Monday, March 14, 2016

ल्हारक्याल लामाको घरमा प्रहरीको छापा

१ चैत, काठमाडौं । हतियार राखेको आशंकाको प्रहरीले एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामाको घरमा छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुढानिलकण्ठस्थित लामाको घरमा छापा मारेको हो । तर, केही भेटिएन ।

परिसरले एसपी प्रध्युम्न कार्कीको नेतृत्वमा टोली बनाएर सांसद लामाथि अनुसन्धान गरिरहेको छ ।

अख्तियारको छानविनमा क्रममा बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि प्रहरीलाई बुझाएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

PM briefs President about China visit

KATHMANDU: Prime Minister KP Sharma Oli briefed President Bidya Devi Bhandari about his upcoming China visit.

Oli reached the President’s Office in Sheetal Niwas on Monday and discussed details of his upcoming visit to the northern neighbour, according to a statement issued by the President’s Office.

The statement also said that Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa was also present in the meeting.

PM Oli is set to embark for the northern neighbour on March 20 to hold bilateral talks with his Chinese counterpart Li Keqiang.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Nepali Congress elects 25 CWC members from open category

KATHMANDU: The Election Committee of Nepali Congress (NC) has announced the names of 25 candidates who have won the Central Working Committee membership under the open category, on Monday.

Among the 3,148 votes, Shekhar Koirala polled the highest of 1,848 votes, followed by Khum Bahadur Khadka (1,846) and Prakash Man Singh (1,795), as informed by the the NC Election Committee.

A total of  90 candidates had filed their candidacy in the election for the posts in the Central Working Committee (CWC) held on March 6.

The party has already elected Sher Bahadur Deuba as its new President, Shashanka Koirala as its General Secretary and Sita Devi Yadav as its Treasurer in the election held during the party’s 13th General Convention.

Apart from this, results for the 14 posts from the provincial representation are yet to be announced. The results are expected to be published by this evening.

The party has already elected 22 CWC members including one from Muslim reservation, six from women reservation and five from Janajati, Madhesi and Dalit groups each.

Winners of CWC membership election under the open category:

SN Candidates Votes
1. Shekhar Koirala 1,848
2. Khum Bahadur Khadka 1,846
3. Prakash Man Singh 1,795
4. Kul Bahadur Gurung 1,773
5. Pradeep Giri 1,725
6. Pradeep Paudel 1,709
7. Bal Krishna Khand 1,704
8. Dhan Raj Gurung 1,697
9. Ramesh Lekhak 1,689
10. Purna Bahadur Khadka 1,686
11. Bimalendra Nidhi 1,680
12. Bal Bahadur KC 1,674
13. Mahesh Acharya 1,669
14. Bishwa Prakash Sharma 1,620
15. Sujata Koirala 1,619
16. Ram Sharan Mahat 1,611
17. NP Saud 1,547
18. Shankar Bhandari 1,547
19. Gyanendra Bahadur Karki 1,502
20. Gopal Man Shrestha 1,499
21. Chandra Bhandari 1,492
22. Prakash Sharan Mahat 1,491
23. Badri Pandey 1,485
24. Narayan Khadka 1,464
25. Minendra Rijal 1,420
Among 25 winners, 14 are believed to be loyal to newly elected party President Deuba.

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चुनाव जितेपछि सुजाताले के भनिन् ?

काठमाडौं, १ चैत । केन्द्रीय सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले समर्थकलाई छोटो प्रतिक्रिया दिएकी छन् ।

उनले भनेकी छिन्- ‘नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको निर्वाचनबाट मलाई आफ्नो अमुल्य मत दिएर केन्द्रीय सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, क्षेत्रीय सभापति, जिल्ला सभापति, नेपाल जनसम्पर्क समितिका प्रतिनिधीहरु, केन्द्रीय सदस्य सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

सोमबार दिउँसो सम्पन्न खुला तर्फको मनगणनामा १६१९ मत ल्याउँदै सुजाता केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । २५ जनाका लागि भएको निर्वाचनमा उनी १५ नम्बरमा परेकी छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Striking back against the machine: Korean Go player beats Google programme

South Korean Lee Sedol won his first match against a computer programme developed by a Google subsidiary on Sunday in the ancient board game Go, denying a clean sweep for the artificial intelligence in a five-match series.

Lee, one of the world’s top players and a holder of 18 international titles, recovered from three consecutive losses against the AlphaGo programme developed by DeepMind.

“This win is invaluable and I would not trade it for anything else in the world,” a jubilant Lee told reporters after the match, thanking fans for their support.

The 33-year-old professional player has admitted to underestimating AlphaGo’s skills but also said the programme was not perfect, asking supporters to keep watching the contest.

DeepMind founder Demis Hassabis told reporters the loss was a valuable learning tool and would help identify weaknesses in the programme that his team needed to address.

“It’s a real testament to Mr Lee’s incredible fighting spirit and he was able to play so brilliantly today after three defeats,” Hassabis said.

Go, most popular in countries such as China, South Korea and Japan, involves two contestants moving black and white stones on a square grid, with the aim of seizing the most territory.

Experts did not expect an artificial intelligence programme to beat a human professional for at least a decade, until AlphaGo beat a European champion player last year. Lee was considered a much more formidable opponent, however.

Google executives say Go offers too many possible moves for a machine to win simply through brute-force calculations, unlike chess, in which IBM’s Deep Blue famously beat former world champion Garry Kasparov in 1997.

Instead, they said, AlphaGo has sought to approximate human intuition, by studying old matches and using simulated games to hone itself independently.

The fifth and final match is scheduled for Tuesday.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पति विदेशमा, पत्नी ‘चक्कर’ मा

दोलखा– छब्बीस वर्षीया कल्पना (नाम परिवर्तन) को बिहे सात वर्षअघि दक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो । उनले छोरो जन्माइन् । सासूससुराले आत्मविश्वाससहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए । जिन्दगी राम्रैसँग चल्दै थियो । परिवार चलाउन धौधौ परेपछि घरसल्लाहमै एक वर्षअघि पति बिदेसिए । त्यसको दुई महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिइन् र पति नफर्कंदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।

भीमेश्वर नगरपालिका–३ की २१ वर्षीया एक महिला पति बिदेसिएको महिनादिनमै परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पत्ति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् । यी दुई प्रतिनिधि घटना हुन्, जिल्लामा बिदेसिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पतिलाई नांगेझार बनाएर परपुरुषसँग सल्कनेको महिलाको संख्या पनि । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला सेलमा यसरी पतिको घर छाडेर अन्यत्रै भाग्ने महिलाको खोजतलास गरी पाऊँ भनी निवेदन दिने पनि बढेको तथ्यांकले देखाउँछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउनयता मात्र मानिस हराएको भन्दै खोजपडताल गरीपाऊँ भन्ने ८३ वटा निवेदन दर्ता भएका छन् जसमध्ये महिला हराएको मात्र ४८ वटा छन् । पुरुष आठ र बाँकी बालबालिका हराएको वा सम्पर्कबाहिर रहेको निवेदन परेका छन् ।

महिला हराएका ४८ निवेदनमध्ये २५ वटाजति त माथिका घटनाक्रमसँग मिल्दाजुल्दा छन् । जिल्ला प्रहरी कार्यालय, महिला सेलमा दर्ता निवेदनअनुसार महिला सम्पर्कबाहिर हुने उजुरीमा सम्बन्ध र सम्पत्तिसँग बढी जोडिएका देखिन्छन् । ‘महिला सम्पर्कबाहिर रहेकाले खोजतलास गरी पाऊँ भनी दिइएको उजुरीमा श्रीमान विदेश रहेका बेला भागेको, प्रेमीसँग हिँडेको, सम्पत्ति लिएर हिँडेको जस्ता घटना धेरै छन्,’ जिल्ला प्रहरी कार्यालय, दोलखाअन्तर्गत महिला सेलमा कार्यरत प्रहरी जवान सरस्वती जिसी भन्छिन् ।

पहिलो घटनाअनुसार कल्पना केटालाई घरमै बोलाउँथिन्, सासूससुरा र घरका सदस्यलाई काकाका छोरा भनेर चिनाउँथिन् । सातवर्षे छोरालाई ‘मामा’ भन्न सिकाइन् । भाइसँग माइत जान्छु भन्दै उनी तिनै पुरुषसँग काठमाडौं ओहरदोहर गर्न थालिन् । माइती पक्षलाई काकाससुराको छोरा भनेर परिचय गराइन् ।

विदेशमा रहेका पतिको मात्र होइन, उनले घर र माइती दुवै पक्षको आँखामा झुटको सहाराले छारो हाल्दै गइन् । झुटो धेरै दिन टिक्दैन, माइतीका दाजुलाई शंका लागेपछि बहिनीको घरमा उनका जेठाजुलाई फोन गरेर ती पुरुषबारे सोधेपछि बल्ल रहस्य खुल्यो ।

त्यो पुरुष देवर वा भाइ नभई उनको पे्रमी रहेको रहस्य खुलेलगत्तै कल्पना परिवार, माइती र आफ्नै छोरालाई समेत त्यागेर त्यही केटासँग हिँडिन् । बुहारी सम्पत्ति र गरगहनासहित सम्पर्कविहीन भएपछि ससुराले खोजतलास गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए ।

जिसीका अनुसार पति बिदेसिएपछिको प्रेमसम्बन्धबाहेक अन्य कारण पनि महिलाले घर छाडेर हिँडेका उदाहरण छन् । विदेश बसेका पति घर फर्किएपछि आफूले पठाएको रकमको हिसाबकिताब हुने र त्यसैमा झगडा परेर तनाबमा पत्नीले घर छाडेका उजुरीमा आइरहन्छन् । विदेशमा रहँदा पतिले कमाएर पठाएको रकम सही ठाउँमा खर्च नगर्ने महिला सम्बन्धमा दरार बढ्दै गएर घरै छाडेका निवेदनसमेत महिला सेलमा आएको जिसीले जानकारी दिइन् ।

जिल्ला प्रहरीमा दर्ता भएका यस्ता निवेदनलाई प्रहरीले प्रक्रियामा लगेरै सल्टाउने गर्छ । ‘खोजतलासको उजुरी लिएपछि उजुरीकर्तासँग मौखिक बयान गरेर पहिला घटनाक्रम अध्ययन गर्छौं,’ जिसी भन्छिन्, ‘घटनाको यथार्थ पत्ता लागेपछि खोजतलास गर्नुपर्ने व्यक्तिबारे मातहत र माथिल्लो निकायमा परिपत्र गर्छौं ।’

उनका अनुसार ८३ मध्ये ३० जनालाई परिवारको सम्पर्कमा ल्याइसकिएको छ । ‘सकेसम्म सहमति गराएरै पठाउने गरेका छौं,’ उनी भन्छिन्, ‘यस्ता उजुरीमा अहिलेसम्म मुद्दा चलाउनुपरेको छैन ।’

फुर्सदिलो दैनिकी प्रमुख कारण

आर्थिक अवस्था कमजोरीले पतिलाई विदेश पठाएपछि महिलामा आर्थिक बोझ कम हुन्छ । पतिकै कमाइले परिवार धान्न सक्ने मनस्थिति राख्ने गरेका कारण यस्ता घटना हुने गरेको बताउँछिन्, लैंगिक सरोकार समन्वय समितिकी जिल्ला संयोजक कालिका पाठक ।

‘श्रीमान विदेश गएपछि विदेशबाटै आउने पैसामा कतिपय महिला भर पर्ने गरेका कारण हाम्रो समाजमा यस्ता समस्या देखा परेका हुन्,’ उनी भन्छिन् । पति विदेश गएपछि एक्लो महसुस गर्ने महिला फुर्सदिलो नबसी आफूलाई व्यस्त राख्नुपर्ने तर्क पाठकको छ ।

‘फुर्सदिलो भएपछि टिभी हेर्ने, मोबाइलमा अलमलिने, फिल्म हेर्नेलगायत कारण महिलामा नकारात्मक सोच आउने र गलत बाटो लिने अवस्था आउनेतर्फ सचेत रहनुपर्छ,’ उनी भन्छिन्, ‘त्यसमाथि समाजमा बिदेसिएका पुरुषका श्रीमती र एकल महिलालाई गलत ढंगले हेर्ने संस्कारले पनि समस्या ल्याउँछ ।’ पति बिदेसिएपछि महिलाले छोराछोरीको भविष्य सम्झेर सिपमूलक उद्योगधन्दा र काममा लाग्नुपर्ने पाठक सुझाउँछिन् ।

हेलमेल भइरहनुपर्छ

लाखौं युवा रोजगारी सिलसिलामा घरपरिवार छाडेर विदेश रहेका बेला भित्रभित्रै जटिल समस्या देखिन थालेको बताउँछन् वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय । ‘लाखौं युवा घरपरिवार छाडेर विदेश गएर पठाएको रेमिट्यान्सले हाम्रो मुलुक चलेको छ भनेर हामी गर्व गर्छौं,’ उनी भन्छन्, ‘तर भित्रभित्रै हरेक परिवारमा थुप्रै खाले समस्या र पीडा देखिन थालेका छन् ।’ उपाध्याय आर्थिक अवस्था कमजोर भएपछि बिदेसिने ग्रामीण तथा सहरी क्षेत्रका युवा बिदेसिएपछि परिवारसँग हेलमेल गरिरहनुपर्ने तर्क गर्छन् ।

‘सबैको व्यवहार सजिलै बिग्रँदैन, जसजसले विदेश बसेरै व्यवहार सम्हाल्नुभएको छ, उहाँहरुको घरबार बिग्रेको कमै मात्र छ,’ उनी भन्छन, ‘बिदेसिएपछि ४÷५ वर्षसम्म घर नफर्कने, हेलमेललाई औपचारिकतामै सीमित राख्नेको घरव्यवहार बिग्रन सक्छ, बिदेसिने पुरुषले पनि समयमै सचेत हुनुपर्छ ।’

उपाध्याय घरमा रहेकी पत्नीमा मनोवैज्ञानिक असर नपुगोस् भन्नेतर्फ पुरुष पनि सचेत हुनुपर्छ । दैनिक वा साप्ताहिक रुपमा आत्मीय व्यवहार प्रस्तुत गरेर आफ्नो विश्वासपात्रलाई निगरानी गर्न सकिने उनी उपाय सुझाउँछन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका इन्स्पेक्टर विनोद सुनुवार आउने हरेक निवेदनलाई विशेष निगरानीमा राखेर समस्या सुल्झाउने गरेको सुनाउँछन् । उनका अनुसार महिलाका बाहेक खोजतलासका लागि पुरुष र किशोरकिशोरीको समेत उस्तै किसिमले निवेदन आउने गर्छन् । ‘पतिले आफूलाई हेला गरेर कान्छी श्रीमती ल्याएकाले सम्पर्कमा नबसेको भन्दै खोजतलास गरी पाऊँ भनेर पनि निवेदन आउँछन्,’ सुनुवार भन्छन् ।

किशोर–किशोरीमा पनि समस्या

घर छाडेर हिँड्ने, परिवारबाट तर्किएर हिँड्ने वा प्रेमीप्रेमिकाको लहैलहैमा सम्पर्कबाहिर बसेको भन्दै खोजतलास निम्ति जिल्ला प्रहरीमा साउनयता मात्र २७ वटा निवेदन दर्ता छन् ।
‘छोरो रिसाएर हिँड्यो, सम्पर्कमा आएन, छोरी यति दिनदेखि घरमा छैन भनेर पनि निवेदन आएका छन्,’ महिला सेलकी प्रहरी जवान सरस्वती भन्छिन्, ‘किशोरकिशोरी र बालबालिकाका निवेदनलाई अझ बढी चासो लिएर गम्भीरतापूर्वक अघि बढाउछौं ।’

त्यसरी हराएका किशोर–किशोरी र बालबालिकालाई सम्पर्कमा ल्याएर अभिभावकलाई बुझाउने गरिएको सरस्वती बताउँछिन् । केही साताअघि गैरीमुदीका तीन बालक स्कुलबाट हराएपछि परिवारले खोजतलास सुरु ग¥यो । दुई दिनसम्म नभेटिएपछि प्रहरीलाई खबर गरियो । प्रहरीले उनीहरुको सिगँटीबाट उद्धार गरी परिवारको जिम्मा लगायो । मनोचिकित्सक उपाध्याय यस्तो समस्या भएका बालबालिकालाई उचित परामर्श दिनुपर्ने सुझाउँछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पोखरामा भारत—पाकिस्तान वार्ता!

काठमाडौं— दुस्मन मुलुकहरु भारत र पाकिस्तानबीच पर्यटकीय नगरी पोखरामा वार्ता हुने भएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीजबीच सार्क परिषद बैठकको दौरान वार्ता हुने भएको हो।

१७ मार्चमा भारतीय र पाकिस्तानी पक्षबीच वार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। पोखरामा मार्च १६ र १७ मा हुने दक्षिण एशियाली सहयोग संगठन (सार्क) को परिषद बैठक हुँदैछ। सो बैठकमा भाग लिन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सुष्मा स्वराज नेपाल आउँदैछिन्। बैठकमा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीज पनि आउँदैछन्।

दुई देशबीच तिक्तता बढेको अवस्थामा यो वार्ताको तयारी भएको हो। पाकिस्तानी पक्ष वार्ताको पक्षमा रहँदै आएको छ। भारतीय पक्षले पोखरा वार्ताको आधिकारिक पुष्टि गरेको छैन।

बहुपक्षीय मञ्च सार्क सधैँ भारत र पाकिस्तानबीचको तनाबका कारण प्रभावित बन्दै आएको छ। सार्कका अन्य राष्ट्रका हितमा कुनै निर्णय हुन लागेमा भारतीय पक्षले सधैँ पाकिस्तान मुद्दा उठाएर त्यसलाई छायाँमा पार्ने गरेको छ।

नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेश ८ सदस्य राष्ट्र रहेको सार्कको इन्टर समिट सेसन पोखरामा आजदेखि सुरु भएको छ। समिटको अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ। स्तरीय इन्टर समिट सेसन सार्क मिनी सम्मेलनको रूपमा चिनिन्छ।

आगामी सार्क समिट पाकिस्तान गर्ने विषयमाथि यी बैठकहरुमा छलफल हुने बताइएको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं