Thursday, May 5, 2016

बालुवाटारमा एमाले र एमाओवादीको आकस्मिक बैठक, महत्वपूर्ण निर्णय हुँदै

काठमाडौं, २३ वैशाख । सरकार परिवर्तनको निर्णयबाट पछि हटेको प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादी र सत्ताको नेतृत्वको गरिरहेको नेकपा एमालेबीच बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा दुबै दलबीच ११ बुँदे समझदारीसहित संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भइरहेको एमाओवादीका एके नेताले बताए ।

उनले भने– ‘एमालेसँग सरकार सञ्चालन, शान्ति प्रक्रिया, पुनर्निर्माण र सत्ता हस्तान्तरणका विषयमा ११ बुँदे समझदारी हुँदैछ । सत्ता हस्तान्तरणबारे भद्र सहमति पनि हुँदैछ ।’

वर्तमान सरकार ढालेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयबाट एमाओवादी पछि हटेपछि दुई दलबीच असमझारी क्लियर गर्दै आज विहानै संयुक्त विज्ञप्ति निकाल्ने सहमति भएको थियो ।

 



from Nepal123.com - बालुवाटारमा एमाले र एमाओवादीको आकस्मिक बैठक, महत्वपूर्ण निर्णय हुँदै

आमाको मुख हेरौँ

काठमाडौँ, नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– उहाँले भन्नुभयो । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
आमा हुनेहरुले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरुलाई दिने र आशीर्वाद ग्रहण गर्छन् । रासस



from Nepal123.com - आमाको मुख हेरौँ

सेकेन्ड ह्यान्ड मोबाइल किन्दै हुनुन्छ? ठगिनुहाेला ! यी कुरामा ध्यान दिनुस्

नयाँ मोबाइल महङ्गोमा किन्न नसक्ने वा अत्यावश्यक हुनेले प्राय सेकेन्ड ह्यान्ढ मोबाइल किन्ने सोच बनाएका हुन्छन् । तर सेकेन्ड ह्यान्ड मोबाइल किन्ने सोचमा हुनुहुन्छ भने धेरैपटक सोचबिचार गर्नुस है । अहिले फेसबुक पेज वा अन्य तरिकाबाट सेकेन्ड ह्यान्ड मोबाइल बिक्रि र अफरहरु आइरहेका हुन्छन् । तर सबैभन्दा तपाइले एन्ड्रोइड फोनको कुन अपरेटिङ सिस्टम र स्क्रीन साइज चाहिएको हो त्यो निर्णय गर्नुस ।

यदि तपाइले आफ्नो बजेटको पुर्व निर्धारण गर्नु भयो भने तपाइलाई किन्नको लागि सजिलो हुन्छ । फोन किनेर सिम हालेर हेर्नुस फोनले नेटर्वक देखाउँ छ कि देखाउँदैन ।किनिएको मोबाइल चोरीको हो कि हैन पनि थाहा पाउन ग्यारेन्टी कार्ड माग्न नर्बिसनुस् । मोबाइल किन्न जाँदा , मेमोरी कार्ड, हेडफोन र ल्यापटप पनि लैजानुहोस र सबै प्रयोग गर्नुहोस् । साथै हातमा मोबाइल परेपछि फोटो खिच्ने, म्यासेज पठाउने र फोन पनि गरेर एकपटक ट्राइ गर्नुस् । एभरेस्ट दैनिकबाट ।



from Nepal123.com - सेकेन्ड ह्यान्ड मोबाइल किन्दै हुनुन्छ? ठगिनुहाेला ! यी कुरामा ध्यान दिनुस्

आफ्नै कोठामा १८ वर्षीया युवती मृत फेला

भक्तपुर,  वैशाख २३। रातमाटे गाविस–१ नुवाकोट घर भई हाल सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकस्थित गणेश दुवालका घरमा भाडामा बस्ने १८ वर्षीय अन्जना थापाको शव शङ्कास्पद अवस्थामा आज भेटिएको छ ।

थापाको कोठा यही वैशाख २१ गतेदेखि नखुलेको र आवातजावत समेत नभएपछि दुवालले कोठाको ताल्चा खोल्दा खाटमा उनलाई मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातेको टोलीले थापाको कोठाको अनुसन्धान गर्दा भेटिएको परिचयपत्रबाट उनी कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने थाहा भएको छ ।

खाटमा सुतेको र नाकबाट रगत आएको अवस्थामा थापाको शव भेटिएको र अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए । रासस



from Nepal123.com - आफ्नै कोठामा १८ वर्षीया युवती मृत फेला

काभ्रेमा घरभित्रै मृत भेटिए एक दम्पती

वनेपा, २३ वैशाख । काभ्रेपलाञ्चोक च्याम्रेङबेँसी–८ का एक दम्पतीको रहस्यमय मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईका अनुसार फुर्केथलीमा २२ वर्षीय सन्तोष दाहाल र १९ वर्षीया पवित्रा दाहाल आफ्नै टहरामा मृत अवस्थामा बिहीवार फेला परेका हुन् ।

“श्रीमती ओछ्यानमा लडेको अवस्थामा र श्रीमान् भुइँमा घोप्टो भएको अवस्थामा उनीहरुको शव भेटिएको हो”– उनले भने ।

प्रहरी नायव उपरीक्षक राईले शव गन्हाउने अवस्थामा फेला परेकाले केही दिनअघि नै उनीहरुको मृत्यु भएको हुनसक्ने आशङ्का गरे ।



from Nepal123.com - काभ्रेमा घरभित्रै मृत भेटिए एक दम्पती

Wednesday, April 27, 2016

दीपकलाई उपाधि

दीपक श्रेष्ठले चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान्स ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि बुधबार जितेका छन् । फाइनलमा दीपकले गौतमलाल प्रधानलाई ८–२ ले पराजित गरे ।
पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्य र कमल भण्डारी फाइनलमा प्रवेश गरेका छन् । संरक्षकले जितेन्द्र परियार तथा कमल भण्डारीले रेन्जन लामालाई समान ६–२ र ६–१ को सोझो सेटमा हराए । महिला सिंगल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा फाइनलमा पुगिसकेका छन् ।

भेट्रान्स ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज राणा, ध्रुव गुरुङ, पृथ्वी थकाली र छेम्बा डुन्डुप सेमिफाइनलमा पुगेका छन् । भेट्रान्स ४५ वर्षमाथि पुरुष डबल्समा सोभितमान श्रेष्ठ र चन्द्र शाही, आशिष सिग्देल र राजेन्द्र भण्डारी, मधु परियार र सुशील पाण्डे, राजु श्रेष्ठ र राजकुमार घिमिरे, कृष्णराज घले र सुवर्ण धाक्वा तथा उमेश शाही र रामेश्वर थापाको जोडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भेट्रान्स ३५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले सोभितमान श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–१ र ७–५ ले हराउदै राजन पौडेल र नवीन चालिसेको जोडीसंग उपाधि भिडन्त पक्का गरे ।

भेट्रान्स ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रताप मोक्तान, श्रीराम मगर, सुकुमान तामाङ र महेश श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे । भेट्रान्स ४५ वर्षमाथि पुरुष सिंगल्सको सेमिफाइनल पुग्नेमा कृष्णराज घले, मनोज शाह, देउनम लामा र प्रताप मोक्तान रहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुर्गमको पीडा : डाक्टर आएको पत्र आयो, डाक्टर आएनन्

राजेन्द्र कार्की

जाजरकोट, वैशाख १५ – ६ महिना अघि १५ शैयाको अस्पतालको स्तर बृद्धि गर्दै ५० शैयाको बनाउने सरकारको निर्णयले जाजरकोटका बासिन्दा निकै खुसी भएका थिए । तर ६ महिना बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि उनीहरु निराश भएका छन् ।

जिल्ला अस्पतालको स्तरबृद्धिसँगै सात जना विशेषज्ञ चिकित्सक, चार जना मेडिकल अधिकृत र अन्य सहायक स्तरका स्वास्थ्यकर्मी सहित ४९ जना स्वास्थ्यकर्मीको दरबन्दी स्वतः कामय भएको भन्दै स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ । तर चिकित्सक र स्वास्थ्यकर्मी भने अहिलेसम्म आएका छैनन् ।

अस्पतालको स्तरबृद्धि भएसँगै व्यवस्था गरिएको दरबन्दीको पदपूर्ति गर्नमा सरकारले ध्यान नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाले गएको असोज २२ गते एक परिपत्र गरेर जिल्ला अस्पतालको लागि व्यवस्था गरिएको दरबन्दीको जानकारी मात्र गराएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. राजेन्द्र जिसीले बताउनुभयो ।

डा. जिसीले जिल्ला अस्पतालका लागी व्यवस्था गरिए अनुसारको दरबन्दीको पदपूर्तिका बारेमा महाशाखाले आफूलाई कुनै जानकारी नदिएको बताउनुभयो । गएको असोजमै सरकारले जाजरकोट जिल्ला अस्पतालको स्तरबृद्धि गरेर ५० शैयाको बनाउने निर्णय गरेको थियो ।

असोज २२ गते महाशाखाले जिल्ला अस्पतालका नाममा जारी गरिएको परिपत्रमा ५० सैया रहेको जिल्ला अस्पतालका लागी ११ आँै तहको मेडिकल सुपरिटेन्डेन्ट एक,  बालरोग, स्त्रीरोग, सर्जन, हाडजोर्नी, मानसिक, इनेस्थियोसिय (वेहोस पार्ने) र  फिजिसेन गरि सात जना विशेषज्ञ चिकित्सक सहितको दरबन्दीको ब्यवस्था गरिएको छ ।

त्यस्तै एक जना रेडियोलोजिष्ट, चार जना मेडिकल अधिकृत, एक जना डेन्टिष्ट, एक फिजोयोथेरापीष्ट, एक ल्याव टेक्नोलोजिष्ट, एक नर्सिङ अधिकृत, ३ जना ल्यावटेक्नीसियन, मेडिकल रेकर्डर, ६ जना स्टाफ नर्स, एक डेण्टल स्वास्थ्यकर्मी, ५ जना स्वास्थ्य सहायक, फार्मेसिष्ट, रेडिग्राफर, ल्याप असिष्टेन, ड्राकरोम साहायक, ६ जना अनमी र ११ जना कार्यालय सहयोगी गरी ५९ जनाको दरबन्दी ब्यवस्था भएको भन्दै स्वास्थ्य महाशाखाको पत्रमा उल्लेख गरिएको छ ।

अस्पतालको स्तरबृद्धि भएपछि तीन जना चिकित्सक र एक जना अनमी बाहेक कुनै पनि दरबन्दीको पदपूर्ति हुन नसकेको जिल्ला अस्पतालले जनाएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहँदै आएको जिल्ला अस्पताल स्तरबृद्धिसँगै स्वायात्त संस्थाको रुपमा सिधै स्वास्थ्य सेवा विभाग, स्वास्थ्य महाशाखा र स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने प्रावधान रहेको छ ।

अस्पतालको भौतिक पूर्वाधारको पनि विकास नभएको र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पदपूर्ति नभएपछि जिल्लामै विशेषज्ञ सेवा पाउने जाजरकोटका बासिन्दाको चाहना सपनामै सिमित भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ । ‘निर्णय मात्र गरेर हुँदैन, निर्णय कार्यान्वयन गर्न ढिलाई गर्नु हुँदैन’ उहाँले भन्नुभयो । उहाँले जिल्ला अस्पतालमा निर्माणाधिन भवनहरु समयमै निर्माण सम्पन्न नहुँदा पनि थप समस्या परेकोले सम्बन्धित निकायले भवन निर्माणमा ताकेता गर्न आग्रह गर्नुभएको छ । सामान्य शल्यक्रिया गर्न र प्रसुती गराउनका लागी पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले सरकारले गरेको निर्णय कार्यान्वयन गराई ५० शैयाको जिल्ला अस्पताल बनाउन आफूले सम्बन्धित निकायमा पहल गरिरहेको बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं