Wednesday, March 2, 2016

दीपक-दीपासँग सम्बन्ध विग्रिएको चर्चामा ‘धुर्मुस’को यस्तो स्पष्टिकरण

चलचित्र ‘६क्का पन्जा’मा कलाकार सिताराम कट्टेल नदेखिएने भएपछि अहिले निर्माता तथा कलाकार दीपकराज गिरी र उनीविचको सम्बन्धमा दरार आएको चर्चा चलचित्र वृत्तमा चलेको छ । विशेषगरि, चलचित्र ‘वडा नम्बर ६’को प्रचारदेखि यसको सफलता कार्यक्रममा पनि उनी देखिएनन् ।

यसपछि, यही समुहले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘६क्का पन्जा’मा पनि उनी मात्र नदेखिने भएपछि दीपकराज  गिरी र दीपाश्री निरौलासँग उनको सम्बन्ध बिग्रिएको चर्चा भएको छ ।

यस अगाडिका २ चलचित्रमा देखिएका सबैजसो कलाकार देखिदा सिताराम कट्टेल’धुर्मुस’ नदेखिनुले सम्बन्ध विग्रिएको चर्चा चल्नु स्वभाविक नै हो । चलचित्र वृत्तमा यस्तो चर्चा सुरु भएपछि फेसबुकमार्फत सितारामले स्पष्टिकरण दिएका छन् र त्यसलाई निर्माता तथा कलाकार दीपकराज गिरीले शेयर पनि गरेका छन् ।

सितारामले लेखेका छन्-‘व्यस्तताका कारण हामीले न कुनै स्टेज कार्यक्रम गर्न भ्याएका छौ न त ६क्का पन्जा नै गर्न भ्यायौं । यद्यपी चलचित्र निर्माण टोलीमा सामेल रहेका छौं । साथै, धुर्मुस-सुन्तली लोटे चर्पी, ज्योती लगायत मनोरञ्जन एवं जनचेतनामुलक छोटा चलचित्रहरु तपाइले छिट्टै हेर्न पाउनुहुनेछ । कुनै भ्रम नपरोस्, हाम्रो सम्बन्ध उस्तै सुमधुर छ ।’

चलचित्र ‘६क्का पन्जा’लाई दीपाश्री निरौलाले निर्देशन गर्न लागेकी हुन् । चलचित्रका लागि नायिका नम्रता सापकोटा र बर्षा राउत पनि पक्का भएका छन् । साथमा, किरण केसी पनि अब चलचित्रमा देखिनेछन् । चैत्र ८ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिहारका मुख्यमन्त्री नितिशकुमार काठमाडौंमा

१९ फागुन, काठमाडौं । बिहीबारदेखि सुरु हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुन भारत बिहारका मुख्यमन्त्री नितिश कुमार काठमाडौं आइपुगेका छन् ।

दिउँसो काठमाडौं पुगेका नेता नितिशकुमारले आजै महाराजगञ्जस्थित काँग्रेस नेता शसांक कोइरालाको निवासमा पुगेर कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धाञ्जलि दिनेछन् ।

त्यस्तै साँझ एकीकृत माओवाली अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेट गर्नेछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सोनीबाट कपिलको नयाँ शो आउँदै, यस्तो बन्यो प्रोमो

टेलिभिजन शो ‘कमेडी नाइट्स वीथ कपिल’वाट चर्चामा आएका कपिल शर्मा अब ‘द कपिल शर्मा शो’ लिएर आउने भएका छन् । भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार कपिल चाँडै टेलिभिजनका दर्शकमाझ छाउने छन्, पहिलाको भन्दा फरक तर, रोचक स्टाइलमा ।

आउँदो २३ अप्रिलदेखि सोनी टीभीवाट प्रशारण हुने उक्त कार्यक्रम शनिवार र आइतवार राती ९ बजे प्रशारण हुने भएको छ । नयाँ शोमा  कपिलको पुरानो टिमको सबै सदस्य सहभागी छन् ।

कपिलको शोमा गुत्थी (सुनील ग्रोवर) पलक(किकु शारदा), दादी (अली असगर), मञ्जु शर्मा (सिमोन चक्रवर्ती), चन्दन प्रभाकर (राजु) सहभागी हुने छन् ।

अर्को रमाईलो कुरा जोडदार शायरीका साथ ताली ठोक्ने र दर्शकलाई हसाँइरहने नवजोत सिंन्द्धु पनि यो शोमा सहभागी छन् । कलर्श च्यानलवाट कार्यक्रम प्रशारण गर्दै आएका कपिलको च्यानलसँग विवाद भएपछि शो बन्द भएको थियो ।

अब, उनले सोनी टीभीबाट दर्शकलाई हसाँउने तयारी गरेका छन् । यो शोका प्रोमो सार्वजनिक गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पाटन दरबार क्षेत्रको पूनर्निर्माणमा जापानले दियो ८४ लाख

१९ फागुन, काठमाडौं । जापानले भूकम्पबाट क्षति भएको पाटन दरबार क्षेत्रको पूनर्निर्माणका लागि सहयोग उपलब्ध गराएको छ । जापानले प्रिजर्भेसन ट्रस्टमार्फत सहयोग गर्न लागेको हो ।

जापानले पुरातात्विक संरचनामा पूनर्निर्माणका लागि ८४ लाख ५० हजार सहयोग गरेको छ । मंगलबार काठमाडौंस्थित जापानी राजदूतावासमा भएको एक कार्याक्रममा सहयोग रकमबारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जापानका तर्फबाट राजदूत मासाशी ओगावा र नेपालकातर्फबाट ट्रस्टका कार्यक्रम निर्देशक रोहितकुमार रञ्जितकारले हस्ताक्षर गरे ।

सहयोग रकम पाटन दरबारक्षेत्रको कुन संचरचना पुनर्निर्माणमा खर्च हुने भन्ने टुंगो नलागेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अनलाइनखबरलाई जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देउवाको टिम टुंगो लाग्यो, कोषाध्यक्षमा चित्रलेखा

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दावेदार वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानलका दुई पदाधिकारी उम्मेदवारको टुंगो लगाएका छन् । उनले आफ्नो टीमको औपचारिक घोषणा भने बिहिबार मात्र गर्नेछन् ।

देउवाको टिमबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार हुने पक्का भएको छ । केसीले मंगलबार आफैंले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । लामो समयसम्म संस्थापन समूहमा रहेका केसी यो पटक देउवा समूहका उम्मेदवार बनेका हुन् ।

कोषध्यक्षमा भने देउवा पक्षले चित्रलेखा यादवलाई नै दोहोर्‍याउने भएको छ । १२औं महाधिवेशनमा देउवा समूहको सभापति र महामन्त्री पराजित हुँदा पनि कोषाध्यक्ष यादव विजयी भएकी थिइन् । यादवको लोकपि्रयता घटेको भन्दै बैकल्पिक उम्मेदवारका रुपमा पुष्पा भुसाल र बालकृष्ण खाँडको नाम आएको थियो । तर, देउवाले यादवलाई नै आफ्नो टीममा राखेका छन् ।

स्रोतका अनुसार खाँडलाई मनोनित सहमहामन्त्रीको आश्वासन दिइएको छ । अघिल्लोपटक सहमहामन्त्री भएका पूर्णबहादुर खड्का यो पटक महामन्त्रीका आकांक्षी थिए । तर, संस्थापन समूहबाट केसी आएपछि उनी फेरि सहमहामन्त्रीमै रोकिएका छन् । खुबबहादुरले कोषाध्यक्षमा पुष्पा भुसाललाई अघि सारेका थिए । तर, देउवाले समर्थन नगरेपछि खड्का पछि हटेका छन् ।

खड्कालाई उपसभापतिको आश्वासन

देउवाले खड्कालाई आफू सभापति भएमा उपसभापति मनोनित गर्ने आश्वासन दिएका छन् । अघिल्लो पटक महामन्त्री उठेका विमलेन्द्र निधिलाई यसपटक मनोनित महामन्त्रीको अफर गरिएको छ र उनी सहमत भएका छन् । सुरुमा उनले निर्वाचित महामन्त्री लड्न चाहेका थिए । तर, सुशील सरकारमा मन्त्री हुँदा उनको लोकपि्रयता घटेको छ । संस्थापनबाट केसीलाई ल्याइएकाले उनले मनोनित महामन्त्री हुने सुरक्षित बाटो रोजे ।

मनोनित उपसभापति, महामन्त्री र सहमहामन्त्री पद अहिलेलाई उधारो हुनेछ । देउवा सभापति जितेमा मात्र यो पद नेताहरुले पाउने छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाली सेनामा नवयुग श्रेष्ठको बढुवा

१९ फागुन, काठमाडौं । साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् । फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो ।

उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् ।

अनलाइनखबरसित कुरा गर्दै नवयुगले सेनाबाट पाएको सम्मानप्रति खुशी व्यक्त गरेका छन् । उनले भने, ‘बंगबन्धु कप र साफ फुटबलको स्वर्णपदक जितेपछि मलाई संगठनबाट ठूलो हौसला प्राप्त भएको छ । भविष्यमा पनि राम्रो खेलेर सेना र देशको नाम उज्ववल पार्ने प्रयास गर्नेछु ।’

सेनामा अझै खुड्किलो उक्लिनका लागि आफ्नो टुटेको पढाईलाई पनि निरन्तरता दिने सोच नवयुगले बनाएका छन् । चााडै प्लस टु क्लियर गरेर स्नातकको पढ्ने उनको धोको छ । हाल इलामस्थित आफ्नो घरमा पुगेका नवयुग २-३ दिनपछि काठमाडौं आउने तयारीमा छन् ।

नवयुगले २०६५ सालबाट सेनाको जागीर सुरु गरेका हुन् । उनी धनकुटाको कृष्णदल गणबाट सेनामा भर्ना भएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कृष्ण सिटौला र गगन थापाको उम्मेदवारी घोषणा, कोषाध्यक्षमा उमाकान्त

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । सिटौलाको टीमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक भएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसबाट सिटौलाले आफ्नो टीम घोषणा गरेका हुन् ।

यसअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार नै मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

त्यस्तै संस्थापन पक्षबाटै रामचन्द्र पौडेलले पनि आजै साँझ पार्टी केन्द्रीय कार्यालय सानेपाबाट उम्मेद्वारी घोषणा गर्दैछन् ।

कोइराला, सिटौला र पौडेलसमेत संस्थापन पक्षबाट तीनजना सभापतिका दाबेदार देखएकिा छन् भने महामन्त्री र कोषाध्यक्षमा संस्थापन पक्षबाट दुईजनाको दाबेदारी प्रस्तुत हुनेभएको छ । पौडेलको पक्षबाट शशांक कोइराला महामन्त्रीमा उठ्ने चर्चा छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं