बिहीबार, १३ फागुन – काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुको माग संबोधन गर्ने गरी तत्काल ठोस कदम नचाले अबको आन्दोलन उत्तर र दक्षिण दुबै तिरका नाका अवरुद्ध गर्ने गरी देशब्यापी हुने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘अहिले सरकारलाई मुद्दा संबोधन गर्ने अवसर छ तर राज्य यो अवसर खेर फाल्दैछ । राज्य यसरी नै अघि बढे अबको आन्दोलन बीरगञ्जमात्रै होईन उत्तर र दक्षिण दुबै तिरका नाका बन्द गर्दै अघि बढ्छ । ’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अध्यक्ष यादवले अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिदै अबको आन्दोलन मधेसको मात्र नभई राष्ट्रिय रुपमै अघि बढ्ने र आन्दोलनको एउटा केन्द्र काठमाडौ समेत बन्ने घोषणा गरे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment