Thursday, March 10, 2016

न्यायपरिषदमा भाँडाकुटीः ओनसरी र कल्याण एउटै ड्याङका

अरुण बराल/समाचार टिप्पणी

२७ फागुन काठमाडौं । नेपाली समाजमा एउटा आहान छ, ‘…. लड्छ एक बल्ढ्याङ, बाठो लड्छ, तीन बल्ढ्याङ । न्यायपरिषद सदस्यको पदावधि एवं ११ न्यायाधीश नियुक्तिको विषयमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सभामुख ओनसरी घर्ती यस्तै ‘बाठो’ व्यक्तिका सुचीमा परेका छन् ।

प्रधानन्यायाधीश श्रेष्ठ र सभामुख घर्ती दुबैले न्यायपरिषदमा केटाकेटीले जस्तै भाँडाकुटी खेल खेलेपछि यतिबेला न्यायाधीशहरुको नियुक्ति एवं नियमन गर्ने निकाय कामै गर्न नसक्ने पंगु बनेको छ ।

पछिल्लो समय कानूनविदहरु सभामुख ओनसरीप्रति बढ्ता खनिएका छन् । तर, कार्यशैलीगत हिसाबले सभामुख घर्ती र न्यायपरिषदका अध्यक्ष कल्याण श्रेष्ठ दुबैले गम्भीर संवैधानिक त्रुटी गरेको देखिन्छ ।

न्यायपरिषदको लफडा सभामुखको असंवैधानिक पत्रबाट बाहिर प्रकट भए पनि स्वर्गीय सुशील कोइरालाकै पालादेखि त्यहाँ गडबडी सुरु भएको हो ।

न्यायपरिषदमा कसरी केटाकेटी खेल भयो ? यसबारे चारवटा दृष्टान्त हेरौं:
 
सुशील कोइरालाको पहिलो भाँडाकुटी

Sushil Koirala 5नेपालको संविधानको धारा १५३ मा न्याय परिषदसम्बन्धी व्यवस्था छ । न्यायपरिषदको काम न्यायाधीशहरुको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारवाही, बर्खास्ती र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिस गर्ने र परामर्श दिने हो ।

पाँच सदस्यीय न्यायपरिषदमा प्रधानन्यायाधीश अध्यक्ष हुन्छन् । चार जना सदस्यहरुमा सभामुख, कानूनमन्त्री, प्रधानमन्त्रीले नियुक्त गरेको कानूनविद र वार एशोसिएसनले नियुक्त गरेको बरिष्ठ अधिवक्ता रहने संवैधानिक व्यवस्था छ ।

यो प्रावधानअनुसार कल्याण श्रेष्ठ न्यायपरिषदका अध्यक्ष हुन् भने सभामुख ओनसरी घर्ती र कानूनमन्त्री अग्नि खरेल सदस्य हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नियुक्त गरेका रामप्रसाद सिटौला र नेपाल बारले सिफारिस गरेका बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्यायपरिषदका सदस्य हुन् ।

तर, सुशील कोइराला र कल्याण श्रेष्ठको संवैधानिक त्रुटीका कारण अहिले न्यायपरिषदमा तीनजना मात्रै सदस्य बाँकी छन् । दुईजना सदस्यलाई न्यायपरिषद अध्यक्षले पुनर्नियुक्तिका नाममा असंवैधानिक तरिकाबाट आउट गरेका छन् ।

तर, यसमा न्यायपरिषद सदस्य सिटौलाले चाँहि आफैं बाठो हुन खोज्दा तीन बल्ढ्याङ खाएका हुन् ।

नयाँ संविधान बन्नासाथ न्यायपरिषद सदस्य रामप्रसाद सिटौलाले पुनर्नियुक्ति गरीपाउँ भन्दै निवेदन हाले । जब कि अन्तरिम संविधानले पुनर्नियुक्तिको कुरा गरे पनि अहिलेको संविधानअनुसार न्यायपरिषदको सदस्यलाई पुनर्नियुक्ति गरिरहन जरुरी थिएन ।

तर, कांग्रेसको कोटामा सदस्य बनेका सिटौलाले एमालेको कोटाका अर्का सदस्यलाई न्यायपरिषदबाट छिर्के लगाउने उद्देश्यले आफूलाई बाठो देखाउने कोशिस गरे ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पहलमा सिटौलालाई न्याय परिषदमा पुनःनियुक्त गरिएको नाटक मञ्चन गरियो र संसदीय सुनुवाइका लागि उनको नाम सभामुखसमक्ष पठाइयो  ।

व्यवस्थापिका संसदमा संसदीय सुनुवाइसम्बन्धी अर्को लफडा छँदै थियो । अन्तरिम संविधान एवं व्यवस्थापिका संसद नियमावली अनुसार संसदमा ७५ सदस्यीय सुनुवाइ समिति छ । तर, नयाँ संविधानले १५ सदस्यीय संसदीय सुनवाइ समिति तोकेको छ ।

यो अवस्थामा संसदीय सुनवाइ समितिको बैठक नै हुन सकेन । नयाँ संविधान बनेपछि नियमावली संशोधन गरेरमात्रै सुनुवाइ गर्नुपर्ने भन्दै लफडा भएपछि न्यायपरिषद सदस्य सिटौलाको पुनर्नियुक्तिबारे संसदीय सुनुवाइ भएन ।

यसमा अर्को रोचक र स्मरणीय कुरो के छ भने नयाँ संविधानमा कहीँ पनि न्यायपरिषद सदस्यको पुनर्नियुक्ति गरिनुपर्ने भन्ने प्रावधान नै छैन । संविधानको धारा १५३ (३) अनुसार न्यायपरिषद सदस्यको पदमुक्ति सर्वोच्चका न्यायधीशकै सरह प्रक्रियाबाट हुने भनिएको छ ।

र, संविधानको धारा ३०० (२) मा यो संविधान प्रारम्भ हुँदाका बखत कार्यरत न्यायाधीशहरु नयाँ संविधान वमोजिम नियुक्त भएको मानिने छ भन्ने स्पष्ट उल्लेख छ, जुन धारा १५३ अनुसार न्यायपरिषद सदस्यका हकमा पनि लागु हुन्छ ।

तर, न्यायपरिषदका दुईजना सदस्यको पुनर्नियुक्तिको विषय यसरी उछालियो कि यसमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक एवं दलगत स्वार्थबाट प्रेरित भएर भाँडाकुटी खेलेको एमाले पक्षको आरोप छ ।

केपी ओलीको दोस्रो भाँडाकुटी

KP-Sharma-Oli

न्यायपरिषदले पठाएको नाममा ३५ दिनसम्म संसदीय सुनुवाइ नभए स्वतः नियुक्तिको ढोका खुलेको मानिने कानूनी प्रावधान छ । यो प्रावधान अनुसार सिटौला पनि ३५ दिन कटेपछि न्यायपरिषदमा स्वतः नियुक्त हुने थिए ।

तर, यसवीचमा सुशील कोइरालाको सरकार ढल्यो र नयाँ प्रधानमन्त्री केपी ओलीले न्यायपरिषदमा अर्को भाँडाकुटी खेले ।

न्यायपरिषद सदस्य सिटौलाको विषयमा ‘संसदीय सुनुवाइ हुन नसकेकाले उनको सिफारिस फिर्ता लिइएको छ’ भन्दै प्रधानमन्त्री ओलीले न्यायपरिषदलाई अर्को पत्र लेखे, जुन सुनुवाई संविधानतः जरुरी थिएन ।

न्यायपरिषद सदस्य सिटौलालाई पुनर्नियुक्त गरिएको असंवैधानिक पत्र पठाएर सुशील कोइरालाले केटाकेटी खेल खेलेकै थिए, अर्का प्रधानमन्त्री ओलीले पनि ‘संसदीय सुनुवाइ हुन नसकेको’ भन्दै सुशील कोइरालाकै गल्तीलाई नै निरन्तरता दिए ।  यी सबै हरकत संविधानभन्दा बाहिरैबाट भएका थिए ।

नयाँ संविधान बनेपछि अख्तियारका लोकमानसिंह कार्कीलाई वा  सर्वोच्च अदालतका न्यायाधीशहरुलाई पुनर्नियुक्ति गर्नु नपरेजस्तै न्यायपरिषदको सदस्यहरुको पनि पुनर्नियुक्ति आवश्यकै थिएन । उनीहरु आफ्नो पदमा निरन्तर रहन पाउँथे । तर, उनीहरुलाई बलीको बोको बनाउन खोजियो ।

प्रधानन्यायाधीश श्रेष्ठको तेस्रो भाँडाकुटी

Kalyan-Shresth

स्व. सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी ओलीले त संविधान राम्रोसँग बुझेका थिएनन् होला, तर न्यायपरिषद अध्यक्ष एवं प्रधानन्यायाधीश कल्याण श्रेष्ठले त पक्कै पनि संविधान बुझेकै हुनुपथ्र्यो, तर उनले पनि न्यायपरिषदमा भाँडाकुटी खेले ।

सर्वोच्चको न्यायाधीश सरह सेवा सुविधा पाउने न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठ नयाँ संविधान बनेपछि पनि सरकारी गाडी चढेर लगातार कार्यालयमा हाजिर भइरहेका थिए । यसवीचमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग पनि उनको धेरैपटक भेटघाट भयो । प्रधानन्यायाधीशले उनलाई ‘तिम्रो पद गयो, अब पुनर्नियुक्ति हुनुपर्छ है’ भनेर कहिल्यै भनेनन् ।

न्यायपरिषद सदस्य श्रेष्ठ नयाँ संविधान अनुसार स्वतः आफ्नो पदमा कायमै थिए । तर, अहिले उनलाई न्यायपरिषदबाट असंवैधानिक तरिकाले एकाएक बाइपास गरिएको छ । ११ न्यायाधीशहरु नियुक्त गर्ने बैठकमा पनि प्रधानन्यायधीश कल्याणले रामप्रसाद श्रेष्ठलाई बोलाएनन् । श्रेष्ठले नयाँ संविधान बनेयता पारिश्रमिक र सुविधा पनि पाएका छैनन् । संविधानतः न्याय परिषदमा कायम रहनुपर्ने सदस्यलाई प्रधानन्यायाधीशले ‘तिमी सदस्य हौ, बैठकमा आऊ’ भन्न समेत हिच्किचाएका छन् ।

न्यया परिषद सदस्यलाई यसरी अपमानजनक तरिकाले हटाउन मिल्दैन । राजनीनामा लिएको अवस्थामा वा महाअभियोग लगाएर वा बारले सिफारिस फिर्ता लिएको अवस्थामा मात्रै पदमुक्त गर्न मिल्छ ।

रामप्रसाद सिटौलालाई प्रधानमन्त्री ओलीले फिर्ता बोलाएजसरी रामप्रसाद श्रेष्ठलाई बारले फिर्ता बोलाएको अवस्था पनि छैन । श्रेष्ठले राजीनामा पनि दिएका छैनन् । तर, यो असंवैधानिक जात्रा एवं भाँडाकुटी खेल प्रधानन्यायाधीश कल्याण श्रेष्ठकै असक्षमताका कारणले भइरहेको छ ।

न्यायपरिषद सदस्य श्रेष्ठलाई संविधानमै नभएको पुनिर्नयुक्तिको लफडा झिकेर प्रधानन्यायाधीशले बैठकमा सहभागी हुन नदिनु संविधान विपरीत एवं बचकना कार्य भएको कानूनविदहरु बताउँछन् ।

चौथो भाँडाकुटीः ओनसरीले खेलिन्

Onsari Gharti

कानूनका बारेमा ज्ञान भएका प्रधानन्यायाधीश जस्ताले त संविधानमै नभएको काम गरिरहेका छन् भने कानूनै नपढेकी सभामुख ओनसरी घर्तीले केटाकेटी खेल खेल्नु आश्चर्यजनक विषय होइन ।

दुईजना न्यायपरिषद सदस्यलाई असंवैधानिक हिसाबले बलीको बोको बनाएर यसैसाता तीन सदस्यीय न्यायपरिषदले सर्वोच्च अदालतका ११ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

न्यायपरिषदले टुंग्याएका ती नामहरु जव संसदीय सुनुवाइका लागि सभामुखकहाँ पठाइयो, सभामुखले घर्तीले अत्यन्तै केटाकेटी पाराले ती नामहरु न्यायपरिषदमै पत्र लेखेर फिर्ता पठाइन् । सभामुखको पत्रमा संविधानको नामसमेत अशुद्ध लेखिएको भन्दै यतिबेला उनी हास्य पात्र बन्न पुगेकी छिन् ।

न्यायपरिषदले सिफारिस गरेका न्यायाधीशहरुको नाम संसदीय सुनुवाइमा पठाउने बाहेक परिषदमा फिर्ता पठाउने अधिकार सभामुखलाई संविधानले दिएको छैन । कुनै कानूनले पनि सभामुखलाई यस्तो अधिकार दिएको छैन ।

सभामुख ओनसरी घर्तीको काम गराइ केटाकटीको भाँडाकुटी खेलजस्तै बन्न पुगेको छ । जुन सुशील कोइराला, केपी ओली र कल्याण श्रेष्ठले गर्दै आएको केटाकेटी खेलको नयाँ संस्करण हो ।
 
कसले के गर्नुपर्थ्यो ?

यी चार प्रकारका भाँडाकुटी खेलबाटै स्पष्ट हुन्छ, न्यायपरिषदजस्तो संस्थालाई को-कोबाट पंगु बनाउने काम भइरहेको छ ? आखिर हुनुपर्थ्यो यस्तो:

नयाँ संविधान आएपछि न्यायपरिषद सदस्य रामप्रसाद सिटौलाले बाठो भएर पुनर्नियुक्ति गरीपाउँ भन्ने निवेदन सुशील कोइरालालाई दिन जरुरी थिएन । र, एमालेलाई देखाइदिने भन्दै सुशील कोइरालाले उनलाई पुनिर्नियुक्तिको नाटक गर्न आवश्यक थिएन ।

सिटौलाको पुनिर्नियुक्तिको गलत प्रशंग उठ्दा न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधान न्यायाधीशले यसलाई सच्याउनुपर्थ्यो र यसलाई संसदीय सुनुवाइका लागि न्यायपरिषदबाट सिफारिस गर्नै हुँदैनथ्यो ।
सरकार परिवर्तनपछि केपी ओलीले सुशील कोइरालाको मान्छेलाई फिर्ता बोलाएर आफ्नो मान्छेलाई न्यायपरिषदमा पठाउने प्रयास गर्न सक्थे, तर ‘संसदीय सुनुवाइ हुन नसकेका’ले भन्दै सिटौलालाई ३४ औं दिनमा फिर्ता बोलाउने ओलीको निर्णय पनि संविधानको ट्रयाकभन्दा बाहिर छ । प्रधानमन्त्री ओलीले ३५ दिन बित्न दिएर यस्तो निर्णय गर्न सक्थे । तर, एमालेका कार्यकर्ताले कांग्रेस निकट सिटौलालाई ४ वर्ष न्यायपरिषदमा बस्न नदिने चाल अन्तरगत यस्तो खेल खेलेको देखिन्छ ।

त्यसैगरी न्यायपरिषदका अर्का सदस्य रामप्रसाद श्रेष्ठको हकमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनलाई बैठकमा सहभागी गराउनुपर्थ्यो । किनभने उनलाई बाइपास गर्नुपर्ने कुनै संवैधानिक आधार र कारणै छैन ।  तर, प्रधानन्यायाधीश कांग्रेससँग डराए । र, उनी संविधानअनुसार अघि बढ्न सकेनन् ।

त्यस्तै सभामुख ओनसरी घर्तीले संसदीय सुनुवाइ हुन नसक्ने अवस्थामा ११ न्यायाधीशको सिफारिस आफैंसँग राख्नुपर्थ्यो र चाँडो व्यवस्थापिका संसदको बैठक बोलाएर, नियमावली संशोधन गरेर संसदीय सुनुवाइ समिति गठन गर्नुपर्दथ्यो ।

यसो गर्न नसके यो सिफारिस सभामुखसँगै रहन्थ्यो र ३५ दिन कटेपछि उनीहरु न्यायाधीश नियुक्तिका लागि स्वतः योग्य मानिने थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जागिरका लागि खुल्यो विज्ञापन, अल्छीले मात्र दरखास्त दिन पाइने

जाँगरिलो तथा परिश्रमी मानिसले जहाँ पनि काम पाउँछ र जागिर तथा व्यवसायमा राम्रै प्रगति गर्दछ ।

तर जो मानिस अल्छी छ उसले जागिर पाउन मात्र होइन पाएको जागिरमा टिक्न र प्रगति गर्न पनि गाह्रो हुन्छ । तर अजिंगरको आहारा दैवले पूराउँछ भन्ने उखान त्यसै बनेको होइन । यहाँ अल्छीका लागि समेत अवसर छन् । क्यानडाको एक कम्पनीले अल्छी मानिसहरुका लागि मात्रै भन्दै एउटा जागिर खुलाएको छ ।

क्यानडाको सरेस्थित एक थिम पार्क कम्पनीले प्रकाशित गरेको जागिरको विज्ञापनले अहिले सबैको ध्यान तानेको छ । कम्पनीले प्रकाशित गरेको विज्ञापन अनुसार उक्त जागिरमा केवल अल्छी मानिसले मात्र दरखास्त हाल्न पाउनेछन् ।

कम्पनीका अनुसार कम्पनीले थिम पार्कमा एकजना यस्तो कर्मचारी भर्ना गर्दैछ जो पूर्ण रुपमा अल्छी हुनु आवश्यक छ । वास्तवमा कामको प्रकृति नै त्यस्तै छ । उक्त कर्मचारीको काम नै पाण्डा जस्तै देखिने पोषाक लगाएर दिनभर थिम पार्कमा बसिरहनु । एकैठाउँमा बसिरहने काम साँच्ची अल्छीलाई सुहाउने भएपनि निकै गाह्रो चाहीँ हो । कम्पनीले अर्को शर्त पनि राखेको छ । जागिर खान चाहने मानिस वन्यजन्तुप्रेमी पनि हुनुपर्छ ।

यस्तो खालको विज्ञापन प्रकाशित गरेसँगै मानिसहरुले अनेक खालका प्रतिक्रिया दिएका छन् । एक युवकले त आफ्नी गर्लप|mेण्डले तिमीलाई यो जागिर सुहाउँछ भन्दै आफुलाई विज्ञापन ल्याएर देखाएको दुखेसो गरे । अर्का एक व्यक्तिले चाहीँ यस्तो जागिरका कारण दुनियामा पाण्डाको संख्या बढ्ने भएकाले सही सुरुवात रहेको बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी ६ काम गर्नुहोस्, जसले राख्नेछ तपाइँको दिमाग शान्त, अनि प्राप्त हुनेछ सफलता

जिवनमा उतारचढाव आइरहन्छन् । यस्तो उतारचढावमय जिवनमा आफुलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।

कहिलेकाहीँ बाहिरी  हल्लाखल्ला वा समस्या त कहिलेकाहीँ आफ्नै दिमागमा चलिरहेको हलचलले हामीलाई अस्थीर बनाउँदछ र आफुलाई सन्तुलित राख्न निकै गाह्रो हुन्छ ।  यस्तोमा दिमागलाई शान्त तथा सन्तुलित राख्नका लागि केही उपायहरु कामयावी हुनसक्छन्, जुन निम्नानुसार छन्:

एकपटकमा एक कदम

आज तपाइँसँग जे भैरहेको छ त्यसमध्ये यस्तो केहीपनि  हुँदैन जसले तपाइँलाई अघि बढ्नबाट रोक्न सकोस् ।  त्यसैले एक पटकमा एउटा मात्र पाइला चाल्नुहोस् । अर्थात् एकचोटीमा एउटा मात्र काम पूरै एकाग्रताका साथ तथा इमान्दारीताका साथ गर्नुहोस् । दुइवटा डुंगामा खुट्टा हाल्ने वा एकैचोटी धेरैतिर हात हाल्दा असफल हुने सम्भावना धेरै हुन्छ । यसो गर्दा तनाव हुन्छ र दिमाग अस्थीर तथा अधीर हुन्छ ।

बितेका कुरामा चिन्ता नगर्नुस्

बगेको खोला फर्किँदैन भनेझैँ बितिसकेका कुराहरु चाहे जतिसुकै पीडादायी होउन् त्यसमा तपाइँले अहिले जति नै धेरै चिन्ता जनाएपनि त्यसमा कुनै फरक पर्दैन । त्यसैले बितेका कुरामा चिन्ता वा पश्चाताप गरिरहनुको अर्थ छैन । त्यस्तै भोलिको कुरालाई लिएर बढि चिन्ता वा उत्तेजना पालिरहनु पनि आवश्यक हुँदैन । आज तपाइँको अगाडि जे छ, त्यसमै चित्त बुझाउने तथा राम्रो बनाउने तर्फ प्रयास गर्नुपर्छ ।

कुनै एउटा खराब कुरालाई लिएर पूरै दिन बर्बाद नगर्नुस् : 

एउटा समय खराब थियो भनेर सधै उस्तै खराब हुँदैन । त्यसैले दिनमा एउटा कुनै अपि्रय घटना भयो भनेर त्यसैलाई मनमा खेलाएर पूरै दिन बर्बाद गर्नु हुँदैन । सकारात्मक सोँच्नुपर्छ र नमीठो अनुभवलाई भुल्नुपर्छ ।

अप्रिय कुरामा नअल्झिनुस् 

पूरै किताबको कहानी त्यसको एक अध्यायले बताउन सक्दैन । त्यसैले कुनै एउटा गल्तीले नै तपाइँको पूरै प्रतिष्ठा धमिल्याउन सक्दैन । तपाइँको चरित्र नामेट पार्न एउटा मात्र खराब घटना पर्याप्त हुँदैन । त्यसैले जिन्दगीका पानाहरु पल्टाउँदै जानुस् । कु्नै एउटा अपि्रय कुरा तथा गल्तीमा नअल्झिरहनुस् ।

जिन्दगी सधै बदलिरहन्छ

तपाइँ कहीँ फस्नुभएको छ, यो एउटा अनुभव मात्र हो वास्तविकता होइन । त्यसैले म कतै फसिहालेँ भन्ने कुरा नसोँच्नुहोस् । जिन्दगी हरेक सेकेण्डमा बदलिरहेको हुन्छ । त्यसैले सोही बदलाव सँगै आफुलार्य पनि बदल्नुहोस् ।

कल्पनामा नियन्त्रण

हरेक चिज दुइपटक बन्दछन् । एकपटक दिमागमा र दोश्रोपटक वास्तविकतामा । त्यसैले आफ्नो कल्पनालाई नियन्त्रणमा राख्नुहोस् । किनकी तपाइँको सोँच वा कल्पनानै आखिर यथार्थमा परिणत हुनेहो । यसको मतलब दिमागमा नकारात्मक कामको कल्पना वा सोँच बनाउनु हुँदैन । बढि महत्वाकांक्षा पाल्नु पनि हुँदैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

४ वर्षे बालकलाई जन्मकैद, एक वर्षको नहुँदै गरेछन् हत्या, लुटपाट तथा धम्कीको अपराध !

इजिप्टको एक अदालतले ४ वर्षका बालकलाई जन्मकैदको सजायँ सुनाएको छ । ती बालक एक वर्षको छँदा उनले गरेको हत्याको अभियोगमा उनलाई अदालतले दोषी ठहर गर्दै यस्तो फैसला गरेको हो ।

अदालतले आफु विरुद्ध आजिवस काराबासको सजायँ सुनाइरहँदा अहमद मन्सुल कर्मी नामका ती बालक अदालतमा उपस्थित थिएनन् । उनीमाथि ४ जनाको हत्या, ८ जनाको ज्यानमार्ने उद्योग, एक ठाउँमा सम्पत्ति लुटपाट तथा क्षतिका साथै पुलिस तथा सेनाका अधिकारीलाई धम्क्याएको अभियोग पनि लागेको छ । यी सबै अभियोग उनले एक वर्षको उमेरभित्रै गरेका थिए ।

सन् २०१४ को सुरुमा भएका घटनामा जन्मकैद सुुनाइएका ११५ जनामा अहमद पनि एक हुन् । उनीहरुलाई पश्चिम कायरोस्थित एक अदालतले यस्तो सजाय सुनाएको छ ।

ती बालकका वकिल फैसल अल सायदका अनुसार अहमदको नाम अपराधीको सूचिमा गल्तीले पर्न गएको भएपनि अदालतमा आफुले पेश गरेको उनको जन्मदर्ता प्रमाण अदालतले न्यायाधीश सामु पेश नगरेको आरोप लगाएका छन् । ती बालकको जन्म सन् २०१२ को सेप्टेम्बरमा भएको हो ।

वकिलहरुले ४ वर्षे बालकमाथि एक वर्षको उमेरमै हत्या, लुटपाट, ज्यानमार्ने उद्योग तथा धम्की जस्ता अपराध गरेको भन्दै  दोषी ठहर गरी अदालतले सजायँ सुनाउनुले इजिप्टमा न्याय नभएको प्रष्टाएको बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एप्पल बारेका १० रोचक तथ्य, जुन तपाइँलाई थाहा नहुनसक्छ

विश्वको दोश्रो धनी कम्पनी तथा सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा रहेको एप्पलले आम्दानी तथा नाफामा कर्पोरेट जगतमै नयाँ इतिहास कायम गरेको छ ।

यो मात्र होइन, एप्पलले धेरै विधामा नयाँ नयाँ किर्तिमान राख्नुका साथैै विभिन्न रोचक तथ्य तथा सन्दर्भहरु यससँग जोडिएका छन् । एप्पलसँग जोडिएका १० रोचक तथ्य यस्ता छन् :

  • एप्पलले प्रत्येक एक मिनेटमा ३ लाख डलर कमाउँदछ । यो रकम रसियाको पूरै स्टक मार्केटको कारोबार भन्दा पनि बढि हो ।
  • अमेरिकी सरकारसँग जति सम्पत्ति छ त्यो भन्दा बढि एप्पलसँग चालु नगद रहेको छ ।
  • विश्वभरमा गरी एप्पल कम्पनीका कर्मचारीको संख्या ८० हजार रहेको छ ।
  • सम्भाव्यता विश्लेषणका आधारमा एप्पल स्टोरमा जागिर पाउनु भन्दा हार्वर्ड विश्वविद्यालयमा छनोट हुने सम्भावना बढि हुन्छ ।
  • सन् २०१४ को पहिलो त्रैमासिकमा एप्पल एक्लैले गुगल, फेसबुक तथा अमेजन कम्पनीले जम्माजम्मी कमाएको रकम जत्ति नै कमाइ गरेको थियो ।
  • एप्पल कम्प्युटरको नजिक गएर धुम्रपान गर्नाले यसको वारेन्टी सकिन्छ ।
  • आइफोनको हरेक विज्ञापनमा यसको डिस्प्लेमा ९ बजेर ४१ मिनेटको समय देखाइएको हुन्छ । यसको विशेष अर्थ छ । सन् २००७ मा स्टिभ जब्सले पहिलो आइफोन बिहान ९ बजेर ४१ मिनेटमै सार्वजनिक गरेका थिए ।
  • स्टिभ जब्सले पहिलो आइपडको प्रोटोटाइपलाई पानीमा फ्याँकिदिएका थिए । उनले मन नपरेर वा रिसाएर त्यसो गरेका होइनन् । यो डिभाइसलाई अझै बढि कम्प्याक्ट गराउन सकिन्छ की सकिँदैन भन्ने कुरा थाहा पाउन ।
  • तपाइँले Siri मार्फत जे बोल्नुहुन्छ त्यो सबैभन्दा पहिले एप्पलमा पुग्दछ । त्यसलाई विश्लेषण गरेर मात्र स्टोर गरिन्छ ।
  • एप्पल आइप्याडको रेटिना डिस्प्लेको उत्पादन सामसुंगले गर्दै आएको छ । यो आइप्याडको सबैभन्दा महंगो पार्टस् हो ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसको नयाँ नेतत्व र आगामी चुनौती

– निमेष गिरि

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ । नयाँ नेतृत्वले नेपाली राजनीतिलाई कुन मोडमा डोर्याउँछ, प्रतीक्षाको विषय बनेको छ ।

तथापि महाधिवेशनबाट निर्वाचित मूल नेतृत्व र तिनका विगतका अभिव्यक्तिलाई मूल्यांकन गर्दा, यात्रा सहज देखिँदैन । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेसले अवलम्बन गर्ने आगामी कार्यनीति र रणनीति यस अधिवेशनले व्याख्या गर्न सकेको छैन ।

हरेक अधिवेशनमा संस्थाको राजनैतिक कार्यनीति एवं सिद्धान्तबारे विचारको बहस हुने गर्छ । तर, बीपीको अवसानपछि कांग्रेसमा नीतिगत, सैद्धान्तिक छलफल क्रमशः कम हुँदै गएको छ । यसअघिका महाधिवेशन पनि पदकै लडाइँमा केन्दि्रत हुने गरेका थिए, अहिले पनि त्यसले निरन्तरता पाएको छ । यसमा अचम्म हुनुपर्ने कुनै कारण छैन ।

यसपटकको महाधिवेशनको मूल नतिजा हेर्दा व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर संस्थागत र सैद्धान्तिक दल बन्नेछ भन्ने मान्यता पुनः समाप्त भइसकेको देखिन्छ । सैद्धान्तिक बहस र युवा नेतृत्वको चर्चा गर्ने व्यक्तिहरु निर्वाचनबाट पाखा लागेका छन् ।

कांग्रेसको विगतको सिद्धान्त र राजनैतिक प्रणालीलाई परिमार्जन गर्न पहल गर्ने गगन थापा र अर्जुननरसिंह केसी पराजय भइसकेका छन् । कांग्रेसको प्रमुख पदाधिकारीमा विजयी भएका शेरबहादुर देउवा, शशांक कोइराला देशमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रप्रति प्रतिबद्ध नेता कदाचित होइनन् ।

शेरबहादुर राजसंस्थासँग नजिएका छन् र उनी अखण्डताको पक्षपाती हुन् । त्यसैगरी शशांक कोइरालाले राजतन्त्र र हिन्दू अधिराज्यबारे सार्वजनिक रुपमा र चुनावी माहोलमा नै वकालत गरिसकेका छन् । त्यसैले आगामी दिनमा जारी भएको संविधानको परिमार्जनका लागि कांग्रेस हिन्दूराज्य र संघीयताको विपक्षमा उभिएको खण्डमा अचम्म मान्नुपर्दैन ।

कांग्रेसको निर्वाचित पदाधिकारीलाई भारतीय स्वार्थ र दबाबका कारण यस प्रवृत्ति र सोच भएका पदाधिकारी विजयी भएका हुन् । भारत हालका दिनमा नेपाललाई हिन्दू राज्यको रुपमा नै देख्न चाहन्छ । हिन्दूराज्य बनाउन भारतले संविधान जारीपूर्व र हालका दिनमा पनि उसले प्रत्येक्ष-परोक्ष रुपमा हस्तक्षेप गरेको छ ।

राजाको नजिक भएका शेरबहादुर, हिन्दू राज्यको वकालत गर्ने शशांक र अंगीकृत नागरिकता बोकेकी सीतादेवी यादवमार्फत आफ्नो चाहना पूरा गर्ने चाहना भारतको हो । अब केन्द्रीय सदस्यको मत परिणाम पनि सोहीअनुसारको आउने अपेक्षा गर्दा फरक पर्दैन । खुमबहादुर प्रवृत्ति र सोच बोकेका व्यक्तिको आगमनले नेपाली कांग्रेसलाई विगतको सहमतिबाट विमुख गराउने छ ।

नयाँ पदाधिकारीको आगमनसँगै अब कांग्रेस दुई “ुवमा केन्दि्रत हुनेछन्- संघीयता, गणतन्त्र र हिन्दूराज्य नचाहने समूह र चाहने समूह । उक्त दुई समूहको चर्को विभेद र रसाकस्सीले कांग्रेस आगामी महाधिवेशनसम्म दुई चिरामा विभक्त हुने प्रबल सम्भावना छ ।

यदि त्यसरी नेपाली कांग्रेस विभक्त भएको खण्डमा प्रत्यक्ष फाइदा बाबुरामको नयाँ शक्तिले आर्जन गर्न सक्नेछ । नेपाली राजनीतिमा प्रजातान्त्रिक दल नेपाली कांग्रेस मात्र हो । तर, बाबुरामले जारी गरेको नयाँ शक्तिको सैद्धान्तिक एवं उनले जारी गर्ने गरेका विचारलाई मूल्यांकन गर्दा सुधारिएको प्रजातान्त्रिक पार्टीको रूपमा स्थापित हुन खोजेका छन् । त्यसैले नेपाली कांग्रेसबाट चोइटिने शक्ति नेकपा एमाले वा विविध माओवादीभन्दा नयाँशक्तिमै जाने देखिन्छ  ।

त्यसैले यसपटककोे महाधिवेशनले कांग्रेसलाई सबल र संगठित होइन, धराशयी बनाइसकेको छ । यसले नेपाली जनता र सबै राजनैतिक दलको संलग्नताले आएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि मात्र प्रश्नचिह्न होइन, नेपाली कांग्रेसको राजनैतिक भविष्यमाथि नै चुनौती कायम गरेको छ ।

मलेसियाबाट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सैनिकको फूली लगाउने भए सुरज सिंहले

काठमाडौं । निर्देशक एवं अभिनेताको रुपमा चिनिन्छन् सुरज सिंह ठकुरी । तर, उनको पहिलो रुची अभिनय थिएन । सैनिक बन्न असफल भएपछि मात्रै उनी अभिनयमा प्रवेश गरेका थिए ।

‘मेरो हुर्काइ नै आर्मी ब्यारेकवाट भएको हो । दुई पटक क्याडेट फेल भएको मान्छे हुँ ।’ बुधवार राजधानीमा आयोजित कार्यक्रममा सुरज सिंहले भने ।

निर्माणाधिन चलचित्र सयपत्रीमा सैनिकको भूमिका निर्वाह गर्न लागेका सुरज सिंहले रिलमै भएपनि सैनिकको फूली लाउन पाएकोमा खुसी ब्यक्त गरे ।

माला बनाएर निर्देशकको रुपमा स्थापित भएका बब्बी भुपाल सिंहको निर्देशन रहने यो फिल्म रोमान्टिक ड्रामा हुने बताइएको छ । यसमा सुरज सिंहको अतिरिक्त आकंक्षा कार्की र सन्दीप क्षेत्रीको पनि मुख्य भुमिका रहने छ । चेतन सापकोटाको संगीत रहेको यस फिल्ममा सुरजसिंहकै पटकथा रहेको छ ।

sayepattri (1)

sayepattri (8)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं