Saturday, April 2, 2016

कफीसपको व्यवसाय सुरू गरेकी श्वेता आफैले फिल्म बनाउने

काठमाडौं । श्रीकृष्ण श्रेष्ठसँगको छोटो लगन गाँठो उनको निधनसँगै चुडिएपछि एक्लै बनेकी नायिका श्वेता खड्काले अहिले काठमाडौंमा आफ्नै व्यवसाय सुरू गरेकी छिन् ।

उनले दरबारमार्गस्थित राइजिङ मलमा कफीसप सञ्चालनमा ल्याएकी छिन् । खड्काले निकट भविष्यमा काठमाडौंका विभिन्न स्थानमा कफी सपहरू सञ्चालनमा ल्याउने बताएकी छिन् ।

उनले बालुवाटारमा अत्याधुनिक व्यायाम क्लब पनि निर्माण गर्दैछिन् । लामो समय घरमा बस्दा डिप्रेसनको शिकार हुन पुगेकी श्वेताले काममा व्यस्ता दिन व्यवसायमा हात हालेकी हुन् ।

बाहिरका चलचित्रमा काम पाउन छाडेकी श्वेताले अब आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी छिन् । उनले एक वर्षपछि आफैले फिल्म बनाउने र त्यसमा नायिका भएर खेल्ने उनले साथीहरूलाई बताउने गरेकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतले हारेपछि विराट र अनुष्काबीच यो के भयो ?

मुम्बई । भारत टी-२० विश्वकपको सेमिफाइनलमा वेष्ट इण्डिजसँग हारेपछि क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेम सम्बन्ध फेरि एकपटक चर्चामा आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिला पाकिस्तान फेरि अस्ट्रेलिया र त्यसपछि वेस्ट इण्डिजविरुद्ध विराटको उत्कृष्ट पारीले उनको ब्रेक भएको पुरानो प्रेम पनि फर्किएको हो ।

वेस्ट इण्डिजविरुद्ध शानदार पारी खेलिसकेपछि अनुष्काले विराटलाई फोन गरेर बधाई त दिएकी छिन् साथै उनलाई विहेको प्रस्ताव पनि गरेकी छिन् ।

आफ्नो पुरानो प्रेम फर्किएको खुसीमा विराटले अनुष्काको विहे प्रस्ताव स्वीकार गरेका छन् । समाचार अनुसार विश्वकप क्रिकेट सकिएपछि यो जोडीले कुनै पनि समयमा वैवाहिक बन्धनमा बाधिन सक्छ ।

विराटलाई अनुष्काले खेलको बीचमै फोन गरेर बधाई दिएकी थिइन् ।

यद्यपी विहीबार रातिको खेलमा भारत वेण्ड इण्डिजसँग पराजित भएको थियो । भारत पराजित भएपनि विराटले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जसबाट अनुष्का फिदा भएकी थिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुन्दरी शिक्षीकालाई फोटो शुट गरेको आरोपमा पोर्न स्टार भन्दै स्कुलबाट नै बर्खास्त गरेपछि

काठमाडौँ । इंग्ल्याण्डकी एक शिक्षीकालाई मोडलीगं गरेको आरोपमा स्कुलले कारवाही स्वरुप स्कुलबाट नै निकालीदिएको छ ।

गेमा नाम गरेकी शिक्षिकाले अन्र्तवार्ताकै क्रममा आँफु मोडल भएको र पढाउनुको अलावा मोडलीगं पनी गर्ने भनी अग्रिम जानकारी दिएकी थिइन् ।

गेमाले हालै एक पत्रिकाकालागी अण्डओयरमा लगाएर फोटोशुट गरेको आरोपमा स्कुलले उनलाई निकालीदिएको हो ।

गेमाले उक्त स्कुलकी प्रिन्सिपलले आँफुलाई मोडलको व्यबहार नगरी पोर्न स्टारको व्याबहार गरेको आरोप लगाउँदै न्यायका लागी अदालतको ढोका ढकढकाउन पुगेकी छिन् ।

गेमाले मोडलीगं मार्फत एक दिनको २१० पाउण्ड कमाउँदै आएकी छिन् । एजेन्सीको सहयोगमा


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Kathmandu Girl Asks Strangers Where She Can Find Condoms, Gets Pretty Awkward Reactions

According to the latest report by National Centre For AIDS and STD Control, there are 26,702 (16,705 male, 9938 female and 59 transgender) reported cases of HIV AIDS in Nepal, as of July 2015. Not every single of these cases, but many of them could have been avoided if only a condom was used during the sexual intercourse. But the irony is, terms ‘sex’ and ‘condom’ are still considered taboo in our society.

The team of Prankster Revival conducted a social experiment recently to see what kind of reactions are received when a girl asks random strangers where she can buy a condom from. Some people were good enough to just tell her the information she seeks but from others, she gets really awkward and weird reactions. A girl even says, “Mero tauko ma paucha” and some people just ignore her like she is some kind of terrorist or even a ghost.

Watch the video below and comment what would be your reply if a girl asked you the same.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Step By Step Process for Canada Express Entry Immigration

यदी तपाईं सँग कुनै पनि क्षेत्र मा १ बर्ष को अनुभव छ भने, तपाईं ले CANADA को EXPRESS ENTRY अन्तर्गत VISA APPLY गर्न सक्नु हुन्छ । APPLY गर्ने STEP BY STEP तरिकाहरु हेर्नुहोस् । आजै ONLINE APPLY गर्नुहोस् । यदी तपाईं सँग दुवाई, कतार, कोरिया, मलेसिया कुबेत वा अन्य कुनै ठाउँ को अनुभव छ भने अझै ग्राहयता पाउन सक्नुहुनेछ !

  • Find your eligibility: There are three different programs in Canada Express entry, each programs requirement are different. To check your eligibility Click Here.
  • Language Test: At least CLB 7 is required for the Canada express entry immigration. CLB level 10 will give you the highest points. To check the language test marks equivalent to CLB level Click Here.
  • Education Credential Assessment: The qualification you gained in your country need to be assessed. To find details about education credential assessment; Click Here.
  • National Occupation Classification (NOC): The NOC is a system used by the Canadian Government to categorized occupations. Occupations are classify on the type of job a person does and the types of job duties. Find the best code that applies to you , Click Here.
  • After complete all these steps create your express entry profile. To create the express entry profile Click Here.
  • Now, by creating your express entry profile; it’s time for the registration your detail in the Job Bank. For registration in the Job Bank , Click Here.
  • Above mentioned steps holds its points based on your age, qualification, work experience and language skills. Click Here for the details about point system.
  • Now you will be pooled with other 1000s of application. To check the pool Click Here.

Your details will viewed by the Canadian employer and if it match their requirement, they will offer you for job. When you get the job offer you will get 600 points.

There are all together 1200 points, 600 is the minimum criteria that you have the chances to get success in Canada express entry immigration. However more point makes you sure to immigrate Canada.

At last you need to wait for your invitation to apply. From the newly changed system you will be informed within six months.

If you have any confusion and any more question regarding these steps, Comment on the Comment box below.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेस आन्दोलनबारे आयो नयाँ खबर

विराटनगर, २० चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार अपराह्न पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सरकारले शान्तिपूर्ण आन्दोलनमा बाध्यता उत्पन्न गर्यो भने जहाँ ठाउँ पाइने त्यही बसेर आन्दोलनलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारसमक्ष ११ बुँदे माग प्रस्तुत भइसकेको र यसलाई पूरा गर्न सरकारले पहल गर्नुपर्ने उल्लेख गर्दै माग पूरा नभए आउँदो वैशाखदेखि आन्दोलन गर्ने बताउनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले मधेसको कुनै पनि समस्यालाई भारतसँग जोडेर हेर्न नहुने उल्लेख गर्दै मोर्चाले शक्ति सञ्चय गरी आन्दोलन गर्न लागेको उल्लेख गर्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनले बनाइदिने भो आठ लेनको चक्रपथ, कलंकी-कोटेश्वर सडक २०७३ भित्रै सकिने

काठमाडौँ, २० चैत । चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

विसं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम विसं २०७३ पुसमै सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र पुरै चक्रपथ आठ लेन बनिसक्ने मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णु ओम वादेले जानकारी दिनुभयो ।

चक्रपथको कलङ्की–कोटेश्वर चार वटा पक्की पुललाई आठ लेन बनाउने कार्य सुरु भएको छ । मनोहरा, वागमती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका पुल निर्माण सुरु भएको हो । बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक/एक पुल निर्माण गरिँदैछ ।

सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनीयर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले भन्नुभयो, “पछिल्लो समय चक्रपथ सुधार आयोजना निर्माण कार्यले गति लिएको छ, सन् २०१३ सेप्टेम्बरमा चीन सरकारसँग सम्झौता भई काम अघि बढेपनि इन्धन एवम् निर्माण सामग्रीको अभावले अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको थियो, चार वर्षमा काम गरी सन् २०१७ जनवरीमा सक्नुपर्नेछ, सडक र पुलका लागि समेत चीन सरकारले रु पाँच अर्ब लगानी गर्दैछ ।”

तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्ने गृहकार्य विभागले गरेपनि चिनियाँ ठेकेदार कम्पनीले थप समय माग गरेन । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो । विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो ।

बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको पनि आयोजना प्रमुख भट्टले जानकारी दिनुभयो । बाँकी १७ किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी भएको छ । १० वर्षभित्रमा पूरै चक्रपथमा आठ लेन, ६२ मि चौडाइ र नौ वटा आकाश पुस निर्माण हुनेछ । यसका लागि रु १३ अर्ब लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।

चीनको सरकारी ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन् । आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“२७ किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकार र छ वटा आकाशे पुल सरकारले बनाउने छ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छ”–उहाँले भन्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं