Monday, June 13, 2016

पहिरोले घर पुर्दा दुई जनाको ज्यान गयो

जेठ ३२  । मंगलबार बिहान अविरल वर्षासंगै पहिरोले घर पुर्दा ताप्लेजुङमा  दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका ८ निवासी चार वर्षीय अंशु तामाङ र तीन वर्षीय अमृत तामाङ रहेका छन् । मृतक बालबालिकाकी आमा ३० वर्षीय सिता तामाङ र दिदी १२ वर्षीय अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा

from Nepal123.com - पहिरोले घर पुर्दा दुई जनाको ज्यान गयो

धेरैपछि आज बिहान गयो भूकम्प

काठमाण्डु, ३२ जेठ–गोरखा केन्द्रबिन्दु भएर मंगलबार बिहान पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गतेको ठूलो भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ४६१ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

from Nepal123.com - धेरैपछि आज बिहान गयो भूकम्प

६ लाखमा बेचिएर भाग्न सफल भएकी १८ वर्षे युवतीको बयान

काठमाडौ । १८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – ‘प्लस टु अध्ययन गर्दा गर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन्। काभ्रे पाँचखाल नगरपालिका – ११

from Nepal123.com - ६ लाखमा बेचिएर भाग्न सफल भएकी १८ वर्षे युवतीको बयान

यस्ता छन् माफी नहुने द्वन्द्वकालका चार अपराध

लामो विवाद र छलफलपछि द्वन्द्वकालीन चारवटा गम्भीर अपराधमा माफी–मिनाहा नहुने गरी कानुनको मस्यौदा विधेयक अघि बढाउन गृह मन्त्रालय सहमत भएको छ ।माओवादी केन्द्रको जिम्मामा रहेको गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयबीच यस्तो सहमति भएपछि माफीसम्बन्धी कानुन निर्माण प्रक्रिया सहज बनेको हो । कानुन मन्त्रालयले तयार गरेको उक्त माफीसम्बन्धी कानुनको मस्योदा सहमति जुटाउन गृह मन्त्रालय पठाइएपनि एक

from Nepal123.com - यस्ता छन् माफी नहुने द्वन्द्वकालका चार अपराध

पूर्वविशिष्टको सुविधा, सुविधा घटाउन नदिन राजनीतिक चलखेल

काठमाडाैं ।  संसदको सुशासन तथा अनुगमन समितिअन्तर्गत बनेको उपसमितिले ५ पदमा रहेका पूर्वविशिष्ट पदाधिकारीलाई मात्र सुविधा दिनु उचित हुने सुझावसहितको प्रतिवेदन पेस गरेपछि त्यसलाई रोक्न दलका नेताहरूको चलखेल सुरु भएको छ । उपसमितिले सेना, प्रहरी र सशस्त्र प्रहरीसँग पूर्वविशिष्ट पदाधिकारीलाई उपलब्ध गराएको सेवा सुविधाको विवरण माग गरेपछि उक्त विवरण लुकाउन पनि दलका प्रभावशाली नेताहरूले दबाब

from Nepal123.com - पूर्वविशिष्टको सुविधा, सुविधा घटाउन नदिन राजनीतिक चलखेल

हतियार खरिदबारे नेपालले भारतलार्इ सुनायाे यस्ताे निर्णय

काठमाडौं । नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ । नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुमादनमा हतियार नकिन्ने निर्णय सुनाएको हो । नेपालले हतियारमा पनि सिलिङ तोकर मात्र अनुदान दिन प्रस्ताव राखेको छ ।

from Nepal123.com - हतियार खरिदबारे नेपालले भारतलार्इ सुनायाे यस्ताे निर्णय

विप्लवलाई उकास्दै शोभाकान्त

काठमाडौं । ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलको गैरजिम्मेवारीले एनसेल जस्तो सबैभन्दा बढी कर तिर्ने कम्पनी चौतर्फी मारमा परेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ – टेलियासोनेरा कम्पनीको ८० प्रतिशत शेयर एक्चियटालाई विक्रि गरेको आभकर प्रकरणमा ठूला करदाता कार्यालयले कानुनविपरित रकम जम्मा गर्न एनसेललाई पत्र काटेपछि एनसेलविरुद्ध नियोजित रुपमा आक्रमण सुरु भएको हो ।

from Nepal123.com - विप्लवलाई उकास्दै शोभाकान्त