Thursday, February 25, 2016

जब हेलिकोप्टरले शव लिएर आयो …

१३ फागुन, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुघर्टनामा परेको खबर पाएलगतै त्यसमा सवारहरुको परिवार शोकमा थिए ।

उनीहरु विमानस्थलसम्म पुगे । तर, बुधबार खराब मौसमका कारण शवहरु ल्याउन सकिएन । बिहीबार घटनास्थल दाना गाविसको केकरबुट्टाबाट सबैको शव उठाएको छ ।

तीन जनाको शव सिधै मुस्ताङ लगियो भने बाँकी पोखरा र काठमाडौं ल्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा हेलिकोप्टरबाट शव ल्याउँदा आफन्त भने भावविहृवल भए ।

Tara Air plane crash (1) Tara Air plane crash (2) Tara Air plane crash (4) Tara Air plane crash (5) Tara Air plane crash (6) Tara Air plane crash (7) Tara Air plane crash (8) Tara Air plane crash (9)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विमान दुर्घटनामा मृत्यु भएका १३ जनाको शव पहिचान

सन्देश श्रेष्ठ

१३ फागुन, पोखरा । बुधबार म्याग्दीमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका १३ जनाको शव पहिचान भएको छ ।

दुर्घटनास्थलबाट सबैको शव उठाइएको छ । पहिचान भएका ३ जनाको शव मुस्ताङ लगिएको छ । मुस्ताङका कृष्णलाल भट्टचन, विनता भट्टचन र उनको नावालक छोराको शव पहिचान भएकाले मुस्ताङ पुर्‍याइएको हो ।

पोखरा ल्याइएको शव मध्ये पाइलट रोसन मानन्धर, को पाइलट दिकेश एमफुल र विमान परिचारिका रमा रावलको पनि शव पहिचान भएको छ । उनीहरुको शव अहिले पोखरा एयरपोर्टमा ल्याइएको भएपनि काठमाडौं लगेर पोष्टमार्टमपछि आफन्तलाई बुझाइने प्रशासनले जनाएको छ ।

यसैगरी पोखरा मासवारका रेवती वरालको शव पनि पहिचान भएको छ । रेवतीको अनुहार जलेर नचिनिने अवस्था भएपनि उनले लगाएको कपडा र औंठीले शव पहिचान गरिएको उनका भतिज रामचन्द्र वरालले जानकारी दिए ।

नेपाली सेनामा कार्यरत राजकुमार तामाङ, गाविस सचिव तथा पोखरा फुलवारीका मुक्तिनाथ बास्तोला, कोष तथा लेखानियन्त्रण कार्यालयका सहलेखापाल बालकृष्ण निउरे, मुस्ताङकी डोल्मा छिरिङ शेर्पा, कुवेतका रालरसिद अहमद, कमला थकालीको वच्चाको पनि शव पहिचान भएको छ ।

पहिचान भएका शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाउन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म वालकृष्ण निउरे, राजकुमार तामाङ लगायतको शव आफन्तलाई बुझाइएको र अन्यले पनि सम्पर्क गरेर लैजाने क्रम जारी रहेको प्रहरीले बताएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको उक्त जहाज दुर्घटनामा ३ चालक दल, २ विदेशी र २ बच्चासहित २३ जनाको ज्यान गएको थियो । विमान बुधबार विहान ७ बजेर ५० मिनेटमा पोखराबाट उडेको थियो भने ८ बजेर ०५ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

विमान दुर्घटनामा परेका १९ जनाको शव बुधबार नै भेटिएपनि खराब मौषमका कारण बिहीबार मात्र शव उठाइएको हो । बाँकी ४ जनाको शव बिहीबार भेटिएको र सबैको शव घटनास्थलबाट उठाइएको बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखरेलले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘बडेभाइ-छोटेभाइ स्वीकार्य छैन’

यी हुन् यो बर्ष तपाइँको हातमा पर्न सक्ने नयाँ स्मार्टफोन

स्पेनको पर्यटकीय शहर बार्सिलोनामा हरेक बर्ष फेब्रुअरी महिनामा मोबाइलको बिश्व मेला लाग्ने गर्छ । ‘मोबाइल वल्र्ड कंग्रेस’ नाम दिइएको यही मेलामा हरेक बर्ष बिश्वका ठूला फोन निमार्ताहरुले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्छन् ।

बार्सिलोनामा हालै सकिएको मोबाइल वल्र्ड कंग्रेस-१६ मा पनि प्रायः सवै ठूला स्मार्टफोन उत्पादकहरुले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरे ।

यहाँ सार्वजनिक भएकै फोनहरुले मोटामोटी यो बर्ष बिश्वको स्मार्टफोन बजारमा राज गर्छन् । एप्पलको आइफोनबाहेक प्रायः सवै ठूला फोन उत्पादकले यहाँ आफ्ना नविन उत्पादनहरु सार्वजनिक गरे ।

जसमा सामसुङ, एलजी, साओमी, हुवेइ, जेडटीइ, एचटीसी, पानासोनिक, एचपी, जियोनी र एसर लगायतले उत्पादन गरेका केही उत्पानहरुको हामी यहाँ चर्चा गर्दैछौं ।

सामसुङ एस ७ र एस ७ एज

Samsung-galaxy-s7-1

सामसुङले ग्यालेक्सी सेरिजका नयाँ फोनहरु सार्वजनिक गरेको छ । ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज पि्रमियम फोनहरु सार्वजनिक भए । जसमा एस ६ र एस ६ एजमा भन्दा धेरै नयाँ सुविधाहरु उपलब्ध छन् ।

पानी नछिर्ने, स्क्रिन लक भएका बेला पनि समय र मिति हेर्न मिल्ने, मेमोरी बढाउन सकिने एसडी कार्ड तथा ठूलो क्षमताका ब्याट्री सामसुङका नयाँ फोनका बिशेषता हुन् ।

एलजी, जी-५

LG-G-5कोरियाली स्मार्टफोन उत्पादक एलजीले लोकपि्रय जी सेरिजको नयाँ भर्सन जी-५ सार्वजनिक गर्‍यो । एलजीले सार्वजनिक गरेको जिफाइभ स्मार्टफोन टुक्रा गाँसेर बनाइएको छ । यसको अर्थ के भने यसबाट ब्याट्री झिकेर त्यसमा एलजी क्याम प्लस, क्यामेरा गि्रप तथा सटर एसेसरिज राखेर प्रयोग गर्न पनि सकिन्छ ।

जेड टी ई, एसप्रो प्लस

zte-spro-plus-स्पेनको बार्सिलोनामा जारी मोवाईल वर्ल्ड कंग्रेस- २०१६ मा मोवाइल कम्पनी जेड टी ईले नयाँ मोडल सार्वजनिक गरेको छ । मेलामा जेडटीईले पोर्टेबल स्मार्ट प्रोजेक्टरसहितको एसप्रो प्लस सार्वजनिक गरेको हो । स्मार्ट प्रोजेक्टरले एस्टर्नल युएसवी क्यामरासँगको सहकार्यमा मल्टी पार्टी भिडियो कम्युनिकेसन गर्न सहयोग मिल्छ ।

एचटीसी, डिजायर ५३० र डिजायर ६३० 

htc_desire_530_630_press_imमोवाईल वल्र्ड कंग्रेसमा अर्को मोवाईल कम्पनी एचटीसीले भने दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । एचटीसीले आफ्ना नयाँ उत्पादनहरु डिजायर ५३० र डिजायर ६३० सार्वजनिक गरेको हो ।

पानासोनिक, टफप्याड एफ जेड-एफ वान र टफप्याड एफजेड-एन वान

panasonic_toughpad_fz_f1_fzमोवाइल बल्र्ड कंग्रेसमा पानासोनिक कम्पनीले पनि दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । पानासोनिकले टफप्याड एफ जेड-एफ वान र टफप्याड एफजेड-एन वान सार्वजनिक गरेको हो । जसमा विन्डोज टेन र एन्ड्रोइड ५.१ लोलीपप अपरेटिङ सिस्टम छ ।

हुवेइ, म्याटबुक

_Huawei_Mate_Book.530x298हुवेइले बार्सिलोना विश्व मोवाइल मेलामा म्याटबुक सार्वजनिक गरेको छ । विण्डोज १० सफ्टवेरमा मोवाइल र ल्यापटक दुवैको काम गर्नसक्ने गरि उत्पादन गरिएको हुवेइको यस मोडल ६ प्रकारको छ । जसको मूल्य ६९९ डलरदेखि १९९९ डलरसम्म पर्नेछ ।

एचपी, इलाईट एक्स थ्री

hp-elite-X-3अर्को मोवाइल कम्पनी एचपीले बिश्व मोवाइल मेलामा पछिल्लो मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ । विण्डोज १० सफ्टवेर रहेको इलाईट एक्स थ्री स्मार्टफोन सार्वजनिक गरको हो ।

जीयोनी, एस एट

mwc-2016-gionee-s8-hands-on चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले बिश्व मोवाइल मेलामा एस एट स्मार्टफोन सार्वर्जनिक गरेको छ । एप्पलका उत्पादनमा प्रयोग भएकै प्रबिधिको थ्रीडी टचस्क्रीनको प्रयोग गरिएको छ । यसको मूल्य ४४९ युरो तथा ३४ हजार भारतीय रुपैयाँ पर्छ ।

एसर, लिक्विड जेड टू

Acer-Liquid-Jade-launch-03चिनियाँ स्मार्टफोन कम्पनी एसरले पनि आफ्नो पछिल्लो उत्पादन इसर लिक्विड जेड टू विश्व मोवाइल मेलामा सार्वजनिक गरेको छ । तर कम्पनीले अहिलेसम्म यस मोडलको मूल्य र नयाँ फिचरबारे जानकारी गराएको छैन।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तारा एयरको विमानबारे डरलाग्दो तथ्यांक

घटनाक्रमले नेपालको हवाई दुर्घटनाको इतिहासमा यति र तारा एयरलाईन्सको अत्यन्तै नराम्रो रेकर्ड कायम भएको छ । तारा एयरको जहाज सन् २०१० मे २३ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो । १८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो । त्यस्तै २०६९ सालमा जहाजको नोज गियर लक भएकाले पोखरा विमानस्थलमा यती एअरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । सोही कारण यात्रुहरुले सुगम क्षेत्रमा यतिको विकल्प खोजेपछि यति एयरलाईन्सको जहाजमा यात्रा गर्ने यात्रुहरुको संख्या कम हुँदै गएको छ ।

काठमाडौं, १२ फागुन । पछिल्लो समय आफूलार्ई नेपालको एकमात्र सुरक्षित एयरलाईन्स कम्पनी भएको दाबी गर्दै आएको यति एयरलाईन्स र त्यसको भगिनी संस्था तारा एयरलाईन्स अत्यन्तै असुरक्षित रहेको घटनाक्रमले पुष्टि गरेको छ ।

समयमा मर्मतसम्भार नगर्ने र कवाडीमा खरिद गरेका दशकौँ पुराना विमानहरु सञ्चालन गर्दै आइरहेको यति र तारा एयरलाईन्सको लापरबाहीको कारण हालसम्म ७६ जना निर्दोष यात्रु तथा चालक दलका सदस्यहरुले अकालमा ज्यान गुमाउनुपरेको तथ्यांकले देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बद्ध स्रोतका अनुसार यति एयरलाईन्सले पुराना जहाज र नेपाल एयरलाईन्ससँग कवाडीको मूल्यमा खरिद गरिएको जहाजलाई मर्मतसम्भार तथा रंगरोगन गरेर नयाँजस्तै बनाएर उडान भर्दै यात्रुको जीवनमाथि खेलबाड गर्दै आएको छ । तारा तथा यतिमा सबै विमान पुरानो भएको र पटक–पटक दुर्घटना भएको कारण यात्रुहरुको संख्या घट्दै गएपछि यात्रुहरुको आँखामा छारो हाल्ने उद्देश्यले करिब छ महिनाअगाडि तारा एयरको लागि ७० करोड रुपैयाँमा खरिद गरी भित्र्याएको क्यानडामा निर्मित भाइकिङ डोर्निएर भीएचसी६–४०० सिरिजको अत्याधुनिक दाबी गरिएको विमान समेत सोमबार बिहान दुर्घटनामा परेपछि तारा एयर र यति एयरलाइन्सको उडान सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।

सोमबार बिहान पोखरा विमानस्थलबाट जोमसोमको लागि बिहान ०७ः५० बजे उडेको कलसाइन ९एच–एएचएचको तारा एयरको ट्विनअटर विमान उडेको १० मिनेटमै म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा वरिष्ठ पाइलट रोशन मानन्धर, को–पाइलट डिकेस नेमकुल र परिचारिका रोमा राउतसहित सबै यात्रुको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउने यात्रुहरुमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, पाकिस्तानी नागरिक रहसिद अहमद, रेवती बराल, विनिता भट्टचन, बालकृष्ण निउरे, मुक्तिनाथ बाँस्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन, मोतीबहादुर केसी, चिनियाँ नागरिक म्याक्सु वाइन्जी र दुई जना शिशु रहेको प्रहरीले जनाएको छ ।

उसो त केही समयअघि उडान नै अयोग्य भनेर सिफारिस गरिएको जहाज ‘सेटिङ’मा दर्ता गरेर उडान भर्दै आएको तारा एयर विश्वकै असुरक्षित विमान कम्पनीको रुपमा अन्तर्राष्ट्रिय एजेन्सीले सूचीकृत गरेको थियो । अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’नामक वेबसाइटले विश्वभरका सबै हवाई कम्पनीको वर्तमान अवस्था सार्वजनिक गर्दै तारा एयरलाइन्सलार्ई विश्वकै असुरक्षित चार हवाई कम्पनीको सूचीमा समावेश गरिसकेको थियो । सो वेबसाइटले नेपालको तारा एयरलार्ई पुराना जहाज तथा बढी दुर्घटनाको कारण मानवीय क्षति हुने जहाज भन्दै असुरक्षित हवाई कम्पनीको रुपमा ‘दर्ज’ गरेको थियो ।

काठमाडौं, नेपालगञ्ज, सुर्खेत र पोखरा विमानस्थललार्ई मुख्य हब बनाएर हिमाली जिल्लाहरुमा उडान भर्दै आएको तारा एयर नेपालमा सबैभन्दा बढी दुर्घटना हुने, अधिकांश जहाजहरुको इन्जिनको बीमा नहुने तथा जहाज र यात्रुको मात्रै बीमा हुने गरेको खुल्न आएको विषयमा आर्थिक दैनिकले केही महिनाअगाडि समाचार प्रकाशित गरेको थियो । नेपालको हवाई माफियाको रुपमा परिचित आङछिरिङ शेर्पा मालिक रहेको यति र यतिको भगिनी संस्था तारा एयर नेपालको हवाई क्षेत्रमा सबैभन्दा असुरक्षित हवाई कम्पनी रहेको स्रोतको दाबी छ । यति एयरलाइन्सको विमान सन् २००४ मा लमजुङमा दुर्घटना हुँदा तीन जना, २००६ मा जुम्लामा भएको दुर्घटनामा नौ जना र २००६ मा लुक्लामा भएको दुर्घटनामा १९ जनाको ज्यान गइसकेको छ । त्यस्तै तारा एयरको विमान सन् २०१० मा ओखलढुंगामा भएको दुर्घटनामा २२ जना र हिजो फागुन १२ गते म्याग्दीमा भएको दुर्घटनामा २३ जनाले गरी हालसम्म जम्मा ७६ जनाको ज्यान गइसकेको तथ्यांकले नै पुष्टि गर्छ ।

घटनाक्रमले नेपालको हवाई दुर्घटनाको इतिहासमा यति र तारा एयरलाइन्सको अत्यन्तै नराम्रो रेकर्ड कायम भएको छ । तारा एयरको जहाज सन् २०१० मे २३ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो ।

१८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो । त्यस्तै २०६९ सालमा जहाजको नोज गियर लक भएकाले पोखरा विमानस्थलमा यती एअरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । सोही कारण यात्रुहरुले सुगम क्षेत्रमा यतिको विकल्प खोजेपछि यति एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रुहरुको संख्या कम हुँदै गएको छ ।
सोमबार दुर्घटना भएको जहाजबाहेक तीनवटा डोर्निएर र पाँचवटा ट्विनअटर जहाजबाट हवाई सेवा सञ्चालन गरिरहेको तारा एयरका सबै जहाज ४० वर्ष पुराना रहेको स्रोत बताउँछ । सन् २००९ मा स्थापना भएको तारा एयर छोटो अवधिमै ठूला दुर्घटनापछि हवाई उड्डयनको क्षेत्रमा विश्वकै सबैभन्दा खतरायुक्त हवाई कम्पनीको रेकर्ड कायम गरिसकेको छ । जेटस्ट्रिम जहाजबाट उडान भर्दै आएको यति एयरलाइन्ससँग २९ सिट क्षमताका सातवटा कवाडी जहाज रहेका छन् । विश्वकै असुरक्षित जहाज कम्पनीमा नेपालका दुई तारा र नेपाल एयरलाइन्ससहित काजकिस्तानको स्कट एयरलाइन्स र अफगानिस्तानको काए एयरलाइन्स छन् ।

यति र तारा एयरले थोत्रा विमान उडाएर यात्रुको जीवन जोखिममा पार्दा पनि सम्बन्धित निकाय भने मौन देखिएका छन् । कवाडी जहाजको भरमा यात्रुको ज्यान जोखिममा पारेर पैसा कमाउन सक्रिय यति र तारा एयरलाइन्सका मालिक शेर्पाको अगाडि सरोकारवाला निकायहरु आवश्यक कानुनी कारबाहीको प्रक्रियामा नगई नतमस्तक देखिनुलार्ई निकै अर्थपूर्ण रुपमा लिन सकिन्छ । आर्थिक दैनिकमा समाचार छ ।

 

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीन र भारत दुवैतीर अब एकै पटक नाकाबन्दी गर्ने चेतावनी

बिहीबार, १३ फागुन – काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुको माग संबोधन गर्ने गरी तत्काल ठोस कदम नचाले अबको आन्दोलन उत्तर र दक्षिण दुबै तिरका नाका अवरुद्ध गर्ने गरी देशब्यापी हुने चेतावनी दिएका छन ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘अहिले सरकारलाई मुद्दा संबोधन गर्ने अवसर छ तर राज्य यो अवसर खेर फाल्दैछ । राज्य यसरी नै अघि बढे अबको आन्दोलन बीरगञ्जमात्रै होईन उत्तर र दक्षिण दुबै तिरका नाका बन्द गर्दै अघि बढ्छ । ’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अध्यक्ष यादवले अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिदै अबको आन्दोलन मधेसको मात्र नभई राष्ट्रिय रुपमै अघि बढ्ने र आन्दोलनको एउटा केन्द्र काठमाडौ समेत बन्ने घोषणा गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्स्टाग्राममा चर्चित यी हुन् १० सेलिब्रेटी

फोटो सेयररिङ सोसल मिडिया इन्स्टाग्रामको लोकप्रीय दिनदिनै बढिरहेको छ । स्टार्टअपका रुपमा सुरु भएको यो साइट फेसबुकले किनेपछि झनै लोकप्रीय बनिरहेको छ ।

करोडौं प्रयोगकर्ता भएको इन्स्टाग्राममा बिश्वभरका चर्चित सेलिब्रेटीको आफ्ना फोटो सेयर गर्ने लोकप्रीय माध्यम हो । त्यसैले इन्स्टाग्राममा उनीहरुका करोडौं फलोअर हुन्छन् ।

इस्टाग्राममा चर्चित सेलिब्रेटी को हुन् त ? यसको जवाफ दिएको छ, सोसल ब्लेडले जसले यस बर्ष इन्स्टाग्राममा चर्चामा रहेका १०० जनाको सूची सार्वजनिक गरेको छ ।

इन्स्टाग्राममा सबैभन्दा बढि हेरिएका तथा खोजी गरिएका व्यक्तिहरुको शीर्ष स्थानमा यस बर्ष किम कार्दसीनलाई पछि पार्दै टेलर स्वीˆट आएकी छन् । सूचीमा व्यक्तिका अलावा ब्राण्ड र मानिसको समूहलाई पनि समावेश गरेको छ ।

गतबर्ष किम कार्दसीयन २ करोड ३० लाख फलोअर्स सहित शीर्ष स्थानमा थिइन । तर, अहिले शीर्ष स्थानमा रहने सेलिब्रेटीलाई करिव ७ करोडले फलो गरेका छन् ।

हेर्नुहोस् इन्स्टाग्राममा चर्चित शीर्ष १० सेलिब्रेटीहरु
 
१०. निक्की मिनाज, ४ करोड ९० लाख फलोअर्स

10-nicki-minaj

९. फुटबल स्टार क्रिष्टियानो रोनाल्डो, ४ करोड ९४ लाख फलोअर्स  

9-soccer-star-cristiano-ron

८. केन्डल जेन्नर, ४ करोड ९५ लाख फलोअर्स

8-kendall-jenner

७. केल जेन्नर, ५ करोड २० लाख फलोअर्स

7-kylie-jenner

६. जस्टिन विवर, ५ करोड ८८ लाख फलोअर्स

6-justin-bieber

५. एरियाना ग्राण्डी, ६ करोड ४ लाख फलोअर्स

5-ariana-grande

४. वियोन्से, ६ करोड ८ लाख फलोअर्स

4-beyonce

३. किम कार्दसीयन, ६ करोड ११ लाख फलोअर्स

3-kim-kardashian

२. सेलेना गोमेज, ६ करोड ६१ लाख फलोअर्स

2-selena-gomez

१. टेलर स्वीफ्ट, ६ करोड ७१ लाख फलोअर्स

1-taylor-swift


यो समग्री नेपाल१२३.com मा पुरै पढौं