमणबारे जानकारी दिए। उनीहरुले भ्रमणमा भएको भेटघाट र कुराकानीबारे जानकारी दिए। साथै दुवै देशका राष्ट्रपतिलाई भ्रमणको निम्ता दिइएको बताए।

एमाले उपाध्यक्षसमेत रहेका भीम रावलले भारतीय प्रधानमन्त्रीलाई नेपालका प्रधानमन्त्रीले पठाएको पत्र सार्वजनिक गर्न माग गरे। उनले विशेष परिस्थिति भन्दै भएको भ्रमणले समस्या बल्झाउन सक्ने भन्दै राष्ट्रियतामा ख्याल गर्न आग्रह गरे।

एमालेकै राजन भट्टराईले सरकार परिवर्तन लगत्तै उपप्रधानमन्त्रीको तहका विशेष दूत पठाउँदा भविष्यमा पनि छिमेकीको अपेक्षा बढ्न जाने देखिएको उल्लेख गरे। ‘गलत सन्देश गएको छ, कर्मचारीलाइ पठाउनुपर्थ्यो’, उनले भने।

सांसद चुडामणि बिक जंगलीले पनि विशेष परिस्थिति प्रष्ट्याउन माग गरे। साथै फास्ट ट्र्याकको विषय प्रवेश गराए। उनले निधिको बुबा महेन्द्रनारायण निधिसँग आफ्नो विगतमा सम्बन्ध रहेको उल्लेख गर्दै प्रजातन्त्रमा योगदान गरेको मान्छेले ‘स्वेदशको खाएर विदेशको’ गीत गाएको आरोप लगाए।

लगत्तै जवाफ दिने क्रममा निधिले आफूले कुटनैतिक क्षेत्रमा छलफल गरेको उल्लेख गर्दै पत्र सार्वजनिक गर्नु नपर्ने अवस्था जानकारी गराए।
‘तपाइँहरु पनि भविष्यमा सरकारमा जानुहोला। विदेश मन्त्रालय सम्हाल्दा मन्त्रीले पनि सबै कागजात हेर्न पाउँदैन’, निधिले जवाफ दिए।
उनले संविधान संशोधनको विषयमा चर्चा नभएको दावी दोहोर्याशए। साथै पत्र सार्वजनिक गर्ने विषयले गलत परम्परा सुरु हुन सक्ने उल्लेख गरे।

त्यसपछि निधिले एमाले सांसदहरुलाइ व्यङ्ग गर्न थाले। ‘मार्क्स र लेनिनका शिष्यहरुले उठाएका राष्ट्रवादमा कुनै प्रश्न उठाउन चाहन्न’, निधिले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र राष्ट्रवादमा पाठ आवश्यक छैन।’

उनले ‘चीन र भारतमा एकै विषय राख्दा चीनसँग सम्बन्ध उच्चस्तरको हुने, त्यही विषय भारतमा पेश गर्दा स्वाभिमान विपरित कसरी हुन्छ’ प्रश्न तेर्स्याउँदै थपे, ‘एमालेका साथीहरुको बुझाई ठीक लागेन।’

उनले राजदूत फिर्ता भएको अवस्था र राष्ट्रपतिको निर्धारित भ्रमण रद्द भएको अवस्था र नयाँ सरकार गठन भएको अवस्था विशेष परिस्थिति भएको तर्क गरे।

निधिले आफ्नो भ्रमणका क्रममा फास्ट ट्र्याकको फ पनि उच्चारण नभएको बताए। ‘अरुण तेश्रोमा कतिपय दलको राष्ट्रवादले लोडसेडिङ भइरहेको छ’, निधिले भने, ‘बेहोस तर्कले फास्ट ट्र्याक नबन्नेतिर गइरहेको छ।’

सांसदको प्रतिप्रश्न

निधिले जवाफ दिने क्रममा पार्टीको नाम लिए लगत्तै एमाले उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले आपत्ति जनाए।

‘यो नेकपा एमाले र कांग्रेसको समिति होइन यो संसदीय समिति हो, गरिमा राखेर कुरा गर्नुस्’, रावलले भने, ‘एमालेको बैठकको निर्णयमा चीन गएकोमा राम्रो, भारत गएकोमा नराम्रो भनेको छैन। तपाईँलाई कसले जानकारी दियो?’

रावलले वाद र विचारधारालाई होच्याइएको भन्दै एमाले नेताको हैसियतमा नभई सांसदको हैसियतमा बोलेको तर्क गरे। ‘संसदीय समितिमा सिद्धान्तहिन कुरा मन्त्रीले गर्न भएन’, उनले भने।

रावलले फास्ट ट्र्याकका विषयमा संसदीय समितिले बैठक राखे प्रस्तावित मोडलमा छलफल गरेर राष्ट्रघात र राष्ट्रवादमा छलफल गर्न तयार रहेको जिकिर गरे।

सांसद चुडामणि बिक जंगलीले निधिले मार्क्सवाद र लेनिनवाद एमालेको विचारको रुपमा अर्थ्याएकोप्रति विरोध गर्दै सोधे – ‘प्रजातन्त्र र लोकतन्त्र विपिले उत्पादन गरेको विचार हो?’

निधि र एमाले सांसदहरुको तर्क सुनिरहेकी सांसद गीता वाग्लेले सभापति प्रभु शाहसँग समय लिएर भनिन् – यो जुहारी खेल्ने ठाउँ होइन। जवाफमा प्रतिप्रश्न गर्ने अधिकार सांसदलाइ छ तर उपप्रधानमन्त्रीलाई लाञ्छना लगाउन पाइन्न।

उपप्रधानमन्त्री निधिको जवाफ

सांसदहरुको प्रतिप्रश्नमा जवाफ दिने क्रममा भने निधिले दलको नाम लिएनन्।

उनले भने – मैले मार्क्सवाद लेलिनवादलाई होच्याएको होइन। राष्ट्रवादमा प्रश्न उठाएको होइन। विपीको चेला हुँ भनेको हो। ‘मेरो बाबुको नामसँग जोडेर एक दलका नेताले प्रश्न गर्नुभयो। उहाँले यस्तो प्रश्न गर्नुभयो कि म सबै काम विदेशीका लागि गर्छु। त्यो रेकर्डबाट डिलिट गर्नुपर्छ’, निधिले भने।

उनले आफूले पनि मार्क्सवाद पढेको दावी गरे। एमाले सांसदहरु र उपप्रधान तथा गृहमन्त्री निधिको बहस अघि नै उपप्रधान तथा गृह मन्त्री कृष्णबहादुर महरा भने काम विशेष उल्लेख गर्दै बाहिरिएका थिए।

निर्णयमा रावलको हस्तक्षेप

समितिको छलफलपछि सभापति प्रभु शाहले कुटनीतिक सन्तुलनका लागि र सम्बन्ध सुधारका लागि सरकारको ध्यानाकर्षण गराउन प्रस्ताव गरे। तर रावलले सुधार भन्ने शब्दमा चित्त बुझाएनन्।

रावलले ‘सम्बन्ध सुदृढ र सुमधुर बनाउन’ राखिनुपर्ने जिकिर गरे। उनले पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा सम्बन्ध निभाउने विषय उल्लेख गर्नुपर्ने बताए।

रावलले हस्तक्षेप गरेपछि सभापतिले सबैको सुझावका आधारमा भाषा मिलाएर निर्णय लिइने जानकारी गराए।



from Nepal123.com - उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच फेरि चल्यो जुहारी

श्रीमान् फर्कने आशले कुर्दाकुर्दै रित्तियो जवानी

 

Missing-family-from-Rolpa

बेपत्ता परिवारको पर्खाइमा रहेका रोल्पा लिबाङ–४ हरिगातिनाका महिलाहरू । तस्वीर: रासस

१७ भदौ, रोल्पा । ‘तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो,’ लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भनिन्।

उनको गुनासो थियो, ‘त्यतिबेला जिल्लामा अहिलेको जस्तो सहज वातावरण थिएन । दिनदहाडै गोली चल्थ्यो, बिहान घरबाट बाहिर निस्केको मान्छे साँझ घर फर्कन्छ कि फर्कंदैन भनेर घरपरिवारलाई दिनभरि चिन्ता भइरहन्थ्यो ।’

देशमा काम गर्ने वातावरण नभएपछि सशस्त्र युद्ध चलिरहेका बेला थापाका श्रीमान् ढाँटे थापा आजभन्दा करिब १४ वर्ष पहिले वैदेशिक रोजगारीका लागि घरबाट निस्किएको थियो ।

घरबाट बिदाबारी भएका आफ्ना श्रीमानलाई नेपाली सेनाले आतङ्ककारीको अभियोगमा रोल्पाको होलेरीमा हत्या गर्यो भन्ने हल्ला छरछिमेकबाट पाए पनि आजसम्म आधिकारिक जानकारी आएको छैन ।

आजभन्दा २० वर्ष पहिले प्रतिमा थापाको हरिगातिना रोल्पाका ढाँटे थापासँग मागी विवाह भएको थियो । विवाहपछि श्रीमानसँग करिब साढे दुई वर्षमात्रसँगै बसेको बताउने थापाको हाल एउटा १७ वर्षको छोरा र ७५ वर्षकी वृद्ध सासूआमा छन् ।

‘परिवारको खुसी र रोजीरोटीका लागि उहाँ वैदेशिक रोजगारीमा हिँड्नुभएको थियो तर राज्यले हाम्रो खुसी देख्न चाहेन,’ आक्रोशित थापाले भनिन्, ‘मेरा श्रीमान्ले कस्को के बिगारेका थिए र हामीलाई किन यत्रो सजाय ?’ उनको एउटै प्रश्न छ राज्यसँग ।

बेपत्ता परिवारका लागि राज्यले दिएको राहत मात्र पर्याप्त नहुने उनको भनाइ छ । हामीलाई हाम्रा बेपत्ता सदस्यका बारेमा राज्यबाट आधिकारिक जानकारी चाहिन्छ । ‘कि लास देखाऊ कि सास देखाऊ अनि मात्र हाम्रो मन बुझ्छ । बेपत्ता पारिएकाको आत्माले शान्ति पाउँछ छ,’ थापाले भनिन् ।

हिँड्ने बेलामा श्रीमानले भनेका कुरा सम्झिएर दोस्रो विवाह गर्न नचाहेको उल्लेख गर्दै उनले स्मरण सुनाइन्, ‘गर्भको बच्चा जम्मियो भने राम्ररी स्याहार सुसार गर्नु, आमाको ख्याल गर्नु । देशको यो अवस्था छ म दुई-तीन वर्षपछि मात्र फर्कन्छु होला । बिदेसिनु मेरो रहर होइन बाध्यता हो । धेरै कमाएर फर्किएँ भने सुखले जीवन काटौँला ।’
सुखसँग जीवन बिताउने सपना देखाएर हिँडेका श्रीमानको पर्खाइमा थापाका १४ वर्ष त्यसै बिते ।

कमाउने मान्छेको अत्तोपत्तो छैन सासूआमा बूढी छिन्, छोरा सानो छ । आफ्नो आयस्रोतको बाटो छैन । राहतबाट आएको सानो रकम खाँदैमा सकिन्छ । बाँकी जीवन कसरी चलाउने उनी अन्योलमा छिन् ।

थापाले भनिन्, ‘योभन्दा अझ असह्य पीडा त छोरो सानो हुँदा उसले बाबा खै भनेर प्रश्न गर्दा हुन्थ्यो । चाडपर्व आउँदा छोराले बाबा सम्झन्थ्यो । उसले मसँग बाबा किन दसैँमा घर आउनुभएन आमा भनेर प्रश्न गर्दा मन छियाछिया हुन्थ्यो । आज मैले कोसँग यो प्रश्न गरुँ मेरा श्रीमान् खै भनेर ? राज्य कतिञ्जेल बेखबर रहन्छ ?’

यसरी श्रीमानको पर्खाइमा जीवन काट्नेहरु धेरै छन् जिल्लामा । उनीहरुको एउटै अनुरोध छ राज्यसँग कि सास देऊ कि लास देऊ । यथाशीघ्र बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर ।



from Nepal123.com - श्रीमान् फर्कने आशले कुर्दाकुर्दै रित्तियो जवानी

ज्ञानेन्द्र निवास नागार्जुनको विद्युत लाइन काटियो

१७ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको विद्युतको लाइन काटेको छ ।

Gyanendra-and-Komal-Shashaविद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो । बिहीबार साँझ ५ बजे लाइन काटिएको ज्ञानेन्द्रका सञ्चार सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई बताए ।

सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलब्ध गराएको थियो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार नागार्जुन दरबारको ७१ लाख रुपैयाँ बक्यौता छ । यो रकम संस्कृति मन्त्रालयले तिर्नुपर्ने हो ।

यसअघि प्राधिकरणले पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको पनि लाइन काटेको थियो । तर, २४ घन्टा नवित्दै लाइन जोडेको थियो ।

 



from Nepal123.com - ज्ञानेन्द्र निवास नागार्जुनको विद्युत लाइन काटियो

जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर

Chiranjibi Nepalकाठमाडौँ, १७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका  छन् ।

भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंकको आज काठमाडौँमा उद्घाटन कार्यक्रममा उनले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुनेतर्फ सचेत गराए ।

‘जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,’  उनले भने । नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको एक अर्ब ८१ अर्ब पुँजी पुगेको सो बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिए । हाल बैंकले  १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने  ११ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । रासस

The post जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर appeared first on Sajha Post.



from Nepal123.com - जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर

चिकित्सक सङ्घको निर्वाचन आजबाट सुरु

काठमाडौँ, १७ भदौ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ ।

आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो ।

उपत्यका बाहिर आज र भोलि चुनाव भएपछि उपत्यकामा यही भदौ २१ देखि २५ गतेसम्म हुनेछ ।

आज र भोलि झापा, विराटनगर, धरान, जनकपुर, लहान, राजविराज र वीरगन्ज, चितवन, बुटवल, पोखरा, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी र जुम्लामा निर्वाचन भइरहेको छ ।

सङ्घको १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एक स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ । कोसीमा एकजनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

सङ्घमा हाल पाँच हजार ३०५ जना मतदाता रहेका छन् । मध्ये उपत्यका बाहिरको मतदाता सङ्ख्या एक हजार ५००को हाराहारीमा रहेको छ ।

नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह र प्रतिस्पर्धामा छन् ।

तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।

काँगे्रस निकट मानिएको प्रजातान्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी चिकित्सक समूहबाट डा रमेश ढकाल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रनुभएको छ ।

यसैगरी प्रजान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मीप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहनुभएको छ भने समावेशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समीर शर्माले चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अध्यक्षका प्रतिस्पर्धी डा मुक्तिराम श्रेष्ठले संविधानले व्यवस्था गरेअनुसार स्वास्थ्य सेवा सबैको अधिकार भएकाले त्यसको कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

उहाँले चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षाका लागि अगाडि बढी र चिकित्सक र बिरामीबीचको सम्बन्ध सुधार्न आवश्यक भएकाले त्यसतर्फ लाग्ने उल्लेख गर्नुभयो ।

अर्का अध्यक्षका प्रतिस्पर्धी डा रमेश ढकालले स्वास्थ्य क्षेत्रमा रहेका विसङ्गतिलाई हटाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । चिकित्सा पेसामा परिवर्तन गर्न आवश्यक रहेकाले त्यसका लागि लाग्ने उहाँको भनाइ छ ।

विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ । यसपटक पनि दुई तिहाइ बहुमतले जित्ने डा श्रेष्ठले बताउनुभयो । देशभर १७ हजार चिकित्सक भए पनि सबैलाई सङ्घमा आबद्ध गराउनु दुवै प्रतिस्पर्धी समूहका लागि चुनौतीको विषय हो ।



from Nepal123.com - चिकित्सक सङ्घको निर्वाचन आजबाट सुरु

कृषि कार्यालयको लापरवाहीले बारीमै कुहियो अदुवा

बिदुर कटुवाल
उदयपुर, भदौ १७ । उदयपुरको पहाडी क्षेत्रमा कृषकले व्यवसायिक रुपमा लगाउँदै आएको अदुवा खेती कृषी कार्यालयको लापरवाहीले कुहिएको छ । कृषकले खेतबारीमा रोपेको अदुवामा पहँेलो हुने अनौठो रोग देखा परि कुहिन थालेपछि कृषि विकास कार्यालयले उदयपुरलाई खवर गर्दा समेत उपचारमा ध्याँन नदिँदा कुहिएको कृषकले आरोप लगाएका छन् ।

बिक्रिको लागी तयारी हुने अवस्थामा अदुवाको गाना र आँख्लामा पहेँलो भएर एक अदुवाको बोटबाट अर्को अदुवाको बोटमा सर्र्दै खेतीनै नष्ट हुने गरी कुहिन थालेपछि कृषकहरुले कार्यालयमा खवर गरेका थिए । एक दशकदेखि अदुवाको खेती गर्दै आएका हर्देनी गाविस १ का राजन राउतले अदुवा कुहिन थालेपछि उपचराको विधि खोज्न कृषि बिकास कार्यालय उदयपुरलाई गुहार मागेपनि नपाएको बताए । ‘मेरो अदुवा कुहिन थालेपछि मैले कृषि विकास कार्यालय उदयपुरलाई खवर गरे ।’ कृषक राउतले भने, ‘राम्रो कृषि प्राविधिक ल्याएर उपचार गराउने आशाले जानकारी गरे तर, कार्यालयले वेवास्ता ग¥यो ।’ राउतको भनाईमा कृषि कार्याललाई गुहारे अदुवाको उपचारमा सहयोग नगरेको हो ।

राष्ट्रिय कृषिक समूह महाँसंघ उदयपुरका जिल्ला सचिव कुशल राउतले बिक्रीको लागि तयारी भएको अदुवा कुहिन थालेपछि दक्ष कषि प्राविधिकको खोजीमा कृषि कार्याललाई खवर गरेपनि कृषकले नपाएको बताए । ‘अदुवा कुहिन थालेपनि कृषकले कृषि विकास कार्यालय गुहारेका थिए ।’ सचिव राउतले भने, ‘न कृषि कार्यालयले हे¥यो, न उपचार भएर कृषको अदुवा कुहिन छाड्यो ।’

Aduwa udyapur

राउतका अनुसार बारीमा लगाएको अदुवाभन्दा कृषकले धन खेत मासेर खेतमा लगाएको धेरै अदुवा कुहिएको छ । खेतमा अदुवा रोपेर बसेका अधिकाँस कृषकको अदुवा कुहिएर स्वाहा भएपछि कृषक चिन्तामा परेको स्थानीय नेकपा एमालेका नेता शंकर राउतले बताए । अदुवा कुहिन थालेपछि कृषकले पटक पटक कृषि कार्यालयमा गुहार माग्दा पनि सहयोग नपाएको अदुवा खेती पेशामा आत्मार्भिर रहेका नेता राउतले बताए ।

कृषि बिकास कार्यालय उदयपुरका बालि संरक्षण अधिकृत बाँसु ढुँगानाले आफुलाई हर्देनी, मयाँखु, सिरिसे, सोरुङ छविसे लगयतका अदुवा उतपादनको पकेट क्षेत्र रहेका स्थानबाट कृषकले अदुवामा रोग आएको जानकारी गराएको बताए । ‘मलाई त्याँहका कृषकको फोन आएको थियो ।’ अधिकृत ढुँगानाले भने, ‘अदुवाको गाना र आँख्ला कुहिले सरुवा रोग भएकाले वेविस्टिन र बटरफलाई ५० नामक विषदी लगाउन सुझाव दिएको थिए ।’

पानी र घाम बराबरी हुन थालेपनि अदुवाको गाना र आँख्ला कुहिने रोग लाग्ने भएकाले झरी वर्षाको परेको भन्दै अदुवा क्षेत्र नगएको भन्दै कृषि बिकास कार्यालयले उक्त बिषादी खरिद नगरेको समेत जानकारी दिए । कृषि कार्यालयले वेवास्ताको कारण कृषले वर्षभरी खाने अदुवा कुहिएको नेकपा माओवादी केन्द्र हर्देनीका स्थानीय नेता बाँशु कटुवालले बताए । कटुवालका अनुसार कृषी सेवा कार्यालय कटारीले समेत अदुवा कुहिने रोगको बारेमा वेखवर रहेको भन्दै बस्नु वेवास्ता गरेको कटुवालले बताए ।

उदयपुरको पहाडी क्षेत्रमा पर्ने हर्देनी, लेखानी, मयाँखु, सिरिसे, सोरुङ छबिसे, लिम्पाटार, ओख्ले, खाँबु, साउने, रौता पोखरी लगायतका क्षेत्रमा अदुवा खेती हुने गरेको छ । जिल्लामा कृषि कार्यालयको तथ्यँकमा एकसय १२ हेक्टर क्षेत्रफलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ ।



from Nepal123.com - कृषि कार्यालयको लापरवाहीले बारीमै कुहियो अदुवा

विदेश गएका नेपालीलाई खुशीको खबरः नवीकरण खर्च ५० डलर मात्रै

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले विदेशी कामदारहरुलाई अर्को उपहार दिएको छ ।

मन्त्रीपरिषदको आजको बसेको बैठकले विदेशमा रहेका नेपालीहरुले राहदानी नवीकरण गर्दा दूतावासमा तिर्नुपर्ने शूल्क घटाउने निर्णय गरेको हो ।

आज भएको निर्णय अनुसार, अबदेखि राहदानी नवीकरणका लागि दूतावासमा जम्मा ५० डलर बुझाए पुग्ने छ । यसअघि श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै आएका कामदारले नवीकरण गर्नुपर्ने अवस्थामा दूतावासलाई ८० अमेरिकी डलर तिर्नुपर्ने अवस्था थियो ।

मन्त्रीपरिषदको बैठकले सबै सम्भावनाहरुको अध्ययन गरेर नवीकरण शुल्कमा ३० डलर मिनाहाँ हुने निर्णय गरेको हो ।

यो निर्णयबाट विदेशमा रहेका लाखौं नेपालीहरु लाभान्वित हुने सरकारले बताएको छ ।



from Nepal123.com - विदेश गएका नेपालीलाई खुशीको खबरः नवीकरण खर्च ५० डलर मात्रै

प्रचण्ड सरकारको उपहारः भोलीदेखि एलपी ग्यासको मूल्य ५० रुपैयाँ घट्ने

काठमाडौं, भदौ १६ । दशैं, तिहारको बेला खाद्यान्न बस्तुको अभाव हुन नदिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता सार्वजनिक भएको एक हप्ता नबित्दै आम जनतालाई ठूलो राहतको खबर छ ।

प्रधानमन्त्रीको निर्देशनका आधारमा नेपाल आयल निगमले चाडपर्वलाई मध्यनजर गर्र्दै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ घटाएको घोषणा गरेको छ । उक्त मूल्य आज बिहीबार राति १२ बजेदेखि लागु हुने छ ।

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । छुट भएपछि सर्वसाधारणले १३ सय २५ रुपैयाँमा खरिद गर्न पाउने छन् ।

मन्त्रीपरिषदको बैठकले अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गर्ने गरी पेट्रोलिय पदार्थ तथा ग्यासको मूल्य निर्धारण गर्ने सैद्धान्तिक सहमति समेत गरेको छ । यो आधारमा समायोजन गर्दा एलपी ग्यासको मूल्य अहिलेको अन्तर्राष्ट्रिय मूल्य अनुसार हालको साबिक मूल्य भन्दा १ सय ११ रुपैयाँले घट्न जाने छ । यद्यपी निगमले भने अहिले ५० रुपैयाँ मात्रै घटाएको छ ।



from Nepal123.com - प्रचण्ड सरकारको उपहारः भोलीदेखि एलपी ग्यासको मूल्य ५० रुपैयाँ घट्ने

जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर डा नेपाल

काठमाडौँ, १७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताउनुभएको छ ।

भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंकको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुनेतर्फ सचेत गराउनुभयो ।

“जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,” उहाँले भन्नुभयो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको रु एक अर्ब ८१ अर्ब पँुजी पुगेको सो बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिनुभयो । हाल बैंकले रु १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने रु ११ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।



from Nepal123.com - जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर डा नेपाल

कसले बनायो मन्त्रीको सेक्स टेप ?


१७ भदौ, एजेन्सी ।

सेक्स टेप सार्वजनिक भएपछि भारतको राजधानी नयाँ दिल्लीका एक मन्त्री यतिबेला निक्कै चर्चामा छन् ।

उर्जामन्त्रीको निर्देशनमा नागार्जुन दरबारको विद्युत काटियो

विभिन्न युवतीसँग आपत्तिजनक ब्यवहार सहित फेला परेपछि सेक्स टेपकै कारण उनको पद पनि खुस्किएको छ ।

Delhi minister sex tape 2

आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमारको सेक्स टेप सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले महिला तथा बालबालिका कल्याण मन्त्री सन्दीप कुमारलाई मन्त्रिमण्डलबाट हटाएको घोषणा गरेका थिए ।

Delhi minister sex tape 1


केजरीवालले नै भनेका थिए भिडियो बनाउः

अरबिन्द केजरीवाल दिल्लीको मुख्यमन्त्री बनेपछि जनताहरुलाई आफूलाई मन नपरेको विषयमा भिडियो पठाउने भन्दै अभियान चलाएका थिए । तर केजरीवालको अभियानले उनका मन्त्रीको पद नै खुस्किने अवस्था आएको भन्दै यतिबेला सामाजिक सञ्जालमा हाँसो मजाक भैरहेको छ । केजरीवालले भिडियो बनाउन लगाएकै कारण मन्त्री पनि यस्तो भिडियो काण्डमा परेको भन्दै आलोचकहरुले मजाक उडाएका हुन् ।

kejariwal walking

केजरीवालको भिडियो बनाउने अभियानकै शिकार भएका भएपनि उनका मन्त्रीको सेक्स टेप कसले बनाएको हो भन्ने खुल्न बाँकी छ ।

अनौठो सर्वेक्षणः कुन देशका महिलाको बक्षस्थल र पुरुषको यौनाङ ठूलो


The post कसले बनायो मन्त्रीको सेक्स टेप ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from Nepal123.com - कसले बनायो मन्त्रीको सेक्स टेप ?

थारू नेताको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने- निर्दोषले दुःख पाउनु हुन्न

Prachand-with-Tharu-Leaders

१७ भदौ, काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

थारु राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको भन्दै आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताउनुभयो ।

सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइ रहेको भेटमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् मानबहादुर थारुले जानकारी दिए ।

मोर्चाले सुकुम्बासी, कमैयाको समस्या समाधान गर्न, समावेशी तथा समावेशी प्रतिनिधित्व लागू गर्न र स्थानीय निकायको पुनःसंरचनाको विषयमा देखिएको विवाद तत्काल समाधान गर्न आग्रह गरेको थियो ।

यस्तै बर्दियाको राजापुर बजार व्यवस्थित गर्न समेत मोर्चाले माग गरेको छ । कालीकोट, अछाम, जुम्ला, जाजरकोटको बजारका रुपमा परिचित राजापुर बजारको स्थायी नाप नक्सा गर्न लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको मोर्चाका नेता सन्तकुमार चौधरीले बताए ।

सो अवसरमा सांसद अमनलाल मोदी, अन्जना चौधरी, दुर्गा खुना र नेता दुर्गाबहादुर चौधरीले आदिवासी थारु समुदायको माग सम्बोधन गर्न र संविधानमा समेटन बाँकी रहेका विषय संशोधनमार्फत अगाडि बढाउन आग्रह गरेका थिए।



from Nepal123.com - थारू नेताको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने- निर्दोषले दुःख पाउनु हुन्न

उर्जामन्त्रीको निर्देशनमा नागार्जुन दरबारको विद्युत काटियो


१७ भदौ, काठमाडौं ।

पूर्व राजाकी आमा बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलको बत्ति काट्ने निर्णय विवादमा परेको केही दिन पनि नवित्दै नेपाल विद्युत प्राधिकरणले पूर्व राजा ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारको विद्युत काटेको छ ।

प्रधानमन्त्रीकै कार्यालयमा यस्तोः तास खेल्दै राष्ट्रसेवक (तस्विर र भिडियो सहित)

उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा निर्देशनमा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारमा विद्युत लाइन काटिएको हो ।

Gyanendra Shah talking

तिर्नुपर्ने बाँकी बक्यौता धेरै भएको भन्दै ऊर्जा मन्त्रालयको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले बिहीबार लाइन काटेपछि नागार्जुन अध्यारो हुन पुगेको छ ।

उर्जामन्त्री जनार्दन शर्माले मन्त्री भए लगत्तै सर्वसाधारणलाई मर्का पर्ने गरी महसुल नतिरेका ठूला १० प्रयोगकर्ताहरुको लाइन काट्न निर्देशन दिएका थिए ।

ज्ञानेन्द्रले विज्ञप्ति निकाल्दै भने- उर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद


त्यस लगत्तै महेन्द्र मञ्जिलको विद्युत काटिएको थियो । उक्त कदमको चौतर्फी विरोध भएपछि नारायणहिटीस्थित महेन्द्र मञ्जिलको बत्ति काट्ने निर्देशन आफूले नदिएको प्रष्टिकरण उर्जामन्त्रीले दिएका थिए ।

पूर्व बडामहारानीको निवासमा विजुली काटिएपछि दीपकको ब्यङ्ग्य

आमाको निवासमा विद्युत काटिएर सुचारु भएपछि गल्ती सच्चाएको भन्दै पूर्व राजाले विज्ञप्ति नै निकालेर धन्यवाद दिएका थिए ।

यस्तो थियो ज्ञानेन्द्रले निकालेको विज्ञप्तिको पूर्ण पाठः

पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट बक्सेको धन्यवाद

ममतामयी श्री छ मूमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको नारायणहिटी राजदरबार परिसरस्थित निवासस्थान महेन्द्र मन्जिलको विद्यूत आपुर्ति काटिएकोमा जनताले दर्शाएको सहानूभुति, सामाजिक संजाल एवं आमसन्चार माध्यामबा६ व्यक्त असहमति अविस्मरणीय रहेको हामील ठानेका छौं ।
नेपाली जनता र राजसंस्थाबीच सदैव रहिआएको संबन्ध यस प्रकारबाट उजागर भएको हाम्रो ठम्याइ छछ । जनताको दूस्खमा राजा र राजाको दूस्खमा जनताको साथ रहने परम्परागत मुल्य र मान्यता देशमा जीवित छौं ।

विद्यूत प्रसार सूचारु गर्न वातावरण बनाएर सहयोग पूर्याउने आम नेपाली जनता एवं सन्चार माध्यमप्रति कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। त्यस्तै असावधानीवस भएको त्रुटी समयमै सच्याएर जन आवाजको कदर गरेकोमा हामी उर्जा मन्त्रालय र नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छौं ।

महेन्द्र मञ्जिलमा काटिएको विद्युत लाइन जोडिएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा अभार व्यक्तसामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत
दर्शाइएको सहानुभूतिप्रति धन्यवाद ज्ञापन


The post उर्जामन्त्रीको निर्देशनमा नागार्जुन दरबारको विद्युत काटियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from Nepal123.com - उर्जामन्त्रीको निर्देशनमा नागार्जुन दरबारको विद्युत काटियो