१८ फागुन, काठमाडौं । स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए ।
तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । आजको नयाा पत्रिका दैनिकमा समाचार छ ।
प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे ।
प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो ।
तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए ।
गोरखा घर बताउनी ती २२ वर्षीय युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन् ।
पाँच बर्ष दुबईमा बसेर आएका पौडेलको खाजाभरमा सुषमासँग करिब तीन महिनाअघि चिनजान भएको हो । चिनजानपछि प्रेममा परेका उनीहरुले बिबाह गर्ने निर्णय गरेका थिए ।
१८ फागुन, काठमाडौं । राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन् ।
मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
राजधानी टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको असपतालले जनाएको छ । अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुगमन छ ।
अन्य सामान्य फ्लुमा लगातार खोकी , घाँटी दुख्ने, श्वासप्रश्वासमा समसइा, १०२ डिग्री भन्दा बढी ज्वरो आउनेजस्ता लक्षण हुन्छन् । तिनका भाइरसले रागप्रतिरोधी क्षता कमजोर भएका र दीर्घरोगीलाई बढी असर गर्छन् ।
१८ फागुन, काठमाडाैं । चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलु्कको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी नाका नओल्ने संकेत गरेको छ ।
नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी ननाका खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भोगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुनसक्ने जनाउ दिएको अाजको नागिरक दैनिकमा समाचार छ ।
भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बाहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बासोबास लायक नभएकमो जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अयालले चीनले खासामा पहिले जस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए । सरकारी अधिकारीहरुका अनुसार चीनले खासालाई अहिले महत्व नदिनुमा केरुङसम्म रेल ल्याउने उसको योजना छ ।
त्यस्तै, काठमाडौंमा भइरहने फ्री तिब्बत गतिविधिमा खासाका चिनियाँ व्यापारीको संलग्नताले पनि चीन खासा नाका खोल्न चाहँदैन ।
खासमा रहेका चिनियाँ व्यापारीले लामो समयदेखि काठमाडौंमा चलिरहेको फ्री तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएको बुझाई चीनको छ ।
१८ फागुन, काठमाडौं । पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।
इण्डियन आयल कर्पोरेशनसँग तेलको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल दिएको छैन । आजको कारोबार दैनिकमा समाचार छ ।
निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन् । सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’ आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन् ।
फागुन १५ – सर्लाही हरिपुर–९ की सुमित्रादेवी महराका काइँलो छोरो शत्रुधन कतार जाँदा गरिबी हट्ने सपना मात्रै मनमा थिएन, पक्की घर बनाउने योजना पनि थियो । कार्पेन्टरको कामका लागि गएका शत्रुधनको कमाई पनि ठिकै थियो तर ९ महिनामै कम्पनी बन्द भएर नेपाल फर्किएपछि उहाँको सपना पूरा हुन पाएन ।
शत्रुधनलाई एजेण्ट सविन्द्र यादवले पासपोर्ट बनाइदिएर एक लाख २० हजार आफैले हालेर कतार पठाएका थिए । ९ महिना मात्रै काम गर्न पाएका शत्रुधनले सविन्द्रलाई ६५ हजार मात्रै बुझाउन सक्नुभयो । ५५ हजार त बाँकी नै थियो । शत्रुधनले भन्नुभयो ‘म नेपाल आउने बित्तिकै सविन्द्रले मेरो बाँकी पैसा ले भन्न थाले ।’
शत्रुधनले आफूले करार अवधिसम्म काम गर्न नपाएकाले पैसा तिर्न नसक्ने जवाफ दिनुभयो तर एजेण्टले मान्ने कुरै थिएन । पैसा जसरी पनि चाहिन्छ भनिरहेका एजेण्ट सविन्द्रले मलेसियाबाट माग आएका त्यसमा गएर भएपनि पैसा तिर्न दबाब दिए । उनले शत्रुधनलाई अर्को एक जना मान्छे खोज्न पनि भने ।
‘एक पटक दुःख पाएर फर्किएकाले के गरौं गरौं भन्ने त लाग्यो तर अब विदेश नगई ऋण तिर्न विकल्प थिएन’ शत्रुधनले भन्नुभयो ‘घर सल्लाह गर्दा भाइले नै विदेश जाने इच्छा देखायो ।’ तर उहाँहरुसंग विदेश जाने मात्रै होइन पासपोर्ट बनाउने पैसा पनि थिएन । फेरि पनि एजेण्टसंगै पैसा माग्नुभयो । तर यस पटकको सर्त फरक थियो एजेण्टको । उनले त्यतिकै पैसा दिन नसक्ने भन्दै धितो राख्नुपर्ने बताए । ‘अरु के राख्ने केही थिएन त्यसैले भएको जग्गा नै धितो राख्ने निर्णयमा पुगेँ’ शत्रुधनकी आमा सुमित्रादेवी भन्नुहुन्छ ‘ १२ धुर जमिनको ३ लाख २ हजार कायम गरेँ ।’
दुई जना छोरालाई विदेश पठाउन २ लाख २५ हजार अनि कतार जाँदाको तिर्न बाँकी ५५ हजार र पासपोर्ट बनाएको २२ हजार गरी ३ लाख २ हजारमा जमिन एजेण्डको नाममा नाम सारि गरिदिनुभयो सुमित्रादेवीले । त्यसमा पनि सयकडा तीन रुपैयाँ दरले ब्याज पनि दिने सहमति गरेर । आफ्नो भएजति जमिन सबै अर्कैको नाममा पास गरिदिँदा पनि उहाँको मनमा दुःख भन्दा खुसी धेरै थियो त्यतिबेला ।
‘आज ऋण लागेर के भयो त भोली उनीहरुले कमाएपछि तिरिहाल्छन भन्ने सोचको थिएँ’ सुमित्रादेवी भन्नुहुन्छ । आफ्नो सँगै परिवारको सपना बोकेर मलेसिया गएका सत्रुधन र प्रमोदलाई मलेसिया पुगेको दश दिनसम्म त कम्पनीले कामै दिएन । दश दिनपछि काम त पाउनुभयो तर नेपालमा भनेको भन्दा फरक र गाह्रो । जाँदा लागेको ऋण र परिवारको दुःख सम्झेर काम गरिरहनुभएको थियो, तर कम्पनिले पैसा दिने कुरै गरेन । काम गरेको पैसै नपाएपछि एजेण्टलाई पटक पटक फोन पनि गर्नुभयो उहाँहरुले तर हतपत्ति एजेण्टले फोन उठाएन । फोन उठेपनि भोलि, पर्सि भन्दै दुई महिना बिताईदियो ।
त्यसको केही दिनमै सुमित्रादेवीले छोराहरु समस्यामा परेको खवर पाउनुभयो । एकातिर ब्याज बढेको बढ्यै, अर्कोतिर एजेण्टले पैसा नदिए जग्गा पनि लिलाम गर्ने धम्की दिएपछि सुमित्रादेवीका समस्या थपिँदै गए । त्यही क्रममा सर्लाहीको हरिवनमा रहेको सूचना केन्द्रमा पुगेकी सुमित्रादेवीले धितोमा राखेको जग्गा मात्रै फिर्ता पाउनुभएन । अरु समस्या पनि समाधान भएको छ ।
यसरी भयो समस्याको समाधान
सूचना केन्द्रमा पुगेकी सुमित्रादेवीमा देखापरेको मानसिक समस्या न्यूनिकरण गर्न मनोपरामर्श र एजेण्टको धम्की तथा ठगीलाई कानूनी दायरामा ल्याउन केन्द्रले प्रयास थाल्यो । ‘हामीले उहाँका छोराहरुलाई भनेको काम र तलव दिन म्यानपावरलाई दवाव दियौं’ केन्द्रका कार्यक्रम संयोजक दिवाकर झा भन्नुहुन्छ।
‘एजेण्टले जग्गा लिलाम गर्न दिएको धम्कीको स्थानीय स्तरमै समाधान खोज्न पनि पहल थाल्यौं साथै मनोपरामर्श माफर्त मानसिक समस्या र तनाब पनि न्युनिकरण ल्यायौँ ।’ केन्द्रकै पहलमा भएको छलफलमा दुई जना छोरालाई विदेश पठाएको २ लाख २५ हजार अनि पासपोर्ट बनाउँदा लागेको २२ हजार कतार जादाको ३० हजार गरी २ लाख ७७ हजार सुमित्रादेवीले दिने सहमति भयो ।
तर एजेण्टले बाँकी रहेको १ किस्ता पहिले कतार जाँदाको पैसाको र त्यसको ब्याजसहित १ लाख ८५ हजार एकै पटकमा दिनुपर्छ नत्र जग्गा बेचिदिन्छु भनेपछि सुमित्रादेवी फेरि समस्यामा पर्नुभयो । समस्या दोहोरिएपछि २०७२ फागुन ९ गते सुमित्रादेवी र सबिन्द्रलाई फेरि छलफल गरायो ।
दोस्रो पटकको छलफलमा पहिलेको सहमति तोडेकाले सुमित्रादेवीले ७७ हजार रुपैयाँ मात्रै तिर्नुपर्नेे साथै पहिला कतार जाँदाको र मलेसिया जाँदाको पैसाको ब्याज पनि छोड्नु पर्ने निर्णय गराइदियो केन्द्रले । त्यसकै आधारमा सुमित्रादेवीले गएको फागुन ११ जग्गा फिर्ता लिनुभएको छ ।
‘सूचना केन्द्रले स्थानीय स्तमानै न्याय दिलाएकाले नै मैले न्याय पाएँ’ जग्गा फिर्ता पाएपछि खुशी हुँदै सुमित्रादेवी भन्नुहुन्छ ‘ हतार गरेर छोरालाई विदेश पठाउँदा समस्या भोग्नुप¥यो , त्यसैले विदेश जानेले धेरै सोचेर, जानेर अनि बुझेर मात्र जानुहोला ।’
इन्टरनेट बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।
गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही सुपर कुल फिचरहरुबारे आज हामी यहाँ जानकारी दिँदै छौं ।
१. केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।
यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।
२. जीमेल केवल इमेल सेवामात्र रहेन इमेल एकीकृत गर्ने एप पनि हो । अर्थात् तपाइँले अब याहु, आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सक्नुहुन्छ । यसअघि आउटलुकले ल्याएको यस्तै एप निकै लोकपि्रय भएको थियो । जहाँ तपाइँले जीमेल, याहु र अन्य इमेल सेवाको इमेल लिंक गरेर चलाउन सक्नुहुन्थ्यो ।
अब तपाइँले याहु वा आउटलुक इमेल ठेगाना पनि जिमेलबाट चलाउन सक्नुहुन्छ । र, सवैभन्दा महत्वपूर्ण कुरा तपाइँले जीमेल अकाउन्ट चलाउँदा जे-जे सुविधा पाउनुहुन्थ्यो, ती अधिकांश सुविधा यो एपमा पनि पाइन्छ ।
३. आफ्ना प्रयोगकर्तालाई सौर्य प्रबिधिको प्रयोगमा प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नाम परियोजना सुरु गरेको छ । गुगलको यो वेब टुल प्रयोग गरेर तपाइँले आफ्नो घरमा कति खर्चमा सोलार जोडन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।
४. गुगललाई केवल सर्च इन्जिनमात्र मान्नु सर्वथा गल्ती हुनेछ । तपाइँले गुगलको प्रयोग टाइमरका रुपमा पनि गर्न सक्नुहुन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर लेख्नुभयो भने निर्धारित समयपछि यसले तपाइँलाई समय सकिएको सूचना दिने छ ।
५. गुगलको प्रयोगबाट तपाईले ब्रहृमाण्डको निक्कै पर परसम्म अवलोकन गर्न सक्नुहुन्छ । त्यसका लागि गुगल डट कम/स्कई खोलेर नासाको भु उपग्रहमार्फत खिचिएका तस्वीरहरुको तपाइँले अबलोकन गर्न सक्नुहुन्छ ।
६. तपाईलाई ठुलो सङख्या उच्चरणमा समस्या छ ? यदि छ भने गुगल खोल्नुस र १२ अंकभन्दा माथिका सङख्यालाई अंग्रेजीमा कसरी उच्चारण गर्ने थाहा पाउनुस । त्यसका लागि तपाइँले यहाँ तस्वीरमा देखाएजसरी अंकको अन्तिममा इङलिस शब्द राख्नुपर्छ ।
त्यसबाहेक तपाइँले गुगललाई धेरै कुराको हिसाव निकाल्न र कन्भर्ट गर्न सक्नुहून्छ । त्यसबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
७. आर्कषक डिजाइनका लागि तपाइँलाई नयाँ-नयाँ फन्टको जरुरी छ भने पनि गुगल तपाइँको सेवामा हाजिर छ । गुगलमा गुगल डट कम/फन्टस् मार्फत् तपाईले हजारौं फन्ट भेट्नुहुन्छ र यसलाई डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।
८. यदि तपाइँ स्कलर हुनुुहन्छ र ठूला बिश्वबिद्यालय र चर्चित जर्नलले प्रकाशन गरेका लेखहरुको खोजीमा हुनुहुन्छ भने गुगल स्कलर सर्च सेवा तपाइँका लागि उपयुक्त हुनसक्छ । यसले अविश्वसनीय तरिकाबाट व्यवसायिक पत्रिका तथा अखवारबाट सूचना तथा जानकारी दिन सजिलो बनाइदिएको छ ।
९. गुगलले सुरु गरेको गुगल कल्चरमा तपाइँले संसारभरीका महान कलाकारले बनाएका पेन्टिङ र ठूला म्यूजियममा राखिएका कलाहरु पाउन सक्नुहुन्छ । र, यस्ता तस्वीर हाइ रेजुलेसनमा पाइन्छ ।
१०. यदि तपाइँ डिजिटल मार्केटिङ पेशा वा ब्यबसायमा हुनुहुन्छ भने डिजिटल दुनियाँ छिचोल्न र यसभित्रका प्राबिधिक बिषय बुझ्नु निकै महत्वपूर्ण हुन्छ । यसलाई समाधान गर्न गुगलले सुरु गरेको ‘थिंकवीथ गुगल’ सेवा । यो यस्तो डिजिटल चिट सिट हो जसले तपाइँलाई डिजिटल दुनियाँका धेरै ज्ञान सित्तैमा बाँड्ने छ ।
११. सर्च इन्जिन गुगलमा हरेक पल मानिसहरु नयाँ नयाँ कुरा खोज्न भौतारिइरहेका हुन्छन् । सेलिबि्रटी, खाना, घुम्ने ठाउँ, समाधानका उपाय आदि बिषय गुगलमा खोजिन्छन् । तपाइँले दिनभर बिश्वबाट केके कुरा खोजियो भन्ने रोचक जानकारी गुगलमै पाउनुहुन्छ । गुगल ट्रेन्डले हरेक दिन सबैभन्दा खोजी गरिएका कुराहरु देखाउँछ ।
१२.गुगल साउण्ड सर्च विजेटको सुविधाले तपाईले सुनिरहनुभएको गीतहरुबारे जानकारी पाउन सकिन्छ । साथै गुगल प्ले स्टोरमा रहेका गीत संगीत खरिद गर्न तपाईलाई सहायता पुर्याउँछ ।
१३. यात्रामा निस्कदा जहिले पनि भाषाको समस्या पर्छ नै । बिभिन्न संकेत वा ठाउँको नाम नबुझ्ना अलमल पनि परिन्छ । यो समस्याको समाधान पनि गुगलले गरिदिन्छ । गुगल ट्रान्सलेट एपमा जानुहोस र बास्तविक समय र आवाजमा अनुवादको सुविधा लिनुहोस् । देश र स्थानअनुसारको भाषामा अनुवादसहित यो सुविधा उपलब्ध छ ।
१४. तपाइँले भेटेका कुनै तस्वीर सवैभन्दा पहिले कहाँ अपलोड भएका थिए वा त्यस्तै आकृति भएका अरु तस्वीर कहाँ छन भन्ने पनि गुगलबाटै थाहा पाउन सक्नुहुन्छ ।
यसका लागि तपाइँले गुगलमा गएर सर्च बाइ इमेज अप्सनमार्फत तस्वीर वा तस्वीरको लिंक अपलोड गर्न सक्नुहुन्छ ।
जादु हेर्ने हो ? हेर्ने हो भने पेट्रोलियम पदार्थ हेरौँ । भारतबाट पेट्रोलियम पदार्थ भित्रिएको भित्रियै छ । तर, देशभित्र अभावै अभाव छ । फुमन्तर गरेर पेट्रोलियम गायब हुन्छ । त्यति ठूलो परिमाणको तेल कहाँ अलप हुन्छ ? आयल निगमको खातामा बिक्री भएको देखिन्छ तर बजारमा हाहाकार हुन्छ । ल विचार गरौँ, यो कसरी सम्भव हुन्छ ?
विचार गर्नु भो ? यसको रहस्य पत्ता लाउनुभो ? पत्ता लाउनुभो भने चुप लागेर बस्नूस्, पत्ता लाउन सक्नुभएन भने पनि चुप लागेर बस्नूस् । किनभने, यो जादु हो, जादुको असली रहस्य बताउन मिल्दैन । जब बताइन्छ, त्यो जादु नै रहँदैन ।
यति गजबको जादु गर्ने जादुगर झन् कस्ता होलान् ? जादुगर चिन्न मन लाग्यो ? साधारण जादुगरले मात्रै फुटपाथमा उभिएर जादु देखाउँछन् । यति महान् जादु गर्ने जादुगर पर्दापछाडि बस्छन् । फेरि, जादुगर एक जना मात्रै भए पो चिन्नु, सयौँ छन् र ती महान् छन् । यी महान् जादुगरहरू मिलेर एउटा जादु देखाइरहेका छन्, त्यो जादुको नाम हो– ‘पेट्रोलियम गायब ।’ अनि, यो जादु त्यतिबेला सकिन्छ, जतिबेला जादुगरले पैसा कमाइसक्छ ।
ओली र मोदीले मीत लाएपछि
ओली हाँस्नुभो, मोदी नाच्नुभो । ओलीले हात मिलाउनुभो, मोदीले गला मिलाउनुभो । मोदीले भन्नुभो, ‘हाम्ले नाकाबन्दी गरेकै थिएनौँ ।’ ओलीले थप्नुभो, ‘ठीक भन्नुभो, नाकाबन्दी थिएन, मुखबन्दी थियो ।’ मोदीले भन्नुभो, ‘तपाईंको मुख खुलै छ, कसरी मुखबन्दी भन्नुभो ?’ ओलीले ङिच्च दाँत देखाएर भन्नुभो, ‘ठट्टा गर्या नि !’ ओलीका दाँत हेर्दै मोदीले सोध्नुभो, ‘दाँत माझ्नुहुन्न ?’ ओलीले मुख बन्द गर्दै भन्नुभो, ‘यताबाट लाल दन्तमन्जन जान बन्द थियो, त्यसैले दाँत पहेँलो भो ।’ मोदीले सोध्नुभो, ‘ किन जान बन्द भो ?’ ओलीले भन्नुभो, ‘तपाईंको नाकाबन्दी थियो ।’ मोदीले त्यसपछि नाकमा हेर्नुभो र भन्नुभो, ‘तपाईंलाई त्यसबेला रुघा लागेको थियो, त्यसैले नाकबन्दी भो ।’ यस्तै यस्तै भो, दुई मित्रको भेटमा आनन्द भो । ओलीले हँसाउनुभो । मोदी पनि के कम ! उहाँले पनि हँसाउनुभो !
मोदीले भन्नुभो, ‘हामी कति धेरै मिल्छौँ है ? हामी दाजुभाइ हौँ ।’ ओलीले भन्नुभो, ‘दाजुभाइ रे ? दाजुभाइ त झगडा गर्छन्, हामी त मीत हौँ ।’ त्यसपछि ओली र मोदीले निधार ठोक्काउनुभो । मोदीको निधारको टीका ओलीको निधारमा पनि सरुवा भो । ओलीले सोध्नुभो, ‘मीतज्यू, अब मलाई रुघा लाग्छ कि लाग्दैन ?’ मीतज्यू बोल्नुभो, ‘अहा, अब लाग्दैन ।’ ओलीले पत्याउनुभो । क्या मजा भो ।
सारमा, भ्रमणको उपलब्धि के भो त ? खासमा अब देशलाई रुघा नलाग्ने भो !
हार कसको ? खल्तीको !
‘यो जित कसको ?’ फुटबल जितेपछि विपक्षी टिमले यस्तो नारा लगाउँथ्यो । हार्ने नेपाली टिमका कतिपयले चाहिँ नाराको जवाफमा मनमनै नारा लगाउँथे, ‘मेरो खल्तीको !’ अर्थात्, नेपाली टिमले हार्ने तर टिमका कतिपयको खल्तीले चाहिँ जित्ने ! हार्नेहरू कतिपय खिन्न अनुहार र पोटिलो खल्ती बनाएर स्वदेश फर्कंदा रै’छन् ।
त्यसबेला पनि नेपाल फुटबल च्याम्पियन, अहिले पनि च्याम्पियन । पहिले हारेर च्याम्पियन, अहिले जितेर च्याम्पियन । नेपाली टिमले यति गोल खाने भनेर अगाडि नै मेलोमेसो मिलिसकेको हुन्थ्यो । र्याङको ठ्याङ फरक नपारी गोल खान्थ्यो । अनि, विपक्षीले पनि तोकेजति गोल ठोक्न पाउँथ्यो । लाए अह्राए अनुसार केही फरक नपारी खेल्नु र गोल खानु सानो क्षमता हो त ? च्याम्पियन क्षमता हो । अरूले जितेर पुरस्कार कुम्ल्याउँथे, हाम्रा कतिपयले चाहिँ हारेर पनि पुरस्कार थाप्थे ।
यसपाला सागमा नेपाली टोलीले साग खाएन, बरू लड्डु खायो । नेपाली खेलाडीहरू ड्याम् कि ड्याम् गोल ठोकेर विजेता बने । अरूलाई जितेको भए पनि एउटा कुरा, भारतलाई नै जिते । उसलाई जित्दा हाम्लाई विशेष खालको मजा आउँछ है ? साग जितेपछि देशभरि नारा गुन्जँदैछ, ‘यो जित कसको ? नेपालको !’ अब यसमा अर्काे नारा पनि थप्नपर्यो, ‘यो हार कसको ? खल्तीको’