Monday, March 7, 2016

यति कठोर मनुष्य को हो ? शिशुलाई टुक्राटुक्रा पारेर आलुबारीमा गाड्यो ?

ताप्लेजुङ, २५ फागुन । ताप्लेजुङमा एक नवजात शिशुको शव टुक्राटुक्रा पारी आलुबारीमा गाडिएको अवस्थामा फेला परेको छ ।

ताप्लेजुङ नगरपालिका–६ निवासी बलबहादुर लिम्बूको आलुबारीमा माटोले पुरेको अवस्थामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ ।

शव टुक्रिएकाले लिङ्ग पहिचान हुन नसक्ने अवस्थामा भेटिएको हो । टुक्रिएको शव सङ्कलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बूले उक्त नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आज महामन्त्री र कोषाध्यक्षको मतगणना हुँदै, पूरा नतिजा आउने एक हप्ता लाग्ने

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशन अन्तर्गत भएको मतदानको बाँकी मतगणना आजबाट पुनः सुरू हुने भएको छ ।

कांग्रेसको ललितपुरस्थित पार्टी मुख्यालयमा मध्यान्ह १२ बजेपछि मतगणना सुरू गरिने सचिव केशव रिजालले जानकारी दिनुभयो । ‘आज पहिलो दिन पदाधिकारीहरूको मतगणना सुरू हुन्छ’, उहाँले भन्नुभयो, ‘मतगणना कसरी अगाडि बढाउने भनेर उम्मेदवारहरूलाई पार्टी कार्यालयमा छलफलका लागि बोलाएका छौँ ।’

आज महामन्त्री र कोषाध्यक्षको मतगणना गरिनेछ । बेलुकासम्म महामन्त्री र कोषाध्यक्षको नतिजा सार्वजनिक गरिने सचिव रिजालले बताउनुभयो ।

बाँकी केन्द्रीय सदस्यहरूको पनि क्रमशः मतगणना गर्दै लैजाने तयारी कांग्रेसको केन्द्रीय निर्वाचन समितिको भनाइ छ । केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा आउन कम्तिमा एक हप्ता लाग्नेछ ।

यसअघि सोमबार मध्यराति सम्पन्न मतगणनाबाट सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा विजयी हुनु भएको थियो । देउवाले आफ्ना प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई भारी मतअन्तरले पराजित गर्नुभएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन संस्थापनका सबैभन्दा खतरनाक ‘दुश्मन’

– विमल योगी

कांग्रेसको १३औँ महाधिवेशनमा संस्थापन समूहले उचित व्यवस्थापन र तयारी गर्न नसक्दा सभापति पद गुमाएको छ । संस्पानको यो पीडा भूलाउन समय लाग्ला । सत्यता यही हो ।

कुशल तयारी, व्यवस्थापन र सहयोगीहरूको साथ पाएका शेरबहादुर देउवाले फराकिलो मतसहित सभापति पद हत्याउन सफल भएका छन् । सभापति पदमा पुग्ने देउवाको पूरानो सपना साकार भएको छ । यो उनको एक्लैको प्रयास होइन । टिमको सहयोग र समर्थनले उनी सफल भएका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन् ।

यस पटक प्रतिस्पर्धाको मैदानमा देउवा फराकिलो छाती लिएर आएको महाधिवेशन प्रतिनिधिहरूले महसुस गरे । तर संस्थापनका उम्मेदवार रामचन्द्र पौडेलले छातीलाई फराकिलो बनाउने नसकेको पटक पटक आरोप लागी रह्यो । पौडेलका सहयोगी नेताहरूले त्यसलाई पटक पटक पुष्टि पनि गरिदिए ।

पौडेलका कुशल सारथी र सहयोगी नेताहरू नहुँदा मुखैमा आएको गास गुमेको छ । १३औँ महाधिवेशनमा संस्थापनकै बढी प्रतिनिधि थिए । तर त्यसलाई समयमा व्यवस्थापन गर्न संस्थापन चुकेको छ । यसको प्रतिफल पौडेल समूहले पाइसकेको छ ।

पौडेललाई हराउन उनकै समूहका कृष्णप्रसाद सिटौला र गगन थापा सक्रिय भएर मैदानमा उत्रिए । सिटौला र थापालाई जे आरोप र आक्षेप लगाए पनि यसको मुल जड अहिलेलाई होइन यसअघि आफूले रोपेको वृक्षलाई ध्यान दिनुपर्छ । त्यो सानो वृक्षले अहिले आफ्नो आकार लिएको छ । र देखाइ दिएको छ ।

संस्थापन समूहले देउवाको जितलाई सिटौला वा थापाको उम्मेदवारीलाई मात्रै देख्नु हुँदैन । किन भने संस्थापनले समयमा राम्रो काम गरेको भए यो अवस्था भोग्नु पर्ने थिएन । संस्थापनले अर्को सुधार गर्नुपर्ने विषय कार्यकर्ता नचिन्ने र ठूलो हुने प्रवृत्ति तत्काल त्याग्नुपर्ने संकेत पनि यो १३औँ महाधिवेशनले दिएको छ ।

यति मात्रै होइन प्रभावशाली नेता खुमबहादुर खड्काले पनि देउवालाई समर्थन गरे । मानेपनि नमाने पनि खड्कासँग थोरै भए पनि कार्यकर्ता छन् । खड्का कार्यकर्ता संरक्षण गर्ने अब्बल नेतामा पर्छन् ।

देउवालाई समर्थन गर्नेमा अर्जुन नरसिंह केसी, फरमुल्लाह मन्सुसर, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का, केशव बुढाथोकी, चन्द्र भण्डारी आदिको सहयोगले पनि देउवालाई जित्न सहज भइदियो ।

संस्थापनकै बलियो समूह कुलबहादुर (केवी) गुरुङ, गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मणप्रसाद घिमिरे जस्ता दीग्गजको समर्थनले पनि देउवालाई जितमा अझै सहज भयो ।

सत्ता र शक्तिमा रहँदासम्म अरुलाई नदेख्ने नचिन्ने प्रवृत्तिले पनि यस पटक संस्थापनले नराम्रोसँग हार व्यहोर्नु परेको हो । सुःखदुःखमा साथ दिने नेतालाई कार्यकर्ताले साथ दिन्छन् । यस्तै भएको छ यस पटक देउवालाई । देउवाले नेता तथा कार्यकर्ता संरक्षण गर्न सक्ने नेताका रुपमा छवि बनाएका छन् । उनलाई समर्थन गर्ने सबै केन्द्रीय नेताहरूले कार्यकर्ता संरक्षण गर्ने क्षमता राख्छन् । यसको फाइदा अहिले देखियो ।

संस्थापन समूहले देउवाको जितलाई सिटौला वा थापाको उम्मेदवारीलाई मात्रै देख्नु हुँदैन । किन भने संस्थापनले समयमा राम्रो काम गरेको भए यो अवस्था भोग्नु पर्ने थिएन । संस्थापनले अर्को सुधार गर्नुपर्ने विषय कार्यकर्ता नचिन्ने र ठूलो हुने प्रवृत्ति तत्काल त्याग्नुपर्ने संकेत पनि यो १३औँ महाधिवेशनले दिएको छ ।

अब कुनै परिवारको पुच्छर बनेर मात्रै राजनीति गर्न सकिन्छ भन्ने मान्यता तोडिएको छ । संस्थापन हौँ भन्ने र पटक पटक मन्त्री बनेका केही नेताहरूले पनि संस्थापन हराउन ठूलो भूमिका खेलेका छन् । अब यी सबै विषयलाई संस्थापनले सुधार गर्नुपर्ने भने देउवाले त्यसलाई पाठका रुपमा मनन गर्नु अर्को पटकका लागि उपयुक्त हुन्छ । होइन भने यस्तो पाठ फेरि पनि भोग्न नपर्ला भन्न सकिँदैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मनिषाले नेपाली चलचित्र बनाउने

बलिउडमा कुनै बेला चम्किएकी थिइन्, नायिका मनिषा कोइराला । नेपाली चलचित्र ‘फेरि भेटौला’मा काम गरेपछि एकाएक बलिउड पुगेकी मनिषा चर्चामा आइन् । लामो समयपछि ‘धर्मा’ नामक नेपाली चलचित्रमा काम गरेकी मनिषा यसपछि फेरि हराइन् । अब उनै नायिकाले नेपालको विषयमा अन्तरराष्ट्रिय स्तरको चलचित्र बनाउने भएकी छिन् ।

आफ्नै हजुरआमाको नाममा स्थापना भएको सुशिला आट्स एकेडमीले आयोजना गरेको कार्यक्रममा सहभागी मनिषाले चलचित्रको स्त्रिmप्ट फाइनल भैसकेको जानकारी दिँदै चाडै चलचित्रका अन्य विषयमा जानकारी गराउने बताइन् । यो चलचित्र अंग्रेजी र नेपाली भाषामा हुने भएको छ ।

पाठेघरको क्यान्सरवाट पीडित मनिषाले क्यान्सर निको भएपछि पूर्नजीवन पाएको बताउँदै आएकी छिन् । केही समय नेपाल बसेकी मनिषा अहिले पुन मुम्बइमै सक्रिय छिन् । मुम्बइमा चलचित्र निर्माण र अभिनयमा फर्किएकी मनिषाले अब चलचित्र निर्माणमै केन्दि्रत हुने योजना बनाएकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आज नहुने

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरुको मतगणना आज नहुने भएको छ ।

केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्यहरुको मतगणना बुधबार मात्रै हुनेछ । ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जना चुनावी प्रतिस्पर्धामा छन् ।

आज महामन्त्री र कोषाध्यक्ष पदको मात्रै मतणना हुनेछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सभापतिमा शेरबहादुरको जितपछि अब महामन्त्रीमा चासो

२५ फागुन, काठमाडौं । कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि अब सबैको ध्यान महामन्त्री पदतर्फ केन्द्रित भएको छ । महामन्त्री र केन्द्रीय सदस्यहरुहरुको मत गढाना आज दिउँसो १ बजेदेखि पार्टी कार्यालय सानेपामा हुँदैछ ।

महामन्त्रीमा ज्वाइँ-ससुरा गगन थापा र अर्जुननरसिंह केसीबीचको भिडन्तको रोचकता एकातर्फ छ भने वीपीपुत्र शशांक कोइराला पनि मिसिएर प्रतिस्पर्धालाई झन रोचक बनाएका छन् ।

सभापति र महामन्त्रीको प्रतिस्पर्धा फरक ढंगको हुने अनुमान गरिएको छ । सभापतिमा मुख्य भिडन्त शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच थियो, भने कृष्ण सिटौलालाई पौडेलको भोट काट्ने उम्मेदवारका रुपमा मात्रै लिइएको थियो । भयो पनि त्यस्तै ।

तर, महामन्त्रीमा भने त्रिपक्षीय भिडन्तको सम्भावना छ । तीनै उम्मेदवार बलिया छन् । उनीहरुले जित्ने र हार्ने दुवै आधारहरु उत्तिकै बलिया छन् ।

गगन थापा

जित्ने आधारः गगन थापाको जित्ने आधार उनको व्यक्तिगत लोकपि्रयता हो । गुटभन्दा माथि उठेर मतदाताहरुले आफूलाई भोट दिनेछन् भन्ने उनको विश्वास छ । कांग्रेस नेतृत्वमा युवापुस्तालाई देख्न चाहनेहरुले आँखा चिम्लेर उनलाई भोट हाल्नेछन् । अघिल्लो महाधिवशेनमा गगन थापाले कांग्रेस केन्द्रीय सदस्यमा सबैभन्दा बढी भोट पाएका थिए ।

हार्ने आधारः कांग्रेसको यो महाधिवेसनमा घोषितरुपमै गुटगत प्रतिस्पर्धा चलिरहेको छ । गगन सिटौला गुटका उम्मेदवार हुन्  । प्रतिस्पर्धामा उत्रेका तीन गुटमध्ये सिटौला गुट सबैभन्दा कमजोर सावित भएको छ । त्यसैले गगनका लागि यो प्रतिस्पर्धा फलामको च्यूरा बराबर छ ।

शशांक कोइराला

जित्ने आधार: शशांक कोइरालाको बिकाउ चिज भनेको वीपी कोइरालाको बिरासत हो । कांग्रेसका महान नेता वीपीका कान्छा छोरा नेपाली राजनीतिमा ‘अनटेस्टेड’ पनि हुन् । व्यक्तिगतरुपमा उनी लोकपि्रय र अलोकपि्रय दुवै छैनन् । अनटेस्टेड हुनु उनका लागि प्लस प्वाइन्ट हुन सक्छ । उनी शेरबहादुर र रामचन्द्र दुबै समूहले रुचाएका पात्र भएकाले बलिया उम्मेद्वार मानिन्छन् ।

हार्ने आधारः वीपीपुत्र भए पनि कांग्रेसमा शशांकको खासै लामो पृष्ठभूमि र योगदान छैन । न राष्ट्रिय राजनीतिमा नै कहिल्यै अहम् भूमिका खेलेका छन् । त्यसैले मतदाताको मन जित्न उनलाई सजिलो छैन । साथै संस्थापन पक्षबाट गगनले उनको मत काट्ने र अर्जुननरसिंह पनि संस्थापनबाटै देउवा समूहमा लागेकाले शशांकको मत घट्ने सम्भावना छ ।

अर्जुननरसिंह केसी

जित्ने आधार: केसीले महामन्त्रीमा जित्ने सबैभन्दा ठूलो आधार भनेको गुट हो । देउवा गुटका उम्मेदवार भएकाले देउवाले पाएको भोटमा तीन-चार सय भोट कम पाउँदा पनि उनले जित्न सक्छन् । यसका अतिरिक्त पार्टीका पुराना र अनुभवी नेता भएको हिसाबले कांग्रेसमा उनी सम्मानित छन् । अघिल्लो महाधिवेनमा पनि केसीले लोकपि्रय मत पाएका थिए ।

हार्ने आधारः क्षमतावान नेता भए पनि केसीमा मतदातालाई आकषिर्त गर्न सक्ने ‘एक्स फ्याक्टर’ केही छैन । व्यक्तिगत लोकपि्रयताको अभाव उनलाई खटि्कनेछ ।  केसीको पञ्चायती पृष्ठभूमिको धङ्धङीले पनि मतदातालाई सताउन सक्छ । साथै उनी गुट परिवर्तन गरेर देउवातिर लागेका हुनाले उनलाई देउवा पक्षकै कतिपयले मत नदिएको हुन सक्छ । ज्वाइँले काट्ने भोट पनि केसीका लागि चुनौतीको अर्को पाटो हो ।

महामन्त्रीका साथै केन्द्रीय कार्यसमितिमा कुन गुटका कति नेताहरुले जित्लान् भन्ने विषय पनि निकै रोचक हुने छ आजको मत गणनामा  ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जब अनामनगरकी सीमालाई महिला आयोग पुग्न पाँच वर्ष लाग्छ

केही दिनअघि प्रसारित एक टेलिभिजन कार्यक्रममार्फत् जानकारीमा आयो – अनामनगर काठमाडौंमा बसोवास गर्ने स्थायी ठेगाना सिरहा जिल्ला भएकी सीमादेवी यादव (वर्ष २४नाम परिवर्तन) को मनमा ढ्याङग्रो बज्न थाल्छ जब साँझ पर्दै जान्छ । दिनभरि त उनी मानसिक यातना मात्र मनमा लिएर बस्छिन् तर रात परेपछि उनको कहालीलाग्दो पल सुरु हुन्छ । जसको कारण अरु कोही नभई उनकै पति परमेश्वर हुन् ।

Tilak Ghimire

तिलक घिमिरे

जब रात पर्छ, उनका पति अाफ्ना जडि (कडाइ) मा काम गर्ने अन्य साथीसँग आउँछन् कोठामा अनि सुरु हुन्छ मादक पदार्थ सेवनको कार्यक्रम । जब मात्दै जान्छन्, तब उनै सीमाले सबैसँग सुत्नैपर्छ, जुन कुरामा वाध्य स्वयम ऊनकै पतिले बनाउँछन् । त्यो गर्न नमान्दा उनको कपाल ५० प्रतिशतभन्दा बढी बाँकी छैन होला भुत्लिएर ।

पटक-पटक यस्तो अमानवीय व्यबहार नगर्न अनुनय विनय गर्दै जति नै गरेता पनि नरपशु श्रीमानले उनको वेदना सुन्दैन । उल्टो मुखाले हुन्छेस् भन्दै झन प्रताडना दिन्छ ।

पतिको त्यस्तो दुव्र्यवहार त सायद उनी सहन सक्थिन् होला, तर पतिका साथीहरुलाई समेत खुसी तथा सन्तुष्ट बनाउन विवश हुँदा तीन पटकभन्दा बढी आत्महत्याको प्रयास गरिसक्दा पनि सफल नभएको भनेर बयान दिएको सुन्दा आँखा नरसाएका कमैका थिए ।

कारण बुझ्दै जाँदा उनी सिरहा जिल्लाको सीमावर्ती भारतकी रहिछिन् । हिन्दु जाति समाजमा हुर्किएकी सीमाको सिरहा (नेपाल) को अन्सारी थरको व्यक्तिसँग माया प्रेम भएछ । सोही प्रेमले गर्दा कक्षा ७ पढ्दै गरेकी सीमा अन्सारीसँग भागेर आई काठमाण्डौमा डेरा बस्न थालेको पनि ९ बर्ष भएछ ।

उनका पति डल्लुमा जडि पसलमा बुट्टा भर्ने काम गर्दारहेछन् । हिन्दु परिवेशमा हुर्किएकी उनलाई मुस्लिम संस्कारका रम्न साह्रै धेरै समय लागेछ । यद्यपि आफूले मन पराएर, रोजेर आएको मान्छेसँग बस्दा सारो पीडा पनि फितलो हुँदै जाने कुरा मनन गर्दै उनी घरवार चलाउँदै आएकी रहिछन् ।

विवाहको सुरुवाती अवस्था त ठीकै भएता पनि जब उनका बच्चा भएनन्, तब श्रीमान्बाट सास्ती खेप्न बाध्य भइछिन् । बालबच्चा नभएपछि श्रीमानले स्वजातीय केटी हेरेर विवाह गरेछन् र उनीतर्फ २ छोरा पनि रहेछन् । कान्छी श्रीमती सिराहामै छिन् रे । त्यसपछि उनका पतिले यतिसम्म नरपशु व्यवहार गर्न थालेछन् कि त्यो बताउँदा बताउँदै उनी अर्ध्मूर्छित भइन् ।

यौन सम्बन्ध राख्दा पनि अत्यधीक अप्राकृतिक क्रियाकलाप गर्ने, मुखमैथुन गर्नैपर्ने र आˆना सबै साथीलाई सन्तुष्ट नपारे चक्कू तथा पन्यू तताएर डामिदिने, कपाल भुत्याउने, कुट्ने, पिट्ने जस्ता कुराहरु त लगभग दिनहुँजस्तो नै चल्नेरहेछ ।

सीमा बसेको स्थान अनामनगरबाट राष्ट्रिय महिला आयोगको दुरी लगभग ५ मिनेटको छ । सो ५ मिनेटको दुरी पार गरेर आउन त्यो पनि राजधानीको मुटुमै बस्नेलाई त ५ वर्ष लाग्यो भने मधेसका ती दूर-दरार अनि विकट-विकट, दुर्गम, दुर्गमका बस्तीसम्म महिला अधिकारको घण्टी बज्न अझै कति लाग्ने हो ? त्यो अझै एकिन छैन ।

मधेसी समाजमा घर बाहिर निस्कनु हुन्न र अाफ्ना पुरुषको कुरा बाहिर गरेमा पाप मानिनेछ र चरित्रहीन ठहरिने कुप्रथाले जरो गाडेको हुनाले यो घटना राजधानीकै मुटुमा भइरहँदा समेत गुपचुप हुन पुगेको रहेछ ।

उजुरी गर्ने ठाउँ कहाँ हो, के गर्नु पर्दछ, उजुरी गर्नलाई कसलाई भेट्नुपर्छ, अनि घरबाट निस्कँदा लोग्नेले अब के गर्ने हुन् र उनको सुरक्षा कस्तो हुने हो ? कसले जिम्मा लिने हो ? यो सबैथोकको जानकारी नहुँदा लगभग पाँच वर्षदेखि यो पीडा सहेर बसिरहेकी सीमा एकजना छिमेकी दिदीको सहारामा राष्ट्रिय महिला आयोग (रामशाह पथ) आइपुगिन् र सोही दिदीको सहयोगमा निवेदन दर्ता गराइन् ।

सीमा बसेको स्थान अनामनगरबाट राष्ट्रिय महिला आयोगको दुरी लगभग ५ मिनेटको छ । सो ५ मिनेटको दुरी पार गरेर आउन त्यो पनि राजधानीको मुटुमै बस्नेलाई त ५ वर्ष लाग्यो भने मधेसका ती दूर-दरार अनि विकट-विकट, दुर्गम, दुर्गमका बस्तीसम्म महिला अधिकारको घण्टी बज्न अझै कति लाग्ने हो ? त्यो अझै एकिन छैन ।

ढोंगी अधिकारवाद फलाक्दैमा दुर-दरारका बस्तीमा अधिकारको पहुँच पुगिसकेको भन्दै हिँड्ने नियमनकारी निकाय तथा अधिकारका क्षेत्रमा जिम्मेवारी पाएका मनुवाहरुलाई सीमाको घटनाले दरै झापड हानेको छ । सीमा त एक प्रतिनिधि पात्र मात्रै हुन् । हाम्रो समाजमा त्यस्ता सयौं सीमाहरु छन्, जसले आजसम्म पनि त्यस्ता डरलाग्दा अत्याचार, व्यभिचार तथा अमानवीय पीडा सहेरै बसिरहनुपरेको छ ।

यस्तो छ नेपालमा महिला हिंसाको तथ्यांक

गत वर्षको तुलनामा यस वर्ष महिलाविरुद्ध घरेलु हिंसासम्बन्धी उजुरी तेब्बर बढेको आयोगको तथ्यांकले देखाएको छ । आयोगमा आ.व. ०७०/०७१ मा परेका कुल उजुरीमध्ये २ सय ९६ वटा घरेलु हिंसासम्वन्धी छन् ।

आयोगमा यस वर्ष ४ सय ५६ उजुरी परेका थिए । घरेलु हिंसामध्ये १ सय ८२ शारीरिक हिंसासम्वन्धी उजुरी परेका थिए । गत वर्ष आयोगमा परेका ५ सय ५६ हिंसाका उजुरीमध्ये ३ सय घरेलु हिंसाका थिए ।

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांक अनुसार आ.व.०७०/०७१ मा नेपालभर ६ हजार ८ सय ३५ वटा घरेलु हिंसाका उजुरी परेका थिए भने अघिल्लो वर्ष १ हजार ८ सय उजुरी परेका थिए । महिला आयोग र अन्य निकायबाट न्याय पाउन नसकेका घरेलु हिंसासम्वन्धी उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा पुग्ने गरेको आयोगकी प्रवक्ता मोहना अन्सारीको भनाइ छ ।

यस वर्ष साउन यता आयोगमा ६१ वटा घरेलु हिंसासम्वन्धी उजुरी परेका छन् । आयोगमा घरेलु हिंसासम्वन्धी छुट्टै अभिलेख छैन । प्रवक्ता अन्सारीले न्याय पाउन नसकेपछि आयोग आउनेको संख्या बढ्दै गएको बताइन् ।

घरेलु हिंसामध्ये पनि सबैभन्दा बढी शारीरिक हिंसा र मानसिक तथा आर्थिक हिंसाका उजुरी बढी पर्ने गरेका छन् । एक टेलिभिजन कार्यक्रम मार्फत् आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाईका अनुसार महिलामा हिंसाविरुद्ध चेतना बढ्दै गएकाले यस्ता उजुरी हृवात्तै बढेका हुन् ।

‘मिडिया, सरकार सबैले हिंसाविरुद्ध चेतना फैलाएका छन्,’ अध्यक्ष हुमागाईले भनिन् । उनी भन्छिन्, ‘पहिला घरभित्रको समस्याका रुपमा लिइन्थ्यो, अहिले बल्ल हिंसाका रुपमा लिन थाले । तर, यस्ता उजुरी बढे पनि न्याय पाउनेको संख्या भने न्यून रहेको हुमागाई बताउँछिन् । ७५ प्रतिशत उजुरी आयोगमै समाधान गरेर पठाइने र बाँकी अदालत पठाउने गरिएको छ ।

आयोग, महिला तथा बालबालिका सेवा केन्द्रजस्ता निकायको न्यायिक अधिकार कम भएकाले पीडित महिलाले न्याय नपाएको उनको ठम्याइ छ । महिलाले आत्मसम्मान खोज्नु, चेतना वृद्धि र बेरोजगारीजस्ता कारणले घरेलु हिंसा बढेको हो । ‘कुनै पनि कारणले प्रभाव परेपछि परिवारमा कुनै न कुनै बहानामा हिंसा हुन्छ,’ उनको तर्क छ ।

कम्मल ओडेर घिउ खानेहरु

महिला अधिकारसम्बन्धी जानकारी, चेतना, कानुन बढ्दै गएकाले घरेलु हिंसासम्बन्धी उजुरी बढ्दै गएको छ । परिवारमा पीडक र पीडितको प्रत्यक्ष सरोकार हुने भएकाले महिलामाथि हुने अन्य हिंसाको तुलनामा घरेलु हिंसा बढी हुने देखिन्छ ।

राज्यले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाइरहेको छ । यही १६ दिन अखबारका पाना अनि टेलिभिजनका स्त्रिmनमा महिला अधिकारको क्षेत्रमा वकालत गर्ने अत्यन्तै “ठूला-ठूला” अधिकारकर्मीहरु कुर्लिरहेका देखिन्छन् ।

बग्रेल्ती खुलेका एफ.एम. स्टेशनहरुमा अन्तरवार्ता दिन भ्याई-नभ्याई हुन्छ । कसको धेरै नाम आउने, कसको नेतृत्वमा भएको र्‍यालीमा धेरै मान्छेको सहभागिता हुने, कसको ठूलो ब्यानर हुने, कसले धेरै प्ले कार्ड बोकेर आउने होडबाजी नै चलिरहेको छ । सबै आˆनो रवाफ देखाउनमा तल्ीलन छन् । कसले धेरै मिडियामा कभरेज गर्न सक्यो, को बढि भन्दा बढी भाषण गर्न सक्यो, उसैको समीक्षा हुँदैछ ।
धेरै मानिसका अगाडि नारी अधिकारवादको आदर्शवादी भाषण ठोक्दै हिड्ने अनि घरमा गएर काम गर्ने सहयोगीलाई तथा अन्य हेप्न सक्नेलाई हेपेको पनि प्रष्टै देखियो ।

कमजोरीलाई भर्‍याङ्ग बनाई आफ्नो लोकप्रियता भँजाउने प्रशस्तै छद्मभेषी अधिकारकर्मीहरु हाम्रो शहर बजारमा प्रसस्तै पाइन्छन् ।

महिला पूनस्र्थापना केन्द्र खोलेर खुबै महिला अधिकारको लागि म जत्तिको ठूलो र अत्यन्तै कुशल “अधिकारवादीहरुको पनि फुस्रा भाषणमा, आदर्शवादी पाखण्डीपन देखियो । महिला हिंसा यसरी बढी मात्रामा दर्ता हुनुलाई प्रचार प्रसारको कारण मात्र भएको मान्न सकिने भरपर्दो प्रमाण के त ? १६ दिने अभियानमा भाषण दिँदैमा यसले पूर्ण सचेतनाको काम भइसक्यो भन्ने बलियो आधार के त ?

महिला हिंसा पहिला भन्दा कतै बढिरहेको पो त छैन कतै ? यी यस्ता सवालहरुमा समीक्षा हुन आवश्यक छ । मुद्दा उठान गर्नु आफैमा सकारात्मक पहल हो ।

तर, मुद्दालाई वास्तविकतासम्म पुगेर उचित न्याय दिने एक सकारात्मक कडी हो । शहर, बजार तथा ठूला ठूला कार्यशाला गोष्ठी गरेर अधिकार जनताले पाइसके भनेर फलाक्दै हिँड्नेहरुले बेलैमा सचित हुनु जरुरी छ ।

‘परिवारमा महिला-पुरुषबीच असमान शक्ति सम्बन्धका कारण पीडकले हिंसा गर्ने वातावरण पाउँछ, आर्थिक स्रोतसाधनमा दुबैको समान हैसियत भए न महिलामाथि हिंसा हुन्छ, न पुरुष  माथि । खोक्रोे भाषणले मात्र अब हुनेवाला केही छैन । जसका लागि काम गर्ने हो, सो सम्वन्धी कार्यक्रम लक्षित समुदायसम्म पुग्नु पर्दछ ।

कतै यौन दुव्र्यवहारको घटना भयो भने “बलात्कारीलाई फाँसी दे” भनेर उफ्रदै हिँड्नु भन्दा पनि त्यस अवस्थाबाट कसरी सुरक्षित रहने र सजग हुने सो सम्वन्धी सचेतनामूलक कार्यक्रम अति सीमान्तकृत समुदायसमक्ष पुर्‍याउनुपर्छ । उजुरी गर्ने निकाय, उजुरीको प्रक्रिया, उजुरीपछिको उसको सुरक्षाको प्रत्याभूति, सामाजिक लान्छनाको विषय आदि इत्यादिप्रति रहिरहेको विद्यमान कमीकमजोरीको पाटोलाई कम गराउनुपर्दछ ।

रोग लागेपछि उपचारमा लाखौं रकम खर्च गर्नु भन्दा रोगै लाग्नबाट बच्न बरु केहि लगानी गर्नु मनासिव ठहरिनेछ । अन्यथा १६ दिने यस्ता अभियान जति नै मनाए पनि महिला हिंसाको घटनामा कमी आउँछ भन्न सकिन्न । पूर्वतयारी, सावधानी, जानकारी एवं समस्या समाधानको उपायमा बढी नै घोत्लियौं भनेमात्रै यस्ता अभियान मनाएको सार्थकता हुन सक्छ, अन्यथा घाम अस्ताएपछि बिस्कुन सुकाउनुमा कुनै अर्थ देखिन्न ।

कमजोरीलाई भर्‍याङ्ग बनाई आफ्नो लोकप्रियता भँजाउने प्रशस्तै छद्मभेषी अधिकारकर्मीहरु हाम्रो शहर बजारमा प्रसस्तै पाइन्छन् । बाहिरी एउटा रुप हुन्छ , भित्र-भित्रै अनेक तिक्डमबाजी भइरहेको हुन्छ । अतः कम्मल ओडेर घिउ खानेहरुले यो बुझ्नै पर्ने हुन्छ कि, कम्मल बाहिर पनि घिउको गन्ध आइरहेको हुन्छ ।

यस्ता पनि महिला अधिकारकर्मी

शहरकी एक चर्चित महिला अधिकारवादी जो खाँदा, खेल्दा, हाँस्दा, बोल्दा पढ्दा, रुँदा जतिखेर पनि उही महिला अधिकारकै बखान गर्ने गर्छिन् । नेपालको सिष्टम नै खराब छ, महिलाहरुलाई हेर्ने पुरुषहरुको नजर नै गलत छ भन्दै जतिबेला पनि आलोचना गर्छिन् ।

हाम्रो समाजमा महिला अधिकारका क्षेत्रमा काम गर्ने मानिसहरु तथा सच्चा अधिकारवादी पनि नभएका होइनन् । कतिपय दिलोज्यान दिएर अधिकारका वकालत गर्नेहरु पनि छन् तर सच्चा मनले लाग्ने धेरै कम छन् ।

मिडियामा पनि उनको राम्रो प्रभाव छ । उनलाई महिला अधिकारसम्बन्धी धेरै कुराहरुका बारेमा जानकारी छ । नारी अधिकारहरुको प्रायः धारा, उपधारा, दफा, खण्ड, ऐन कानुन, नियम, नियमावली, विनियम, कार्यविधिदेखि ठूला-ठूला महासन्धि, सिडो देखि बेइजिङ्ग घोषणा पत्र सबै कण्ठै छ ।

प्रायः ठाउँमा त्यस्तै धारा, बेइजिङ्ग घोषणा सभाको कुरा गर्छिन् । धान काट्न फुर्सद नहुने र निरक्षर महिलाहरुलाई त्यो भाषण के-के न हो लाग्नु स्वभाविक नै हो । पानी लिन तीन घण्टा हिँड्नुपर्ने महिलाहरुलाई दफा, धारा र उपधाराको कुरा अनौठो लाग्ने नै भयो । प्रायः धेरै मान्छे भएको ठाउँमा महिलाहरुको दुःख देखिन् भने मानिसहरुको अगाडि हिट हुन अनेक तिक्डमबाजी गर्छिन्, एकछिन रुन्छिन् पनि ।

वरपरका मानिसहरुलाई एकछिन आदर्शवादी भाषण छाँट्छिन् । राज्य र उनलाई त्यस्तो बनाउनेदेखि त्यहाँ मूकदर्शक भएकाहरुलाई सत्तोसराप पनि गर्छिन् र त्यस घटनाबाट आफूलाई कसरी हिट बनाउन सकिन्छ सोही प्रकृया आवलम्वन गर्छिन् । अनि अाफ्नै मोटरमा राखेर आफैले सञ्चालन गरेको महिला सुरक्षा पूनस्र्थापना केन्द्रमा लिएर जान्छिन् र त्यहाँभित्र पुगेपछि सुरु हुन्छ उनको नाममा कमाउने कुकृत्य । नाम भजाएर उनी राम्रै आम्दानी भित्र्याउन सफल हुन्छिन् । अनि कोही अनुगमन गर्न आएमा तप्प आँशु नै झार्छिन् । तर, उनको लोलोपोतो र गोहीको आँसु अलि ध्यान दिएर हेर्ने हो भने जो कोहीले तुरुन्तै बुझ्न सक्छन् ।

सफा, सुग्घर खान नपाउनु, न्यानो तथा राम्रा कपडा नपाउनु, प्रसस्त अवसर नपाउनु, मैत्री वातावरण नपाउनु अनि श्रमशोषणको काम यति धेरै गर्छिन् कि भनी साध्य छैन । उनलाई राम्रोसँग थाहा छ कि, कुशल शासकले दण्ड दिने बेलामा उपस्थित हुनुहुन्न ।

तर, पुरष्कृत गर्नेबेला अनिवार्य उपस्थित हुनै पर्दछ  भन्नेमा, उनीहरुलाई लगायत अन्य सरोकारवाला दातालाई थाङ्ना मै सुताएर नचाउने राम्रै सिप उनिसँग छ । प्रायःलाई आदर्शवादी वक्तब्यवाजी गरेर इमोसनल ब्ल्याकमेल गर्न उनी माहिर छिन् । घरमा पनि, उनको कार्यालयमा पनि अनेकौं आदर्शवादी भाषण गर्छिन् । तर, व्यवहारमा सबभन्दा बढी महिला हिंसा उनै ठूला महिला अधिकारवादी भनाउँदाबाटै भइरहेको देखिन्छ ।

हाम्रो समाजमा महिला अधिकारका क्षेत्रमा काम गर्ने मानिसहरु तथा सच्चा अधिकारवादी पनि नभएका होइनन् । कतिपय दिलोज्यान दिएर अधिकारका वकालत गर्नेहरु पनि छन् तर सच्चा मनले लाग्ने धेरै कम छन् ।

प्रायःजसो नामलाई र नारालाई भर्‍याङ्ग बनाउने र भँजाएर दुनो सोज्झाउनेहरु प्रशस्तै महान महिला अधिकारवादी छन् । अनेक नारा लाउँछन्, वकालत गर्छन्, उप|mन्छन् । किनकि महिलाहरुको स्वर राज्यले चाँडो सुन्ने हुनाले यस्तो भएको हुन सक्छ । जति धेरै अधिकारवादी भएता पनि महिलाहरुको अवस्था माथि उठ्न नसक्नुको एक “लुप्त तर मुख्य कारण” यसलाई पनि मान्न सकिन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं