Sunday, May 8, 2016

विधान लत्याउँदै देउवा

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् ।

१३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन।

पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख छ । फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने भएपनि सभापतिको ध्यान त्यता नपुगेको बताए । नेतृत्वमा नपुगुन्जेल विधानको कुरा गर्ने र आफैँ नेतृत्वमा पुगेपछि विधान मिच्नु राम्रो नभएको घिमिरेको भनाई छ ।

सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सूर गरेका छैनन् । त्यस्तै, बाँकी १४ केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्य सुरु भएको छैन ।

विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबे तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । केन्द्रीय सदस्य प्रकाशशरण महतले पदाधिकारीसहित सबै निकायले छिट्टै पूर्णता पाउने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।



from Nepal123.com - विधान लत्याउँदै देउवा

श्रीमातीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि…

काठमाडौं : एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् ।

इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको  छ ।

चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए ।  चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ ।

पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमान्लाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।

गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए ।

-नयाँ पत्रिका दैनिबाट



from Nepal123.com - श्रीमातीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि…

भारतीयहरूले नै मोदी–ओलीको यसरी विरोध सुरू गरे

काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ता प्रकरणबारे भारतका कूटनीतिज्ञहरूले फरक–फरक प्रतिक्रिया दिएका छन् ।

कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको आलोचना गरेका छन् भने कतिपयले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत नीतिप्रति टिप्पणी गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भारतले औपचारिक रूपमा भने पछिल्ला घटनाक्रमबारे नजिकबाट नियालिरहेकोबाहेक अन्य टिप्पणी गरेको छैन ।

पूर्वराजदूत एमके भद्रकुमारले भने नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीका अवसरमा २१ मेमा जाने भनिएको कार्यक्रम रद्द र नयाँदिल्लीबाट राजदूत फर्काउने काठमाडौंको निर्णयजस्ता नाटकीय विकासक्रमले नेपाल–भारत सम्बन्धको पछिल्लो घाउ थप गहिरिएको बताएका छन् ।

भारतको संस्थापनको केही पक्षले हिसाब–किताब गरिरहेका हुनसक्छन् कि नेपाललाई कमजोर गराउँदै अस्थिर बनाउँदै जानु भारतका लागि किफायती बाटो भएको उनले बताए ।

‘उनीहरूले सम्भवतः यो पनि सोच्छन् कि भारतीय एजेन्सीहरू काठमाडौंको राजनीतिक घोडचढीलाई सजिलै लगानी गरिदिन सक्छन् किनभने उनीहरूसँग निर्वाचित सरकार ढाल्ने र अपमान गर्ने अभ्यासको अनुभवमा पनि कमी छैन’, उनले भनेका छन् ।

यस्तै लेखक रुद्रोणील घोषले गत २५ वैशाखमा टाइम्स अफ इन्डियामा लेखेका छन् – घटनाक्रमहरूको नाटकीय फेरबदलका क्रममा माओवादीहरूले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै थिए । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीहरूको बैठक परिणाम दिन असफल भयो । यही क्रममा माओवादीहरूले पूर्णतया युटर्न गरे र केही समय सरकारलाई नै निरन्तरता दिने बताए ।

सरकार ढाल्न भारतले कोसिस गरेको प्रधानमन्त्री ओलीको बुझाइका कारण नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको पूर्वनिर्धारित भारत भ्रमण रद्द भयो ।

यसमा राजदूत दीपकुमार उपाध्याय सहमत थिएनन् र उनले ओलीलाई टेलिफोनमा यो कुरा भने । त्यसपछि नेपालको क्याबिनेटले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्‍यो । यो पूरै इपिसोडले नेपाल–भारत सम्बन्धमा ठूलो अविश्वास रहेको स्पष्ट हुन्छ, जुन भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाएर सुरु भएको थियो ।

यस्तै प्रोफेसर एसडी मुनीले २५ वैशाखमा भनेको कुरा द क्याच न्युजमा उल्लेख गरिएको छ– पछिल्ला घटनामा नयाँदिल्ली धेरै नै दुःखी छ । नेपाल सरकारले भारतसँग सम्बन्धको विषयमा सावधानी नअपनाइरहेको देख्दा म धेरै नै आश्चर्यचकित छु । अर्कातिर भारत नेपालमा के चाहन्छ भन्ने पनि निश्चित छैन । नेपालको संविधानमा भारतको धारणा, विदेश सचिव एस जयशंकरले संविधान निर्माणको उत्तराद्र्धमा गरेको नेपाल भ्रमण, मधेसीहरूले गरेको नाकाबन्दीलाई सहयोग गरेकोलगायतका घटनाहरूले सम्बन्धको उतारचढाब देखाइरहेको छ । अहिले मधेसीहरू पनि भारतसँग खुसी छैनन् किनभने अहिले मधेसीहरूलाई भारतले छाडेको छ ।

भारतका पूर्वविदेशसचिव कनवाल सिवलले भनेको कुरा द क्याच न्युज यसरी उल्लेख गरिएको छ– केही नहुँदा पनि नेपालले भारतीय हात देख्छ । राष्ट्रपतिलाई भारत भ्रमण नगर्न दबाब दिएर र राजदूतलाई बर्खास्त गरेर छिमेकी मुलुक (नेपाल)ले तनावको परिस्थिति सिर्जना गरिरहेको छ । नेपाल सरकार समस्यामा रहेको भए पनि राष्ट्रपतिजस्तो उच्च व्यक्तिको भ्रमण रोकिनु हुँदैनथ्यो ।



from Nepal123.com - भारतीयहरूले नै मोदी–ओलीको यसरी विरोध सुरू गरे

सरकारले पूर्वाधारबिनै घरघरमा रोजगारी दिने योजना !

सरकारले आइतबार घोषणा गरेको आर्थिक वर्ष २०७३/७४ नीति कार्यक्रम सुनेपछि काठमाडों सुन्धाराका प्रेमलाल कायस्थ निकैबेर अलमलमा परे ।

कारण नीति तथा कार्यक्रमको पाठ गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ नबुझेर होइन । आजको नागरिक देनिकमा समाचार छ । ‘सरकारले एक घर एक रोजगार कार्यक्रम सुरु गर्ने घोषणा सुन्दा अलमलामा परेको हुँ, ३० वर्षयि कायस्थले भने भाषणमा बेरोजगारलाई रोजगारी दिने कुरा सुन्दा खुसी हुनुपर्ने हो । तर मलाई यसमा विश्वास छैन । ‘

प्रत्येक परिवालका एक सदस्यालार्य रोजगारी दिने कार्यक्रम घोषणा गरेको सरकारको तयारी देखेर धेरैले आर्थिक वर्ष ०७३/०७४को नीति तथा कार्यक्रमलाई विश्वास नगरेका हुन् ।युवालाई रोजगारी भाषणले मात्र सम्भव नहुने नीति तथा बजेटप्रति प्रतिक्रिया दिनेहरुको छ । उनीहरु सरकाले कुनै पूर्वाधार नवनाई घरघरमा रोजगारी कार्यक्रम ल्याएको बताउँछन् ।



from Nepal123.com - सरकारले पूर्वाधारबिनै घरघरमा रोजगारी दिने योजना !

‘चिठी खल्तीमा, हल्ला बजारमा, म मान्दै मान्दिनँ’

काठमाडौं । राजीनामाका लागि कुनै मिति तोकेर सत्तामा बस्नुभन्दा ‘अहिले नै राजीनामा’ गर्ने अडान लिएपछि प्रधानमन्त्री केपी शर्मामा ओलीको बोलीकै आधारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ताको बिद्रोह फिर्ता लिएको बुझिएको छ ।

दाहलले कांग्रेसको समर्थनमा आफ्नै सरकारको नेतृत्व गर्ने र त्यसमा सहयोग पुर्याउन ओलीसँग आग्रह गरेपछि प्रधानमन्त्रीकै आग्रहमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेताव तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बजेट पारित भएलगत्तै ओलीले राजीनामा गर्ने र एमालेकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्ने प्रावधानसहितको तीन बुँदे सहमति मस्यौदा तयार गरेका थिए ।

‘सहमतिको वातावरण बनाउनुस् म छोड्न तयार छु तर मिति तोकेर राजीनामा गर्छु भन्नु भन्दा अहिले बस्न लागेको मन्त्रिपरिषदमै घोषणा गरिदिन्छु राजीनामा’ भन्दै ओली कडि्कएपछि एमाले नेतात्रयले चिठी सार्वजनिक नगरी खल्तीमै मात्र राख्न सुझाव दिए ।

‘चिठी खल्तीमा, हल्ला बजारमा ? म मान्दिनँ’ भन्नै अडान ओलीले लिए ।  तर पछि दाहालले त्यसमा कुनै आपत्ति नजनाई समर्थन निरन्तरता दिने प्रतिवद्धता जनाएपछि सरकारको निरन्तरता सुनिश्चित भएको थियो ।आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।



from Nepal123.com - ‘चिठी खल्तीमा, हल्ला बजारमा, म मान्दै मान्दिनँ’

पार्टीको विधान लत्याउँदै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् ।

१३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि नबढाएको आजको नागरिक दैनिकमा समाचार छ ।

पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख छ । फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने भएपनि सभापतिको ध्यान त्यता नपुगेको बताए । नेतृत्वमा नपुगुन्जेल विधानको कुरा गर्ने र आफैँ नेतृत्वमा पुगेपछि विधान मिच्नु राम्रो नभएको घिमिरेको भनाई छ ।

\सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सूर गरेका छैनन् ।  त्यस्तै, बाँकी १४ केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्य सुरु भएको छैन ।

विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबे तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ ।  केन्द्रीय सदस्य प्रकाशशरण महतले पदाधिकारीसहित सबै निकायले छिट्टै पूर्णता पाउने बताए ।



from Nepal123.com - पार्टीको विधान लत्याउँदै देउवा

भारतका कूटनीतिज्ञ र लेखक भन्छन नेपालसँगको सम्बन्ध बिग्रियो

काठमाडौँ २७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ता प्रकरणबारे भारतका कूटनीतिज्ञहरूले फरक–फरक प्रतिक्रिया दिएका छन्।

कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको आलोचना गरेका छन् भने कतिपयले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत नीतिप्रति टिप्पणी गरेका छन्। भारतले औपचारिक रूपमा भने पछिल्ला घटनाक्रमबारे नजिकबाट नियालिरहेकोबाहेक अन्य टिप्पणी गरेको छैन।

पूर्वराजदूत एमके भद्रकुमारले भने नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीका अवसरमा २१ मेमा जाने भनिएको कार्यक्रम रद्द र नयाँदिल्लीबाट राजदूत फर्काउने काठमाडौंको निर्णयजस्ता नाटकीय विकासक्रमले नेपाल–भारत सम्बन्धको पछिल्लो घाउ थप गहिरिएको बताएका छन्।

भारतको संस्थापनको केही पक्षले हिसाब–किताब गरिरहेका हुनसक्छन् कि नेपाललाई कमजोर गराउँदै अस्थिर बनाउँदै जानु भारतका लागि किफायती बाटो भएको उनले बताए। ‘उनीहरूले सम्भवत: यो पनि सोच्छन् कि भारतीय एजेन्सीहरू काठमाडौंको राजनीतिक घोडचढीलाई सजिलै लगानी गरिदिन सक्छन् किनभने उनीहरूसँग निर्वाचित सरकार ढाल्ने र अपमान गर्ने अभ्यासको अनुभवमा पनि कमी छैन,’उनले भनेका छन्।

यस्तै लेखक रुद्रोणील घोषले गत २५ वैशाखमा टाइम्स अफ इन्डियामा लेखेका छन्-घटनाक्रमहरूको नाटकीय फेरबदलका क्रममा माओवादीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै थिए। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीहरूको बैठक परिणाम दिन असफल भयो। यही क्रममा माओवादीहरूले पूर्णतया युटर्न गरे र केही समय सरकारलाई नै निरन्तरता दिने बताए।

सरकार ढाल्न भारतले कोसिस गरेको प्रधानमन्त्री ओलीको बुझाइका कारण नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको पूर्वनिर्धारित भारत भ्रमण रद्द भयो। यसमा राजदूत दीपकुमार उपाध्याय सहमत थिएनन् र उनले ओलीलाई टेलिफोनमा यो कुरा भने। त्यसपछि नेपालको क्याबिनेटले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्‍यो। यो पूरै इपिसोडले नेपाल–भारत सम्बन्धमा ठूलो अविश्वास रहेको स्पष्ट हुन्छ, जुन भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाएर सुरु भएको थियो।

यस्तै प्रोफेसर एसडी मुनीले २५ वैशाखमा भनेको कुरा द क्याच न्युजमा उल्लेख गरिएको छ-पछिल्ला घटनामा नयाँदिल्ली धेरै नै दु:खी छ। नेपाल सरकारले भारतसँग सम्बन्धको विषयमा सावधानी नअपनाइरहेको देख्दा म धेरै नै आश्चर्यचकित छु। अर्कातिर भारत नेपालमा के चाहन्छ भन्ने पनि निश्चित छैन। नेपालको संविधानमा भारतको धारणा, विदेश सचिव एस जयशंकरले संविधान निर्माणको उत्तराद्र्धमा गरेको नेपाल भ्रमण, मधेसीहरूले गरेको नाकाबन्दीलाई सहयोग गरेकोलगायतका घटनाहरूले सम्बन्धको उतारचढाब देखाइरहेको छ। अहिले मधेसीहरू पनि भारतसँग खुसी छैनन् किनभने अहिले मधेसीहरूलाई भारतले छाडेको छ।
भारतका पूर्वविदेशसचिव कनवाल सिवलले भनेको कुरा द क्याच न्युज यसरी उल्लेख गरिएको छ- केही नहुँदा पनि नेपालले भारतीय हात देख्छ । राष्ट्रपतिलाई भारत भ्रमण नगर्न दबाब दिएर र राजदूतलाई बर्खास्त गरेर छिमेकी मुलुक (नेपाल)ले तनावको परिस्थिति सिर्जना गरिरहेको छ। नेपाल सरकार समस्यामा रहेको भए पनि राष्ट्रपतिजस्तो उच्च व्यक्तिको भ्रमण रोकिनु हुँदैनथ्यो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।



from Nepal123.com - भारतका कूटनीतिज्ञ र लेखक भन्छन नेपालसँगको सम्बन्ध बिग्रियो