Thursday, February 25, 2016

कर्णाली पुल असारभित्रै

फाल्गुन १४, २०७२- दैलेखलाई सुदूरपश्चिमसँग जोड्ने कर्णाली नदीको पुल निर्माण सोचेभन्दा दु्रत गतिले भइरहेको छ । निर्माण कम्पनीका अनुसार असार मसान्त अगावै सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम बढाइएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गतको उक्त पुल दुई सय मिटर लामो हुनेछ । दैलेखको बान्नेभीरबाट अछाम कालिकास्थान गाविसको टोडेसाल जोड्ने पुल एक सय २५ मिटर ढलान भइसकेको छ । बाँकी ७५ मिटर ट्रस जडान थालिएको छ । निर्माण कम्पनी सपना एन्ड कालिका कन्स्ट्रक्सन प्रालिले इन्धन अभावका बीच पनि पुलको काम नरोकिएको जनाएको छ । १९ करोड लागतमा उक्त कम्पनीले आव ०६६/६७ देखि निर्माणको जिम्मा लिएको थियो ।

८० प्रतिशत काम पूरा भइसकेको मध्यपहाडी मार्गको दैलेख खण्डका साइट इन्जिनियर शेखर योगीले दाबी गरे । पक्की पुल नहुँदा मध्यपश्चिमको दैलेख र सुदूरपश्चिमको अछामसँग सिधा यातायात सम्पर्क छैन ।

कर्णाली राजमार्ग सञ्चालनमा आएदेखि दैलेखको साई र अछामको बेलखेतमा ‘फेरी’ को सहायताले यातायात वारपार गराउन थालिएको हो । उक्त फेरी सञ्चालनमै छ । माथिल्लो कर्णाली खण्डमा नदीमाथि बन्न लागेको यो पहिलो पक्की पुल हो । आफूहरूको वर्षौंदेखिको सपना साकार भएको अछाम टोडेसालका शेरबहादुर विष्टले बताए । ‘पक्की पुल त टाढैको कुरा थियो । झोलुंगेसमेत नहुँदा वर्षौंदेखि सास्ती भोग्दै आयौं,’ उनले भने, ‘अब भने विकासको ढोका खुल्यो ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment