Friday, March 4, 2016

नौ वर्ष कान्छासँग सुटुक्क बिहे गरिन् उर्मिलाले

मुम्बई । बलिउडमा अहिले उमेरले ४० वर्ष पार गर्न लागेका हिरोईनहरुको विवाहको मौसम सुरु भएको छ । प्रीति जिन्टाले विवाह गरेको एक साता नबित्दै अर्कि नायिका उर्मिला मातोन्डकर पनि विवाह बन्धनमा बाँधिएकी छिन् ।

बुधवार बेलुका उनले आफु भन्दा ९ वर्ष कम उमेरका काश्मिरी ब्यबसायी एवं मोडल मोहसिन अख्तर मीरसँग विवाह गरिन् ।

विवाह कार्यक्रममा उनका नजिकका मित्रहरु मात्रै उपस्थित थिए । ४२ वर्षीय यी नायिकाको विवाहमा एकमात्र बलिउडकर्मी फेशन डिजाइनर मनिष मल्होत्राको उपस्थिती थियो । मनिष मोहसिनका पनि साथी हुन् ।

विवाहपछि उर्मिलाकी साथीले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेकी थिइन् । उर्मिलाले परिवारको आग्रहमा परिवारको सदस्यलाई मात्रै विवाहमा निम्तो गरिएको बताएकी छिन् ।

मोहसिन अख्तर काश्मीरका कपडा ब्यबसायी हुन् । उनले जोया अख्तरको फिल्म ‘लक बाय चान्स’ मा अभिनय गरेका छन् । उनको अर्को फिल्म ‘अ म्यान्स वल्र्ड’ रिलिज हुनै बाँकी रहेको छ ।
३३ वषिर्य मोहसिनले सन २००७ मा मिस्टर इण्डिया प्रतियोगितामा दोस्रो स्थान हाँसिल गरेका थिए । मनिषको केही शोमा मोडलिङ पनि गरेका छन् ।

वाल कलाकार भएर अभिनय सुरु गरेकी उर्मिला कुनै वेला बलिउडको चर्चित नायिकाको रुपमा चिनिन्थिन् । सन १९९१ मा बनेको नरसिम्हामा पहिलो पटक मुख्य भुमिकामा अभिनय गरेकी थिईन् । रामगोपाल बर्मा निर्देशित रंगीला प्रदर्शन भएपछि उनको चर्चा एकाएक बढेको थियो ।

चमत्कार, सत्या, पिन्जर, एक हसिना थी लगायतका फिल्ममा उनले अभिनय गरेकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘कल गल’ बन्नु नायिकाका लागि चुनौतीपूर्णः शिल्पा पोख्रेल

चलचित्रमा काम गर्नुअघि नायक आर्यन सिग्देलको फ्यान थिइन् शिल्पा पोखरेल । जतिवेला उनी म्युजिक भिडियोमा ब्यस्त थिईन् उनलाई चलचित्रका कलाकार ठूला लाग्थ्यो । त्यसमाथि आर्यन सिग्देललाई सुपरस्टार देखेकी थिइन् ।

‘आर्यनसँग काम गर्न पाए कति रमाईलो हुन्थ्यो होला ?’ पटक पटक सोचेकी थिइन् । पहिलो पटक आर्यन अभिनित चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ आमासँग हलमै गएर हेरेकी शिल्पा त्यसपछि आर्यनको झन् ठूलो फ्यान भइन् ।

‘मलाई त उहाँको अभिनय निकै मन पर्‍यो । उहाँको कुनै पनि चलचित्र छुटाइन ।’ अहिले पनि आर्यनको चलचित्रलाई विषेश प्राथमिकता दिने गरेकी छिन् ।

पहिलो भेटमा खुसी, संवाद बोल्दा नर्भस

‘केही चलचित्रमा अभिनय गरिसकेका नायिकाका लागि आर्यनसँग चलचित्र नखेल्दा गाह्रो नहोला । तर, डेब्यू नै आर्यनसँग होला भनेर मैलो सोचेकी थिइन् ।’ शिल्पाले संझिइन्-‘नमस्ते नेपालको ब्यानरमा बन्ने ‘लज्जा’ मा मुख्य भुमिकामा अनुबन्धित हुँदा जति खुसी थिएँ त्यो भन्दा धेरै खुसी आर्यनको नायिका बन्दा लागेको थियो ।’

aaryan-and-shilpa
नमस्ते नेपालमै उनको वर्कसप चल्दै थियो । आर्यन आए, निकै खुसी भएर कुरा गरिन् ।  ‘आफुलाई मन पर्ने हिरोसँग काम गर्न पाउँदा म त मख्खै परें, मज्जाले कुरा गरें ।’ पहिलो भेटको सम्झना गरिन् शिल्पाले ।

मन परेको हिरोसँग काम गर्दा निकै सजिलो हुन्छ होला । यहि सोचेकी शिल्पाले पहिलो सटमै टेक खाईन् । उनी भन्छिन्- ‘उहाँको अगाडी संवाद बोल्न लाग्दा त अनुहारै रातो पिरो भयो । केही बोल्नै सकिन ।’

उनी नर्भस भएको कुरो निर्देशन नवल नेपालले थाह पाइहाले । एकान्तमा लगेर सम्झाए । ‘तिमी यो चलचित्रमा आर्यनकी नायिका होईनौं । तिमी त पार्वती हौ, दयाकी प्रेमिका । निर्देशकले यति भनेपछ आफुलाई पार्वती सम्झेर काम गरेको शिल्पाको भनाई छ ।

त्यसपछि अलि सहज भयो । काम सम्पन्न गरिन् । पछि चलचित्र हेरेर आर्यनले बधाई दिए, ‘ल राम्रो गरिछौ ।’

निरुतालाई प्रश्न गर्नु छ
निरुता सिंह अभिनित ‘दर्पण छाँया’ हेरेपछि निरुताको फ्यान बनेकी शिल्पाले उनी अभिनित अन्य फिल्म युटुब मार्फत हेरिन् । उनलाई अहिले पनि लाग्छ निरुता सिंह पर्फ]{ट नायिका हुन् ।

एउटा कुरामा उनलाई दुःख लागेको छ । निरुताले किन नेपाली चलचित्र क्षेत्रलाई चटक्कै छाडेर गइन् । भेट भएको दिन निरुतालाई पहिलो प्रश्नको रुपमा शिल्पाले ‘दिदी नेपाली चलचित्रलाई किन चटक्कै माया मार्नु भएको ?’ भनेर सोध्ने बताइन् ।

अर्की नायिका नम्रता श्रेष्ठको अभिनयवाट पनि उनी प्रभावित छिन् । नम्रतासँग भने केही पटक भेट भइसकेको छ उनको ।

‘कल गल’को रोल मेरो सपना
‘कल गल’को भुमिका सबै भन्दा चुनौतिपूर्ण हुन्छ भन्ने लाग्छ उनलाई । यो मात्रै एउटा यस्तो भुमिका हो जुन विषयमा रिसर्च गर्न निकै गार्‍हो हुन्छ नायिकालाई । संयोगले पहिलो चलचित्रमै उनले ‘कल गल’को भूमिका निर्वाह गरिन् । उनलाई अझै चाहना छ ‘यो भन्दा पनि बेजोड चरित्र निर्वाह गर्न सकौं ।

चार चलचित्र छाडिन्

चलचित्रमा अभिनय सुरु गरेपछि म्युजिक भिडियो यात्रामा लगभग पूर्णबिराम लागेको छ । चलचित्र खेल्नुअघि सबै भन्दा पहिला स्टोरी सुन्छिन् । स्टोरी चित्त बुझेन भने बहाना बनाईहाल्छिन् ‘तपाइको चलचित्रको यो पात्रलाई मैले न्याय गर्न सक्दिन कि ।’ त्यहि कारण देखाउदै चार चलचित्र रिजेक्ट गरेकी शिल्पा काम गर्नु अघि ब्यानर र निर्देशकलाई समेत ध्यान दिन्छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसवर्ष एसएलसीमा ६ लाख १५ हजार परीक्षार्थी

२१ फागुन, भक्तपुर। यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताए ।

जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्रसमेत जिल्ला पठाएको जानकारी दिए।

उनले भने˗“परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्लामा पठाई सकिएको छ, प्रश्नपत्र पनि अधिकांश जिल्लामा पठाइसकिएको छ, बाँकी बागमतीका, दोलखा, सिन्धुपाल्चोकलगायत १० जिल्लामा पनि पठाउँदैछौँ ।”

परीक्षामा यस वर्ष ६ लाख १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षा उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र एक्जाम्टेड गरी ६ लाख १२ हजार तथा प्राविधिकतर्फका तीन हजार विद्यार्थीले परीक्षामा सहभागी हुने जानकारी दिए।

जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् ।

नियमिततर्फ प्राविधिकतर्फका ९९ विद्यालयका तीन हजार २५५ विद्यार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ दुई लाख २५ हजार ३४६ छात्र र दुई लाख २७ हजार ५३५ छात्रा सहभागी हुनेछन् ।

श्रेष्ठले सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने जानकारी दिए।

यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेसबुक संस्थापक जुकरबर्ग बने विश्वकै छैटौँ धनी व्यक्ति, यी हुन् टपटेन अर्बपति  

फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् ।

फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन्  । गत वर्ष १६ औँ स्थानमा रहेका जुकरबर्गले १० स्थान फड्को मारेका हुन् ।

पछिल्लो एक वर्षमा उनको सम्पत्ति ११ अर्ब २० करोड डलरले बढेको छ ।  विश्वका टपटेन धनाढ्यमा उनी सबैभन्दा कान्छा हुन् । टपटेनमा परेका दोश्रो कम उमेरका अर्बपती अमेजनका संस्थापक जेफ बेथाुसको उमेर ५१ वर्ष छ र उनी जुकरबर्ग भन्दा एक स्थान माथि अर्थात् पाचौँ स्थानमा रहेका छन् ।

यो सँगै जुकरबर्ग अमेरिकाको चौथो धनी व्यक्ति बनेका छन् । अमेरिकामा ४० वर्षभन्दा कम उमेरका अर्बपतिहरुमा भने उनी एक नम्बरमै उक्लिएका छन् ।

स्मरण रहोस् जुकरबर्ग विश्वका शक्तिशाली व्यत्तिहरुको सूचिमा १९ औँ नम्बरमा रहेका छन् । केही महिनाअघि पुत्रीलाभ गरेका जुकरबर्ग दम्पतिले छोरी जन्मेको उपलक्ष्यमा आफ्नो नाममा रहेको फेसबुकको शेयरमध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् ।

को को विश्वका टपटेन अर्वपतिको सूचिमा ?

१. बिल गेट्स : सम्पत्ति ७५ अर्ब डलर, अमेरिका
२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको
५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका
९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका
१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो छ श्रद्धा कपुरको २७ बर्षे यात्रा

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर २६ वर्ष पूरा भएकी छिन् । नायिकाको साथै उनी गायिका पनि हुन् । पछिल्लो एक चलचित्रमा गीत पाएपछि उनी गायिकाको रुपमा समेत चिनिइन् ।

उनको जन्म ३ मार्च सन् १९८९ मुम्बईमा भएको थियो । उनका बुबा शक्ति कपुर पुराना अभिनेता हुन् भने आमा शिवांगी कपुर नायिका एवं गायिका हुन् । उनका दाई सिद्धान्त कपुर पनि बलिउडमा संघर्षरत छन् ।

उनका बुबा पञ्जाबी संस्कारका हुन् भने आमा मराठी संस्कारमा हुर्किएकी थिइन् । श्रद्धाको सानो वेलाको साथी वरुण धवन हुन् । श्रद्धालाई सानोमा ‘चिरकुट’ भनेर बोलाउाथे ।barun-and-shradha

उनले मुम्बइको जमनाबाइ नर्सरी स्कुल र अमेरिकन स्कुल अफ बम्बेवाट पढाई पुरा गरेकी थिइन् । उनी वोष्टर्न युनिभर्सिटीमा पनि भर्ना भएकी थिइन् । सानोमा श्रद्धा फुटवल र भलिवल खेलसँग जोडिएकी थिइन् ।

फेसबुकमा फोटो देखेपछि फिल्मकर्मी अम्बिका हिन्दुजाले श्रद्धा कपुरलाई हिन्दी चलचित्र ‘तीन पट्टी’ मा लिएका थिए । फिल्ममा अरु थुप्रै चलेका कलाकार थिए । तर, फिल्म चलेन ।

मोहित सुरी निर्देशित ‘आशिकी-२’ मा अभिनय गरेपछि उनको चर्चा एकाएक बढेको थियो । फिल्मको गीत फिल्म रिलिज हुनु अघि नै चर्चित भयो भने फिल्मले एकसय करोड बढी कमाई गरेको थियो ।

उनको नाम प्राय आदित्य राय कपुरसँग जोडियो । तर, अहिलेसम्म उनीहरुको सम्बन्धको पुष्टि भएको छैन । यो वर्ष श्रद्धाले बागी, रक अन-२ र ओक जानुको सुटिङ गरेकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालको विकासका लागि चीन र भारत परिपुरक शक्ति हुन्

विनोद चौधरी
मेरो मानसपटलमा नेपाल उद्योग परिसंघ (सिएनआई)को इतिहास फन्फनी घुमिरहेको छ । स्थापनाकालदेखि १२ बर्षे यात्रा पूरा गर्दा सिएनआई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावकारी संस्थाका रुपमा स्थापित भएको छ ।  आज म देखिरहेको छु, नेपालको निजी क्षेत्र एक ढिक्का भएर नेपालको आर्थिक समृद्धिको खाका कोर्न तयार छ । नेपालको आर्थिक-सामाजिक विकासका लागि आवश्यक नीतिगत तयारीदेखि कार्यान्वयनसम्ममा सरकारसँग सहकार्य गर्न सक्ने वातावरण बनेको छ ।

नेपाली अर्थतन्त्रमा ७० प्रतिशत योगदान पुर्‍याउने निजी क्षेत्र अहिले आफ्नो समुदायको हितको मात्रै कुरा गरिरहेको छैन, समग्र राष्ट्रको आर्थिक समुन्नतिका लागि चिन्तित छ । यसबाट मलाई पर्याप्त सन्तुष्टि मिलेको छ । निजी क्षेत्रका सहकर्मीहरुको उदार सोंच र व्यवहारका लागि म धन्यवाद दिन्छु । र, यसलाई अझै फराकिलो बनाउदै लैजान आव्हान पनि गर्दछु ।

आज हामी विशेष समयमा उभिएका छौं । हामीले नयाँ संविधान पाएका छौं । नयाँ संविधानसँगै विक्रम सम्वत् २००७ साल अर्थात् विगत ६५ बर्षदेखि थाँती रहेको हाम्रो राजनीतिक एजेण्डा संस्थागत भएको छ । र, अब हाम्रा सामू देशलाई आर्थिक विकासको बाटोतर्फ डोर्‍याउनुपर्ने जिम्मेवारी छ ।

प्रधानमन्त्री केपी ओलीज्यूको भारत भ्रमणले दुई देशबीच सहज वतावरण तयार भइरहेको छ । तर पनि अझै इन्धनको सहज आपूर्ति हुन नसक्दा आर्थिक क्षेत्रले ठूलो समस्या भोग्नुपर्ने स्थिती कायमै छ । यस सन्र्दभमा बाँकी केही मुद्धाहरु समाधानका लागि सरकारले पूर्व तयारी गरिसकेको छ भन्ने हामीले बुझेका छौं ।

पहिले भूकम्प र त्यसपछि आपूर्ति अवरोधको परिस्थितिबाट श्रृजित समस्याका कारण उद्योग व्यापारका संरचनाहरु जगैदेखि हल्लिएको परिस्थिति छ । यस्तो समस्यामा रहेको उद्योग व्यापार क्षेत्रलाई राहत पुर्‍याउन सरकारले घोषणा गरेको एक सय अर्बको पुनरुद्धार कोष सह्रानीय छ । यो कोष तत्काल लक्षित वर्गमा पुगोस र प्रशासनिक झण्झटबीना यथाशिघ्र कार्यान्वयनमा आओस् भन्नेमा ध्यान पुर्‍याउन सरकारसमक्ष आग्रह गर्दछु ।

वास्तवमा मैले प्रधानमन्त्रीज्यूको भारत र चीन भ्रमणलाई किन महत्वका साथ उठाइरहेको छु भने नेपालको आर्थिक विकासका लागि हाम्रा छिमेकी यी दुवै राष्ट्रसँग गहिरो मित्रतापूर्ण सम्वन्ध हुनु निकै जरुरी छ ।

हामी यदाकदा भारतको विकल्प चीन र चीनको विकल्प भारत बन्न सक्ने आँकलन गरिरहेका हुन्छौं । मलाई लाग्छ, यो म्याद गुजि्रसकेको (आउट डेटेड) सोंचाई मात्र हो । वास्तविकता त के हो भने चीन र भारत नेपालको विकासका लागि र नेपाल सम्वन्धको दृष्टिकोणबाट कहिल्यै पनि एक अर्काका विकल्प हुन सक्दैनन् । यी एक अर्काका परिपूरक शक्ति हुन् ।

हाम्रा आर्थिक-सामाजिक सम्वन्धका आधार र भौगोलिक यथार्थताका कारण पनि यी दुई मुलुकसँग नेपालको विशेष तर छुट्टै प्रकारको सम्वन्ध हुनु स्वभाविक हो । हामीले के पनि विर्सिनु हुँदैन भने चीन र भारतबीचको सम्वन्ध अब हिजोका दिनमा जस्तो रहेन । यी दुई देशबीचको ब्यापार र आर्थिक सम्वन्धको गाँठो निकै बलियो बनिसकेको छ, जुन गाँठोलाई उनीहरु नेपाल सम्वन्धका दृष्टिकोणले अलिकति पनि कमजोर बनाउन चाहन्छन् भन्ने मलाई लाग्दैन ।

दुबै छिमेकीहरुसँगको सहकार्यबाट नेपालको आर्थिक विकासको गतिलाई तिब्र बनाउनुपर्छ । चिनियाँ लगानी र प्रविधि एवं भारतीय बजार नेपालको आर्थिक विकासका लागि निकै महत्वपूर्ण स्रोत र साधन हुन् ।

आज चीन विश्वमा सबैभन्दा प्रतिस्पर्धी लगानीकर्ताका रुपमा स्थापित भएको छ, प्रविधि र कम लागतका हिसाबले । हाम्रो नजिकको मित्रसँग रहेको यो क्षमतालाई हामीले विशेष गरी जलस्रोत र पूर्वाधार विकासमा उपयोग गर्न सक्नुपर्छ भन्नेमा मलाई द्विविधा छैन । बजारका हिसाबले भारतको विकल्प पनि हामीसँग छैन ।

चीन र भारतबीचमा बढ्दो आर्थिक साझेदारीको फाइदा नेपालले लिन सक्नुपर्छ । यी दुईदेशको भूगोलका बीचमा नेपाल उनीहरुका लागि प्रभावकारी पुल सावित हुनेछ । हामी भाषणमा मात्रै होइन, व्यवहारमा यी कुरा कार्यान्वयनमा ल्याउन दत्तचित्तले लाग्नुपरेको छ । यस मामिलामा सरकारलाई पूर्ण रुपमा सहयोग र साझेदारी गर्न निजी क्षेत्र तयार रहेको म वचन दिन चाहन्छु ।

binod chaudhary

त्यसैले, चीन र भारतलाई एक अर्काका विकल्पका रुपमा प्रस्तुत गरेर होइन, दुवै राष्ट्रसँगको सहकार्यबाट नेपालले आर्थिक विकासको मार्गचित्र तयार गर्न सम्भव हुनेछ । सरकारी स्तरमा मात्रै होइन, यी तीन देशका निजी क्षेत्रबीच पनि उत्तिकै गहिरो सम्बन्ध स्थापित गर्न जरुरी छ । नेपालमा लगानी विस्तार र नेपाली उत्पादनको बजार प्रवर्धनका लागि यो सम्वन्धको रणनीतिक महत्व रहनेछ ।

चीन र भारतसंगको सहकार्यमा दुबै देशका सीमा क्षेत्रमा सुविधायुक्त विशेष आर्थिक क्षेत्र स्थापना गर्ने परिकल्पनाले मूर्त रुप लिन नसकिरहेको अवस्था छ । यस सन्दर्भमा सिएनआईले चीन र भारतले विशेष आर्थिक क्षेत्रका सम्वन्धमा लिएका अवधारणामाथि अध्ययन गरी नीति निर्माण गर्न सरकारका सम्वन्धित निकायहरुमा पेश गरेको सर्वविदितै छ ।

तर, ती प्रस्तावित नीतिहरु  कता हराए भन्ने हामीलाई थाहा छैन । त्यसपछि खुलेका विशेष आर्थिक क्षेत्रहरु उपयोगमा आउन नसकेको खबर मैले मिडियामार्फत पाउने गरेको छु ।

मित्रहरु, हामी अहिले मुख्यतः दुईवटा संकटबाट मुक्त हुने प्रयासमा छौं । पहिलो, गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र दोस्रो, नयाँ संविधान निर्माणका क्रममा संघीयता व्यवस्थापनको मामिलामा उत्पन्न समस्या । संकट हाम्रा नियति थिए, तर संकट व्यवस्थापनका लागि हामीले के कौशलता देखाउन सक्यौं ?

यो हाम्रो राजनीतिक व्यवस्थापकीय क्षमतासँग जोडिएर आउने स्वभाविक प्रश्न हो । राष्ट्रको जीवनमा संकटहरु आउँछन् । विश्वका धेरै राष्ट्रहरु यस्तै यस्तै समस्याबाट गुजि्रएका इतिहास छन् । तर, मुख्य सवाल के हो भने हामीले ती समस्याबाट श्रृजित अप्ठ्याराहरुको समाधान दिन सक्यौं कि सकेनौं ? भविष्यमा यस्ता संकट दोहोरिएमा व्यवस्थापन गर्न सक्छौं कि सक्दैनौं ?

भूकम्प र आपूर्ति अवरोध नेपाली अर्थतन्त्रका लागि साँच्चिकै संकट सावित भए । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले चालू आर्थिक बर्षमा देशको आर्थिक बृद्धिदर एक प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेका छन् । यो नेपाली अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण अवस्था हो । यस सूचकलाई म उद्यमी व्यवसायीले भोग्नु परेको खराब अवस्था राष्ट्रिय अर्थतन्त्रमा प्रतिविम्बित भएको मान्छु । यो समयमा सरकारले उद्यमी व्यवसायीमा उत्साह जागृत गराउनुपर्छ ताकि उनीहरुले वैकल्पिक बाटोका बारेमा सोच्नु नपरोस् ।

सरकारले दुई बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने लक्ष्य सहित अगाडि सारेको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्वन्धी अवधारणा सफलताका साथ कार्यान्वयन हुनेमा हामी विश्वस्त छौं । र, यसका लागि निजी क्षेत्रको तर्फबाट सरकारलाई पूर्ण रुपमा सहयोग गरिने प्रतिवद्धता पनि जनाउन चाहन्छु ।

प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा पञ्चेश्वर परियोजना कार्यान्वयनमा ल्याउने बिषयमा भारत सरकारबाट प्राप्त भएको सन्देशले उत्साहित तुल्याएको छ । यस बिषयमा आज दुई देशका सचिवस्तरमा बैठक बस्ने जानकारी प्राप्त भएको छ ।

binod chaudhary (4)

यो परियोजनालाई तत्काल द्रुत गतिमा कार्यान्वयनमा ल्याइनुपर्छ । यसको कार्यान्वयनबाट लगानी विस्तार, रोजगारी सिर्जना र उद्योग व्यवसायका लागि अत्यावश्यक उर्जाको सहज आपूर्ति हुने वातवारण बन्नेछ । यो एउटा परियोजनाले मात्रै पनि नेपाली अर्थतन्त्रको मुहार बदलिन सक्नेछ ।

म सरकार र निजी क्षेत्रको पनि ध्यान आकृष्ट गर्न चाहन्छु, तयारी पोशाक निर्यातमा अमेरिकाद्वारा नेपाललाई दिइएको ड्युटी प|mी एक्सेसप्रति । संकटग्रस्त बनेको नेपाली अर्थतन्त्रमा सुधार ल्याउन यो सुविधा निकै प्रभावकारी सावित हुनेछ । सरकारले यस उद्योगको प्रवर्धनका लागि तत्काल आवश्यक वतावरण तयार गर्दै गरेको समाचारले हामीलाई उत्साहित बनाएको छ ।

कुनै बेला नेपाल र बंगलादेशको तयारी पोशाक उद्योग एकैसाथ शुरु भएको थियो । आज बंगलादेशको तयारी पोशाक उद्योग एसियाकै सबैभन्दा प्रभावकारी सावित भएको छ भने यही उद्योगले त्यहाँको अर्थतन्त्र धानेको छ । यही अवसरले अहिले नेपालको ढोका घचघच्याएको छ । यो समय सरकार र निजी क्षेत्र कसले के गर्ने भनेर अलमलिएर बस्ने होइन ।

सरकार र निजी क्षेत्रको सहकार्यमा हामीले तत्काल यो अवसरलाई उपयोग गर्न सक्नुपर्छ । त्यसका लागि हामीले तयारी पोशाक उद्योगमा बंगलादेश सरकारले लिएको नीतिभन्दा पनि प्रभावकारी नीति कार्यान्वयनमा ल्याउनु आवश्यक छ । यो कुनै उद्यमी व्यवसायीका लागि मात्रै नभएर सिंगो नेपाली अर्थतन्त्रका लागि विशेष अवसर हो ।

पक्कै पनि हामीले भूकम्पपछिको पुनर्निर्माण अभियान शुरु गर्न विलम्ब गर्‍यौं । जसका कारण भूकम्प प्रभावितहरुले थप पीडित हुनु परेको छ । तर, ढिलै भए पनि अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम शुरु गर्दैछ । हामीलाई विश्वास छ, प्राधिकरणले पुनर्निर्माणको अभियानलाई रफ्तारमा अगाडि बढाउनेछ । यस सन्दर्भमा म के कुरा पनि स्मरण गराउन चाहन्छु भने भूकम्पपछिको राहत र पुनर्निर्माणमा निजी क्षेत्र र दाताहरुको योगदान प्रशंसनीय छ ।

पुनर्निर्माण अभियान अगाडि बढिरहँदा यस अभियानमा निजी क्षेत्र, दाता र गैरसरकारी क्षेत्रहरुलाई झनै प्रोत्साहित गरिनुपर्छ । पुनर्निर्माणका काममा तिब्रता दिनुपर्ने यथार्थतालाई प्राथमिकतामा राख्दै पीडितसमक्ष आफै पुगेर काम गर्न चाहन्छन् भने उनीहरुलाई अवरोध गरिनुहुँदैन ।

यसरी गरिने कामलाई सरकारी सिस्टमभित्र पक्कै पनि ल्याउनुपर्छ तर यसको नाममा उनीहरुलाई हतोत्साही भने गरिनुहुँदैन । विगतमा भूकम्पपीडितका लागि आउँदै गरेको विदेशी सहयोग बीच बाटोबाट फर्किएको वास्तविकतालाई हामीले विर्सिनु हुँदैन ।

(नेपाल उद्योग परिसंघको १३औं वाषिर्क साधारणसभामा गरेको सम्बोधन)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीले भने- कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन, विस्तार हुन्छ  

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि पनि आफ्नै नेतृत्वको सरकार कायम रहने बताएका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार कांग्रेस महाधिवेशनपछि बिस्तार हुने तर परिवर्तन नहुने बताएका हुन् ।

शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ने.का. महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तार हुन्छ ।’

सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्डले सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने अभिव्यक्ति दिँदै आएका बेला प्रधानमन्त्री ओलीले पनि कांग्रेसलाई समेट्ने संकेत स्वरुप सरकार विस्तार हुने धारणा सार्बजनिक गरेका हुन् ।

कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्वोधन गर्दै ओलीले कांग्रेससँग मिलेर अघि बढ्न चाहेको अभिव्यक्ति दिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं