Sunday, February 28, 2016

सेल्फी खिच्दा नारायणी नदीमा युवती बेपत्ता

फाल्गुन १६, २०७२- सेल्फी खिच्दा चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा डुबेर आइतबार दिउँसो १ बजेदेखि एक युवती बेपत्ता भएकी छिन । अर्की युवतीको उद्धार गरिएको छ ।

नवलपारीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए । बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भेटिइनन् ।

ईलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार दुबै जना अरुणा कलेजका विद्यार्थी हुन् ।

‘नदीको किनारमा सेल्फी खिच्ने क्रममा चिप्लेर युवती डुबेको खबर आएको छ,’ उनले भने, ‘एक जना साथी चिप्लेर खसेपछि अर्की पनि डुबेकी रहिछन‍् ।’ बेपत्‍ता युवतीको खोजतलास जारी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एयर काष्ठमण्डपका पाइलट र को-पाइलटलाई सहिद घोषणा गर्न माग

१६ फागुन, कालिकोट । एयर काष्ठमण्डपको विमान दुर्घटनामा मृत्यु भएका पाइलट र को-पाइलटलाई सहिद घोषणा गर्न कालिकोट उद्योग वाणिज्य संघले माग गरेको छ ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान शुक्रबार कालीकोटमा दुर्घटना हुँदा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको मृत्यु भएको थियो । विमानमा सवार नौ यात्रुहरु सकुशल रहे ।

आइतबार कालीकोट उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै आफू मरेर पनि यात्रुहरुलाई जोगाउन सफल पाइलट न्यौपाने र को-पाइलट रानालाई सहिद घोषणा गर्न माग गरेको हो ।

संघका अध्यक्ष सुर्यबहादुर शाहीसहितको टोलीले बुझाएको चार बुँदे ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘आफ्नो ज्यानको प्रवाह नगरी अरुको ज्यान बचाएर आफ्नो ज्यानको आहुति दिने पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सहिद घोषणा गर्न पहलका लागि माग गर्दछौं ।’

यसैगरी मृतक र घाइतेहरुलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घटना छानबिन गर्न स्थानीयस्तरमा समिति बनाउन पनि माग गरिएको छ ।

उद्योग वाणिज्य संघको टोलीसँग प्रमुख जिल्ला अधिकारी श्रेष्ठले केन्द्रमा विज्ञसहितको छानविन आयोग बनिसकेकाले स्थानीयस्तरमा अर्को समिति गठन गर्नु औचित्य नहुने जवाफ दिएका थिए । उनले अन्य मागहरु जायज भएकाले पर्यटन र गृहमन्त्रालयमा पठाइदिने बताएका थिए ।

दुर्घटनामा मृत्यु भएका पाइलट न्यौपानेको आइतबार अन्तेष्टि गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तनः बिजुक्छे

१६ फागुन, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुने दावी गरेका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बिजुक्छेले काँग्रेसको महाधिवेशनपछि काँग्रेसकै नेतृत्वमा एमाओवादी, तराईकेन्द्रित, एमाले लगायत अन्य दलहरुको सहकार्यमा सरकार निर्माण हुने बताएका हुन् ।

नेपालमा संबिधान जारी भएसँगै भारतले गरेको नाकाबन्दी र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीकालागि कुनै फरकपन देखा नपरेको भन्दै भारतसँगको सम्बन्ध सुधारकालागि गरिएको भ्रमणले खासै सम्बन्ध सुधारसमेत नभएको उनको भनाई छ ।

तराई आन्दोलन सीमित कालोबजारी गर्ने र बारम्बार सरकारमा सामेल भएका तराईकेन्द्रित दलहरुको सत्ताका लागि बार्गेनिङ भएको बिचुक्छेको आरोप थियो । भारतले इशारा नगरेसम्म तराईमा भइरहेको आन्दोलन नरोकिने र एक पछि अर्को माग राख्दै अप्ठ्यारो उत्पन्नगर्ने उनको दाबी छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि स्थानीय निकायको निर्वाचन जरुरी रहेको बिजुक्छेको भनाई छ । चीनतर्फ सरकारले सम्बन्धबिस्तार गर्न नसक्दा थप समस्या देखिएको बिजुक्छेले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रहरीको कार्यक्रममा स्थानीयको गुनासो गरे- गाविस-सचिव देख्नै पाइँदैन

एसके शान

१६ फागुन, सप्तरी । तराई मधेसमा पछिल्लो ६ महिनासम्म आन्दोलन चलेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले सरकारी सेवा-सुविधा लिन पाएनन् । आन्दोलनका कारण सरकारी कार्यालयका प्रतिनिधि ग्रामीण भेगमा नछिरेको धेरै भइसकेको छ ।

आफ्नो काम-कारबाहीबारे सर्वसाधारणको गुनासो सुन्न तथा सुझाव लिन प्रहरीले सप्तरीको छिन्नमस्तालगायत गाविसमा कार्यक्रम गर्यो । सर्वसाधारणले प्रहरीभन्दा पनि गाविस-सचिवबाट धेरै पीडित भएको सुनाए । ‘प्रहरीसँग र भारतीय एसएसबीसँग पनि पीडित छौं,’ कार्यक्रममा सहभागी स्थानीयले भने, ‘तर गाविस-सचिवका कारण धेरै कुरामा हामी पीडित बनेका छौं ।’

प्रहरीले आफ्नो काम-कारबाहीका विषयमा बोल्न आग्रह गरे पनि त्यहाँका बासिन्दाले गाविस-सचिवको विषयमा धेरै गुनासो गरे । गाविस-सचिवका कारण बालबालिकाको जन्मदर्ता बन्न नसकेको, सामाजिक सुरक्षाभत्ता पाउन नसकेको जस्ता गुनासो गरेका थिए । उनीहरूले कार्यक्रममा उपस्थित जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकाललाई आग्रह गरे, ‘गाविस-सचिवलाई गाविसमा बस्न लगाउने कार्यमा सहयोग गर्नुहोस् ।’

यसबाहेक जिल्लामा धेरै सरकारी कार्यालय भएको सुनिए पनि कुन-कुन कार्यालय छ र हामीले कस्ता-कस्ता सेवा पाइरहेका छौं भन्ने कुराको कौतुहलता उनीहरूमा देखिन्थ्यो । ‘गाविसमा चिन्ने भनेको सचिव र प्रहरी भए पनि सचिवलाई त नहेरेको धेरै भयो,’ स्थानीय उम्दादेवी शर्माले भनिन्, ‘प्रहरी बसे पनि सरकारी निकायमा अरु को-को छन् भन्ने कुरा थाहा छैन ।’

सीमाप्रतिको चिन्ता

सहभागी कतिपयले भारतसँग सीमा जोडिएको ठाउँमा स्तम्भ हराइसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराए । ‘हामी बच्चामा भैंसी चराउन जाँदा ठूला-ठूला स्तम्भ सीमामा हेर्ने गरेका थियौं,’ स्थानीय सुरेन्द्रनारायण मण्डलले भने, ‘अहिले ती स्तम्भ कहाँ गए ? यसको सोधिखोजी हाम्रो सरकारद्वारा किन भइरहेको छैन ?’

मण्डलले स्तम्भ हराएसँगै सीमा पनि मिचिएको हुन सक्ने बताउँदै यसबारे ठोस पहल गर्न सरकारसँग माग गरे । उनले भारतीय एसएसबीहरूले अहिले नेपाली नम्बरको सवारीलाई भारत छिर्न नदिने गरेको बताए ।

प्रहरीलाई गुनासो- व्यक्तिगत सामान किन समात्छौ ?

Police-intraction-1

कार्यक्रममा उपस्थित भएकाले आफूहरू सीमावर्ती क्षेत्रमा बसेकाले कतिपय घरायसी दैनिक उपभोग्य सामान भारतबाट ल्याउँदा प्रहरीले समात्ने गरेको गुनासो गरे । ‘घरायसी प्रयोजनका लागि एक-दुई किलो सामान र एक-दुई बोरा मल ल्याउँदा पनि प्रहरीले समात्ने गरेका छन्,’ उनीहरूले भने, ‘विवाह, श्राद्ध हुँदा यस क्षेत्रका बासिन्दा भारतबाटै सामान ल्याउने गर्छन् । तर, प्रहरीले त्यस्ता सामान पनि पक्राउ गर्नुबाट आफूहरू एकदमै पीडित भएका छौं ।’

व्यापार प्रयोजनका लागि नभई घरायसी प्रयोजनका लागि ल्याउने सामान नियन्त्रण गर्ने काम बन्द गर्नुपर्ने स्थानीयको भनाइ थियो । कहिलेकाहीँ सामूहिक कामका लागि सामान ल्याउने बाध्यता भए पनि छिन्नमस्तामै रहेको छोटी भन्सार कार्यालयमा कर्मचारी नहुँदा भन्सार तिर्न गाह्रो भइरहेको स्थानीयले गुनासो गरे ।

स्थानीयले छोटी भन्सारलाई सञ्चालनमा ल्याउन पहल गरिदिन कार्यक्रममा सहभागी जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालसँग आग्रह गरे ।

ट्राफिक राख्ने कि नराख्ने ?

कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता, बुद्धिजीवी, समाजसेवी, शिक्षकले छिन्नमस्ता शक्तिपीठ नेपालको मात्रै नभई भारतका श्रद्धालुका लागि पनि महत्त्व बोकेको ठाउँ भएकाले अत्यधिक चहलपहल हुने गरेको बताए । अत्यधिक यात्रुको चाप हुने यस ठाउँमा ट्राफिक प्रहरीको व्यवस्था गरिनुपर्ने माग उनीहरूको थियो । ट्राफिक प्रहरीको व्यवस्था भए भीड नियन्त्रण गर्न र यातायातको चाप हटाउन मद्दत पुग्ने बताए ।

यद्यपि कार्यक्रममा उपस्थित एमाओवादीका लालापट्टी गाविस अध्यक्ष तेजनारायण यादवले यो कुराको विरोध गरे । उनले भने, ‘ट्राफिक आए टेन्सन हुन्छ ।’ ‘यो देहात हो र यहाँका बासिन्दा हलो-कोदालो लिएर मोटरसाइकल बिनाहेलमेट चलाउँछन्,’ उनले भने, ‘हेलमेट नलगाएपछि ट्राफिक प्रहरीले रोक्छन् र दुःख दिन्छन्, त्यसैले टेन्सन हुन्छ ।’

घरायसी सामान नियन्त्रण समात्दैनौँ: एसपी

एसपी ढकालले घरायसी कामकाजका लागि ल्याइने हल्का सामान प्रहरीले नियन्त्रणमा नलिने तर तस्करलाई कुनै पनि हालतमा छुट नदिने बताए । ‘एक-दुई किलो सामान र एक-दुई बोरा मल प्रहरीले समात्दै समात्दैन,’ उनले भने, ‘तर घरायसी नाममा ल्याउने तस्करलाई भने कहिल्यै छाडिनेछैन ।’

अपराध नियन्त्रणमा सघाउन उनले स्थानीयसँग आग्रह गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नलसिंहगाड जलविद्युत् आयोजनामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन

१६ फागुन, काठमाडौं । जाजरकोटमा आयोजनास्थल रहेको नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने परामर्शदाता छनोट प्रक्रिया अपारदर्शी भएको भन्दै परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

परामर्शदाता छनोटको क्रममा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई नदिइ बढी प्रस्ताव गर्नेलाई छनोट गरिएको भन्दै परेको उजुरीमाथि मसिनो तवरले छानबिन भइरहेको आयोगले जनाएको छ । विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) गर्नका लागि अन्तिममा एसएमइसी (स्मेक) र एफ कन्सल्ट छानिएका थिए । अन्तिमचरणमा स्मेकले रु एक अर्ब १९ करोड ९१ लाख ५६ हजार ८३२ ले प्रस्ताव गरेको थियो भने एफ कन्सल्टले रु ३३ करोड २५ लाख ९० हजार ५९९ कम रु ८६ लाख ६५ लाख ६६ हजार २३३ प्रस्ताव गरेको थियो ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले सो आयोजनाको परामर्शदाता छनोट प्रक्रियामा विषयमा परेको उजुरीमाथि छानबिन भइरहेको जानकारी दिए । ‘परामर्शदाता छनोट प्रक्रिया पारदर्शीपूर्ण हुनुपर्छ । राज्यकोषको रकम खर्च हुने कुनै पनि निकाय वा संस्थाले नियम र कानुनलाई पूर्णरुपमा पालना गर्नुपर्छ,’ उनले भने ।

परामर्शदाता छनोट प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सतर्कर्ता केन्द्र र व्यवस्थापिका–संसदको, सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो । सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने परामर्शदाता छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले के भएको हो, सोको जानकारी गराउन यही फागुन ११ गते पत्र लेखेको थियो ।

नलसिंहगाड जलविद्युत् आयोजनाका विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले चासो व्यक्त गरेका सबै निकायलाई चित्त बुझ्दो तवरले जवाफ पठाइएको जानकारी दिँदै गैरकानुनी रुपमा काम हुन नदिने र नगर्ने बताए । आयोजनाको हाल भए पनि नियमसङ्गत तवरले गरिएको आर्थिक तथा प्राविधिक मूल्याङ्कन नै छनोटको आधार रहेको उनको भनाइ छ ।

आयोजनाका अध्यक्ष शेरबहादुर शाही भने परामर्शदाता छनोटमा कुनै पनि कमजोरी नभएको दाबी गर्छन् । ‘हामीले कुनै गलत काम गरेका छैनौँ, आयोजना अगाडि बढाउनुपर्छ । कुनै पनि निकायबाट अवरोध हुनु हुँदैन । कमी कमजोरी भएको भए हामी सच्याउन तयार छौँ,’ उनले भने ।

आयोजना विकास समितिले कम प्रस्ताव गरेको एफ कन्सल्टलाई नदिइ स्मेकलाई दिने तयारी गरेको उजुरीमा देखिन्छ । लेखा समितिले आयोजना विकास समितिबाट थप कागजात मगाउने र छलफल गर्ने निर्णय भएको र कागजात आउने क्रममा रहेको सभापति जनार्दन शर्माले जानकारी दिए । खरिद प्रक्रियाको गोपनियता भङ्ग गरी प्राविधिक प्रस्तावमा स्मेक अगाडि रहेको भन्दै समितिले आफूखुसी कार्य गरेको देखिन आएको लेखा समितिको ठहर छ ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको भोलिपल्ट सरकारले सार्वजनिक बिदा समेत दिएको दिन गत माघ २८ गते ऊर्जा सचिव सुमनप्रसाद शर्माको निर्देशनलाई अटेर गरी आयोजना विकास समितिले बढी प्रस्ताव गर्नेलाई दिने निर्णय गरेको पाइएको छ । मूल्याङ्कन समितिले गरेको प्राविधिक मूल्याङ्कनमा समेत बदनियतपूर्ण तवरले एफ कन्सल्टले ८४ अङ्क भन्दा बढी पाउनुपर्नेमा ७८.२३ अङ्क दिएको र स्मेकलाई ८२.७२ अङ्क दिइएको र आर्थिक तथा प्राविधिक प्रस्ताव पहिल्यै आवेदनकर्तालाई सार्वजनिक गरेको लेखा समितिमा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

काठमाडौँ बालाजुका प्रवीनप्रसाद शर्माले दर्ता गराएको सो उजुरीमा रु ३३ करोड २५ लाख ९० हजार ५९९ रकम सिधै नोक्सान हुने देखिन्छ । आयोजना विकास समितिलाई गुमराहमा पारी मनोमानी ढङ्गले कार्य गरी मूल्याङ्कनमा संलग्न मातहतका कर्मचारीलाई अनुचित प्रभावमा पारी कार्य गरेको र पूर्ण विवरण नआइकन अन्तिम निर्णय गरिएको शर्माको उजुरीमा उल्लेख छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त सो आयोजनाको क्षमता ४१० मेगावाट रहेको छ । सरकारले पछिल्लो पटक सार्वजनिक गरेको ऊर्जा सङ्कट निवारणकालसम्बन्धी कार्ययोजनामा समेत सो आयोजनालाई कम्पनी ढाँचामा लगेर अगाडि बढाउने विषय समावेश गरिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

करिश्मा कपुरले पतिमाथि लगाइन् दाइजो उत्पीडनको आरोप

बलिउड नायिका करिश्मा कपुरले आफ्ना पति संजय कपुर र उनकी आमामाथि गम्भिर आरोप लगाएकी छिन् । उनले दुबै जनामाथि दाइजो उत्पिडनको मुद्दा दर्ता गराएकी छिन् ।

अहिले करिश्मा र उनका पति संजय आरोप-प्रत्यारोपमा उत्रिएका छन् । केही समय अगाडि संजयले करिश्मालाई आफ्नो सम्पत्तीका लागि मात्र बिहे गरेको आरोप लगाएका थिए । यससँगै संजय र करिश्माको डिभोर्स केस पूर्णरुपमा बदलिएको छ । अहिलेसम्म करिश्माले यो बिषयमा मौनता राखेकी थिइन् ।

तर, अब उनले यो बिषयमा आफ्नो मुख खोल्दै आफूलाई पनि डिभोर्स चाहिएको छनक दिएकी छिन् । करिश्माले खार पुलिस स्टेशन, मुम्बइमा धारा ४९८ अनुसार संजय कपुरको विरुद्धमा दाइजो उत्पीडनको केस दर्ता गराएकी हुन् । त्यसैले पनि अब यो मुद्दा चर्किने संभावना छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एयर काष्ठमण्डपका पाइलट न्यौपानेको अन्त्यष्टि  

१६ फागुन, नेपालगञ्ज । एयर काष्ठमण्डपको ट्वीनअटर विमान दुर्घटनामा मृत्यु भएका विमान चालक दिनेश न्यौपानेको आइतबार अन्त्योष्टि गरिएको छ ।

डोल्पा दुवै स्थायी घर भएपनि नेपालगञ्ज उपमहानगरपालिका १६ कोरीयनपुरका बासिन्दा दिनेशको पार्थिव शरीरमा उनका पिता मानादत्त न्यौपानेले दागबत्ती दिएका छन् । उनको अन्त्योष्टि राप्ती नदीको सिरान्यघाटमा गरिएको हो ।

नेपालगञ्जबाट जुम्ला जाँदै गरेको विमान गत शुक्रबार कालिकोटको चिलखायामा दुर्घटनामा परेको थियो । विमानमा खरावी आएपनि चालकले समथर खेतमा अवतरणको प्रयास गरेका थिए ।

९ जना यात्रु जीवित रहेपनि विमानका चालक र सहचालकको मृत्यु भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं